उपप्रधानमन्त्री, गृहमन्त्री, सांसदसँगै पार्टीको सभापतिबाट आउट गर्न भूमिका खेलेका अधिवक्ता रविराज बसौलाका अनुसार रवि लामिछाने आज पुनः सांसद हुँदै मन्त्रीको जिम्मेवारीमा फर्कने सम्भावना प्रबल छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ बाट प्रत्यक्ष निर्वाचित भई सत्ता समीकरणमार्फत उपप्रधान र गृहमन्त्री भएपछि नागरिकता विवादमा सर्वाेच्च अदालतबाट भएको फैसलाले उनलाई चारै पदबाट ‘आउट’ गरेको हो । सर्वाेच्च अदालतमा रविको नागरिकतासम्बन्धी रिट दिएका अधिवक्ता बसौला भन्छन् ‘उहाँ (रवि)ले आज नागरिकता पाउनुहुन्छ र आजै वा भोलीसम्म पुन मन्त्री बन्न सक्नुहुन्छ ।’ सांसद नभएपनि ६ महिनासम्म मन्त्रीमण्डलको सदस्य हुने पाउने प्रावधना रहेकाले लामिछाने आज पुनः मन्त्री हुनसक्ने बसौलाको भनाई छ । अमेरिकी नागरिकता त्यागेर नेपाल फर्किएपछि लामिछानेले वंशजकै आधारमा नागरिकता पाउने छन् । ‘सर्वाेच्चमा मैले रिट दिनुको उद्धेश्य रवि लामिछानेविरुद्ध जानु होइन’ अधिवक्ता बसौला भन्छन् ‘राष्ट्र हाँक्ने पदमा पुगेका सम्मानित व्यक्तिलाई जिम्मेवार बनाउनु मात्र हो ।’ पार्टीको सभापतिको हैसियतले कहाँ–कहाँ लामिछानेले हस्ताक्षर गरेका छन् त्यस्ता निर्णय र सम्बन्धित विषयमात्र खारेज हुने उनको भनाई छ । रोचक त यो छ कि दुबै रवि पहिले पत्रकारितामै सक्रिय थिए ।
दैलेख: ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिवार साँझ दैलेख सदरमुकाम नजिकै मध्यपहाडी राजमार्गको गहतारीमा भएको दुर्घटनामा परी नारायण नगरपालिका १० भवानीका २३ वर्षीय रमेश विकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डीएसपी) भुवनेश्वरप्रसाद साहले छामघाट खोलाबाट ढुङ्गा बोकेर किम गाउँतर्फ जाँदैगरेको भे २ त १४७८ नम्बरको ट्याक्टर पल्टिएर घाइते भएको र उपचारका लागि जिल्ला अस्पताल पुग्दा उहाँको मृत्यु भएको बताउनुभयो । उहाँले ट्याक्टर चालक भगवतीमाई गाउँपालिका –७ बडाभैरबका कृष्णबहादुर बिक फरार भएकाले उनको खोजी भइरहेको उहाँले बताउनुभयो । मृतक रमेश बिक पनि ट्याक्टर चालक रहेको प्रहरीले जनाएको छ ।
वालिङ: विसं २०५३ मा दुई मानो आटो (मकैको पिठो)सहित चार छोराछोरी च्यापेर विकट गाउँबाट वालिङ झर्नुभयो सनसरी सार्की । श्रीमान्को उपचारमा कालीकाकोटमा भएभरको सम्पत्ति पनि सकियो र श्रीमान्को आयु पनि । बस्ने, खाने ठेगान छैन तर गाउँमा बस्नभन्दा बजारतिर झरे केही न केही काम पाइन्छ भन्ने आशासहित बजार आउनुभयो । बजार आउँदा बेलुकीको छाक पुग्ने आटो मात्रै साथमा थियो । छोराछोरी ससाना, कहाँ बस्ने के खाने चिन्तै चिन्ताका बीच वालिङ झरिसकेपछि कोठा खोजेर भाडामा बस्न थाल्नुभयो । दुःख परेकाबेला काम दिने मान्छे पनि भगवान् जस्तै लाग्यो । “नयाँ ठाउँमा काममा नपत्याइदिएको भए