पोखरा:     नेपाल पत्रकार महासंघ कास्कीले संस्थाको ७१ औं स्थापना दिवसको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका ३ जनालाई पुरस्कृत र एक संस्थालाई सम्मान गरेको छ ।   पोखरा...

हुम्ला:     सिमकोटबाट हिल्सातर्फ जाँदै गरेको बोलेरो जीप कर्णाली नदीमा खस्दा चालकको मृत्यु भएको छ । चट्टानी भीरको उकालो सडकमा जीप अगाडी बढ्न नसकेर ब्याक भएपछि नदीमा खसेको हो ।  प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले सोमबार बिहान साढे सात बजे च्याछरामा बोलेरो जीप दुर्घटना हुँदा शान्तिपुर–२ धनुसा जनकपुरका चालक ३० वर्षका चालक राजेश हेन्जन तामाङ घटना स्थलमै मृत्यु भएको बताए। कर्णाली प्रदेश ३०१०२२ च ५१२६ नम्बरको जिप खसेको हो ।  नदीमा खस्दै गरेको जिपबाट चालकले हाम फालेको भए पनि जीपले लछारेर लगेपछि सख्त घाइते भएको अवस्थामा प्रहरीले भेटाएको भए पनि पछि मृत्यु भएको उनले बताए । चालकलाई प्रहरी उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याउने तयारी गरी रहेको अवस्थामा मृत्यु भएको हो ।  नदीमा खसेको जीपको पाङ्ग्रा मात्र नदी बाहिर देखिएको छ । उकालो भीरमा गाडी चढ्न नसक्ने भन्दा चालक तामाङले बाह्र जना यात्रुलाई झारेर आफुले गाडी चलाउनु भएको थियो । यसबाट मृतक चालकले ठुलो मानवीय क्षती हुनबाट भने जोगाएको उनले बताए । 

विराटनगर:    कोशी प्रदेश नामकरण खारेजीको माग राख्दै आन्दोलनमा सहभागी पहिचान पक्षधर समूह र कोशी प्रदेश सरकारबिच वार्ता सुरु भएको छ । आइतबार प्रदेश नं १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समितिले कोशी प्रदेश सरकारसँग वार्ता गर्नका लागि समिति बनाएपछि वार्ता भएको हो । लामो समयदेखि प्रदेशको नाममा असहमति जनाउँदै आएका पहिचान पक्षधर समूहलाई प्रदेश सरकारले वार्ताबाट सहमति खोज्न आग्रह गरेसँगै अहिले विराटनगरमा आन्दोलनरत पक्ष र सरकारबिच वार्ता सुरु भएको छ । पहिचान पक्षधरबाट गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, लगायत उपस्थित हुनुहुन्छ भने प्रदेश सरकार पक्षबाट सिँचाइ खानेपानी तथा स्वास्थ्य मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी तथा पूर्वाधार मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राज भण्डारी सहभागी रहनु भएको छ ।  गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचानका आधारमा पुन नामाङ्कनको माग गर्दै पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन् । आन्दोलनका क्रममा एक जनाको ज्यान मृत्यु समेत भएको थियो । 

