म्याग्दी:   म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा पहिरो जाँदा आज दुई मजदुरको मृत्यु भएको छ । उक्त घटनामा परी पाँच जना घाइ...

काठमाडौँ:  ‘मिस्टर नेपाल वर्ल्ड’ विजेता नूतन श्रेष्ठ थाइल्यान्ड उडेका छन् । थाइल्यान्डमा आयोजना हुने ‘मिस्टर ग्लोबल’ मा नेपालको प्रतिनिधित्व गर्न उनी बुधबार साँझ थाइल्यान्ड उडेका हुन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाइ गर्न आयोजक नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमला लगायत पुगेका थिए ।   ‘मिस्टर ग्लोबल’ को उपाधि नेपाल भित्र्याउने लक्ष्य सहित प्रतियोगितामा आफू सहभागी हुन लागेको श्रेष्ठले बताए ।  श्रेष्ठलाई नेक्स्ट मोडल्स नेपालले उक्त प्रतियोगितामा पठाएको हो । यो बर्ष ‘मिस्टर वर्ल्ड’ आयोजना नहुने भएकोले श्रेष्ठलाई ‘मिस्टर ग्लोबल’ मा पठाइएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।   फब्रुअरी २ (आज)देखि १२ तारिकसम्म थाइल्यान्डमा आयोजना हुने प्रतियोगिता उनी नेपाली कला संस्कृति सहित सहभागी हुनेछन् । करिब ६० बढी देशका पुरुषहरूको सहभागिता रहने ‘मिस्टर ग्लोबल’ प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिन्छ ।   श्रेष्ठ ‘मिस्टर नेपाल वर्ल्ड २०२२’ का विजेता पनि हुन् । ‘मिस्टर नेपाल’ पुरुषहरू सहभागी हुने नेपालकै प्रतिष्ठित र ठुलो प्रतियोगिता हो । २६ वर्षका श्रेष्ठले ३५ प्रतिप्रर्धिलाई पछि पार्दै उपाधि चुमेका थिए । ‘मिस्टर ग्लोबल’ को उपाधि नेपाल भित्र्याउने लक्ष्य सहित प्रतियोगितामा आफू सहभागी हुन लागेको श्रेष्ठले बताए । 

काठमाडाैँ:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितकलाको क्षेत्रमा भएका योगदानको राष्ट्रले सधैँ कदर गर्ने बताएका छन् ।    आज ललितकला गुठी काठमाडौँको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ललितकला प्रतिष्ठानले ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित र परिचित गर्ने काम गरेको बताए । उनले प्रतिष्ठानले देशमा मात्र नभई ललितकलाको माध्यमबाट विदेशमा पनि नेपाललाई चिनाएको बताए । उनले ललितकला प्रतिष्ठानले संस्थागत स्वरूप ग्रहण गरेकोमा खुसी व्यक्त गरे ।    प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानलाई ललितकला सम्बन्धी कुनै समस्या र चुनौती भए लिखित रूपमा आफूलाई दिन आग्रह गर्दै आफूले प्रतिष्ठानको संरक्षण र संवर्द्धनका लागि आवश्यक पहल गर्ने बताए । 

काठमाडौँ:  दोलखाका समानुपातिक सांसद ईश्वरबहादुर रिजालले कालिञ्चोक गाउँपालिका वडा नं. ९ कटुवाचौर बजारमा भएको भीषण आगलागीबाट पीडितहरुलाई तत्काल राहत र उद्दारको व्यवस्था गर्न माग गरेका छन् । सांसद रिजालले बिहीबार विज्ञप्ति जारी गर्दै घटनामा मानवीय क्षति नभएपनि ९ घर जलेर नष्ट भएको तथा घरमा र डेरामा व्यापार गर्ने १५ परिवारको पसल एवं पशुधनसमेत जलेको बताएका छन् ।    ‘क्षतिको एकिन विवरण आइनसके तापनि करिब १६,१७ करोडको नोक्सान भएको प्रारम्भिक अनुमान छ । जिल्ला प्रहरी कार्यालय चरिकोटबाट प्रहरीहरू गई आगलागी नियन्त्रणमा लिने कार्य भएको छ’, रिजालले विज्ञप्तिमा भनेका छन्, ‘तत्काल राहत तथा उद्धारका लागि नेपाल संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहलगायत सरोकारवाला सबै संघ सस्थाको ध्यानाकर्षण गर्दछु ।’  