झन् के हालत हुन्थ्यो होला धन्न बालुवा बोक्ने, गिटी बोक्ने काममा पत्याइदिनुभयो त्यही काम गर्न थालेँ”, उहाँले भन्नुभयो, “दुई वर्षजति ज्यालामा यस्तै यस्तै मजदूरी गरेँ र बालबच्चा पाल्दै आएँ ।” खाने मुख धेरै तर काम गर्ने आफू एक्लै भएकाले पनि सुरुको दैनिकी निकै जटिल भएको उहाँ सम्झनुहुन्छ । ज्याला मजदूरी गर्दै दैनिकी चलाउँदै आउनुभएकी सनसरी २०५५ सालतिर वालिङ नगरपालिकाको सरसफाइ कर्मचारीका रुपमा काम गर्न थाल्नुभयो । सरसफाइमा काम गर्दा गर्दै नगरपालिका परिसरमा सौन्दर्यकरणमा ध्यान दिँदै फूलबारी निर्माण गरियो र यसको रेखदेख र फूलहरुको व्यवस्थापन गर्ने थप जिम्मेवारी उनै सनसरीलाई दिइयो । कतै बाटोमा हिँड्दा राम्रो फूल, नयाँ प्रजातिको फूल देख्नासाथै त्यसकाबारेमा जिज्ञासु भई बुझ्नुहुन्थ्यो । नगरपालिकामा मालीको जिम्मेवारी थपिएपछि भने झन ऊर्जा मिल्यो र जिज्ञासा झनै बढ्दै गएको सम्झनुहुन्छ उहाँ । “बाटो हिँड्नेक्रममा कहीँकतै नयाँ तथा नौलो प्रजातिका फूल देखेँ भने त्यसको बीउ, बेर्ना वा हाँगा सङ्कलन गर्थें”, उहाँले भन्नुभयो, “सुरुका दुई वर्ष त म नगरपालिका कार्यालयमा जाँदा एउटा न एउटा बीउ, बेर्ना, हाँगा नलिइ जान्थिन् ।” मालीका रुपमा काम गर्न थाल्नुभएकी सनसरीलाई आफ्नो मात्रै बुझाइ र रहरले नभई अझै यसलाई राम्रो र व्यवस्थित गर्छु भन्ने हुटहुटी चल्यो । फलस्वरुप उहाँले तत्कालीन कार्यकारी अधिकृत सुरथ पोख्रेललाई फूलबारी व्यवस्थापनसम्बन्धी तालिमका लागि सिफारिस गरिदिन अनुरोध गर्नुभयो र काठमाडौँमा एकहप्ते तालिमसमेत प्राप्त गर्नुभयो । नर्सरी व्यवस्थापन, गोडमेल, कटानी छटानी, फूलबारीको व्यवस्थापनसम्बन्धी तालिम लिनुभयो । त्यहाँ सिकेको सीपलाई वालिङ आएसँगै दैनिक जीवनमा प्रयोगमा ल्याउनुभयो । “पहिला आफ्नै सुरमा बीउ रोप्ने, बेर्ना लगाउने काम गर्थें”, उहाँले भन्नुभयो, “तालिमपछि कुन फूलको बीउ कुन नर्सरी गर्ने, कुन याममा लगाउने, कुनको हाँगा, कुनको बीउ लगाउने भन्ने अहिले फूल हेरेरै थाहा हुने गरेको छ ।” सरसफाइमा झण्डै १५ वर्षजति काम गर्नुभएकी सनसरीले आठ÷नौ वर्षदेखि सरसफाइसँगै मालीका रुपमा फूलबारीको स्याहारसुसार गर्नुहुन्छ । वालिङ नगरपालिकाको प्रशासकीय भवन परिसरमा प्रवेश गर्नासाथै झट्ट देखिने रङ्गीविरङ्गी फूलबारीको सौन्दर्यकरणमा उहाँको विशेष लनशीलता र परिश्रम छ । बिहानको समयमा बिरुवा रोप्ने, सार्ने र दिउँसोको समयमा सिँचाइ गर्नुहुन्छ । नगरपालिकामा आफ्नो दैनिक जिम्मेवारी पूरा गरेसँगै बाँकी रहेको समयलाई उहाँले वालिङकै एक सहकारीले निर्माण गरेको नर्सरीमा लगाउनुभयो । नगरपालिका कार्यालय, सहकारीको नर्सरी व्यवस्थापनबाट घरखर्च चलाएर बचत गरेको रकमबाट उहाँले वालिङ बजारमै रु २० लाख मूल्यमा चार आना घडेरी खरिद गर्नुभयो । अहिले