हेटौँडा:  पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । घटनामा सहचालक घाइते भएका छन् । भारतको ...

काठमाडौंः    सरकारले पृथ्वी जयन्तीको दिन यही पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको विना विभागीयमन्त्री राजेन्द्र राईले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “मन्त्रिपरिषद्ले आज दुई वटा निर्णय गरेको छ, एउटा पृथ्वी जयन्तीको अवसरमा पुस २७ मा सार्वजनिक बिदा दिने र अर्को सरकारको न्यूनतम कार्यक्रम मन्त्रिपरिषद्बाट पास गर्ने र कार्यान्वयन गर्ने निर्णय गरेको छ ।” सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राख्दै आएको मागलाई सम्बोधन गर्दै सरकारले २७ पुसमा बिदा दिने निर्णय गरेको हो । आज सार्वजनिक गरिएको सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक बिदा दिने उल्लेख छ । सरकारको न्यूनतम साझा कार्यक्रमलाई आजको मन्त्रिपरिषद् बैठकले पारित गरेको छ । बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा विगतमा नेपालमा सार्वजनिक बिदा दिने प्रचलन रहेको थियो । तर २०६२/६३ को जनआन्दोलनपछि बिदा दिन छाडिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरिसकेको राप्रपाले न्यूनतम् साझा कार्यक्रम, कम्तीमा तीन मन्त्रालय र पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसका रूपमा मनाउनुपर्ने माग गर्दै आएको थियो । 

काठमाडौंः  सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर रु २० कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो । सङ्घका अनुसार काठमाडौँदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै रु आठ सय ८५ भाडा घटेको छ । यो गन्तव्यका लागि रु सात हजार पाँच सय दश कायम भएको छ । काठमाडौँदेखि धनगढीसम्म अधिकतम भाडा रु १६ हजार एक सय ४० कायम भएको छ । काठमाडौँबाट हुने पर्वतीय उडान (माउन्टेन्ट फ्लाइट)मा रु छ सय ८५ भाडा घटेर अधिकतम रु १४ हजार दुई सय पाँच कायम भएको छ । काठमाडौँ–सिमरामा रु एक सय ८० भाडा घटेको छ । त्यस्तै काठमाडौँ–भद्रपुरमा रु छ सय, काठमाडौँ–विराटनगरमा रु चार सय ८५, काठमाडौँ–जनकपुरमा रु दुई सय ६०, काठमाडौँ–भरतपुरमा रु दुई सय १५ र काठमाडौं–पोखरामा रु तीन सय २० भाडा घटेको छ ।

काठमाडौंः   सङ्घीय संसद्को पहिलो बैठक सुरु भएको छ । गएको मङ्सिर ४ गतेको चुनावपछि आज सोमवार प्रतिनिधि सभाको पहिलो बैठक बसेको हो । बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले संसद् आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको भयो । उहाँले भन्नुभयो, ‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम संवत् २०७९ साल पुस २५ गते सोमवारको दिन १३ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।’ त्यसैगरी राष्ट्रपति कार्यालयको प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनबारे संसद्लाई जानकारी गराएको पत्र पनि पढेर सुनाइएको छ । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभाको बैठक पनि बस्दैछ । सचिवालयले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदलाई दलीय प्रतिनिधित्वको आधारमा बस्न मिल्ने गरी सिटको व्यवस्था गरिएको जानकारी गराएको छ । तर ठाउँ अभावका कारण सबै दलका संसदीय दलका नेतालाई पहिलो लहरमा राख्ने गरी सिटको व्यवस्था भने गर्न नसकिएको सहायक प्रवक्ता धमलाले बताउनुभयो । सङ्घीय संसदमा १२ वटा राजनीतिक दलको प्रतिनिधित्व रहेको छ । आजको पहिलो बैठकमा सबै दलका संसदीय दलका नेताले बोल्ने कार्यसूची तय गरिएको छ । बैठकको सुरुमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले सदस्यहरुलाई स्वागत गर्नुहुनेछ ।  प्रतिनिधि सभामा नेपाली कांग्रेस ८९, नेकपा एमालेका ७८, नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपालका १२, नेकपा एकीकृत समाजवादीका १०, जनमत पार्टीका छ, लोकतान्त्रिक समाजवादी पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एकरएक तथा स्वतन्त्र पाँच सांसद छन् । आजको बैठकमा ज्येष्ठ सदस्य जबराले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने प्रस्तावबारे जानकारी गराउनुहुनेछ ।  राष्ट्रपति भण्डारीले पठाउनु भएको पत्र पढेर सुनाउँदै उहाँले भन्नु भयो, ‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम संवत २०७९ साल पुस २५ गते सोमबारको दिन १३ः०० बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।’ त्यसैगरी राष्ट्रपति कार्यालयको प्रधानमन्त्री नियुक्ती र मन्त्रीपरिषद गठनबारे संसदलाई जानकारी गराएको पत्र पनि पढेर सुनाइएको छ ।