काठमाडौँ:  वाङछु शेर्पाको अध्यक्षतामा ट्रेकिङ गाइड एसोसिएसन अफ नेपालको नयाँ कार्यसमिति चयन भएको छ । बुधवार काठमाडौँमा सम्पन्न चौथो अधिवेशनबाट शेर्पाको अध्यक्षतामा नयाँ समिति चयन भएको हो ।    समितिमा प्रथम उपाध्यक्ष सोनाम याङजी शेर्पा, द्वितीय आङदोर्जी शेर्पा, महासचिव आङपेम्वा शेर्पा, मिङमा डोमा शेर्पा कोषाध्यक्ष नुर्वु छिरिङ लामा, सह–कोषाध्यक्ष तिलक थापामगर रहनुभएको छ ।   यता सदस्यहरुमा ङिमा वाङ्छु, दावा जङबु शेर्पा, ङवाङ डोमा, वङ्छु शेर्पा, सवितकुमार लामा, रुजन न्यौपाने र प्रीति राई सदस्य रहनुभएको छ । 

वीरेन्द्रनगर:  कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरक्षित यात्रा अभियान थालेको छ । मातहतका दश जिल्लामा सवारी दुर्घटना न्यूनीकरण गर्न अभियान थालेको प्रहरीले जनाएको छ।   सुरक्षित यात्राका लागि नेपाल प्रहरी, ट्राफिक प्रहरीले चेक पोष्टहरुमा कम्तिमा ५ मिनेट भित्र सचेतना दिने, सवारी साधन अवस्था चेकजाँच गर्ने, प्रहरीप्रति जनताको अपेक्षा तथा सुझावको बारेमा जानकारी लिने,  गुनासो सुन्ने, सवारी चालकसँगै यात्रुहरुलाई सुरक्षित यात्राका लागि ट्राफिक नियम, सुरक्षा सावधानी सिकाउनेलगायतका कुराहरू जानकारी गराउने गर्दछन्।    कर्णाली प्रदेश गर्ने मुख्यद्वार बबईमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका एसएसपी तथा सुचना अधिकारी माधवप्रसाद श्रेष्ठ, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख (एसपी) प्रज्वल महर्जनले चालक तथा यात्रुसँग सामूहिक रुपमा सुरक्षित यात्राका बारेमा जनचेतना दिएका थिए।    प्रहरीले कर्णाली प्रदेशभर दुर्घटनाको दर बढ्दै गएपछि सवारी दुर्घटना न्युनीकरण गर्न सुरक्षा सचेतना कार्यक्रम गरेको जनाईएको छ। प्रदेशभर सुरक्षित यात्रा कार्यक्रम लागु गरिएको र जसमा प्रहरीले यात्रु र चालकलाई गाडीमै सुरक्षा सचेतना दिने गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रवक्ता माधव प्रसाद श्रेष्ठले बताए।

जनकपुरधाम: धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर भाग्ने योजनाकार पक्राउ परेका छन्। लागुऔषध मुद्दामा पक्राउ परेर फरार भएका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका –५ का ३५ वर्षीय विनोदकुमार शर्मा पक्राउ परेका हुन्।   उनलाई बुधबार राति १ बजे मथिला नगरपालिका १० स्थित रातु खोलाको बगरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।   पुस २८ मा लागुऔषधसहित पक्राउ परेका शर्मा नै हिरासत फोड्ने योजनाकार हुन्। हिरासतमा सबै भन्दा बढी १८ दिनदेखि शर्मा नै थिए। उनैले फोड्ने सुरुवात गरेरपछि अन्य थुनुवाको साथ पाए र पछि फोड्न सफल भएर ६ जना एक साथ फरार भएका थिए।   शर्मासँगै फरार ६ जनामध्ये ४ जना पक्राउ परिसकेका छन्। मंगलबार राति अभद्र व्यवहार तथा शान्ति सुरक्षा विरुद्धको मुद्दाका फरार थुनुवा हरिदिप सिंह, मंगलबार दिउँसो अमित मण्डल र सोमबार हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको हो। अन्य दुई थुनुवाको खोजी पनि गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

