पोखराः गण्डकी प्रदेश सरकारले आज आर्थिक वर्ष ०८०/८१ को बजेट सार्वजनिक गर्ने भएको छ । यसपटकको बजेट अघिल्लो वर्षको तुलनामा कम आउने मन्त्रालयसम्बद्ध स्रोतले जनाएको छ । चालु आर्थिक वर्षमा गण्डकीको बजेट ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँ रहेको छ । तर यस वर्षमा अनुमानित ३३ अर्ब रुपैयाँकोमात्रै बजेट आउने अनुमान गरिएको छ । संघ सरकारले चालु पुँजीमा कम बजेट राखेको प्रभाव यहाँको बजेटमा देखिने भएको छ । गण्डकीमा लक्ष्यअनुसारको कर उठ्न नसक्नुको परिणाम बजेटमा देखिएको छ भने संघ सरकारबाट दिइने समानीकरण अनुदान पनि १ अर्ब रुपैयाँले घटेको छ । आज दिउँसो ३ बजे अर्थमन्त्री जीतप्रकाश आलेमगरले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
कास्की: कास्कीको माछापुच्छ्रे गाउँपालिका ९ स्थित मर्दी खोलाको मुहान क्षेत्रमापर्ने भीरमा ‘हनी हन्टिङ’ गरिएको छ । सिदिङ युनाइटेड क्लबको आयोजना तथा वडा कार्यालयको समन्वयमा यही जेठ २८ र २९ गते दुई दिन हनी हन्टिङ गरिएको हो । भिडियो:-
पोखरा: इन्टरनेशनल नेपाल फेलोशिप(आइएनएफ) नेपालले कुष्ठरोगमुक्र समाजका लागि शुन्य कुष्ठरोग रणनीति सुरु गरेको छ । नेपाल सरकारले सन् २०३० सम्ममा कुष्ठरोगलाई पूर्ण रुपमा निवारण गरी कुष्ठरोमुक्त नेपाल बनाउने लक्ष्य लिएकामा सो लक्ष्यलाई साकार पार्न आइएनएफले रणीनितिक योजना मार्फत सहयोग गर्ने भएको हो । आइएनएफका कार्यकारी अध्यक्ष रामचन्द्र तिमोथीले सरकारको कुष्ठरोग निवारणको अभियानलाई आइएफनले पूर्ण सहयोग गर्ने गरी कार्ययोजना बनाइएको बताउनुभयो । नेपालमा कुष्ठरोगको बिरामी पत्ता लगाउनेदेखि रोगको उपचार गर्न, उनीहरूलाई पुनस्र्थापना र कुष्ठरोगको प्रकोप दरमा कमी ल्याई मुलुकलाई राष्ट्रिय स्तरमा कुष्ठरोग निवारण भएको घोषणा गर्ने स्थितिसम्म ल्याई पु¥याउन आइएनफनले योगदान गरेको छ । अध्यक्ष तिमोथीले भन्नुभयो“नेपाल सरकारले लिएको लक्ष्य पूरा गर्न आईएनएफ नेपाल प्रतिबद्ध छ । सरकारको लक्ष्यलाई योगदान गर्न र कुष्ठरोगमुक्त समाजको परिकल्पनाका लागि रणनीतिक योजना निर्माण गरेका हौँ ।” रणनीतिक योजनामा समुदाय तहमा कुष्ठरोगका विविध पक्षबारे जनचेतना अभिवृद्धि गर्ने कुरालाई विशेष जोड दिइएको छ । त्यसैगरी रोगका बिरामीहरुको पहिचान गर्न र समाजमा नखुलेका बिरामीहरुलाई स्वास्थ्य संस्थासम्म ल्याइपु¥याउन स्थानीय स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि कार्यक्रम अघि सारिएको छ । कुष्ठरोगलाई यसबाट प्रभावितहरुको समस्याको रुपमा मात्र नलिईकन यो समस्यालाई सबैले साझा रुपमा ग्रहण गर्ने र यसको समाधानको लागि पनि सबैले महत्वपूर्ण भूमिका निर्वाहको रणनीति आइएनएफको रहेको आइएनफएका मेडिकल सर्भिसेज डाइरेक्टर डा अरुण कुमार बुढाले बताउनुभयो । आइएनएफको रणनीतिक योजनाको शुभारम्भ गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कुष्ठरोग अन्य रोगहरु सरह सामान्य भएको र उपचार सम्भव छ भन्ने जनचेतना वृद्धि गर्नुपर्ने बताउनुभयो । कुष्ठरोगका बिरामीहरुलाई समाजमा गरिने व्यवहारलाई जनचेतनामुलक कार्यक्रम सहित परिर्वतन