पाल्पाको बगनासकाली गाउँपालिकाले बाँदर नियन्त्रणका लागि पनि बजेट छुट्टाएको छ।    आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा गाउँपालिका भित्र बाँदर आतंक नियन्त्रणका लागि ५ लाख बजेट छुट्टाइएको हो ।...

पोखरा:    नेपाल भलिबल संघको आयोजनामा सञ्चालन हुने सातौ प्रधानमन्त्री कप एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग सुरु हुन पाँच दिन बाँकी हुदा प्रदेश खेलकुद परिषद् गण्डकीले महिला/पुरुष टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।  नेपाल भलिबल संघको आयोजनामा सञ्चालन हुने सातौ प्रधानमन्त्री कप एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबलमा सहभागी हुन् गण्डकी प्रदेशले १८ जना महिला खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) को मुख्य आर्थिक सहयोगमा असार २३ देखि ३० गते त्रिपुरेश्वरस्थित कभर्ड हलमा सञ्चालनमा हुने एनभिए लिगमा गत वर्ष क्लब च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।  गण्डकी प्रदेश खेलकुद परिषद्ले असार १४ देखि १६ सम्म आयोजना गरेको प्रदेशस्तरीय महिला भलिबलमा खेलाडीको प्रर्दशनलाई हेरेर ८ जिल्लाका १८ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखेको हो ।  महिला टोलीको बन्द प्रशिक्षणमा म्याग्दीका ७,पर्वतका ३, नवलपुर र बागलुङ २/२, कास्की, गोरखा, लमजुङ र स्याङ्जाका १/१ जना खेलाडी बन्द प्रशिक्षणमा परेका हुन् । बन्द प्रशिक्षणमा अरुणा शाही (राष्ट्रिय महिला टोली कप्तान), सस्मिता पुन, रेविना घर्ति, एलिसा रोका, पवित्रा शिर्पाली, सजिना बुढाथोकी, मनिषा तिलिजा, पुजासेन ठकुरी, लक्ष्मी राना, रोश्मिना गुरुङ, हिमाली रोका, हिरा बुढा, रोमा महतो, पृथ्वी मगर,कविता गर्बुजा, सोइन थापा र विमला गुरुङ बन्द प्रशिक्षणमा परेका हुन् ।  गण्डकी प्रदेश महिला भलिबलका प्रशिक्षक मलिन रोकाले केही दिनको बन्द प्रशिक्षणबाट अन्तिम १२ जना छनोट हुने जानकारी दिए ।  यस्तै गण्डकी प्रदेश पुरुष भलिबलका प्रशिक्षक रमेश केसीले गत वर्ष क्लब च्याम्पियनसिप खेलेका खेलाडीहरुलाई अरु बन्द प्रशिक्षणमा बोलाएको जानकारी दिए ।  ‘गण्डकी प्रदेश पुरुष टोलीमा कुनै हेरफेर गरिएको छैन्, गतवर्ष क्लब च्याम्पियनसिप खेलेका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको छ’, प्रशिक्षक केसीले भने, ‘वर्षा याम भएकाले खेलाडीहरु आज वा भोलि बिहानसम्म पोखरा आइपुग्ने जानकारी दिएका छन् अनि बन्द प्रशिक्षण सुरु गछौं ।’ घरेलु दर्शकले गण्डकी प्रदेशमा खोजेका खेलाडीहरु अन्य क्लबका अनुबन्धित भएकाले समेत्न नसकिएको र सम्भव भएसम्म तीन जना बिदेशी खेलाडी टिममा राख्ने प्रशिक्षक केसीले बताए ।  लिगबाट छनौट भएका पुरुष तर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल प्रहरी, दावाली मिलन क्लब काठमाडौं, केशवलाल स्मृती प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ्ग बागदश स्पोर्टस क्लब रामेछापले लिगमा प्रतिस्पर्धा गर्नेछन् ।  महिला तर्फ नेपाल प्रहरी, होडवाजी न्यू डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब बुटवल र गण्डकी प्रदेश भलिबल संघ गरी ६ टोलीको सहभागिता रहनेछ ।  

