पोखरा महानगर सार्वजनिक लेखा समितिको वडामा अनुगमन

पाेखरा | फागुन ३०, २०७९

पोखरा महानगर सार्वजनिक लेखा समितिको वडामा अनुगमन

पोखरा:   पोखरा महानगरपालिका सार्वजनिक लेखा समितिले वडा कार्यालयको लेखा प्रणाली, आर्थिक, प्रशासनीक, शिक्षा, स्वास्थ्य लगायतका विषयमा अनुगमन सुरु गरेको छ । 


वडा कार्यालयमा सम्पादन हुने लेखा सम्वन्धि कार्यहरु पारर्दशी भए नभएको, खर्च र  आम्दानीका विषयमा अनुमगन गदै वडाका जनप्रतिनिधिसंग छलफल गरेको छ । लेखा समितिले सोमबार पोखरा महागनर वडा नम्वर १० बाट अनुगमन सुरु गरेको हो । 


लेखा समितिका सभापति झपट रानाभाट, सदस्यहरु  बलराम पौडेल, विष्णुमणी बराल, दुर्गादेवी के.सी.थापा, रामजी प्रसाद पौडेल, लेखा समितिका सदस्यसचिव रोमनाथ उपाध्याय सहितको टोलीले वडाको खर्च खाता, आम्दानी खाता, प्रथम चौमासिकको कुल आम्दानी र खर्चको विवरणका बारेमा वडाध्यक्ष र वडा सचिवसंग जानकारी लिनुभएको  थियो । त्यस्तै वडामा ब्यवसाय दर्ताको अवस्था, घरबाटो फुकुवा, आयश्र्रोत प्रमाणीकरण, सम्पत्ति मुल्यांकन र अन्य सिफारिसको चलानी सख्या बारे जानकारी लिएको थियो । 


समितिले वडाभित्र विद्युत मिटर जडान सिफारिस, संस्था नविकरण सिफारिस र अन्य सिफारिसको अवस्था बारे जानकारी लिएको थियो । समितिले वडाभित्र सञ्चालनमा रहेका सामुदायिक र नीजि विद्यालयको अवस्था, नीजि विद्यालयले दिनुपर्ने छात्रबृत्ति, विद्यालय व्यवस्थापनमा जनप्रतिनिधिको सहभागिता लगाएका बारेमा चासो राखेको थियो ।


समितिले कर तथा राजस्व असुलिको रकम बैकमा समयमा जम्मा भएको नभएको, कर तथा राजस्व असुलिको रकम नगदै रहेको नरहेको यदि रहेको भए कस्को जिम्मा रहेको नरहेको यदि रहेको भए कस्को जिम्मामा रहेको कर तथा राजस्व असुलिमा देखिएको समस्या, लेखा ब्यवस्थापनमा देखिएको समस्या र राजस्व परिचालनमा देखिएको सम्भावनाका बारेमा जनप्रतिनिधि र कर्मचारीसंग प्रश्न गरिएको लेखा समितिका संयोजक झपट रानाभाटले जानकारी दिनुभयो । उहाँले लेखा चुस्तदुस्त राख्नुपर्ने बताउदै वडा कार्यालहरुबाट हुने सेवा प्रवाहलाई थप ब्यवस्थित गर्न अनुगमनले सहज पु¥याउने विश्वास ब्यक्त गर्नुभयो । वडा अध्यक्ष राजेश गुरुङले लेखा ब्यवस्थापन, कर्मचारीहरुको कार्यसम्पाद सन्तोषजनक रहेको बताउदै राजस्व संकलनमा समस्या रहेको बताउनुभयो ।


उहाँले घरभाडा कर संकलन हुन नसकेको बताउनुभयो । मुख्य सडकहरुमा सञ्चालनमा रहेका ब्यवसायीले ३५ सयको घरभाडा सम्झौता ल्याउने गरेको र आफुले हस्ताक्षर नगरेको बताउदै यसलाई ब्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । वडा सदस्य पुणचन्द्र न्यौपानेले वडाभित्र रहेको औद्योगिक क्षेत्रभित्रका कति व्यवसाय छन भन्ने बारे वडामा जानकारी नहुँदा वडाको आम्दानीमा करोडौ रुपैयाँ गुमेको बताउनु भयो । महानगरका ३३ वटै वडा कार्यालहरुको आर्थिक, प्रशासनिक, शिक्षा, स्वास्थ्य लगायतका विषयमा  अनुगमन गर्ने र अनुगमनका क्रममा देखिएका कमजोरीहरुलाई सुधारका लागि निर्देशन दिने लेखा समिति संयोजक झपट रानाभाटले जानकारी दिनुभयो ।

विराटनगर: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ । विर...

थप पढ्नुहोस्

काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ ।  विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्च...

थप पढ्नुहोस्

धनुषा:  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्...

थप पढ्नुहोस्