काठमाडौंः   मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्धार भएको छ । उद्धार भएकामध्ये ६ जना भोलि मङ्गलवार स्वदेश फर्किने भएका छन् । नेपालबाट मलेसिया गएका नेपालीहरु समस्यामा परेको गुनासो प्राप्त भएपछि सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्धक बनाइएका र अन्य समस्यामा परेका नेपालीहरुको अवस्था बुझी तत्काल रिहाइ तथा उद्धारको पहल गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिनुभएको थियो । निर्देशनका आधारमा सरकारले परराष्ट्र मन्त्रालयमार्फत् मलेसियामा रहेको नेपाली राजदूतावाससँग सम्पर्क गरेको थियो । बन्धक बनाइएका नेपालीहरुको अवस्था बुझेर तत्काल उद्धारका लागि पहलपछि मलेसियाको पीआरएस फरेस्ट म्यानेजमेन्ट (PRS Forest Management)  कम्पनीमा कार्यरत १३ जना नेपाली नागरिक स्वदेश फर्किने भएका हुन्। मलेसियामा रहेको नेपाली राजदूतावासले प्रधानमन्त्री कार्यालयलाई दिएको जानकारी अनुसार, यो कम्पनीमा काम गर्न गएका १३ जना सबै श्रमिकहरुलाई म्यानपावर कम्पनीले खर्च बेहोर्ने गरी र एक नेपाली होटलमा खाने र बस्ने व्यवस्था गरिएको छ । दूतावासको पहलमा उनीहरुमध्ये ६ जना भोलि र आउँदो शुक्रवार ७ जना  नेपाल फर्कने भएका छन् । यसैगरी मलेसियाको एक अन्य कम्पनीमा समस्यामा परेका २८ जना नेपाली श्रमिकहरुको समस्या हल गर्न समेत पहल भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

काठमाडौंः    सरकारले मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न पहल सुरु गरेको छ ।  वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपाली विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझ्न र उनीहरुको उद्धारका लागि पहल सुरु गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो विषय गम्भीर भएकाले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिवमार्फत् निर्देशन दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ । 

काठमाडौंः   सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले आज आइतवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।  निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर तीनरतीन रुपैयाँका दरले घटाएको छ । यस्तै आन्तरिक र अन्तर्राष्ट्रिय हवाई इन्धनमा क्रमशस् २० र ३० रुपैयाँले घटेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । योसँगै अब पेट्रोल प्रतिलिटर एक सय ७५ रुपैयाँ कायम भएको छ भने डिजल र मट्टीतेल प्रतिलिटर एक सय ७५ रुपैयाँ कायम भएको छ ।  आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ७० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर एक हजार चार सय २० डलर कायम भएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने अहिलेलाई यथावत् राखेको छ । यसअघि भारतले पेट्रोलियम पदार्थको मूल्यसूची घटाएर पठाए पनि निगमले भने नघटाएको भन्दै उपभोक्ताले विरोध गर्दै आएका थिए । गएको बिहीवार प्रधानमन्त्रीले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिए पनि निगमले भने आज मूल्य घटाएको हो । 

