हेटौँडा:  पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । घटनामा सहचालक घाइते भएका छन् । भारतको ...

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासामु प्रस्तुत गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभएको छ । मङ्गलबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको रुपमा विश्वासको मत माग्नुभएपछि उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिनिधि सभामा रहेका राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीबाहेक सबै दलले विश्वासको मत दिने निर्णय गर्दै गरेको समर्थनले आफूले गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘विश्वासको मत सत्ता साझेदार दलले सुरुमै राष्ट्रपतिकहाँ हस्ताक्षर बुझाउनुभएकाले त्यो मत प्राप्त हुने निश्चित थियो । तर नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा छोडेर सबैको समर्थन हुने कुरा सोचिएको थियो । यसले आगामी दिनमा जनतासामु प्रस्तुत गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सहज हुने विश्वास व्यक्त गरेको छु ।’’ विकास निर्माणसँग सम्बन्धित सुझाव र टिप्पणी सकारात्मक रहेको उहाँको भनाइ छ । रेशम चौधरीको विषयमा उठेको सवाललाई सदनले गम्भीरताका साथ लिएको बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘यो सवालमा रेशम चौधरी संलग्न नभएको कुरा पटकपटक बताएको दोहोर्याउनुभएको छ । उहाँले रेशम चौधरीलाई न्याय दिनुपर्ने विषयमा नेपाल सरकारले गरेका सहमति अनुसार अध्यादेश बनाएर भए पनि छुटाउनुपर्छ भनेर पहलकदमी लिइएको हो । त्यो सफल भएन । अब यही सदनबाट निर्दोष सबै नेता कार्यकर्तालाई छुटाउने पहल हुन्छ ।’’

काठमाडौं:  नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पार्टीको निर्णयमा असहमति जनाएका छन् ।  केन्द्रीय कार्यसमपादन समितिबाट प्रचण्डलाई विश्वासको मत दिने निर्णय भएपछि त्यसलाई अनुमोदन गर्न बसेको संसदीय दलको बैठकमा पौडेलले आफ्नो असमति प्रकट गरेका हुन् ।  ‘मत दिइसकेपछि राजनीतिक र नैतिक रुपमा प्रतिपक्षमा बस्न मिल्दैन। कानुनी जटिलताहरु छन् भनेर मैले असहमति जनाएको हुँ’, पौडेलले भने।  यसअघि आजै  बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि चार नेताले असहमति जनाएका थिए । 

काठमाडौं:   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको बताउनुभएको छ । मङ्गलबार प्रतिनिधि सभामा बोल्नुहुँदै राप्रपाका अध्यक्ष लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताउनुभएको हो । उहाँले सरकारले न्यूनतम साझा कार्यक्रममा सरकारले गरेका बाचा पूरा गर्नुपर्ने बताउनु भयो । अध्यक्ष लिङ्देनले राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरामा कसैले पनि हीनताबोध गर्नु नहुने धारणा व्यक्त गर्नुभयो । उहाँले देशका गौरवशाली इतिहासको सम्मान गर्ने कुरा पछि फर्किएको नहुने बताउनुभयो । पृथ्वी जयन्ती एक पार्टीको मात्रै नभई सबै देशको भएको अध्यक्ष लिङ्देनको भनाइ छ । पृथ्वी जयन्तीको अवसरमा राप्रपाले भृकुटी मण्डपमा भोलि ९बुधवार० चियापान कार्यक्रम गर्ने भएको छ ।

