बागलुङ बसपार्कमा राउत र श्रेष्ठलाई काठको मुढा प्रहार गर्ने केसी पक्राउ

पाेखरा | फागुन १६, २०८०

बागलुङ बसपार्कमा राउत र श्रेष्ठलाई काठको मुढा प्रहार गर्ने केसी पक्राउ

पोखरा:   पोखरा २ बागलुङ बसपार्कमा गएराती सवा ११ बजे दुईजनालाई काठको मुढढा प्रहार गरेका एक युवक पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा प्युठान स्थायी घर भएका हाल बागलुङ बसपार्कमा बस्दै आएका २६ वर्षीय सुमन केसी रहेका छन् ।

 

कास्की प्रहरीका अनुसार केसीले ७० वर्षीय देव रावत र ६० वर्षीया रुकमणी श्रेष्ठलाई काठको मुढा प्रहार गरी घाइते बनाएर फरार थिए ।

 

घाइते अवस्थामा प्रहरीले फेला पारेपछि उपचारका लागि सहारा अस्पताल पठाएको थियो । 

 

त्यसपछि फरार रहेका केसीलाई वडा प्रहरी बैदाम र जिल्ला प्रहरी कार्यालयले खोजी गरेको थियो । केसीलाई आज बिहान करिब २ बजे नालामुखबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुर्य बहादुर रानाले जानकारी दिए ।

 

उनका अनुसार केसीलाई ज्यान मार्ने उद्योग कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।



 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्