पोखरा आउने पयटकलाई हैरानी पार्ने ९ जना पक्राउ
पाेखरा | फागुन १६, २०८०
पोखरा: पोखरा आउने पर्यटकलाई अनेक बहानामा हैरानी पार्ने आरोपका कास्की प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा ९ बसपार्क बस्ने ४० वर्षका रुपेन्द्र श्रेष्ठ, ३२ वर्षका मोहन आचार्य, ४० वर्षका नारायण अधिकारी, ४४ वर्षका श्याम प्रसाद शर्मा रहेका छन् ।
यसैगरी २५ वर्षका विकास कुँवर, २१ वर्षका विमल ठकुरी र २१ वर्षका विकास श्रेष्ठ, पोखरा १३ पाटनबेसी बस्ने वर्ष २८ का रञ्जन खड्का र १९ वर्षका सविन नेपाली रहेका छन् ।
उनीहरूलाई पृथ्वीचोक र मुस्ताङचोकबाट पक्राउ गरिएको हो कास्की प्रहरीका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका उनीहरुले पर्यटकहरूलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाइदिन्छु भनी झोलाहरू तान्ने तथा पैसाको बार्गेनिङ गरेर अनावश्यक दुख दिएको भन्दै सूचना प्राप्त भएको थियो ।
सोही सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुमाथि सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको मुद्दामा ५ दिन म्याद थपेर अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

