पोखरा:  गुरुङ (तमु) कलाकार संघ नेपाल गण्डकी प्रदेश समिति पोखराको सातौं वार्षिक साधारण सभाकाे अवसरमा  विक्रम गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।   संघको वरिष्ठ उपाध्यक्षमा मा...

पोखराः  पछिल्लो निर्वाचनमा नेपाली कांग्रेस कास्कीका केही नेता, कार्यकर्ताले अन्तर्घात गरेको प्रमाणसहित पेश गरिएको उजुरी पार्टीको केन्द्रीय अनुशासन समितिमा पुगेको छ ।    समितिले यस उपर छानबीन गरी अन्तर्घातीलाई कारवाही गर्ने आशमा कास्की कांग्रेस रहेको छ । तर अनुशासन समितिको संयोजक चुनिएपनि बाँकी सदस्य मनोनयन गर्न बाँकी छ ।    स्रोतका अ्नुसार कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले निवर्तमान सभापति कृष्ण केसीविरुद्ध समितिमा निवेदन दिएका छन् । बरालले निर्वाचनमा अन्तर्घात र असहयोग गरेको भन्दै प्रमाणसहित निवेदन दिएका हुन् । कांग्रेसमा अन्तर्घात भएको प्रमाणसहित स्वयं उम्मेदवारले निवेदन दिन सकिने प्रावधान छ ।    त्यस्तै, जिल्ला समन्वय शाखामार्फत पनि उजुरी अघि बढाउन मिल्नेछ । कास्की सभापति बरालले आफुले पनि सोझै कारवाही गरिपाउँ भनि निवेदन दिएको प्रष्ट्याए ।    ‘निर्वाचनका दौरान खटिएका कार्यकर्ताले प्रत्यक्ष देखे, भोगेको कुरा हो’ बराल भन्छन् ‘पछि सम्पूर्ण प्रमाण जुटाएर केन्द्रीय अनुशासन समितिसमक्ष पु¥याएका छौं ।’ बरालले आफुलाई चुनावमा कृष्ण केसीले असहयोग र अन्तर्घात गरेको प्रमाणसहित निवेदन दिएको बताए ।    बराल प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा नेकपा एमालेका मनबहादुर गुरुङसँग २ हजार ५१९ मतले पराजित भएका हुन् । उनी पराजित भएपछि कांग्रेस कार्यकर्ताले निवर्तमान सभापति केसीको घरमा तोडफोडको प्रयाससमेत गरेका थिए ।    वर्तमान सभापति बराल भन्छन् ‘म हार्नुको कारण सबैलाई थाहा छ, अडियो–भिडियो प्रमाणसहित कारवाहीकालागि समितिमा निवेदन दिएको छु ।’   यता, निवर्तमान सभापति केसी भने आफुमाथि झुठो आरोप लगाइएको बताउँछन् । केही अघि सम्वाददातासँग भएको कुराकानीमा निर्वाचनमा पराजित भएपछि त्यसको जस, अपजस स्वयं उम्मेदवारले लिनुपर्ने बताउँदै हारेपछि प्रोपोगण्डा गर्नु गलत भएको प्रतिक्रिया दिएका थिए ।     सोहीबेला उनले भनेका थिए ‘मैले अन्तर्घात गरेको, चाल चलेको प्रमाणित होस्, जस्तोसुकै कार्वाही भोग्न म तयार छु ।’   त्यस्तै, कास्कीबाट प्रदेशसभा सदस्यमा निर्वाचित बिन्दुकुमार थापाले पनि आफुमाथि अन्तर्घात र असहयोग गरिएको भन्दै समितिमा निवेदन दिएको सभापति बरालले बताए ।    ‘उहाँले जित्नुभयो तर हराउने प्रयास डरलाग्दो थियो’ बराल भन्छन् ‘प्राप्त मतको लेखाजोखा गर्दा उहाँमाथि पनि ठूलै अन्तर्घात भएको हो ।’ थापालाई असहयोग गर्नेमा पार्टीबाट सँगै प्रदेशसभामा विजयी भएका कुमार खड्काको नाम मुछिएको छ ।    थापाले कास्की–२ (२) मा नेकपा एमालेकी उम्मेदवार मिना गुरुङलाई १ हजार ३१० मतान्तरले हराएका हुन् ।      कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा पनि अन्तर्घातीलाई तत्काल कारवाही गर्ने आवाज उठेको बरालले बताए । केन्द्रीय बैठकमा ७७ जिल्लाका सभापतिलाई पनि बोलाइएको बताउँदै उनले अधिकांश सभापतिले निर्वाचनताका अन्तर्घात भएको धारणा राखेको बरालले सुनाए ।      कारवाही होला त ? भन्ने प्रश्नमा बराल भन्छन् ‘म स्वयं पीडित हो, मैले न्याय पाउनुपर्छ, यस्ता तत्व पार्टीभित्र रहिरहे कांग्रेसको भविष्य बन्दैन ।’ यस विषयमा धेरै कार्यकर्ताले आफुलाई बाराम्बार प्रश्न गरिहेको र कारवाहीको माग गरिरहेकाले पनि अनुशासन समिति सक्रिय हुनुपर्ने उनको धारणा छ । 