उहाँको तीनकोठे पक्की घर छ । उहाँकै प्रेरणाबाट कान्छा छोराले अहिले आफ्नै बिरुवा नर्सरीमा काम गर्दै आएका छन् । आफ्नो घर नजिकै जग्गा भाडामा लिएर ‘वालिङ नर्सरी उद्योग’ सञ्चालन गर्नुभएको हो । करिब ४० प्रजातिका मौसमी तथा बेमौसमी फूलहरु उहाँको नर्सरीमा पाइन्छ । विभिन्न प्रजातिका मौसमी तथा बेमौसमी फूल, बिरुवा नर्सरी, गमला, कलमीका फूल, विवाह ब्रतबन्धलगायतका कार्यका लागि फूलको मालाहरु उपलब्ध गराउँदै आउनुभएको छ । वालिङमा हुने विवाह, ब्रतबन्ध तथा अन्य कार्यमा आवश्यकपर्ने फूल काठमाडौँ, पोखरा, बुटवललगायतका ठाउँबाट आउने गरेको उहाँले बताउनुभयो । “फूलसम्बन्धी सबै सेवा, बिरुवा आफ्नै ठाउँमा पाउनुभयो भने पक्कै पनि ग्राहक अन्यत्र जानुहुन्न” उहाँले भन्नुभयो, “त्यसका लागि अझै मौसमी तथा बेमौसमी र धेरै प्रजातिका फूलहरु थप गर्ने तयारीमा छु ।” वालिङ आसपासमा फूलको माग राम्रो हुने गरेको छ । अहिले पनि आफ्नो नर्सरीमा फूलका बारेमा जान्न बुझ्न धेरै नै आउने गरेको उहाँ बताउनुहुन्छ । चार्डपर्वका समयमा सयपत्री, मखमलीलगायतका फूल तथा मालामो माग बढी हुने गरेको छ । यस्ता अवसरमा सनसरीले फूल तथा बिरुवा बिक्रीबाट राम्रो आम्दानी लिँदै आउनुभएको छ । दृढ सङ्कल्प र मनमा इच्छाशक्ति भए विदेशिनुपर्छ भन्ने नभएको उहाँको कर्मबाट उदाहरण प्राप्त हुन्छ । उहाँले भन्नुभयो, “कुनैबेला काम खोज्दै हिँडे अहिले आफ्नै नर्सरी स्थापना गरी अरुलाई पनि काम दिनसक्ने अवस्थातिर लम्कँदै छु ।” आफूले गरेको कर्मबाट सन्तुष्ट रहेको उहाँ बताउनुहुन्छ । जुन काम आत्मैदेखि सन्तुष्टि भएर गरिन्छ त्यसले सफलतामा पु¥याउने उहाँको विश्वास छ । नगरपालिका परिसरको सौन्दर्यकरण र हरियालीमा जोड दिंदै फलफूल तथा फूलका बिरुवा रोप्न थालिएको वालिङ नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत सुरथ पोख्रेलले बताउनुभयो । स्थानीयस्तरमा पाइने विभिन्न प्रजातिका फल लाग्ने बिरुवाहरु तथा विभिन्न प्रजातिका फूलहरुको खोजी गरी लगाउन सुरु गरेसँगै कार्यालय परिसरको सौन्दर्य नै छुट्टै खालको देखिन थालेको उहाँ अहिले पनि सम्झनुहुन्छ । “काठमाडौँ, पोखरा तथा बुटवल गएका बेला त्यहाँबाट पनि विभिन्न प्रजातिका फूलका बिरुवा ल्याइएको थियो”, उहाँले भन्नुभयो । तालिम लिइसकेपछि त्यसलाई व्यवहारमा उतार्ने र निरन्तरता दिएमात्रै त्यसको महत्व बढेर जान्छ । सुरुदेखि नै कामप्रति लगनशील र परिश्रमी सनसरीले फोहरमैला व्यवस्थापनसहित मालीका रुपमा जिम्मेवारीपूर्वक कार्य गर्दै आउनुभएको हो । ‘स्मार्ट सिटी’को अवधारणा अनुरुप अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाको परिसरमा पुग्ने जो कोही पनि रङ्गीविरङ्गी फूलको सौन्दर्यमा आनन्दित हुन्छन् । मौसमअनुसारका विभिन्न प्रजातिका फूलहरु बाह्रैमासे