बझाङ,  “राम्रै छ बजार, दुईटा बोका बेच्यो कि तीस हजार, चिन्ता छैन क्यै । मलाई अमेरिका यै, मलाई जापान पनि यै, मलाई अष्ट्रेलिया यै” भन्ने लोकगायक पशुपति शर्माको लय, शब्द तथा स्वरमा रहेको गीत केही कर्मशील व्यक्तिको जीवनसँग ठ्याक्कै मिल्छ । यस गीतका शब्दजस्तै परिश्रमले तिखारिएका किसान हुनुहुन्छ जयपृथ्वी नगरपालिका पडेसका भरतबहादुर विष्ट । उहाँले अहिलेसम्म कसैको सहयोगबिनै बाख्रापालनबाट लाखौँको कारोबार गरिरहनुभएको छ । पुँगर लेकमा बस्ने विष्टले दुईवटा बाख्राबाट सुरु गरेको व्यवसाय अहिले दुई खोरमा कम्तीमा साना ठूला गरी पाँच दर्जन खसी, बोका र बाख्री छन् । चार पुस्तादेखि पुँगरमा रमाएका विष्ट परिवारले तीन दशकयता मात्रै बाख्रापालन सुरु गरेको थियो । जिल्ला सदरमुकामबाट डेढ घण्टाको दूरीमा रहेको पुँगरमा विष्टले हरेक महिना चाररपाँचवटा खसी बाख्राको बिक्री गरी राम्रो आम्दानी गरिसक्नु भएको छ । उहाँले विभिन्न व्यवसाय सुरु गर्नु भए पनि कतैबाट सोचेजस्तो लाभ भएन । उहाँ भन्नुहुन्छ, “मैले जिन्दगीमा धेरै व्यवसायमा हात हालेँ तर सफलता भने कतैबाट हात लागेन । बाख्रापालन व्यवसायले भने राम्रै आमदानी दिएको छ । अहिले पनि महिनामै चाररपाँच वटा बाख्रा बेचिन्छ ।” निरन्तर सङ्घर्षपछि सफलता मिल्दै जाँदा “गरे हुन्छ” भन्ने सोच थपिएको उहाँको भनाइ छ । बाख्रापालनबाट राम्रो फाइदा देख्नुभएका भरतबहादुर जङ्गली जनावरबाट भने आजित हुनुहुन्छ । उहाँको गोठ रहेको पुँगरमा चितुवा, स्यालजस्ता जनावरले समयसमयमा बाख्रा खाइदिँदा नोक्सानी हुने गरेको छ । बाख्रालाई खोरमा र चरनमा लैजाँदा जनावरबाट जोगाउन हम्मेहम्मे पर्ने गरेको उहाँ बताउनुहुन्छ । “बाख्रापालनबाट केही घाटा छैन,” उहाँले भन्नुहुन्छ, “दिनभर चराउँदा पनि पुग्छ, बिक्री नहोला भन्ने पनि छैन । दिउँसो ग्वालो ९चरिचराउन गर्ने व्यक्ति० भए पुग्छ ।” उहाँले बाख्रापालनसँगै भैँसी, गाई, गोरू पनि पाल्नु भएको  छ । उहाँ भन्नुहुन्छ, “मेरा सम्पत्ति भनेकै यिनै चौपाया नै हुन् । यिनको रेखदेखमा लागेपछि कतै जान पाइँदैन ।” भरतबहादुरले अहिलेसम्म राज्यबाट कुनै अनुदान, पशु औषधिजस्ता कुरा केही नपाएको गुनासो गर्नुहुन्छ । “राज्यले काम गर्नेलाई सहयोग गर्नुपर्थ्यो,” उहाँ भन्नुहुन्छ,“कामै नगर्नेलाई लाखौँ, करोडौँ रुपैयाँ अनुदानको नाममा सरकारले सहयोग गर्छ । तर, हामीजस्ता किसानलाई सामान्य औषधि पनि दिँदैन ।” पुँगरमा वनभोजका लागि मानिस आउने गर्दछन् ।  वनभोजमा आउनेहरूले पनि उहाँसँग खसी बोका किनेर लैजाने गरेको उहाँ बताउनुहुन्छ । “यसै वर्षको मङ्सिर–पुसमा मात्रै दर्जनभन्दा बढी खसी बोका वनभोज खानेलाई बिक्री गरेँ,” उहाँले भन्नुहुन्छ । अहिले विष्टले बाख्राबाटै वार्षिक सात लाख रूपैयाँभन्दा बढी कमाउँदै आउनुभएको छ । “मैले बाख्रा पालेको लामो समय भइसक्यो,” उहाँले भन्नुभयो, “पहिलेको आम्दानी घरखर्च मात्रै हुन्थ्यो, दुईरचार वर्षयता भने बचत पनि भइरहेको छ ।” त्यसै आम्दानीबाट तीन छोराछोरीलाई कैलालीमा प्राविधिक शिक्षा पढाउँदै आएको उहाँले सुनाउनुभयो । भरत मात्रै हुनुहुन्न, उहाँका अन्य थुप्रै छिमेकी पडेसभन्दा बढी पुँगरमै बस्नहुन्छ । पुँगरमा बस्दै आउनु भएका बलराम विष्ट भन्नुहुन्छ, “पुँगरमा खुला ठाउँ भएकाले बस्तुभाउ पाल्नदेखि फलफूल तरकारी खेती गर्न सजिलो छ ।” उहाँले पनि पुँगरमा फलफूल र तरकारीको साथै बाख्रा र भैँसी पाल्दै आउनुभएको छ । अहिले पुँगर लेकमा सडक पुगेपछि नियमित रूपमा गाडी सञ्चालन भइरहेकाले उत्पादित वस्तु बजार लैजान पनि सहज भएको छ । 

