बागलुङ बसपार्कमा राउत र श्रेष्ठलाई काठको मुढा प्रहार गर्ने केसी पक्राउ
पाेखरा | फागुन १६, २०८०
पोखरा: पोखरा २ बागलुङ बसपार्कमा गएराती सवा ११ बजे दुईजनालाई काठको मुढढा प्रहार गरेका एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा प्युठान स्थायी घर भएका हाल बागलुङ बसपार्कमा बस्दै आएका २६ वर्षीय सुमन केसी रहेका छन् ।
कास्की प्रहरीका अनुसार केसीले ७० वर्षीय देव रावत र ६० वर्षीया रुकमणी श्रेष्ठलाई काठको मुढा प्रहार गरी घाइते बनाएर फरार थिए ।
घाइते अवस्थामा प्रहरीले फेला पारेपछि उपचारका लागि सहारा अस्पताल पठाएको थियो ।
त्यसपछि फरार रहेका केसीलाई वडा प्रहरी बैदाम र जिल्ला प्रहरी कार्यालयले खोजी गरेको थियो । केसीलाई आज बिहान करिब २ बजे नालामुखबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुर्य बहादुर रानाले जानकारी दिए ।
उनका अनुसार केसीलाई ज्यान मार्ने उद्योग कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

