फापर र तोरीले रङ्गिन बनेका चितवनका खेतबारी

चितवन | माघ १५, २०७९

फापर र तोरीले रङ्गिन बनेका चितवनका खेतबारी

चितवन:   फापर प्रमुख खाद्यान्न बालीमध्ये एक हो । फापरका २ प्रजाति रहेका छन् तिते र मिठे फापर । जङ्गली अवस्थामा फल्ने एउटा प्रजाति छ जसलाई वन फापर पनि भनिन्छ । 


यो समय फापर फुल्ने मुख्य समय हो । हिजोआज चितवनका खेतहरूमा फापर र तोरी एकै साथ फुलेको देख्न सकिन्छ । फूलले रङ्गिन जस्तै बनेको छ चितवनका खेतबारीहरू । उच्च पहाडी भेगमा मुख्य गरी उत्पादन हुने गरेता पनि आजभोलि यसको खेती तराईका केही भेगमा पनि खेती गर्न थालिएको छ । 


जसमध्ये चितवन जिल्लाको मेघौली क्षेत्र र दिव्य नगर क्षेत्र यति बेला फापर फुलेर अति नै सुन्दर देखिएको छ । यही सौन्दर्यमा युवायुवतीहरू फापर खेतीमा टिकटक बनाएको पनि देख्न सकिन्छ।


मेघौलीका किसान बोलबहादुर चौधरीका अनुसार यस क्षेत्रमा कात्तिक महिनामा फापर खेती गरिन्छ र फापर ६० देखि १५० दिनमा पाक्छ  करिब ७५ प्रतिशत दानाहरू खैरो, कालो वा मलिन खैरो रङ्ग भएपछि फापर काट्ने गरिन्छ। चौधरीका अनुसार बिहानको समयमा फापर काट्दा दाना झर्दैन र तुसारो पर्नु अगाडी नै बाली भित्र्याउनुपर्छ।


फापर पोषणयुक्त खाद्यान्न भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ, जसमा कार्बोहाइड्रेट ७० देखि ७३ प्रतिशत, प्रोटिन १६ प्रतिशत र लाइसिन अमिनो एसिड पनि बढी पाइन्छ ।

 

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्