पोखरा:  पोखरामा  लेखा तालिम तथा कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।   सुनचाँदी व्यवसायीहरुलाई लक्षित गर्दै नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीले शनिबार तालिम तथा सचेतना कार्यक्रमको आयोजना गरेको हो ।   कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका महासचिव किसान सुनारले उद्घाटन गरे ।    सो अवसरमा बोल्दै सुनारले समय सापेक्ष कार्यक्रमको आयोजना गरेको भन्दै कास्की समितिलाई आभार प्रकट गरे । उनले पछिल्लो समय हुने अवैधानिक सुनचाँदी कारोबारबाट बच्नका लागि व्यवसायी आफै पनि सचेत हुनुपर्ने उल्लेख गरे ।  सुनारले व्यवसायीको हकहितका लागि विशेष मापडण्डसहितको नीति निर्देशिका तर्जुमा गर्ने पक्षमा महासंघ रहेको बताए ।    नेपाल सरकारले अहिले सुन आपुर्ती कम गर्दै आएको बताउदै उनले सो विषमा सरकारलाई ध्यानाकर्षण गर्नका लागि महासंघले पहल गरिरहेकोसमेत बताएका थिए ।    कार्यक्रममा अधिवक्ता विनिता नेपालीले व्यवसायीलाई पर्ने समस्याको बारेमा सहजीकरण गर्दै कानुनी सहायताका विषयको बारेमा प्रशिक्षण दिएकी थिइन् ।   यस्तै सिए अमृत गदलले व्यवसाय मर्यादित  र व्यवस्थित तरिकाले व्यवसाय सञ्चालन गर्नका लागि मद्दत पुग्ने तरिकाले लेखा सम्बन्धि तालिम दिएका थिए ।    सो तालिमपश्चात निकै उपयोगी कार्यक्रम रहेको सहभागि व्यवसायीहरुले बताएका थिए । सोही क्रममा नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको तर्फबाट रेडिमेट सुनका गरगहनकाे सट्टा ५० ग्राम काँचो सुन  भन्सार छुटमा पाउने व्यवस्था गर्नका लागि महासंघलाई ध्यानाकर्षण गराएको थियो ।   कास्कीका अध्यक्ष राम बहादुर विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा कास्कीका प्रथम उपाध्यक्ष भरत विकले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव इश्वर विकले गरेका थिए ।   

कास्कीः  जिल्ला प्रशासन कार्यालय कास्कीमा २ जनाले आमाको नामबाट नागरिकता लिने प्रक्रिया सुरु गरेका छन् ।    नागरिकता ऐन संशोधन गर्न ल्याइएको नयाँ विधेयकले आमाको नामबाट मात्र नागरिकता पाइने सुनिश्चित गरेको छ। यसअघि २०७५ सालमा ल्याएको विधेयक फिर्ता लिएको सरकारले हाल नयाँ विधेयक ल्याएको हो।   कास्कीबाट २ जनाले आमाको नामबाट नागरिकता लिन निवेदन दिएको र सम्बन्धित वडाबाट प्रमाणित कागजात र सिफारिश पेश गर्न निवेदकलाई जानकारी दिइसकेको कास्की प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।   ‘कार्यालयमा निवेदन आएपछि मैले आवश्यक कागजात पेश गर्न भनेको छु’ सहायक प्रजिअ क्षेत्रीले भने ‘सम्भवतः यही हप्ता उहाँहरुले विवरण पेश गरेपछि नागरिकता पाउनुहुनेछ ।’ यद्यपि अहिले यससम्बन्धी विधेयक बनेपनि पहिल्यैदेखि आमाको नामबाट नागरिकता दिइँदै आएको क्षेत्री बताउँछन् ।   संसदबाट यससम्बन्धी विधेयक पारित भएपछि २ जनाले सुरु गरेको प्रक्रिया कास्कीमा पहिलो नै भएको उनले जनाए ।    आमाको नामबाट नागरिकता लिन विधेयकमा ४ शर्त राखिएका छन् । जसमध्ये पहिलो पहिलो सर्त हो, नेपाली आमाबाट नेपालमै जन्मिएको हुनुपर्ने। दोस्रो, नेपालमै बसोबास गरेको हुनुपर्नेछ ।    त्यस्तै, तेस्रो, बाबुको पहिचान नभएको र चौथोमा बाबुको पहिचान नभएको स्वघोषणा गर्नुपर्ने। यस्तो स्वघोषणा नागरिकता लिने व्यक्ति वा उनकी आमाले गर्नुपर्ने हुन्छ। आमाको मृत्यु भएको रहेछ भने त्यसको प्रमाण ल्याएर नागरिकता लिने व्यक्ति आफैंले आफ्नो बाबुको पहिचान नभएको बेहोरा खुलाएर घोषणा गर्नुपर्ने उल्लेख गरिएको छ ।    त्यस्तै, कास्की प्रशासनले नागरिकतासम्बन्धी नयाँ सूचना निकालेको छ । सूचनामा नेपाली नागरिक आमाबाट जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा वंशजको आधारमा नेपाली नागरिकता दिइने उल्लेख छ । 

पोखरा:   पोखरा महानगरपालिका १३ काहुँखोलास्थित विजयपुर खोलामा फसेका चार जनाको गएराती सकुशल उद्धार गरिएको छ ।     नेपाल सशस्त्र प्रहरी बलको टोलीले गएराती २३ वर्षिय प्रेम  सुनार, ४० वर्षीय सुदिप गुरुङ, २८ वर्षीय अर्जुुन विक र १९ वर्षिय क्षितिज नेपालीको सकुशल उद्धार गरेको हो ।   उनीहरु रातीसाझास्थित निर्माणधीन पानी ट्याङ्की बोरिङ्गको प्रतिक्षालयमा बसिरहेको अवस्थामा अविरल वर्षाको कारण एक्कासी आएको बाढीमा फसेका थिए ।   त्यसपछि फोनसम्पर्कमार्फत उनीहरुले आफुहरु बाढीमा फसेको परिवारलाई जानकारी दिएका थिए ।   त्यसलगत्तै सशत्र प्रहरीलाई खबर पुग्यो र  कालिका गण कास्कीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली तत्कालै खटिएर उनीहरुको सकुशल उद्वार गरेका थिए ।  

पोखरा:   प्रेस सेन्टर नेपाल कास्कीले पोखरा महानगरपालिका ६ लेकसाइडस्थित माया थकाली भन्छा घर एण्ड रेष्टुरेन्टका सञ्चालकले पत्रकार हेमराज अधिकारीलाई गरेकोे अभद्र व्यवहारप्रति आपत्ति जनाएको छ ।   प्रेस सेन्टरले विज्ञप्ती जारी गर्दै होटल व्यवस्थापनले पोखरामा क्रियाशिल पत्रकार तथा फेवा खबर डटकमका सहसम्पादक हेमराज अधिकारी लगायत फेवा खबर टिममाथि अभद्र व्यवहार गरेको भन्दै माफि माग्नुपर्ने बताएको छ ।     विज्ञप्तीमा भनिएको छ, ‘रेष्टुरेन्टमा खाना खाने क्रममा अखाद्य वस्तु (स्टिलका टुक्रा) भेटिएपछि सोको भिडियो क्यामेरामा कैद गरी सञ्चालक विशाल चौधरीलाई जानकारी गराउने क्रममा सञ्चालक चौधरीले सञ्चार समाग्री तोडफोडको प्रयास गर्दै अपशब्द बोल्दै अभद्र व्यवहार गरेको घटनाले स्वतन्त्र प्रेसमाथि प्रहार गरेको ठहर छ ।’   यस्तै सेन्टरले प्रहरी प्रशासनलेसमेत पत्रकार विरुद्ध भएको घटनामा पत्रकारलाई नै दोषारोपण गरेकाले पत्रकारितामाथि हस्तक्षेत्र भएको ठहर गरेको छ ।   ‘प्रहरी प्रशासनलेसमेत पत्रकार विरुद्ध भएको अभद्र व्यवहारको घटनामा उल्टै पत्रकारलाई नै भिडियो किन खिचेको भनेर प्रश्न गरिनु प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको छ दुर्व्यवहारको घटनामा संलग्नलाई सचेत गराउँदै माफी माग्न र आगामी दिनमा यस्ता घटना हुन नदिने प्रतिवद्धताका लागि सम्बन्धित पक्षसँग माग गर्दछौं,’ विज्ञप्तीमा उल्लेख छ ।   यद्यपी विज्ञप्तीमा क्षमायाचना मात्रै भनिएपनि पत्रकारहरुले होटल सञ्चालक तथा प्रहरीलाई कानूनी कारवाही गर्नुपर्ने बताएका छन् । 