रौतहट: शीतलहरका कारण सर्वसाधारणको जनजीवन प्रभावित हुन थालेपछि जिल्लाको कटहरिया नगरपालिकाले स्थानीयका लागि दाउराको प्रबन्ध गरेको छ । आगो तापेर जाडोबाट जोगिन दाउराको प्रबन्ध गरिएको हो ।  नगरपालिका प्रमुख अजयप्रकाश जयसवालले डिभिजन वन कार्यालयसँग समन्वय गरी पालिकाको नौ वटै वडामा दाउरा उपलब्ध गराइएको बताउनुभयो । उहाँले भन्नुभयो, “उपलब्ध दाउरा सर्वसाधारणको जमघट हुने सार्वजनिक स्थल वा चोकमा बालिने गरी वितरण गरिएको छ ।” एक सातादेखि घाम नलागेपछि जाडोले कठ्याङ्ग्रिएका नागरिक दाउराको आगो ताप्न पाउँदा खुसी भएका छन् । जिल्लाको कटहरिया नगरपालिकाले अघिल्लो सातादेखि वडामा दाउरा वितरणको काम गरेको थियो ।

पोखरा:   वैदेशिक रोजगार मञ्च लाहाचोकको आयोजना र माछापुच्छे« त्रिशक्ति युनाइटेड क्लबको समन्वयमा शनिवार लाहाचोकका आमाहरूलाई संयुक्त रूपमा सम्मान गरिएको छ । विभिन्न समयमा विभिन्न माध्यमबाट सामाजिक योगदान दिएका १८ जना आमाहरूलाई दोसल्ला, सम्मानपत्र, नगद र बाजागाजासहित सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ लोकदोहोरी गायिका हरिदेवी कोइराला, गाउँपालिका उपाध्यक्ष सीता अधिकारी, पूर्व उपाध्यक्ष कृष्णकुमारी दवाडी, वडाध्यक्ष मधुसूदन अधिकारी, पूर्व वडाध्यक्ष पूर्णबहादुर शाही, लगायतले सम्मान अर्पण गरेका थिए । प्रमुख अतिथि कोइरालाले लाहाचोकका आमा र दिदीबहिनीहरूलाई एकै ठाउँमा सम्मानित गर्न पाउँदा आफूलाई एउटा यज्ञको अनुभूति भएको बताइन् । उनले आमाहरू ज्ञानका सागर भएकाले मञ्चले हरका मूर्तिको पूजा गरेर स्तुत्य कार्य गरेको धारणा राखिन् । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतम नेका वडा सभापति रामचन्द्र अधिकारी, नेकपा एमालेका वडाध्यक्ष टेकबहादुर श्रेष्ठ, महेन्द्र माविका प्रधानाध्यापक जगन्नाथ अधिकारी, राष्ट्रिय युवा संघ कास्कीका अध्यक्ष पानबहादुर जिसी, कास्की आदर्श समाज अन्तर्राष्ट्रिय परिषद्का  नेपाल संयोजक विश्वबन्धु थापा, समाजसेवी भगवान शाही, राजेश परियारलगायतले बोल्नु भएको थियो । वक्ताहरूले समाजमा आमा सभ्यता र संस्कृति हराउँदै गएकाले त्यसको संरक्षणमा जोड दिनुपर्ने धारणा राखेका थिए । सम्मानित आमाहरूमध्येबाट बोल्दै हरिप्रभा पौडेलले विदेशमा रहेका छोराछोरीहरूले कहिले लाहाचोकका आमाहरूलाई, कहिले बाबा र कहिले विशिष्ट प्रतिभाहरूलाई सम्मान गरेर आमाबुबाहरूमा थप जागर बढाउन सफल भएको बताइन् । समारोहमा समाजसेवी ज्योति शाही, लाहाचोकमा संगठित रहेका सम्पूर्ण आमा समूहलाई पनि सम्मान गरिएको थियो । साथै समारोहमा अनुशासित समूहका रूपमा उपस्थित हुने आमा समूह, ज्येष्ठ सदस्य र कार्यक्रमलाई सफल पार्न विशेष प्रायोजन गर्ने दातालाई पनि सम्मानित तथा पुरस्कृत गरिएको थियो । मञ्चका सहकोषाध्यक्ष सुशील श्रेष्ठले मञ्चले हालसम्म ३५ लाख बढी रकम संकलन गरी विभिन्न समस्यामा परेका लाहाचोकवासी दाजुभाइ, दिदीबहिनी र आमाबुबालाई सहयोग हस्तान्तरण गरेको जानकारी गराए । सोही समारोहबीच क्यान्सर पीडित सञ्जय विकको उपचारका लागि मञ्चद्वारा संकलित एक लाख ४२ हजार र स्थानीय आमा समूह तथा समाजसेवीबाट गरी दुई लाख ५० हजार रकम पीडितका बुबालाई हस्तान्तरण गरिएको थियो । कार्यक्रम मञ्चका अध्यक्ष राजु क्षत्री अपुरोको संयोजकत्वमा क्लबका अध्यक्ष बासुदेव ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।  