काठमाडौं:  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र जनताको हितमा काम गर्ने विश्वासका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको बताउनुभएको छ।  मंगलबार संसदमा प्रधानमन्त्रीको विश्वासको मतका विषयमा भएको छलफलमा बोल्नुहुँदै देउवाले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री प्रचण्डको आग्रह अनुसार संविधानको रक्षाको पक्षमा उहाँ उभिने विश्वास लिँदै उहाँले राख्नुभएको प्रस्तावको पक्षमा कांग्रेसले मतदान गर्ने निर्णय भएको उहाँको भनाइ छ।  कांग्रेस सभापति देउवाले भन्नुभयो, ‘‘प्रधानमन्त्री पुष्पकमल दाहालले आग्रह गर्नु भए अनुसार संविधानको रक्षाको पक्षमा उहाँ उभिनु हुनेछ भन्ने विश्वास गर्दै मुलुकमा विद्यमान चुनौतीको सामना गर्दै देश र जनताको हितमा काम गर्नु हुनेछ भन्ने विश्वासका साथ तत्कालका लागि उहाँले राख्नु भएको प्रस्तावको पक्षमा नेपाली काँग्रेस मतदान गर्नेछ।’’    

काठमाडौं:  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । लोसपाका सांसद शरत सिंह भण्डारीका अनुसार विश्वासको मत लिएर प्रतिपक्षमा बस्ने निर्णय अध्यक्ष महन्थ ठाकुरले सुनाएका हुन् । यसअघि लोसपाको संसदीय दलको बैठकले अध्यक्ष ठाकुरलाई विश्वासको मतबारे निर्णय गर्ने अधिकार थियो । ‘अध्यक्षज्युले विश्वासको मत दिने तर, प्रतिपक्षमा बस्ने निर्णय लिनुभएको छ’ भण्डारीले अनलाइनखबरसँग भने । प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । त्यस अगावै लोसपाले आफ्नो निर्णय सुनाएको हो ।

पोखराः   पोखरा महानगरपालिका वडा नम्बर २४ का अध्यक्ष भरतबहादुर अधिकारी प्रहरी नियन्त्रणमा आएका छन् ।  पोखरा महानगरपालिका २४ का वडाध्यक्ष अधिकारीले वडा सदस्य मैयाँ नेपालीलाई अपमानपूर्ण व्यवहार गरेपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी परेपछि प्रहरी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।  ‘वडाध्यक्ष विरुद्ध वडा सदस्यले जाहेरी दर्ता गर्नुभएको छ, जाहेरी अनुसार वडाध्यक्ष अधिकारीले जिल्ला प्रहरी कार्यालय कास्कीमा आफै उपस्थित भएका हुन् ।’ प्रहरी निरिक्षक खड्काले भने ।  वडाध्यक्ष अधिकारीले गत १८ गते लक्षित वर्गलाई वडाबाट छुट्याइएको बजेट छलफलमा अपशब्द बोलेका थिए । उनले सदस्य नेपालीलाई हैसियत सोध्दै ‘वडाको बजेटमा दमै, कामी, सार्कीले सिनो लुछेको जस्तै गरी लुछ्न खोज्छेस्’ भनेका थिए ।    त्यस्तै, अधिकारीले ‘तँ तलबभत्ता खान आएकी होस्, घरमै बसे खा’ जस्ता शब्द प्रयोग गर्दै सार्वजनिक बेइज्जती गरेको नेपालीको आरोप छ ।   वडाध्यक्षले होच्याएर अपमानपूर्ण व्यवहार गरेपछि नेपालीले पार्टीको वडा कमिटीमा जानकारी गराएकी थिइन् । त्यसपश्चात् पार्टीको भातृ संगठन मुक्ति समाजकोे निर्णयअनुसार प्रहरीमा वडाध्यक्ष अधिकारीविरुद्ध गत शुक्रबार प्रहरीमा जाहेरी दिएको थियो ।  जिल्ला प्रहरी कास्कीका अनुसार वडाध्यक्ष अधिकारीलाई म्याद थप गरी अनुसन्धान गर्ने तयारी रहेको छ । 

