कास्की कारागारलाई आन्तरिक मामिला मन्त्रालयको २० लाख
मन्त्री गाहामगरद्वारा कारागार निरीक्षण
कास्की | फागुन २९, २०७९
पोखरा: गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कास्की कारागारलाई २० लाख बजेट विनियोजन गरेको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापाले कारागार तथा कैदीबन्दीको अवस्था र समस्या बारे बुझ्न आज (सोमबार) निरीक्षण गर्ने क्रममा भौतिक संरचना मर्मत संभार गर्न उक्त रकम विनियोजन गरेको बताउनुभयो ।
उहाँले उक्त बजेटबाट कारागारको भौतिक संरचना मर्मत तथा संभार तथा व्यवस्थापनमा खर्चिनुपर्ने उल्लेख गर्नुभयो ।
मन्त्री गाहामगरले सो बजेटबाहेक खेलकुद र शैक्षिक समाग्री तथा अन्य आवश्यक समाग्री उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । उहाँले सरकारले उपलब्ध गाराउनुपर्ने सबै समाग्रीमा कमी हुन नदिने बताउनुहुदै आगामी दिनमासमेत सहयोगका लागि तत्पर रहेको बताउनुभएको थियो ।
यस्तै मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले कारागारका लागि सो बजेट यथेष्ट नहुने बताउनुभयो । ‘अहिले हाम्रो मन्त्रालयले २० लाख छुट्याएको छ । यो रकम पर्याप्त होइन । तैपनी यहाँको समस्यामा मन्त्रलायको उपस्थिति जनाउन खोजेका हौं, सचिव अधिकारीले भने, ‘आगामी दिनमा पनि थप सघाउन हामी कटिबद्ध छौ ।’
सचिव अधिकारीले आगामी आर्थिक वर्षको बजेटमा छुट्टै व्यवस्था गर्न कारागार तथा कैदीबन्दीको समस्याहरु लिखित रुपमा उपलब्ध गराउन जेलरसँग आग्रह गरेका थिए ।
यस्तै कास्की कारागार प्रमुख भिमराज कोइरालाले आवश्यक कच्चापदार्थमात्रै उपलब्ध भएको खण्डमा भौतिक पूर्वाधार निर्माणका लागि कैदीबन्दीनै सक्षम रहेको जानकारी दिए । ‘यहाँ बनाउनुपर्ने जे भएपनि कच्चापदार्थ र सामानको आवश्यकता हो, उनले भने, ‘दक्ष जनशक्तिको यहाँ कमी छैन । जे भन्यो त्यही बन्छ । तर सामान मात्रै चाहिएको अवस्था हो ।’
उनले कारागारको आन्तरिक व्यवस्थापनमा कैदीबन्दीहरुले नै व्यवस्था मिलाएको बताए । ‘यहाँ भित्र छुट्टै टिम छ । आन्तरिक रुपमा व्यवस्थित बनाउनका लागि समस्या छैन । तर पूर्वाधार निर्माणका लागि भने सरकारले सहयोग गर्नुपर्छ ।’ कोइरालाले भने ।
कारागार अवलोकनको क्रममा कैदीबन्दीहरुले कारागारको क्षमता भन्दा बढी कैदिबन्दी रहेकाले बस्नमा समस्या भएको गुनासो गरेका थिए ।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापामगरसँगै, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ, आन्तरिक मामिला मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख डिआइजी बुद्धिराज गुरुङ तथा कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक अजय केसी लगायतको सहभागिता रहेको थियो ।
कास्की कारागारमा महिला कैदीबन्दीका लागि छुट्टै ब्लक र पूरुषका लागि ब्लक ‘ए’ र ब्लक ‘बि’ गरी दुइवटा भवन छन् । सो तीन भवनमा हाल ४५ महिला ६ आश्रित नाबालिग र ६९४ पुरुष गरि कुल ७ सय ४५ कैदिबन्दी रहेका छन् ।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...
अन्र्तराष्ट्रिय: नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