पोखरा:   युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलाडीको भविष्य सुनिश्चित हुने तथा खेल क्षेत्रको दिगोविकासका लागि लागि परेको बताएका छन् ।  पोखरा रङ्गशालामा आजदेखि सुरु भएको तेस्रो प्रदेशस्तरीय तथा पहिलो कास्की जिल्ला स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै उनले नेपाली खेलकुदको विकास गर्न खेलकुदमा लाग्ने खेलाडीको भविष्य सुनिश्चित गर्नका लागि नीतिनिर्माण गर्नुका साथै आवश्यक कानुनहरु परिमार्जन गर्नकालागि लागि परेको बताएका हुन् । उनले यस कार्यका लागि सरकार एक्लैले मात्रै सम्भव नभएकोले खेलकुदमा निजी क्षेत्रको समेत लगानी सुनिश्चित गर्दै सबैको साथ र सहयोगले यस क्षेत्रलाई गर्भ गर्न लायकको बनाउने प्रतिवद्धता व्यक्त गरे ।  मन्त्री लिम्बुले पुरानै संरचनामा बसेर नेपालको खेलकुदको विकास हुन नसक्ने भन्दै प्रदेश र जिल्लाका विगतका खेलकुदका कार्यालय तथा संरचनालाई सङ्घीयताअनुसार परिर्वतन गर्नुपर्नेमा जोड दिए । उनले विगतमा जस्तो खेलाडीले वितृष्णा मान्नुपर्ने वाताबरण नहुने बताउदै  अव ढुक्क भएर यसमै आफ्नो भविश्य देख्न खेलाडीहरुलाई आग्रह गरे ।  त्यसै गरि गण्डकी प्रदेशका सांसदहरु लिल थापामगर,दोर्ण कुवँर,जीत शेरचन,प्रकाश बराल लगायतले खेलाडीहरुले अन्तराष्ट्रिय सम्बन्ध बजबुत बनाउन महत्वपुर्ण भुमिका खेलेको भन्दै खेलकुद र खेलाडीहरुका लागि आर्थिक,नैतिक,भौतिक तथा नीतिनिर्माणमा सहयोग गर्न जरुरी रहेको बताए ।  उनीहरुले खेलाडीहरुले आफ्नो खेलकौशलताको प्रयोग गरि नेपाललाई देशविदेशमा चिनाउन सक्षम रहेको बताउदै विगतामा हेरिएको खेलकुदप्रतिको दृष्टिकोणलाई परिवर्तन गरेर अव खेलकुदलाई देशको अर्थतन्ञसंग जोड्ने पहल गरिने बताए । देशलाई खेलकुद पर्यटनमा अगाडी बढाउन सके खेलाडी र देशको अर्थतन्त्रले फड्को मार्ने बताए ।  कार्यक्रममा नेपाल आईटिएफ तेन्वान्दो संघ गण्डकी प्रदेशका अध्यक्ष घम बहादुर थापाले आईटिएफ तेक्वान्दो खेलबाट देशका विभिन्न दुरदराजमा खेलाडीहरु उत्पादन भई विभिन्न विभागिय टिमहरुमा समेत आवद्ध भएको जानकारी दिए ।  उनले यस विद्याका खेलाडीले आफ्नो खेलकौशलता प्रदर्शन गरि गण्डकी प्रदेशलाई मात्रै नभई अन्तराष्ट्रिय प्रतियोगिताहरुबाट देशलाई विभिन्न पदकहरु दिलाउन महत्वपुर्ण भुमिका खेलेको भएतापनि सरकारबाट भने खेल र खेलाडी नजरमा नपरेको भन्दै गुनासो गरे । उनले खेलाडीहरुको बृढीविकास र हौसलाका लागि भौतिक विकास,खेलाडीहरुको सेवाका लागि पर्याप्त बजेट विनियोजनका लागि पहल गर्न गरिदिन प्रदेश सांसदहरुलाई अनुरोध गरे ।  भोली सम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका सात जिल्लाका तीन सयभन्दा बढी खेलाडीको सहभागिता रहेको छ ।  प्रतियोगितामा कास्की, बागलुङ, पर्वत, म्याग्दी, नवलपुर, स्याङजा र तनहुँका महिला तथा पुरुष खेलाडीको सहभागिता छ । प्रतियोगितामा २८ स्वर्ण, २८ रजत र ३२ कास्य पदकका लागि प्रतिस्पर्धा हुने गण्डकीका उपाध्यक्ष तथा रेफ्री अफिसियल संयोजक आकाशचन्द्र घर्तीमगर जानकारी दिए ।  खेलाडीबीच एकल काता स्पाइरिङ तथा एकल प्याट्रनमा प्रतिस्पर्धा हुनेछ । जसमा स्पाइरिङतर्फ ४५ देखि ८५ केजी तौलसम्म तथा महिलातर्फ ४० देखि ७० केजीसम्म प्रतिस्पर्धा गराइने भएको छ । यसैगरी एकल प्यार्टनतर्फ ग्रिन बेल्टदेखि ब्ल्याकबेल्ट तेस्रो डानसम्मका खेलाडी प्रतिस्पर्धामा उत्रिने छन् ।  

पोखरा:    गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले शुक्रबार बसको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।  कुल बजेटमध्ये चालुखर्च १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार अर्थात ३८.०१ र पुँँजीगततर्फ २० अर्ब १९ करोड पाँच लाख ६२ हजार अर्थात ६०.०४ प्रतिशत बजेट विनियोजन गरेका हुन् ।     यसअघि चालु आर्थिक २०७९/८० वर्षका लागि प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याएको थियो ।   यसआधारमा आगामी वर्षको बजेट झण्डै ४ अर्बभन्दा बढी घटेर आएको छ । पूर्ण पाठ:    

