बाह्र वर्षपछि पुल निर्माण सुरु

दैलेख | फागुन २४, २०७९

बाह्र वर्षपछि पुल निर्माण सुरु फाइल तस्बिर

दैलेख: दैलेखको राकम कर्णाली र अछाम जोड्ने पक्की पुल ठेक्का लागेको १२ वर्षपछि निर्माण थालिएको छ। २०६७ मा ठेक्का सम्झौता भएको पुल निर्माण कार्य १२ वर्षपछि मात्र सुरु भएको हो। २०६७ मा ठेक्का भई २०७१ पुस मसान्तसम्म सम्पन्न गर्ने गरी १३ करोड १३ लाखमा पुल निर्माण गर्ने सम्झौता भएको थियो। सम्झौता भएपछि निर्माण कम्पनीले दैलेख क्षेत्रमा पर्ने पिल्लर मात्र उठाएर बेपत्ता भएको थियो। 

 

कुमार श्रेष्ठ निर्माण सेवा काठमाडौँका प्रभु गिरीले १२ वर्षअघि निर्माण कार्य सुरु गरेको भए पनि बीचमा पुलको प्राविधिक स्टिमेटका कारण पुल निर्माण कार्य लम्बिएको बताउनुभयो। उहाँले सुरुमा वेल डिजाइन रहेको पुल अहिले पाइल डिजाइनमा पास गरेपछि निर्माण सुरु गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “आगामी एक वर्षभित्र पुल निर्माण कार्यले पूर्णता पाउँछ।” उहाँका अनुसार पुल निर्माणका लागि दैलेखतर्फबाट एउटा पिल्लर हालेर सुरु गरिएको थियो। अछाम भागबाट पिल्लर हाल्दा ढुङ्गा लागेपछि कम्पनीले निर्माण कार्य रोकी पुलको डिजाइन स्टिमेट परिवर्तन गरिएको थियो।

 

 त्यसपछि बल्ल निर्माण कार्य सुरु गरिएको कम्पनीका प्रतिनिधि गिरीले बताउनुभयो। उहाँका अनुसार अघिल्लो वर्ष एउटा पिल्लर हालेको र अर्को वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। १२ वर्षअघि १३ करोड १३ लाखमा सम्झौता भएको थियो। अहिले पनि त्यही लागतमा निर्माण गर्नुपर्ने समस्याका कारण आफूहरूलाई काम गर्न चुनौती थपिएको उहाँको भनाइ छ। 

 

आठबिस नगरपालिकाका प्रमुख तर्कबहादुर बडुवालले पुल निर्माण कार्य छिटोभन्दा छिटो सक्न कम्पनीलाई ताकेता गरिरहेको बताउनुभयो। उहाँले नागरिकले समेत आफूहरूलाई कहिले पुल बन्छ भन्ने प्रश्न बारम्बार सोध्ने गरेको समेत बताउनुभयो। पुल निर्माण सम्पन्न भए दैलेखको पश्चिम क्षेत्रको नयाँ सहरको बजारबाट सुदूरपश्चिम प्रदेशको अछामको उत्तरी क्षेत्रलगायतका विभिन्न जिल्लामा यातायात सहज हुनेछ।   

नेपाल फोटो पत्रकार संघ, कास्कीले मादी गाउँपालिका–३ याङ्जाकोटमा ‘मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकार भूमिका’ विषयक अन्तरक्रिया गरेको छ ।   मादी गाउँपालिकाको सहयोगमा...

थप पढ्नुहोस्

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्