फूलिरहेका हुन्छन् । फूलको बीउ लगाउने, बेर्ना उमार्ने, त्यसलाई रोप्ने, खनजोत, गोडमेल, कटानी छटानी सबै काममा उहाँलाई लामो कार्यानुभव रहेको आफूले पाएको बताउनुहुन्छ वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई । “कुन फूल कुन समयमा सार्ने, गोडमेल गर्ने समय, कटानी छटानी गर्ने समय सबै उहाँलाई थाहा छ”, उहाँले भन्नुभयो, “नगरपालिका परिसरको सौन्दर्यकरण हेर्न लायक छ ।” उहाँको लगनशीलता र परिश्रमलाई मूल्याङ्कन गर्दै नगरपालिकाले यसअघि उत्कृष्ट कर्मचारीका रुपमा सम्मानसमेत गरेको थियो ।
वालिङ: यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी गर्न सफल हुनुभएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले उक्त आम्दानी गर्नुभएको हो । सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी रु. ५५ बाट सुरु गरेर अहिले अन्तिममा प्रतिकेजी रु. ८९ मा बिक्री भइरहेको सुन्तला उहाँले बताउनुभयो । “बगैँचामा रहेको सुन्तला आफैँ टिप्ने र ठेकेदारलाई बजार मूल्यअनुसार रु. ५५ देखि ८९ प्रतिकेजीका दरले बिक्री गरेको हुँ”, उहाँले भन्नुभयो, “यसबाट हालसम्म करिब रु.४२ लाखको सुन्तला बिक्री गरिसकेको छु ।” सुन्तला टिप्ने क्रम जारी रहेको र अझै रु. तीन लाख जतिको सुन्तला बोटमै रहेको उहाँले बताउनुभयो । गतवर्ष यही समय (माघको दोस्रो साता) मा प्रतिकेजी १०२ देखि १०४ रुपैयाँका दरले सुन्तला बिक्री भएको थियो । गत वर्षभन्दा यसवर्ष सुन्तला अधिक उत्पादन भएकाले पनि अपेक्षाअनुसार बजार मूल्य नपाइएको हुन सक्ने उहाँले बताउनुभयो । “गतवर्षका तुलनामा यसवर्ष सुन्तला धेरै फल्यो तर मूल्य बढेन”, उहाँले भन्नुभयो, “केही समयपछि बिक्री गर्दा राम्रो मूल्य पाइन्छ भन्ने आसले शीतभण्डारमा सुन्तला भण्डारण गरे तर कुहियो, उल्टै घाटा लाग्यो ।” उहाँले स्याङ्जा शीत भण्डारमा छ सय १७ क्यारेट सुन्तला भण्डारण गर्नुभएको थियो । जसमध्ये ३९० क्यारेन्ट सुन्तला कुहिँदा झण्डै रु. ७ लाख नोक्सान भएको उहाँ बताउनुहुन्छ । “हालसम्म सुन्तला बिक्रीबाट रु. ४२ लाख आम्दानी गरे, अझै तीन लाख जति आम्दानी हुन बाँकी नै छ”, उहाँले भन्नुभयो, “शीतभण्डारमा राखेकोमध्ये ठूलो परिमाणमा सुन्तला कुहिएको छ, नकुहिएको भए त आम्दानी झण्डै रु. ५५ लाख आसपास पुग्थ्यो ।” विसं २०३२देखि तेजनारायण अधिकारीसहित अन्य चार जनाले स्याङ्जामा व्यवसायिक सुन्तला खेतीको सुरुआत गरेका जनाइएको छ ।“बुवाले लगाउनुभएको पाँच सय बोटलाई बिस्तार गरी मैले विसं २०६९बाट संरक्षण गर्दै थप्दै गएँ”, किसान मुक्तिले भन्नुभयो, “अहिले मसँग दुई हजार दुई सय बोट सुन्तला छन्, तर सबै फलिसकेका छैन, सबैमा फल लाग्दा त करोडमाथि आम्दानी हुन्छ । ” चौध वर्ष कोरियामा रोजगारी गर्नुभएका उहाँले अहिले सुन्तलाको संरक्षण र बगैँचा विस्तारमा ध्यान दिनुभएको छ । ‘अधिकारी कृषि फर्म’ दर्ता गरी व्यावसायिक रुपमा सुन्तला खेती गर्नुभएका उहाँको हाल एकसय ६० रोपनी क्षेत्रफलमा दुई हजार २०० सुन्तलाका बोट छन् ।उहाँ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनको सञ्चालक समितिको सचिव हुनुहुन्थ्यो ।