पोखरा:     प्रदेश खेलकुद परिषद् गण्डकीले ११ वटै जिल्लाका खेलकुुद विकास समितिलाई अतिथिको सम्मानमा खादा, दोसल्ला प्रयोगलाई निरुत्साहन गर्न पत्राचार गरेको छ ।  पोखरामा असार १६ गते बसेको परिषद्को बैठकले खेलकुदको कार्यकक्रममा खादा तथा दोसल्लाको प्रयोग निरुत्साहन गर्न ११ वटै जिल्ला खेलकुद विकास समितिलाई पत्राचार गरेको हो ।  गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री एवम् प्रदेश खेलकुद परिषद्का अध्यक्ष सुशिला सिंखण्डाको अध्यक्षतामा बसेको बैठकले परिषद् र जिल्ला खेलकुद विकास समितिको आर्थिक सहयोगमा हुने प्रतियोगिताको प्रमुख अतिथि, अतिथि र पाहुनाहरुलाई स्वागत सम्मानमा खादा तथा दोसल्लाको प्रयोगलाई निरुत्साहन गर्न पत्राचार गरेको हो ।  प्रदेश खेलकुद परिषद् गण्डकीले खेल संघसंस्थाहरुलाई निर्णय कार्यान्वयन गर्न समेत आग्रह गरेको छ ।     

मुस्ताङ:  मुस्ताङको लोमन्थाङ गाउँपालिकाले बिहे मनाउन सार्वजनिक बिदा दिएको छ ।   मुस्ताङ्गी राजा झिग्मी सिङ्घी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डप फुनछोक पलवर विष्टको विवाहको अवसरमा असार १८ गते भोलि (सोमबार) सार्वजनिक बिदा दिएको हो ।   मुस्ताङी राजाको जेठो छोराको बिहेमा गाउँपालिका कार्यालय, शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘मुस्ताङ्गी ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक राजा झिग्मी सिङ्घी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डप फुनछोक पलवर विष्टको विवाह उत्सव लोमन्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रम साथ मनाउन लागिएकोले सोमबार सार्वजनिक बिदा दिइएको छ,’ गाउँपालिका अध्यक्ष  टसि न्हर्वु गुरूङले निकालेको विज्ञप्तिमा उल्लेख छ ।  

पोखरा:   गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा जिल्ला भलिबल संघ बागलुङ तेस्रो भएको छ ।  पोखरा रंगशालाको बहुउद्धेश्य कभर्डहलमा तेस्रो स्थानका लागि भएको खेलमा जिल्ला भलिबल संघ बागलुङले जिल्ला भलिबल संघ स्याङ्जालाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो भएको हो ।  जिल्ला भबिलल संघ बागलुङले पहिलो सेट १९–२५ ले गुमाएको थियो । पहिलो सेट गुमाएको बागलुङले उत्कृृष्ट पूनरागमनसहित २५–१२, २५–२३ र २५–१५ ले पराजित गर्दै प्रतियोगितामा तेस्रो भएको हो ।  तेस्रो भएको बागलुङले नगद  ४० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।  यस्तै उपाधिका लागि जिल्ला भलिबल संघ म्याग्दी र पर्वतबीच खेल भइरहेको छ ।  जिल्ला भलिबल संघ म्याग्दीले बागलुङ र पर्वत र स्याङ्जालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् ।  प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ७० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, स्पाइकर र सेटरलाई जनही ५÷५ हजार रुपैयाँको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा गण्डकीका ११ जिल्लाका नै सहभागिता रहेको थियो । 

पोखरा:   गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि जिल्ला भलिबल संघ म्याग्दी र पर्वत भिड्ने भएका छन् ।  उपाधि दावेदार मानिएका म्याग्दीले बागलुङ र पर्वतले स्याङ्जालाई सेमिफाइनलमा पराजित गर्दै उपाधिका लागि भिड्ने भएका हुन् ।  पोखरा रंगशालाको बहुउद्धेश्य कभर्डहलमा भएको दोस्रो सेमिफाइनल खेलमा पर्वतले स्याङ्जालाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा म्याग्दीसँगको भेट पक्का गरेको हो ।  पर्वतले २५-१९, २५-१६ र २५-१६ले स्याङ्जालाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।  यस्तै जिल्ला भलिबल संघ म्याग्दीले बागलुङ पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ ।   म्याग्दीले पहिलो सेट २७-२५, दोस्रो सेट २५-१६ र तेस्रो सेट २५-१९ ले जित्दै उपाधि नजिक पुगेको हो । फाइनल केही समय पछि सुरु हुने प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको छ ।  सेमिफाइनलमा पराजित जिल्ला भलिबल संघ बागलुङ र स्याङ्जाले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।  प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ७० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, स्पाइकर र सेटरलाई जनही ५÷५ हजार रुपैयाँको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा गण्डकीका ११ जिल्लाका नै सहभागिता रहेको थियो । 