ल्याउन सके बिरामीहरुको रोगसँग लड्न सक्ने क्षमता विकास हुने उहाँले बताउनुभयो । मुख्यमन्त्री पाण्डेले कुष्ठरोगका बिरामीहरुप्रति विभेद गर्न नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,“कुष्ठरोग पनि साधारण रोग हो र उपचार सम्भव छ भनेर जनचेतना बढाउनु आवश्यक छ। बिरामीलार्ई डिप्रेशन हुने गरी व्यवहार गर्नुहुँदैन । विरामीको उच्च मनोवल वृद्धि गर्नका लागि समाजले गर्ने व्यवहार परिर्वतन गर्नु आवश्यक छ ।” मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको म्याग्दी र नवलपरासीमा अन्य जिल्लाका तुलनामा कुष्ठरोगीहरु बढी रहेकाले रोग निवारण र रोगीहरुको सेवाका लागि आइएनएफले सञ्चालन गरेको अस्पतालले ठूलो योगदान गरेको उल्लेख गर्नुभयो । कुष्ठरोग मुक्त अभियानमा प्रदेश सरकारले समेत सहकार्य गर्ने मुख्यमन्त्रीले प्रतिवद्धता जनाउनुभयो । प्रदेश सरकारले १० वर्षमुनि र ६० वर्षमाथिका नागरिकहरुको सरकारी अस्पतालमा निःशुल्क उपचारको प्रवन्ध गर्ने गरी कार्यक्रम सञ्चालनको तयारी गरेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले आइएनएफले सुरु गरेको कार्यक्रमबाट सरकारको कुष्ठरोग उन्मुलनको नीतिलाई सहयोग पुग्ने बताउनुभयो । उहाँले कुष्ठरोग शुन्यताका लागि सबै पक्षले धेरै मिहिनेत गर्नुपर्ने खाँचो औँल्याउनुभयो । गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष रामप्रसाद सुवेदीले गैर सरकारी संस्थाहरु सरकारको प्रतिस्पर्धी नभई सहयोगी हात मात्र रहेको बताउनुभयो । गैरसरकारी क्षेत्रबाट कुष्ठरोगको उपचारमा प्रदान गरिएको सेवा अत्यन्त उत्कृष्ट रहेको उहाँले बताउनुभयो । कार्यक्रममा पोखराको हरियोखर्क अस्पताल परिसरमा कुष्ठरोगका विरामीको उपचारका लागि लागि सञ्चालनमा ल्याइएको ‘आइलीन एण्ड बेट्टी सेन्टर’ भवनको उद्घाटन गरिएको छ । हरियोखर्क हस्पतालमा हाल १०० बेडमा कुष्ठरोगीहरुको उपचार हुँदै आएको छ ।
पोखरा: गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारी गाडी फिर्ता नगरेको भन्दै अनेरास्ववियुले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको ध्यानाकर्षण गराएको छ । अनेरास्ववियुले बिहीबार मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री पाण्डेलाई ध्यानाकर्षण गराएको हो । गण्डकीका पूर्व मुख्यमन्त्री पोखरेलले ५ महिनासम्म पनि सरकारी गाडी फिर्ता नगरेको भन्दै सरकारी साधनको कुनै पनि बाहानामा दुरूपयोग गर्न नहुने भन्दै एक हप्ताभित्रमा दुरूपयोग गरिएका सबै सरकारी साधन फिर्ता लिन अनेरास्ववियुले माग गरेको गण्डकी प्रदेश सह संयोजक सुशन घिमिरेले बताए । ‘यसै सन्दर्भमा संघियता भनेको लुटको थलो हो भन्ने भ्रम जवर्जस्त स्थापित गर्न खोजीरहेको बेला गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल ज्यूले हालसम्म पनि सरकारी सवारी साधन फिर्ता नगर्नुले यसलाई थप पुष्टि गरेको छ । अनेरास्ववियु सरकारी साधनको कुनै पनि बाहानामा दुरूपयोग भएको हेरेर बस्न सक्दैन । गण्डकी प्रदेश सरकारलाई एक हप्ता भित्रमा दुरूपयोग गरिएका सबै सरकारी साधनको फिर्ता ल्याउन जोडदार माग गर्दछौ’, ध्यानाकर्षण पत्रमा भनिएको छ । पूर्व मुख्यमन्त्री पोखरेलले पद मुक्त भएको ५ महिना वितिसक्दा पनि सरकारी सवारी फिर्ता गरेका छैनन् ।
पोखरा: गण्डकी प्रदेश सभा सदस्य प्रकाश बहादुर केसीले गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन क्षेत्रलाई चासो नदिएको बताएका छन् । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०÷०८१ को नीति तथा कार्यक्रममा प्रदेश सरकारले अघिल्लो सरकारकै वितरणमुखी कार्यक्रमलाई थपघट गर्दा प्रदेशको समृद्धिको मुख्य आधार पर्यटनलाई चासो नदिएको बताएका हुन् । ‘नीति तथा कार्यक्रम बजेटको मार्गदर्शकसँगै आगामी वर्षको कार्ययोजना पनि हो, यसपालिको नीति तथा कार्यक्रममा संघीयताको कार्यान्वयनका लागि प्रष्ट मार्गचित्र छैन,’ सांसद केसीले भने, ‘ वितरणमुख कार्यक्रमलाई थपघट बाहेक अ? कुनै नयाँ कुरा देखिएन, प्रदेश समृद्धिको मुख्य आधार पर्यटनलाई चासो दिएन ।’ उनले प्रदेशमा अवस्थित अन्नपूर्ण, मनास्लु, धौलागिरी, माछापुच्छ«े आदि हिमालको ब्रान्डिङ, प्रचारप्रचार, पदयात्रा र साहासिक पर्यटन प्रवद्र्धनमा नीति तथा कार्यक्रममा चासो नदिएको बताए । उनले पुरानै कार्यक्रमलाई निरन्तरता दिँदा प्रदेश सरकारकै औचित्य माथि प्रश्न उठ्ने गरी संघीय सरकारलाई पच्छ्याएको आरोप समेत लगाए । ‘समृद्ध पूर्वाधार बिना गाउँको विकास कल्पना गर्न सकिदैन, बसाइसराइले गाउँह? रित्तिदै गएका छन्, उत्पादनमा आत्मनिर्भर बन्न गाउँह?लाई जोगाउने एजेन्डा नीति तथा कार्यक्रममा देखिदैन, उनले भने, ‘प्रदेश सरकारले संघीय सरकारलाई पच्छ्याउँदा प्रदेश सरकारकै ओचित्य माथि प्रश्न उठाएको छ ।’ उनले नीति कार्यक्रममा आम जनताको स्वास्थ्य बिमा हराएको भन्दै प्रदेश सरकारलाई प्रश्न गरेका छन् । ‘पत्रकारको स्वास्थ्य बिमा कार्यक्रम आएको छ, यो राम्रो हो, तर आम जनताको स्वास्थ्य बिमा कार्यक्रम कहाँ हरायो ?’ उनले भने, ‘बिमा गरिसकेका नागरिकले पनि सहज तवरले सेवा पाएका छैनन् यो विषय बजेटमा समावेश गर्नु उचित हुन्छ’ सांसद केसीले पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनसँगै विमानस्थलको प्रवद्र्धनसँगै अर्थतन्त्रको सवलीकरणको दायित्वबाट प्रदेश सरकार पन्छिन नमिल्ने बताए । उनले सरकारी कार्यालयका समुचित तवरले चलाउन चाहिने भवन निर्माणको विषय यो नीति तथा कार्यक्रममा छायाँमा परेको बताए । ‘पोखराको पुरानो एयरपोर्टका जग्गालाई प्रदेश सरकारको मातहत ल्याउनुपर्छ, प्रदेशका सम्पूर्ण सरकारी निकायका संरचना जनतालाई सहज हुने तवरले एकै ठाउँमा निर्माण गर्न आवश्यक छ ।’ उनले भने । नेपालमा वन क्षेत्रको नीति परम्परागत र संरक्षणमुखी भएको बताउँदै उनले,‘उपभोग र संरक्षणबीच सन्तुलन मिलाएर रोजगारी सिर्जना, देशमै काठको उपलब्धता, वातावरण संरक्षण, जडिबुटी खेती जस्ता विषय अहिलेको नीति तथा कार्यक्रममा समेट्नु पर्दथ्यो ।’