पोखरा: तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवमा शनिबार दुईवटा नाटक मञ्चन भएका छन् । ‘विद्यालयमा रङ्गमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने मूल मन्त्रका साथ सुरु भएको महोत्सवमा केदार श्रेष्ठको लेखन र अञ्जु दाहाल निर्देशित नाटक ‘करेसा कन्सर्ट’ र दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको नाटक ‘गुलेली मास्टर’ मञ्चन भएको हो । नाटक ‘करेसा कन्सर्ट’ हाम्रा करेसाबारीका तरकारी पात्रहरूले आफ्नो महत्त्व र विशेषतामाथि छलफलमार्फत निष्कर्ष निकालेको कथा हो । नाटक बालबालिकाका लागि मात्र नभएर अहिलेका युवापुस्तालाई पनि केन्द्रित बनाएर बनाइएको छ । नाटकमा हाम्रा सामाजिक–राजनीतिक कथावस्तु दाउपेच र सन्दर्भहरूको छाया भेटिन्छ । त्यस्तै तरकारी पात्रमार्फत तरकारीको विशेषता, महत्त्व र अस्तित्वको सन्देश पनि बुनिएको छ भने मानव समाजको प्रवृत्ति र चरित्रको नाटकमा चित्रण गरिएको छ । नाटकमा पात्रहरू तरकारी भए पनि उनीहरूले समाज र देश झल्काएको बताउनुहुन्छ, नाटककी निर्देशक अञ्जु दाहाल । नाटकको स्क्रिप्ट पढ्दै जाँदा यसको विषयवस्तु बिल्कुलै नयाँ लागेकोले पनि यसलाई निर्देशन गर्ने जर्मको गरेको दाहालले बताउनुभयो । नाटकमा दिनेश सुनुवार, अनुराधा अर्याल, बिसन सुनुवार, सनिता थापा, विजया पौडेल, निश्चल कार्की, एन्जिला थापा, रोनिक्स गुरुङ, आकृति मल्ल, कामना तिवारी, अनुष्का भुवान्जी, अदिति पौडेल, सुवर्ण पौडेल, अरुशी पौडेलको अभिनय रहेको छ । ‘गुलेली मास्टर’ नेपाली समाजमा धेरै अभिभावकले गरिबीका कारणले अध्ययनबाट आफना बालबालिकालाई वञ्चित गरेको हामी पाउँछौँ । ‘गुलेली मास्टर’ले नाटकमार्फत अध्ययनको महत्त्वलाई थप उजागर गर्ने काम गरेको छ । अध्ययनले जोकोहीलाई पनि आफ्नो खुट्टामा आफैँ उभिन अहं भूमिका खेलेको हुन्छ । यसमा हरेक नागरिकले शिक्षा हासिल गर्नु उसको नैसर्गिक अधिकार हो । अशिक्षित हुँदा समाजमा भेदभाव, अन्धविश्वास दुव्र्यसन बढ्ने हुँदा यसलाई कसरी निर्मूल पार्नुपर्छ भन्ने कुरा नाटकमार्फत बताउन खोजिएको छ । ‘शिक्षाको हकबाट अब कोही पनि वञ्चित हुनुपर्दैन, त्यसका लागि पहिले इच्छाशक्ति देखाउन जरुरी हुन्छ’ भन्ने शिक्षा दिनु नै नाटकको प्रमुख उद्देश्य हो । एन्जल थापा, लक्ष्मी श्रेष्ठ, समिता आचार्य, अञ्जना गुरुङ, लजिमा थापा, सञ्जिला श्रेष्ठ, आदित्य विक, सुलभ पुलामी, आँचल रसाइली, सखिन थापा, अविनाश कुँवर र