दुई नाटक मञ्चन
पाेखरा | माघ १५, २०७९

पोखरा: तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवमा शनिबार दुईवटा नाटक मञ्चन भएका छन् ।
‘विद्यालयमा रङ्गमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने मूल मन्त्रका साथ सुरु भएको महोत्सवमा केदार श्रेष्ठको लेखन र अञ्जु दाहाल निर्देशित नाटक ‘करेसा कन्सर्ट’ र दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको नाटक ‘गुलेली मास्टर’ मञ्चन भएको हो ।
नाटक ‘करेसा कन्सर्ट’ हाम्रा करेसाबारीका तरकारी पात्रहरूले आफ्नो महत्त्व र विशेषतामाथि छलफलमार्फत निष्कर्ष निकालेको कथा हो । नाटक बालबालिकाका लागि मात्र नभएर अहिलेका युवापुस्तालाई पनि केन्द्रित बनाएर बनाइएको छ । नाटकमा हाम्रा सामाजिक–राजनीतिक कथावस्तु दाउपेच र सन्दर्भहरूको छाया भेटिन्छ ।
त्यस्तै तरकारी पात्रमार्फत तरकारीको विशेषता, महत्त्व र अस्तित्वको सन्देश पनि बुनिएको छ भने मानव समाजको प्रवृत्ति र चरित्रको नाटकमा चित्रण गरिएको छ । नाटकमा पात्रहरू तरकारी भए पनि उनीहरूले समाज र देश झल्काएको बताउनुहुन्छ, नाटककी निर्देशक अञ्जु दाहाल । नाटकको स्क्रिप्ट पढ्दै जाँदा यसको विषयवस्तु बिल्कुलै नयाँ लागेकोले पनि यसलाई निर्देशन गर्ने जर्मको गरेको दाहालले बताउनुभयो ।
नाटकमा दिनेश सुनुवार, अनुराधा अर्याल, बिसन सुनुवार, सनिता थापा, विजया पौडेल, निश्चल कार्की, एन्जिला थापा, रोनिक्स गुरुङ, आकृति मल्ल, कामना तिवारी, अनुष्का भुवान्जी, अदिति पौडेल, सुवर्ण पौडेल, अरुशी पौडेलको अभिनय रहेको छ ।
‘गुलेली मास्टर’
नेपाली समाजमा धेरै अभिभावकले गरिबीका कारणले अध्ययनबाट आफना बालबालिकालाई वञ्चित गरेको हामी पाउँछौँ । ‘गुलेली मास्टर’ले नाटकमार्फत अध्ययनको महत्त्वलाई थप उजागर गर्ने काम गरेको छ । अध्ययनले जोकोहीलाई पनि आफ्नो खुट्टामा आफैँ उभिन अहं भूमिका खेलेको हुन्छ । यसमा हरेक नागरिकले शिक्षा हासिल गर्नु उसको नैसर्गिक अधिकार हो । अशिक्षित हुँदा समाजमा भेदभाव, अन्धविश्वास दुव्र्यसन बढ्ने हुँदा यसलाई कसरी निर्मूल पार्नुपर्छ भन्ने कुरा नाटकमार्फत बताउन खोजिएको छ । ‘शिक्षाको हकबाट अब कोही पनि वञ्चित हुनुपर्दैन, त्यसका लागि पहिले इच्छाशक्ति देखाउन जरुरी हुन्छ’ भन्ने शिक्षा दिनु नै नाटकको प्रमुख उद्देश्य हो ।
एन्जल थापा, लक्ष्मी श्रेष्ठ, समिता आचार्य, अञ्जना गुरुङ, लजिमा थापा, सञ्जिला श्रेष्ठ, आदित्य विक, सुलभ पुलामी, आँचल रसाइली, सखिन थापा, अविनाश कुँवर र पुष्पराज खतिवडाको नाटकमा अभिनय रहेको छ ।
महोत्सवको उद्घाटन गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले गर्नुभएको थियो भने कार्यक्रममा पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पदमराज ढकाल, नाटक छनोट समितिका संयोजक कलाकार प्रकाश घिमिरे, पोखरा थिएटरका संस्थापक सदस्य दिलप्रसाद गुरुङ नाटक महोत्सवका निर्देशक परिवर्तनलगायतले आआफ्नो मन्तव्य राख्नुभएको थियो ।
पोखरामा सम्पन्न चौथो मनुश्री भिग्नजीत जुनियर राष्ट्रिय टेनिस प्रतियोगितामा पोखराका दर्शिल श्रेष्ठ र काठमाण्डौकी सारा पन्तले दुई स्वर्ण जितेका छन् । दर्शिलले १६ वर्ष मुनिको ब्वाइज सिंगल र ब्वाइज डबल्सतर्फको...
पोखरा: नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारहरुका लागि अदालती रिपोर्टिङ सम्बन्धी तालिम दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको सहयोगमा पत्रकारको क्षमता वि...
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बुुद्ध दर्शनलाई विश्वभर फैलाएर नेपालले लाभ लिन सक्नुपर्नेमा जोड दिनुभएको छ । लुम्बिनी विश्वविद्यालय, लुम्बिनी अनुसन्धान केन्द्रले पोखरामा बौद्ध स...