सप्ताकोसी किनारमा कुटपिट गर्ने थप २ युवती पक्राउ
सुनसरी | साउन ३, २०८०
सुनसरी: तीनयुवतीमाथि साँगठनिक हमला गरेको आरोपमा थप २ जना पक्राउ परेका छन् ।
सुनसरी प्रहरीका अनुसार पक्राउ पर्नेमा बराहक्षेत्र न.पा. वडा नं. ८ (टोल सैनिकटोल) बस्ने बर्ष १८ की दुर्गा राई र सोही टोलकै २२ वर्षीया बिनिता उराँउ रहेकी छिन् ।
यसअघि प्रहरीले बराहक्षेत्र न.पा. वडा नं. १० प्रकाशपुर (भुजेलटोल) बस्ने १९ बर्षीया प्रिति लिम्बुलाई सोही दिन पक्राउ गरिसकेको छ ।
बाँकी दुई युवती फरार सूचिमा छिन् ।
गत २९ गते बेलुका करिब ५ बजे सुनसरीको बराहक्षेत्र न.पा. वडा नं.९ (टोल राजाबास) स्थित चिहान डाँडाको कोशी किनारमा ५ जनाको समुहले बराहक्षेत्र न.पा. बडा नं. ९ (राजाबास टोल) बस्ने बर्ष १९ की मनिषा राईसहित तीनजनालाई बोलाएको थियो ।
आफुहरुको बेइजत गरेको भन्ने भन्दै सामुहिक रुपमा कुटपिट गरेका थिए । तीनैजनालाई पालैपालो कुटपिट गरी भिडियोसमेत बनाई सामाजिक सञ्जालमा उक्त भिडियो राखेपछि भाइरल भएको थियो ।
घटना भएको दुईदिनपछि ३१ गते इलका प्रहरी कार्यालय महेन्द्रनगरमा जाहेरी दर्ता गराएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
कुटपिटमा संलग्न रहेका ५ जना मध्ये ३ जनालाई पक्राउ परिसकेका छन् भने फरार २ जनाको खोजीकार्य तिब्र पारिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजेश दत्तले जानकारी दिए । उनै इन्सपेक्टर दत्तकै कमाण्डमा तीन जनालाई पक्राउ गरिएको हो ।
हाल अभद्र व्यवहार तथा कुटपिट कुसरमा मुद्धा दर्ता गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