पुष्पराज खतिवडाको नाटकमा अभिनय रहेको छ । महोत्सवको उद्घाटन गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले गर्नुभएको थियो भने कार्यक्रममा पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पदमराज ढकाल, नाटक छनोट समितिका संयोजक कलाकार प्रकाश घिमिरे, पोखरा थिएटरका संस्थापक सदस्य दिलप्रसाद गुरुङ नाटक महोत्सवका निर्देशक परिवर्तनलगायतले आआफ्नो मन्तव्य राख्नुभएको थियो ।
पोखराः पोखरामा महानगरपालिका १३ काहुँखोला बस्दै आएका एक युवकले आत्मदाहको प्रयास गरेका छन् । कास्कीको मादी गाउँपालिका ४ घर भएका ४५ वर्षीय कृष्णबहादुर क्षेत्रीले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । पोखरामा १३ मा संगीता सापकोटाको घरमा बस्दै आएका क्षेत्रीले बाथरुम भित्र पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । आत्मदाहको प्रयास गरेका कँडेललाई बचाउने क्रममा घरधनी सापकोटाकाे शरिरका केही भाग जलेकाे छ । जलेर घाइते दुबैकाे अहिले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सघन कक्षमा उपचार भइरहेको छ । आत्महादको प्रयास गरेका क्षेत्रीले पोखरामा पुस्तक पसल सञ्चालन गर्दै आएको स्रोतले बताएको छ ।
कास्की: गण्डकी प्रदेशले नयाँ मुख्यमन्त्री पाएसँगै मन्त्रिमण्डल विस्तार भएको छ। विस्तारित मन्त्रिपरिषद्का सात जना मन्त्रीले पदभार ग्रहण गर्नुभएको छ। मन्त्रीहरूले पदभार ग्रहणका क्रममा आफ्नो मन्त्रालयबाट गर्ने कामको पहिलो निर्णय पनि सार्वजनिक गरेका छन्। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले कार्य विभाजनबिना सफल नहुने भन्दै योजना वर्गीकरण गर्नुपर्ने बताउनुभएको छ। ती निर्णयहरूमा हेली उद्धारको कार्यविधिदेखि योजना वर्गीकरणसम्म रहेका छन्। बुधबार पदभार गर्दै चुमानले योजनाको वर्गीकरण गर्ने निर्णय सार्वजनिक गर्नुभएको हो। उहाँले गण्डकी प्रदेशमा विद्युतीय सवारी सञ्चालनसम्बन्धी मापदण्डका लागि एक महिनाभित्र गुरुयोजनामा आधारित योजना प्राथमिकीकरण गर्ने निर्णय गर्नुभएको छ। त्यस्तै बुद्धसिंह मार्गमा पर्ने तनहुँस्थित बन्दीपुर गाउँपालिका–६ कुचिलाफेद र देवघाट गाउँपालिका–३ तनहुँ जोड्ने सडकअन्तर्गत सेती नदीमा पुल निर्माण आरम्भका लागि प्रक्रिया अगाडि बढाउने निर्णय मन्त्री चुमानले गर्नुभएको छ। आर्थिक मामिलामन्त्री सीता सुन्दासले १० वटा निर्णय गर्नुभएको छ। उहाँले गरेको निर्णयको पहिलो बुँदामा आर्थिक कार्यविधि ऐन नियमको अक्षरशः पालना गरी प्रदेश सरकारको वित्तीय अनुशासन कायम गर्ने रहेको छ। प्रदेशको आन्तरिक स्रोत वृद्धि गरी सबल र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, स्थानीय तहबाट सङ्कलन हुने संविधानबमोजिमका साझा क्षेत्रभित्रका कर र नदीजन्य खनिज पदार्थ उत्खनन तथा बिक्रीबाट