पोखरा:   जिल्ला भलिबल संघ म्याग्दी पोखरामा जारी गण्डकी प्रदेशस्तरी महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  पोखरा रंगशालाको बहुउद्धेश्य कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा जिल्ला भलिबल संघ म्याग्दीले बागलुङ पराजित गर्दै उपाधि नजिक पुगेको हो ।  प्रतिस्पर्धात्मक भएको पहिलो सेटमा म्याग्दीले सुरुवाती अग्रता लिएपनि बागलुङले २०-२० बराबरी गर्दै खेलमा फर्कने प्रयास गरेपनि म्याग्दीले २७-२५ ले पहिलो सेट जितेको थियो । म्याग्दीले दोस्रो सेट २५-१६ र तेस्रो सेट २५-१९ ले जित्दै उपाधि नजिक पुगेको हो ।  अब उपाधिका लागि म्याग्दीले दोस्रो सेमिफाइनलको विजेता जिल्ला भलिबल संघ स्याङ्जा र पर्वतबीचको विजेता टोलि संघ प्रतिस्पर्धा गर्ने छ ।  पराजित टोलीले बागलुङसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । अहिले दोस्रो सेमिफाइनल खेल जिल्ला भलिबल संघ स्याङ्जा र पर्वतबीच प्रतिस्पर्धा भइरहेको छ । फाइनल खेल आज नै हुने प्रदेश खेलकुद विकास समितिले जनाएको छ ।  प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ७० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, स्पाइकर र सेटरलाई जनही ५÷५ हजार रुपैयाँको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा गण्डकीका ११ जिल्लाका नै सहभागिता रहेको थियो । 

पोखरा:   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेलकुुद क्षेत्रको विकास गर्न प्रदेश सरकार लागि परेको बताएका छन् ।  पोखरामा आज (बिहीबार)देखि सुरु भएको प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उद्घाटनपछि बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।  ‘गण्डकी प्रदेशमा खेलकुद विकास गर्न प्रदेश सरकार लागि परेको छ, युवाहरुको चाहना अनुसार नै खेलकुदमा प्रोत्साहन सबैले गर्नुपर्छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘खेलकुदलाई पर्यटनसँगै जोडेर लैजानुपर्छ, शाहसिक खेलकुदलाई पर्यटनसँग जोड्न सके खेलकुद क्षेत्रको विकास अझै छिटो गर्न सकिन्छ ।’ गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिंखडाले मनोरञ्जनका लागि खेलिने खेलहरु अहिले व्यवसायिक बन्दै गएको बताईन् ।  ‘विभिन्न भू-भागमा मनोरञ्जनका लागि खेलिने खेलहरु अहिले व्यवसायिक बन्दै गएका छन्, युवाहरुलाई गलत क्षेत्रमा लाग्नबाट रोक्न खेलकुद क्षेत्रको विकास गर्न आवश्यक छ’मन्त्री सिंखडाले भनिन्, ‘खेलकुदको माध्यमबाट खेलाडीले राष्ट्रलाई विश्वमा चिनाएका छन्, त्यसैले खेलकुद क्षेत्रको विकास गर्न सबै एकजुट भएर जान आवश्यक छ ।’ मन्त्री सिंखडाले भलिबलसँग अन्य खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार लागि परेको बताईन ।  प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको व्यवस्थापनमा आजदेखि सुरु भएको गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता असार १६गते सम्म सञ्चालन हुने प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए ।  प्रतियोगितामा पहिलो हुने समूहले नगद १ लाख, दोस्रो हुने समूहले ७० हजार र  तेस्रो हुने समूहले नगद ४० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटरलाई जनही नगद ५÷५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।  प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका खेलाडीहरुको सहभागिता रहेको छ ।   

