नागरिक उन्मुक्ति पार्टीको माग, मुद्दा सरकारले सम्बोधन नगरेसम्म प्रतिपक्षमा बस्छौं:  अध्यक्ष रञ्जिता

बुटवल | माघ १५, २०७९

नागरिक उन्मुक्ति पार्टीको माग, मुद्दा सरकारले सम्बोधन नगरेसम्म प्रतिपक्षमा बस्छौं:  अध्यक्ष रञ्जिता

बुटवलः     नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म सङ्घ वा प्रदेश सरकारमा सहभागी नहुने अडान राख्नुभएको छ। 


सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष श्रेष्ठले रेशम चौधरीलगायतका टीकापुर घटनाका बन्दीलाई रिहाई नगरेसम्म सङ्घ र प्रदेशको कुनै पनि सरकारमा आफ्नो पार्टी सहभागी नहुने अडान कायमै रहेको बताउनुभएको हो। 


बुटवलमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सरकारले आफूहरुको माग सम्बोधन गर्ने भनेकाले त्यो पूरा भएपछि मात्रै सरकारमा जान प्रतिबद्ध रहेको बताउनुभयो। 


आफ्नो पार्टीको माग र मुद्दा सम्बोधन नभएसम्म सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने पक्षमा पार्टी नरहेको अध्यक्ष श्रेष्ठले प्रष्ट पार्नुभयो। 


अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘‘जबसम्म नागरिक उन्मुक्ति पार्टीको माग, मुद्दा सरकारले सम्बोधन गर्दैन। तबसम्म हामी प्रतिपक्ष बेञ्चमै बस्नेछौं। सुदूरपश्चिम प्रदेशमा हामीले मुख्यमन्त्रीलाई चाहिँ समर्थन गरेका छौं। विश्वासको मत दिनुभन्दा अगाडि सरकारले हाम्रो माग, मुद्दा सम्बोधन गरोस् भन्ने हाम्रो पार्टीको चाहना छ। टीकापुरका राजबन्दीलाई रिहाइ गर्ने सरकारले भनिरहेको छ। हामीले यही कुरामा अडान लिएका छौं। सुदूरपश्चिम सरकारलाई पनि हाम्रो माग मुद्दा सम्बोधन भएपछि मात्रै विश्वासको मत दिन्छौं । माग सम्बोधन नभएसम्म हामी सङ्घ र प्रदेश कुनै पनि ठाउँमा सरकारमा जाने पक्षमा छैनौं।’’


अध्यक्ष श्रेष्ठले टीकापुर घटनामा निर्दोष रहेका आफ्ना पार्टीका नेता, कार्यकर्तालाई जेलमुक्त गर्ने काममा ढिलाई नगर्न पनि सरकारलाई दबाब दिनुभएको छ। 

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्