प्राप्त हुने राजस्वमा वृद्धि गर्ने निर्णय गर्नुभएको छ। प्रशासनिक खर्चलाई मितव्ययी बनाउने, पुँजीगत खर्च वृद्धि गर्नेतर्फ प्रभावकारी रूपमा समन्वय तथा सहजीकरण गर्ने मन्त्री सुन्दासको निर्णय छ। सुन्दासले राजस्व सङ्कलन तथा सेवा प्रवाहलाई अनलाइन प्रणालीबाट सञ्चालन हुने व्यवस्था निकास गर्नेतर्फ जोड दिने निर्णय गर्नुभएको छ। सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले गर्भवती महिलाको उद्धारका निम्ति एयर लिफ्टिङका लागि कार्यविधि तयार गर्ने निर्णय गर्नुभएको छ। गण्डकी प्रदेश सरकारले जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको निःशुल्क हेलिकोप्टर उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ। दुर्गमका महिलालाई हेलिकोप्टरबाट पोखराका अस्पतालमा ल्याएर आमा र शिशुको ज्यान जोगाउने काम गरेको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहामगरले शान्तिसुरक्षा, प्रहरी प्रशासन, विपत् व्यवस्थापन, कारागार व्यवस्थापन, प्रदेश अनुसन्धान ब्युरोलगायत कार्य जिम्मेवारसँग सम्बन्धित विषयमा आवश्यक कानुन, कार्यविधि, निर्देशिका आदिको पहिचान गरी मस्यौदा अगाडि बढाउने निर्णय गरेका छन्। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जालीले राष्ट्रिय वनको व्यवस्थापन तथा वन पैदावार सङ्कलन र बिक्री–वितरणसम्बन्धी छुट्टै रणनीतिक योजना बनाउने निर्णय गर्नुभएको छ। कृषि, ऊर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङले कृषि पुरस्कारबारे कार्यविधि स्वीकृत गर्ने र जलाशययुक्त बहुउद्देश्यीय आयोजनाको सम्भाव्यता अध्ययन गर्ने निर्णय गर्नुभएको छ।
बागलुङ: बागलुङको काठेखोला गाउँपालिकाबाट पछिल्लो पाँच महिनामा ५८ घरपरिवारका २२१ जना बसाइँ सरेका छन्। गत साउनदेखि पुस मसान्तसम्म गाउँपालिकाका स्थानीय गाउँ छाडेर सहरी तथा तराई क्षेत्रमा बसाइँ सरेका हुन्। अन्य व्यक्तिगत घटनाभन्दा बसाइँ सर्नेको तथ्याङ्क सर्वाधिक छ। गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले आठवटा वडा रहेको गाउँपालिकामा सबैभन्दा धेरै वडा नम्बर ५ बिहुँबाट बसाइँ सरेको जानकारी दिनुभयो। बिहुँबाट मात्रै पाँच महिनामा २२ परिवारका ८४ जनाले गाउँ छाडेका छन्। वैदेशिक रोजगारीमा रहेका र उच्च शिक्षाका लागि विदेशमा रहेका युवाका परिवार बसाइँ–सराइ गर्नेमा पर्छन्। वडा नं. ६ बिहुँबाट पनि बसाइँ सर्नेको सङ्ख्या उच्च छ। वडा नं. ६ बाट ११ परिवारका ४३ जना बसाइँ–सराइ गरेका छन्। बिहुँका स्थानीय अधिकांश जापान, अस्ट्रेलिया, पोर्चुगललगायत मुलुकमा छन्। गाउँपालिकाबाट बसाइँ–सराइ लिएर जानेबाहेक थातथलो छाडेर अन्यत्रै बस्नेको सङ्ख्या पनि उच्च छ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले फन्को मारेको साबिकको बिहुँ गाविस (हाल वडा नं. ५ र ६) सदरमुकामदेखि छोटो दूरीका वडा हुन्। गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले बिहुँमा दुईवटा सामुदायिक क्याम्पस, विद्यालय, खानेपानी, विद्युत्, स्वास्थ्य संस्थालगायतका संरचना तयार रहे पनि गाउँ रित्तिन नछाडेको बताउनुभयो। अन्य वडाको तुलनामा बिहुँ फलफूल र नगदेबाली बढी उत्पादन हुने क्षेत्र पनि हो। राष्ट्रिय परिचयपत्र बनाउनेक्रममा घटना दर्ता भएका हुन्। काठेखोलामा सबैभन्दा कम बसाइँ–सराइ वडा नं.७ लेखानीमा छ। यो वडाबाट पाँच महिनाको अवधिमा एक परिवारका तीन जना सदस्य मात्रै गाउँ छाडेर अन्यत्र गएका छन्। “हामीले विकास निर्माणका काम गाउँमा केन्द्रित गरेका छौँ तर गाउँलेचाहिँ सहर केन्द्रित भएका छन्,” गाउँपालिका अध्यक्ष राजु थापाले भन्नुभयो, “बसाइँ–सराइको स्थिति हेरेर नीति, कार्यक्रम र बजेट बनाउनुपर्ने अवस्था आउन थालेको छ।” वडा नं.१ पालाबाट दुई परिवारका आठ, वडा नं. २ भीमापोखराबाट छ परिवारका १८, वडा नं. ३ धम्जाबाट पाँच परिवारका १९, वडा नं. ४ तङ्ग्रामबाट दुई परिवारका १२ र वडा नं.७ रेसबाट नौ परिवारका ३४ जना बसाइँ सरेको गाउँपालिकाको तथ्याङ्क छ। बसाइँ सर्नेमा आर्थिक दृष्टिकोणले मध्यम वर्ग कम रहेका छन्। वैदेशिक रोजगारीबाट छोटो अवधिमा धेरै अर्थोपार्जन गर्ने परिवारका सदस्य बसाइँ–सराइ गरेको काठेखोला गाउँपालिका–२, भीमापोखराका वडाध्यक्ष विद्यापति शर्माको भनाइ छ। गाउँपालिकाको तथ्याङ्कअनुसार दैनिक ज्याला–मजदुरी गरेर खानेहरू अवसरका खोजीमा सहर–बजारतिर झरेका छन्। आर्थिक रूपले सक्षम देशका ठूला सहर वा तराईमा बसाइँ सरेका छन्। उच्च शिक्षाका लागि विदेश जाने, उतै कार्ड बनाउने र परिवार मधेश झर्ने गरेका कारणले पनि बसाइँ–सराइको तथ्याङ्क बढ्दो छ। गाउँपालिकामा पछिल्लो पाँच महिनामा ११ परिवार गाउँ फर्किएका छन्। बागलुङका १० वटा स्थानीय तहमध्ये जैमिनी नगरपालिका, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा बसाइँ–सराइ धेरै भएका छन्। काठेखोलाको जस्तै तथ्याङ्क अन्य स्थानीय तहले तयार गरिनसकेका भए पनि काठेखोलाबाहेकका स्थानीय तहमा पनि बसाइँ–सराइको दर उच्च छ।
जनकपुरधाम: भारत उतर प्रदेशको अयोध्या लगिने देव शीला जनकपुरधाम ल्याइएको छ । अयोध्यामा निर्माणाधीन रामको मन्दिरमा स्थापित गरिने प्रतीमाका लागि नेपालको श्री कृष्णा गण्डकी तटबाट विधिपूर्वक शिला ल्याइएको हो । देव शिला जानकी मन्दिर प्राङ्गणमा विशेष पूजा अर्चनाको लागि राखिएको छ । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल, एमाले नेतृ तथा संघीय सांसद जुली महतोलगायतले पूजा अर्चना गरेका हुन् । दर्शनको लागि जानकी मन्दिर प्राङ्गणमा भक्तजनको भीड लागेको । पूजाअर्चना गरि देव शिलालाई यहाँबाट अयोध्या लगिने जनाइएको छ।