पोखरा:  गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीमगरले पोखराको यातायात कार्यालयमा छड्के अनुगमन गरेका छन् ।   यातायात व्यवस्था कार्यालय कास्कीको सवारी चालक अनुमतिपत्र र सवारी साधन दर्ता तथा नविकरणसम्बन्धी सेवा दिने कार्यालयमा मन्त्री जुग्जाली सेवाग्राही बनेर बिहीबार अनुगमनमा गएका हुन् ।   अनुगमनमा पुगेका मन्त्री जुग्जालीमगरले यसअघि दिएको निर्देशन कार्यान्वयन भए/नभएको बुझ्नका लागि अनुगमनमा पुगेको बताए । उनले सोसँगै सेवाग्राही र कार्यालयको समस्या पहिचानका लागि अनुगमन गरेको सुनाए ।    उनले सेवाग्राहीको चाप कम गर्न पोखरासँगै अन्य जिल्लाको कार्यालयमा पनि सेवा बिस्तार गर्ने बताउदै आएका छन् ।   मन्त्रीको अनुगमनको क्रममा कार्यालय प्रमुख डिल्लीराम रिजालले सहज रूपमा सेवा उपलब्ध गराउदै आएको ब्रिफिङ गरेका थिए ।   जुग्जालीमगरले भौतिक तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सेवाग्राहीमुखी काम गरेको भन्दै मन्त्रीको प्रशंसा गरेका थिए ।   जुग्जालीमगरको नेतृत्वपछि राजस्व बुझाउनेदेखि ‘लाइसेन्स’ को लिखित र प्रयोगात्मक परीक्षासमेत बिहान ८ बजेदेखि नै सुरू हुदै आएको छ  । जसले गर्दा कार्यालयमा हुने सेवाग्राहीको चाप कम भएको छ ।  

काठमाडौं:     सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ ।  न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश दिएको हो । २१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेका थिए । सोही समर्थनका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।   तर नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले तटस्थ भूमिकामा रहेका सभामुखको समर्थनबाट सरकार बन्नु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए । उनले थापाको नियुक्ति बदर गरी संविधानको धारा १६८ ९३० अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरेका थिए ।

पोखरा:   गएको मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा उम्मेदवार भएका गण्डकी प्रदेशका ४९ जना उम्मेदवारले निर्वाचन खर्च विवरण पेश गरेका छैनन् ।  आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले मंगलबार विज्ञिप्ति जारी गर्दै प्रतिनिधि सभातर्फ २३ सय ७४ र प्रदेश सभातर्फ ३१ सय ८८ जना समेत गरी जम्मा ५५ सय ६२ लाई ऐन बमोजिम निर्वाच्न खर्च विवरण सार्वजनिक गर्न लिखित जानकारी गराइएको जानकारी दिएका छन् ।  यसमा विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १हजार ३७ र प्रदेश सभातर्फका १ हजार३ सय ९८ गरेर जम्मा २ हजार ४ सय ३५ जनालाई १५ हजार रुपियाँका दलले जरिवाना गर्ने निर्णय गरिएको जानकारी दिए ।  निर्वाचन आयोगका अनुसार गण्डकी प्रदेशमा प्रदेशसभातर्फ उमेदवार भएका  स्वतन्त्र उम्मेदवार ११ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १० जना, जनता समाजवादी पार्टी नेपालका ५ जना, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का ४ जना, नेकपा एमालेका ४ जना, हाम्रो नेपाली पार्टी ४ जना उम्मेदवारले निर्वाचन खर्च विवरण पेश गरेका नगरेका हुन् । यस्तै मंगोल नेशनल अर्गनाइजेसन पार्टीका ३ जना, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का २ जना, जनमत पार्टी, जनसहभागिता पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी )माओवादी समाजवादी), नेपाल सुशासन पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका १/१ जना उम्मेदवारले निर्वाचन खर्च विवरण पेश नगरेको आयोगले जनाएको छ ।  प्रतिनिधिसभातर्फ र प्रदेशसभातर्फ कति उम्मेदवारले निर्वाचन खर्च वितरण बुझाएन हेर्नुहोस्: