८ वर्षपछि पक्राउ परे कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त

काठमाडाैं | साउन ३, २०८०

८ वर्षपछि पक्राउ परे कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त

कर्तव्य ज्यान मुद्दामा १४ वर्ष कैद सजाय तोकिएका पुरूष ८ वर्षपछि पक्राउ परेका छन्।

 

पक्राउ पर्नेमा मुस्ताङको थासाङ गाउँपालिका -२ घर भई  काठमाडौंको जोरपाटी बस्दै आएका ४६ वर्षीय सम्राट शेरचन छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई मंगलबार गोकर्णश्वर नगरपालिका(८ अत्तरखेलबाट पक्राउ गरेको हो।

 

कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले ०७२  भदौ १ गते उनलाई  १४ वर्षको जेल सजाय सुनाएको थियो। त्यसयता उनी फरार रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए । उनीविरूद्ध  ०६६ मा राधा पुनले जाहेरी दिएका थिए। त्यतिबेला मुस्ताङ जिल्ला अदालतले शेरचनलाई एक वर्ष चार महिना कैद सुनाएको थियो। 

 

त्यसविरूद्ध पुनरावेदन दिएका उनीविरूद्ध  बागलुङ अदालतले जन्मकैदको सजाय सुनाएको थियो। पुनरावदेनको आदेशविरुद्ध सर्वोच्चले उनलाई १४ वर्षको कैद सजाय सुनाएको हो। पक्राउ परेका सम्राटलाई  फैसला कार्यान्वयनक‍ा लागि काठमाडौं जिल्ला अदालतमा पठाएको छ। 

पोखरा:      ‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत स्याङजा जिल्लामा १० दिने क्रिकेट प्रशिक्षण कार्यक्रम सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रादेशिक क्रिकेट संघको ब्यवस्थ...

थप पढ्नुहोस्

पोखरा:     कास्कीको रूपा गाउँपालिका  पूर्ण खोप सुनिश्चित पालिका घोषणा  भएको छ। आइतबार उक्त पालिकाको स्वास्थ्य शाखाले विशेष कार्यक्रमको आयोजना गरेर सो घोषणा गरिएको  हो। कार्...

थप पढ्नुहोस्

पोखरा:     यूनाइटेड क्लब पोखराले बाग्लुङ नगरपालिका १२ डांडाखेतका अग्निपीडितलाई आर्थिक सहयोग गरेको छ ।  गत बैशाख १९ गते जंगलमा फैलिएको आगो बस्तीमा पस्दा डांडाखेतका यदुनाथ पाध्याको ...

थप पढ्नुहोस्