कलाकार माओत्सेले आमाको ८४ औं जन्मदिन वृद्धाश्रममा मनाए
पाेखरा | भदौ १४, २०८२
पोखरा: नेपाली सिने क्षेत्रका लोकप्रिय कलाकार माओत्से गुरुङले आफ्नी ८४ वर्षीया आमाको शुभ जन्मदिन वृद्धाश्रम पुगेर मनाएका छन् ।
पोखरा १७ स्थित सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा पुगेर गुरुङ परिवारले त्यहाँ आश्रित ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग गरी आमा धनमाया गुरुङको जन्मदिन मनाएका हुन् ।
उक्त अवसरमा आमा धनमायाकै हातबाट नगद २५ हजार आश्रम सञ्चालक समितिका अध्यक्ष कुशुम केशव पराजुलीलाई हस्तान्तरण गरिएको थियो ।
आमा जस्तै ज्येष्ठ नागरिकका लागि सानो भएपनि सहयोग होस् भन्ने हेतुले वृद्धाश्रम सम्झिएको कलाकार माओत्सेले बताए । उक्त अवसरमा माओत्से पत्नी प्रतिक्षा गुरुङ पनि सहभागी थिइन् ।
सञ्चालक पराजुलीले कलाकार माओत्सेले आफ्नी आमाको जन्मदिनमा यहाँका बुवाआमा सम्झिएर आएकोमा आभार व्यक्त गरे ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