पोखरा:   गण्डकी विश्वविद्यालय र पटिहानी फुटबल क्लब चितवनबिच खेलकुद प्रशिक्षक तालिम सञ्चालनका लागि सम्झौता भएको छ । व्याचलर इन स्पोर्टस् म्यानेज्मेन्ट (खेल व्यवस्थापन) गण्डकी विश्वविद्यालय र क्लबले खेल प्रशिक्षक तालिमको लागि सम्झौता गरेको हो ।  सम्झौताअनुसार माघ १८ देखि २१ सम्म तालिम चितवनका स्कुलका खेलकुद शिक्षक, क्लबका सदस्यलाई तालिम प्रदान गरिनेछ । व्याचलर इन स्पोर्टस् म्यानेज्मेन्ट कार्यक्रमका कोडिनेटर डा मधु सुदन सुवेदी र पटिहानी फुटबल क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयले स्नातक तहको स्पोर्टस म्यानेजमेन्ट (बिएसएम) नेपालमा पहिलोपटक अध्ययन अध्यापन शुरु गरेको हो । कुनै पनि विषयमा कक्षा १२ वा नेपालमा सञ्चालन भएका सिटिइभिटी कोर्षबाट डिम्लोमा उर्तिण गरेकाहरुले बिएसमको अध्ययन गर्न पाउछन् । ४ वर्षे कोर्षको ८ सेमेष्टर अन्तर्गत अध्ययन अध्यापन हुने स्पोर्टस म्यानेजमेन्ट (बिएसम)ले नेपाली खेलकुदको जगलाई अझ बलियो बनाउन सहयोग पुग्ने भन्दै उद्देश्यका साथ विश्वविद्यालयले यो विषयको शुरुआत गरेको हो ।  ‘शिक्षासँगै खेलकुद’ भन्ने नाराका साथ पटिहानी फुटबल क्लबले मंसिरमा जिल्लाको ३२ सामुदायिक विद्यालयको सहभागितामा ‘पिएफसी इमर्जिङ कप’को आयोजना गरेको थियो । स्थापनादेखि नै यस क्लबले फुटबलमा नयाँ खेलाडी उत्पादनको लागि तालिमसँगै विभिन्न गतिविधि गर्दै आएको छ। अध्यक्ष तिमिल्सिनाका अनुसार सबै गरेर ३० जना यो प्रशिक्षणबाट लाम्वभित हुनेछन् ।