काठमाडौं:  नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ।   सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीबार बिहान बसेको संदीय दल कार्यसमितिको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदावारी दिने निर्णय गरेको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए।   बैठकपछि लेखकले भने,'राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय भएको छ। यसबारे अन्य दलहरूसँग छलफल गरेर अघि बढ्छौं।'   राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुँदैछ।   यस्तै, बैठकले कांग्रेस संसदीय दलको बैठक माघ  २६ गते बोलाउने निर्णय गरेको छ।

काठमाडौँ:  प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना हुँदैछ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आज र भोलि शुक्रवार ४ बजेसम्म अभिमुखीकरण कार्यक्रम तय गरिएको हो ।   अभिमुखीकरण कार्यक्रममा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र संविधानविद् तथा पूर्व सांसद राधेश्याम अधिकारीले प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको प्रवक्ता गिरीले बताउनुभयो । कार्यक्रम बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म तय गरिएको उहाँको भनाइ छ ।   संसद् भवन नयाँ बानेश्वरमा हुने अभिमुखीकरण कार्यक्रमले प्रतिनिधिसभामा आउनुभएका नयाँ सदस्यहरूका लागि उपलब्धिपूर्ण हुने विश्वास सचिवालयले गरेको छ । प्रवक्ता गिरीका अनुसार नयाँ सांसदहरूलाई संसदीय मूल्य, मान्यता र गतिविधिबारे जानकारी गराउन र संसदीय अनुशासनको परिपालनाका लागि अभिमुखीकरण कार्यक्रम तय गरिएको हो ।  

काठमाडौं:  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा र चालु आवको बाँकी अवधिका लागि बजेट खर्च गर्दा सरकारको क्षमता र आवश्यकता हेरेर अघि बढ्ने बताएका छन् ।   आर्थिक मिडिया सञ्चालक सङ्घ नेपाल (इमान) ले काठमाडौँमा आयोजना गरेको अर्थतन्त्रका चुनौती र समाधानका उपाय विषयक अन्तक्रियामा अर्थमन्त्री पौडेलले आगामी आवको बजेट निर्माणको काम सुरु भइसकेको र सरकारले नीतिगत फड्को (पोलिसी डिपार्चर) लाई केन्द्रमा राख्दै वास्तविकतामा आधारित बजेट ल्याउने बताए।   ‘आगामी आवको स्रोतको अनुमान र बजेटको आकार माथि छलफल सुरु भइसकेको छ । अहिलेकै अवस्थामा अघि बढ्ने नभई पोलिसी डिपार्चर आवश्यक छ भनेर विभिन्न क्षेत्रबाट सुझाव आइरहेका छन् । “त्यसमा विशेष ध्यान दिएर बजेटको आकारमा यथार्थपरकता खोज्नेछौँ’, उनले भने ।   सरकारले अहिले चालु खर्च कटौतीको नीति लिएको र यो पर्याप्त नरहेको पनि अर्थमन्त्री पौडेलको भनाइ छ । ‘हामी खर्च कटौतीमा लागिसकेका छौँ । धेरै ठाउँबाट काम नलाग्ने नीति र काम नलाग्ने संरचना हटाउन आवश्यक रहेको भनेर सुझाव आएको भए पनि के कस्ता नीति र संरचना हटाउने भनेर हामी स्पष्ट हुन जरुरी छ’, उनले भने।   बजेट खर्चमा मात्र नभई राजस्व सङ्कलन पनि सरकारले लक्ष्य भेटाउन नसकेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले यसको पनि गम्भीर समीक्षा गर्ने बताए ।   ‘राजस्व सङ्कलनमा यो वर्षको लक्ष्य भेटाउन नसकेको मात्र होइन गत वर्षको भन्दा न्यून राजस्व उठेको छ ।यसमा हामी नीतिगतरुपमा वा कार्यसम्पादन क्षमतामा चुकेका छौँ । औसत किसिमको प्रयासबाट मात्र यो समस्याको समाधान हुन सक्दैन”, उनले भने। त्यस्तै आगामी आवको बजेटमा पूर्वतयारी सकिएका आयोजनालाई मात्रै प्राथमिकता दिने पनि पौडेलले बताए ।