पाल्पामा टिप्पर दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

पाल्पा | चैत ८, २०८२

पाल्पामा टिप्पर दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

 

शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

 

मृत्यु हुनेमा टिप्पर चालक अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका–४, का २६ वर्षीय चिन्ताबहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक, रुपन्देही जिल्ला देवदह नगरपालिका–२ खैरेनीका २६ वर्षीय सुनिल नेपाली र तानसेन–१० का ३३ वर्षीय राजन चिदी रहेका छन् ।

 

शनिबार बेलुकी ६ बजेतिर माथागढी–४, झडेवाबाट वडा नं. ७ रहबासस्थित चुनढुंगा खानीतर्फ गइरहेको खाली टिप्पर खानी स्थलमै दुर्घटनामा परेको थियो ।

 

टिप्पर दुर्घटनापछि घाइते भएका चारै जनालाई उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याएपछि तीन घाइतेलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिए ।

 

गम्भीर घाइते चिदीको भने उपचारकै क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो ।

 

घटनाबारे थय अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । टिप्पर सडकदेखि ५० मिटर तल खसेको थियो । 

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्