बूढीगण्डकी किनारमा नजान गृह मन्त्रालयकाे आग्रह
गोरखा | बैशाख ९, २०८१
गाेरखा: हिमपहिरोको कारण गोरखाको बूढीगण्डकी नदीमा ठूलो बाढी आएको गृह मन्त्रालयले जनाएको छ।
हिउँ पहिरो खसेपछि गोखराको चुमनुब्री गाउँपालिका(१ स्थित वीरेन्द्रताल फुटेकाले बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको भन्दै गृहले सचेत रहन नदी आसपासका नागरिकलाई आग्रह गरेको हो।
ताल फुटेपछि बूढीगण्डकी नदीमा पानीको बहाब उच्च भएको छ।
बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार घटनाबारे बुझ्न सामागाउँ चौकीबाट प्रहरी त्यसतर्फ गएको पनि प्रवत्ता भट्टराईले जानकारी दिए।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