पोखरा: गण्डकी प्रदेश सभा सदस्य कृष्ण पाठकले प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समर्थन गर्न नसकिने भन्दै फेवातालको क्षेत्रफल कति हो ? भनेर प्रश्न गरेका छन् । गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम माथि छलफलकाक्रममा सरकारले पर्यटन क्षेत्रको प्रर्वद्धन विकास गर्ने कुरा उल्लेख गरेको भन्दै फेवातालको क्षेत्रफल सोधेका हुन् । उनले फेवातालको जग्गा अतिक्रमण गरेर बनाइएका संरचनाको यकिन गर्न चुनौती समेत पेश गरेका छन् । ‘फेवातालको जग्गा अतिक्रमण गरेर गरेर बनाइएका घर टहरा कति छन्, अतिक्रमण गरेर कति संरचना बनाइए प्रदेश सरकारले यकिन गरोस्’ उनले भने, ‘अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सकोस्, क्षेत्रफल कायम गर्न सकोस् ।’ सांसद पाठकले भने, ‘फेवाताललाई वास्तविक क्षेत्रफलमा फर्काउन सके प्रदेशवासी र पोखरावासीले सरकारको पक्षमा दिपावली मनाउनेछन् ।’
पोखरा: पवन कुमार प्रजापतीको अध्यक्षतामा गण्डकी प्रदेशस्तरिय कब्बडी संंघ गठन भएको छ । पोखरामा मंगलबार सम्पन्न प्रथम अधिवेशनले प्रजापतीको अध्यक्षतामा १२ सदस्यिय कार्यसमिति गठन गरेको हो । नवगठित समितिका अध्यक्ष प्रजापती पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष समेत हुन् । समितिको उपाध्यक्षमा भरत कुमार श्रेष्ठ र निराजन श्रेष्ठ रहेका छन् । कार्यसमितको सचिवमा हरि जिसी र कोषाध्यक्षमा विन्दु थापा मगर रहेका छन् । नवगठित कार्यसमितिको सदस्यमा सन्दिप पन्त, हरि सिग्देल, युवराज श्रेष्ठ, रविन्द्र खाती क्षेत्री, विज्ञान नेपाली, विकास बाँनिया र तेज बहादुर विष्ट रहेका छन् । खेलकुद विकास ऐन २०७७ अनुसार पहिलो पटक उक्त समिति गठन भएको हो । प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य ऋषीराम गौतम र नेपाल कब्बडी संघका राष्ट्रिय उपाध्यक्ष विरेन्द्र कुमार यादवको विशेष उपस्थितीमा सम्पन्न भेलामा कास्की, तनहुँ, गोर्खा, बागलुङ र म्याग्दी जिल्लाको सहभागिता रहेको थियो ।
काठमाडौं: शिक्षा मन्त्रालयले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ। मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ प्रमाणिकरण भएको मितिलाई आधार मानेर असोज २ गते प्रत्येक वर्ष राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको जनाएको छ। मन्त्रालयले सोही अनुसार असोज २ गते प्रत्येक वर्ष राष्ट्रिय शिक्षा दिवस मनाउन प्रदेश तथा समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ, गाउँपालिका महासंघ, सबै स्थानीय तहहरुलाई पत्राचार गरेको छ । राष्ट्रिय शिक्षा दिवस २०३१ सालदेखि फागुन १२ गतेको दिन मनाउन थालिएको हो र विभिन्न आधारमा फरक फरक मितिमा २०७६ सालसम्म मनाइएको राष्ट्रिय शिक्षा दिवस २०७७ सालदेखि मनाइएको छैन।
पोखरा: गण्डकी प्रदेश सरकारले ‘सामुदायिक क्याम्पससँग प्रदेश सरकार’ कार्यक्रम अन्र्तगत प्रदेशमा रहेका सबै सामुदायिक क्याम्पसलाई क्षमता तथा कार्यसम्पादनका आधारणमा अनुदान दिने व्यवस्था मिलाउने भएको छ । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले यस्तो बताएका हुन् । उनले बौद्धिक अपाङ्गता भएका बालबालिकाको शिक्षा सम्बन्धी अधिकार सुनिश्चिताका लागि संघ सरकार र स्थानीय तहसँगको साझेदारीमा सुविधा सम्पन्न आवासीय विद्यालय निर्माण एव सञ्चालन ल्याउने बताएका छन् ।