पोखरामा बोलेरो जीप चोरी गरेको आरोपमा गोविन्द प्रकाउ
पाेखरा | माघ ३, २०८०
पोखरा: पोखरामा पार्किङ गरेको बोलेरो जीप चोरी गरेको आरोपमा गोविन्द परियार प्रकाउ परेका छन् । जीप चोरी गरेको आरोपमा प्रहरीले गोविन्दलाई आज (बुधबार) प्रकाउ गरेको हो ।
पोखरा महानगरपालिका १० अमरसिंह स्कुलको खेल मैदानमा पार्किङ गरेर राखेको ग २ च २३४३ नम्बरको बोलेरो जीप चोरी भएको सूचनापछि खोजी कार्यका लागि निस्किएको रामबजार प्रहरीले पोखरा १४ समिनतराबाट गोविन्दले उक्त जीप चलाउँदै गरेको अवस्थामा फेला पारेको थियो ।
पार्किङ स्थलबाट हराएको जीप पोखरा–१४ खाल्टेमसिना बस्ने २० वर्षीय गोविन्द परियारले चलाउँदै गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
चोरी गरेको आरोपमा प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ६दिनको म्यान थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

