६ लेनको सडकमा २ लेनको फिर्केपुल ! सम्झौताको ४ वर्षसम्म पनि बनेन

काठमाडाैं | माघ १५, २०७९

६ लेनको सडकमा २ लेनको फिर्केपुल ! सम्झौताको ४ वर्षसम्म पनि बनेन

पोखराः   पोखराको जिरोदेखि हरिचोकसम्म ६ लेनको सडक निर्माण भएको वर्षौ भइसके पनि फिर्के खोलाको पुल अझै २ लेनमै सिमित छ ।

 

६ लेनको सडकमा गुड्ने सवारी पुलमा आइपुग्दा साँघुरिएपछि दैनिक हजारौं सवारीसाधनको गतिमात्र रोकिएको छैन पैदलयात्रीलाई समेत उत्तिकै सकस भएको छ ।  

 

निर्माण कम्पनीले ठेक्का लिएर पुलको काम सुरु गरेपछि आर्थिक वर्ष २०७७/०७८को चैत महिनामै बनिसक्नुपर्ने हो तर विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस र मुआब्जाको कारण देखाउँदै निर्माण कम्पनीले काम रोक्यो । 

पोखरा–बागलुङ राजमार्ग अन्तर्गत निर्माण हुने यो पुल २०७५ साल असोज ८ गते सम्झौता भएको थियो भने, २०७७ साल चैत ३० गतेसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य शान्ति आरोग्य जेभी सानेपा, ललितपुरले लिएको थियो तर निर्माण सम्पन्न नहुँदा चालु आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्म म्याद भएको छ । 

 

अहिले निर्माण कम्पन्नीले गरिरहेको पुलको भौतिक प्रगति हेर्दा २० प्रतिशत मात्र काम भएको ईन्जिनियर सहनशिला कायस्थले जानकारी दिईन् । उनले भनिन् ‘काम सुरु गर्दा स्थानीयले मुआब्जा नपाउँदा काममा असर प¥यो, पछि कोरोनाले काम ठप्प अहिले काम केही दिनदेखि सुरु भएको छ ।’ 

 

‘पुल निर्माणमा स्थानीयको अवरोध थियो, मुआब्जाको कारण नै काम नरोकौ, मुआब्जाको प्रोसेस अगाडी बढेपछि ठेकेदारलाई काम गर्न पत्र काटेका हौ, उनले भनिन्, ‘स्थानीयले मुआब्जा पाएपछि काम सुरु भएको छ, असार मसान्तसम्म पुल बनाउन म्याद थप भएको छ ।’

 

सडक डिभिजन कार्यालय कास्कीका सूचना अधिकारी ईन्जिनियर उज्वल शर्माका अनुसार नेपालमै पहिलोपटक पाइलको सपोर्टमा केवल हालेर टावर टाइपको स्पेसल एक्स्ट्रा डोज मोटरेबल पुल निर्माण हुनेछ । 

 

‘पुरानो पुललाई यथावत राखेर त्यसको दायाँ र बायाँ २÷२ लेनको २ वटा पुल निर्माण गर्न लागिएको छ, उनले भने,  कंक्रिट ग्रिडर र पाइल फाउण्डेसन गरेर निर्माण गरिन लागेको यो पुल स्पेसल एक्स्ट्रा डोज मोटरेबल पुल हो ।’ 

 

उनका अनुसार शान्ति आरोग्य जेभी सानेपा, ललितपुरले १२ करोड ३२ लाख २६ हजार १७६ रुपैयाँमा जिम्मा लिएको छ । 

 

मुआब्जापछि खानेपानी र सुकुम्बासी बस्तीको समस्या

पोखरा– बागलुङ सडक खण्ड अन्तरगत पोखरा महानगरपालिका ४ र ५ जोड्ने फिर्के पुल निर्माण थालिएको ४ वर्ष बढी भयो, तर भौतिक प्रगति २० प्रतिशतमात्र छ । 

 

सम्झौता भएर निर्माण कार्य अगाडी बढाउँदा स्थानीयले मुआब्जा नपाएर निर्माण रोकिएको कामले अहिले कछुवा गतिमा काम भएको छ । 

 

मुआब्जाले निर्माण रोकिएपछि २०७७/०७८को जग्गाको न्यूनतम मुल्याङ्कनले पोखरा ४ र ५ का फिर्के पुलले अधिग्रहण गरेको जग्गाको मुआब्जा सरकारले गर्न असोजमा स्थानीयलाई वितरण गरेको थियो । पोखरा ४ का

 

स्थानीयले प्रति वर्गमिटर ६५ हजार र पोखरा ५ का स्थानीयले प्रतिवर्गमिटर ५५ हजारका दरले ५ प्रतिशत कर काटेर मुआब्जा बुझेका छन् भने तीनजना नेपाल बाहिर भएकाले मुआब्जा नबुझेको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ । 

 

सडक डिभिजन कार्यालय पोखराका ईन्जिनियर कायस्थले पुल निर्माण गर्न माथिल्लो भागमा रहेको खानेपानीको पाइपले निर्माणमा अवरोध पुग्ने भएकाले खानेपानी संस्थानसँग समन्वय भइराखेको बताइन् । 

 

नेपाल खानेपानी संस्थान पोखरा शाखाका प्रमुख आशिष कार्कीले सुनगाभा न्यूजसँग भने ‘सडक डिभिजनसँग समन्वय गरेराखेका छौं, पाइप सार्न हामी सकारात्मक छौं ।’

 

‘माथिल्लो भागमा हाम्रो पाइपलाइन पर्छ, सडक डिभिजन कार्यालय पोखरासँग समन्वय भइराखेको छ’, उनले भने, ‘पुल निर्माण तथा विकास बाधक होइन, निरन्तर समन्वयमा छौं, खानेपानीको पाइप हामी त्यहाँदेखि केही मिटर माथि सार्न सकारात्मक छौं ।’ 

 

सडक डिभिजन कार्यालयका ईन्जिनियर कायस्थले अहिलेको पुललाई यथावत राखेर दुईतिर २-२ लेनको पुल बन्ने बताईन् । 

 

‘पुरानो पुललाई यथावत राखेर त्यसको दायाँ र बायाँ २-२ लेनको २ वटा पुल निर्माण गर्नुपर्ने छ’, उनले भनिन् , ‘तल्लो भागमा मुआब्जाको कारण काम रोकिएको थियो अहिले काम भइरहेको छ ।’

 

माथिल्लो भागमा रहेको खानेपानीसँग समन्वय भइराखेको भन्दै उनले सुकुम्बासी बस्ती र स्थानीय सरकारसँग व्यवस्थापनको लागि समन्वय गर्ने उल्लेख गरिन् । 

काठमाडौं:  १५ वैशाखमा इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि बुधबार रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ ।   निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्द...

थप पढ्नुहोस्

कञ्चनपुर:  कञ्चनपुर प्रहरीले आफ्नै दाई नाता पर्ने ४० वर्षीय गणेश नेपालीको हत्या गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–१ सृजना टोल बस्ने ३५ वर्षीय दिपक...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिहरुको संख्या शुन्यमा झार्ने लक्ष्य पुरा भएको छ ।    बुधबार  गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा ...

थप पढ्नुहोस्