काठमाडौं:  प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई सारिएको छ । बिहान ११ बजे निर्धारित बैठक दुई घण्टा पछि सारिएको हो । संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारण बैठक १ बजेलाई सारिएको उल्लेख छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् । नेपाली कांग्रेसको बैठक जारी रहेपछि बैठक सारिएको अनुमान छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक लम्बिएकाले संसदीय दलको बैठकसमेत बस्न सकेको छैन । कांग्रेसले यो बैठकबाट प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्ने छ । आजै बिहान बसेको एकीकृत समाजवादीको बैठकले भने प्रधानमन्त्री प्रचण्डलाई सर्तसहित विश्वासको मत दिने निर्णय गरेको छ ।

दार्चुला:   दार्चुलाको मालिकार्जुन गाउँपालिका–४, हुनैनाथका ७४ वर्षीया अनिता धामीको घरमै पुगेर उहाँलाई नागरिकता प्रदान गरिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाको टोलीले घरमै आएर नागरिकता दिएपछि धामी निकै खुसी हुनुभएको छ। स्थानीय कृष्ण धामीका अनुसार धामीलाई नागरिकता दिलाउन एक दशकअघिदेखि पहलकदमी भएको थियो। वृद्धावस्थामा नेपाली नागरिकता प्राप्त भएपछि राज्यबाट प्राप्त हुने सेवासुविधा लिन धामलाई सहज भएको छ। विभिन्न कारणले जिल्ला प्रशासन कार्यालय दार्चुलामा पुग्न नसकेका नागरिकलाई घरदैलोमा पुगेर सेवा दिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले गरिरहेको छ। सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार मालिकार्जुन गाउँपालिकाको आग्रहअनुसार तीन जना नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ। मालिकार्जुन गाउँपालिका–३ का ५५ वर्षीय केशवसिंह धामी, वडा नं. ४ का ज्येष्ठ नागरिक ७४ वर्षीया अनिता धामी र मानसिक रूपमा अस्वस्थ रहेका वडा नं. ४ कै करवीरसिंह धामीको घरमा पुगेर जिप्रकाले नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको मालिकार्जुन गाउँपालिका अध्यक्ष हीरासिंह धामीले जानकारी दिनुभयो।  प्रशासन कार्यालयले विगतदेखि नै समस्यामा परेका नागरिकलाई घरदैलोमा नै गएर सेवा दिने गरेको सहायक प्रजिअ साउदले बताउनुभयो। अरू स्थानीय तहमा पनि नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय पुग्न नसकेर समस्यामा परेका नागरिक भए सूचना दिन जिल्ला प्रशासन कार्यालयले सम्बन्धित स्थानीय तहलाई आग्रह गरेको छ।  गाउँघरमा धेरै नागरिक उमेर पुग्दासमेत विभिन्न कारणले नागरिकता प्रमाणपत्र पाउनबाट वञ्चित रहेका छन्। नागरिकता वितरणका लागि पालिका र प्रशासनले थप ध्यान दिनु आवश्यक रहेको स्थानीयवासीको भनाइ छ।