पोखरा:   गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले प्रदेश सरकारले लिएको अहिलेको कार्यक्रमले प्रदेशका नागरिकसँग प्रत्यक्ष जोडिएको बताएकी छिन् ।  गण्डकी प्रदेश सभामा आज देखि सुरु भएको उर्जा,जलस्रोत तथा खानेपानी मन्त्रालय र उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयको बजेट माथि छलफलको क्रममा उनले यस्तो बताएकी हुन् ।  ‘प्रदेश सरकारले घरेलु मदिरा ब्राण्डिङ गर्ने देखि सामुदायिक घरबाँस होमस्टेमा बजेट बिनियोजित गरेर नागरिकसँग जोडिएको छ’ गुरुङले भनिन्, ‘प्रदेश भित्र लिफटिङ खानेपानी र सिचाईमा लाग्ने विद्युत महशुल शतप्रतिशत छुट दिएर नागरिकसँग प्रदेश सरकार जोडिएको छ ।’ उनले लिफटिङ मार्फत खानेपानी प्रयोग नागरिक विद्युतको महशुल तिर्न नसक्दा आयोजना बन्द भएको छ, उनीहरुको लागि यो कार्यक्रम साच्चिकै फलदायी छ ।  सांसद गुरुङले गण्डकी प्रदेशको नयाँनयाँ ट्रेकिङ रुटको लागि खोजी गर्न आवश्यक रहेको समेत बताईन् ।   

पोखरा:    गण्डकी प्रदेश सभा सदस्य लक्ष्मण बहादुर पाण्डेले सत्तापक्षले प्रतिपक्षलाई मगन्ते बनाएको बताएका छन् ।  गण्डकी प्रदेश  सभामा आज देखि सुरु भएको मन्त्रालयतर्फको बजेटको छलफलको क्रममा सांसद पाण्डेले प्रदेश सभाको कठघरामा बसेर सत्तापक्षले दिने र प्रतिपक्षले लिने गर्दा भिक्षा माग्ने मगन्ते भएको बताए ।  ‘सत्तापक्षका माननीय ज्यूहरुले आफुहरु मात्र चुनाव जितेर आएको जस्तो व्यवहार गर्नुभयो, हामी पनि चुनाव जितेर आएको हो’, सांसद पाण्डेले भने, ‘प्रदेश सभाको कठघरामा बसेर सत्तापक्षका मुख्यमन्त्री मन्त्रीहरुले योजना दिने र हामीले लिने मगन्तेको रुपमा प्रस्तुत गराइएको छ ।’ अहिले प्रदेश सरकारले ५/१० लाखको बजेट बनाएर कार्यकर्ता खुशी बनाउन यो बजेट ल्याएको उनले दावी गरे ।   सांसद पाण्डेले आफ्नो क्षेत्रमा योजना माग गर्न मन्त्रालयदेखि मन्त्री क्वाटरसम्म पुगेको बताए ।  ‘आफ्नो क्षेत्रमा योजना माग गर्न मन्त्रीको क्वाटर देखि मन्त्रालयसम्म गयौं, हामी भन्दा पहिला नै गाउँबाट योजना माग गर्न सयौंको संख्यामा जनताहरु आउनुभएको रहेछ, उनले भने, ‘योजना त माग्नुप¥यो, मन्त्रालयमा नाम टिपायौं केही मन्त्रालयले फोन गरेर भएपनि केही योजनामा बजेट दिए केहीले दिएन ।’   उनले प्रदेशको औचित्यको पुष्टि गर्न ७ प्रदेशमध्ये गण्डकीलाई उत्कृष्ठ बनाउन सत्तापक्ष र प्रतिपक्ष नभनेर योजनाबद्ध ढङ्गबाट कहाँ कुन योजना बनाएर अगाडि बढ्न सकिन्छ भनेर अगाडि बढ्न समेत सुझाव दिए ।  आज देखि गण्डकी प्रदेश सभामा उर्जा,जलस्रोत तथा खानेपानी मन्त्रालय र उद्योग, पर्यटन,वन वातावरण मन्त्रालयको बजेटमाथि छलफल भइरहेको छ ।