पर्वत भँगरा पोखरा सम्पर्क समाजको अध्यक्षमा खड्कबहादुर पौडेल
पाेखरा | फागुन २९, २०७९
पोखरा: पर्वत जिल्ला, फलेवास नगरपालिका वडा नं.९ भँगरा(साविक भँगरा गाविस)बाट पोखरा आई बसोबास गर्ने भँगारेहरुको साझा संस्था पर्वत भँगरा पोखरा सम्पर्क समाजको पाँचौं साधारणसभा र तेश्रो अधिवेशन सम्पन्न भएको छ।
तेश्रो अधिवेशनले खडकबहादुर पौडेल क्षेत्री को अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ।
आगामी दुईवर्षका लागि समाजको उपाध्यक्षमा देवबहादुर पौडेल क्षेत्री, सचिवमा अग्निप्रसाद भुसाल, सहसचिवमा बाबुराम सुवेदी,कोषाध्यक्षमा चन्द्रबहादुर क्षेत्री, सहकोषाध्यक्षमा बिन्दु क्षेत्री चयन हुनुभएको छ। यसरी नै सदस्यहरुमा राजकुमार गुरुङ, हरीबहादुर क्षेत्री, गंगाबहादुर क्षेत्री, विष्णु क्षेत्री, विष्णु शर्मा सुवेदी,राजु कुवर, राजबहादुर गुरुङ, लालप्रसाद(गौतम)गुरुङ र रामु काफ्ले रहनुभएको छ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक कृष्णबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो। नयाँ कार्यसमिति निर्वाचनका लागि कृष्णबहादुर गुरुङ, मेजर गणेश पौडेल र हिरामणी भुषाल रहेको निर्वाचन समिति गठन गरिएको थियो।
नवनिर्वाचित अध्यक्ष खड्कबहादुर पौडेलले सम्पर्क समाजको जिम्मेवारी ग्रहणले आफुलाई समाज र जन्मेहुर्केको गाँउप्रति थप जिम्मेवार बनाएको र सबैलाई समेटेर, समन्वय गरी संस्थालाई क्रियाशिल बनाइ अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुहुदै समाजका अग्रजदेखि सम्पुर्ण सदस्यहरुलाई धन्यवाद व्यक्त गर्नुभयो।
यस अघि साधारणसभा तथा अधिवेशनको प्रमुख अतिथि समाजका संस्थापक अध्यक्ष हुतराज गुरुङ दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो। उहाँले साधारणसभा तथा अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुहुदै पोखरामा बसोबास गर्ने भँगारेहरुको एकता, दुःख सुखमा साथ र भँगरा गाँउका विकास एवम सेवाका लागि संस्थागत पहल आवाश्यक रहेकाले सम्पर्क समाज गठन गरी क्रियाशिल रहेको बताउनुभयो। कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले शुभकामना व्यक्त गर्नुभएको थियो।
उक्त कार्यक्रममा समाजका जेष्ठ नागरिकहरुलाई सम्मान, विभिन्न सहयोगी संस्थाहरुलाई सम्मान, निर्वतमान अध्यक्षलाई सम्मान समेत गरिएको थियो भने कलाकारहरुले विविध साँस्कृतिक प्रस्तुति गरेका थिए।
साधारणसभामा सचिव देवबहादुर क्षेत्रीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष चन्द्रबहादुर पौडेल क्षेत्रीले प्स्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो।
समाजका अध्यक्ष नवीन पौडेल क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष खड्कबहादुर पौडेलले स्वागत, सचिव देवबहादुर क्षेत्रीले कार्यक्रम संचालन गर्नुभएको थियो।
म्याग्दी: विगत ४१ वर्षदेखि व्यावसायिक रूपमा सागसब्जीका बेर्ना उत्पादन गर्दै आउनुभएका बेनी नगरपालिका– २ खबराका ६२ वर्षीय चन्द्रबहादुर कार्की यतिबेला तिनको बिक्रीमा व्यस्त हुनुहुन्छ । जिल्लाको...
सिन्धुपाल्चोक: साँगाचोकगढी नगरपालिका–१४ डडुवाका किसान ओमबहादुर बस्नेत आफूले सुरु गरेको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी भएपछि खेती विस्तारको योजना बनाउनुभएको छ ।&nb...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज पाँचौ पटक कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ । सहकारी ठगी अपचलन गरेको आरोपमा कात्तिक २ गते...