बूढीगण्डकी किनारमा नजान गृह मन्त्रालयकाे आग्रह

गोरखा | बैशाख ९, २०८१

बूढीगण्डकी किनारमा नजान गृह मन्त्रालयकाे आग्रह

गाेरखा:  हिमपहिरोको कारण गोरखाको बूढीगण्डकी नदीमा ठूलो बाढी आएको गृह मन्त्रालयले जनाएको छ।

 

हिउँ पहिरो खसेपछि गोखराको चुमनुब्री गाउँपालिका(१ स्थित वीरेन्द्रताल फुटेकाले बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको भन्दै गृहले सचेत रहन नदी आसपासका नागरिकलाई आग्रह गरेको हो।

 

ताल फुटेपछि बूढीगण्डकी नदीमा पानीको बहाब उच्च भएको छ।

 

बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

 

जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार घटनाबारे बुझ्न सामागाउँ चौकीबाट प्रहरी त्यसतर्फ गएको पनि प्रवत्ता भट्टराईले जानकारी दिए।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्