पोखरा: गण्डकी प्रदेशस्तरीय साइन्स फेस्टिभल सम्पन्न भएको छ । हिमालयन साइन्स फाउन्डेसनको आयोजना र विज्ञान शिक्षक समाज गण्डकी प्रदेशको सह—आयोजनामा पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा २ दिनसम्म चलेको फेस्टिभल सम्पन्न भएको हो ।   उक्त फेस्टिभलमा पोखराको सैनिक आवासीय महाविद्यालय प्रथम भएको छ । सैनिक आवासीय महाविद्यालयको प्रोजेक्ट प्रथम भएको हो । यस्तै, पोखराको सृजना सेकेन्डरी स्कुल दोस्रो र गण्डकी बोर्डिङ स्कुल तेस्रो भए । सान्त्वना हुनेमा जनज्योति माध्यमिक विद्यालय तनहुँ, नमुना आवासीय माध्यमिक विद्यालय पर्वत, शिशु निकेतन सेकेन्डरी स्कुल र कालिका माध्यमिक विद्यालय पोखरा छन् ।   उनीहरुलाई गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री माननीय सुशीला सिंखडाले पुरस्कार वितरण गरिन् । प्रथम, दोस्रो र तेस्रो हुने  विद्यालयहरूले काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउने अवसर पाउने छन् । यसैबीच, सो—अवसरमा राजकुमार ढकाललाई ‘उत्कृष्ट विज्ञान शिक्षक २०७९’ को रुपमा सम्मान तथा पुरस्कृत गरिएको छ । विज्ञान शिक्षक समाज नेपाल र नेपाल बौद्धिक समुदायले गण्डकी बोर्डिङका विज्ञान शिक्षक राजकुमार ढकाललाई उक्त सम्मान प्रदान गरेको हो । स्याङ्जाका ढकाल विज्ञान शिक्षक समाज गण्डकी प्रदेश संयोजक समेत हुन् । फेस्टिभलमा विभिन्न विद्यालयको प्रतिनिधित्व गर्दै विद्यार्थीले बनाएका प्रोजेक्टको ५० स्टल राखिएका थिए ।   पोखरामा आयोजित फेस्टिभलले शैक्षिक गुणस्तरियतामा प्रभावकारी कदम चाल्ने विश्वास मन्त्री सिंखडाको छ । उनले गण्डकी प्रदेशका लागि नौलो कार्यक्रम भएकाले यसको निरन्तरताको आवश्यकतालाई औंल्याएकी छिन् । सरकारले नै यस्ता कार्यक्रमको आयोजना गर्नुपर्नेमा नीजि क्षेत्रबाट भएका कार्यक्रमलाई प्रोत्साहित गर्नुपर्ने भनाई उनको छ । फेस्टिभलमा उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अहिलेको युग विज्ञान प्रविधिको युग भएकाले सरकारको नीति तथा कार्यक्रम समेत प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए । उनले पोखरा महानगरपालिका पनि डिजिटल महानगरका रुपमा अगाडि बढेको जानकारी गराए ।   फेस्टिभलका संयोजक हिमालयन साइन्स फाउन्डेसनका अध्यक्ष आंतक बस्नेतले विद्यालयमा विज्ञान विषयको पढाईमा फरकपन आउनुपर्ने उल्लेख गरे । उनले घोकन्ते विद्याले मात्र विद्यार्थीको शैक्षिक स्तरमा सुधार नहुने हुँदा प्रयोगात्मक रुपमा नै अगाडि बढ्नुपर्ने बताए । सरकारको सहयोग अहिले सिमित रहेता पनि कालान्तरमा फेस्टिभलको महत्व सरकारी निकायमा अझ बढ्दै जाने विश्वास उनको छ ।

पोखराः गण्डकी प्रदेश सरकारले आज आर्थिक वर्ष ०८०/८१ को बजेट सार्वजनिक गर्ने भएको छ ।    यसपटकको बजेट अघिल्लो वर्षको तुलनामा कम आउने मन्त्रालयसम्बद्ध स्रोतले जनाएको छ । चालु आर्थिक वर्षमा गण्डकीको बजेट ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँ रहेको छ ।    तर यस वर्षमा अनुमानित ३३ अर्ब रुपैयाँकोमात्रै बजेट आउने अनुमान गरिएको छ ।    संघ सरकारले चालु पुँजीमा कम बजेट राखेको प्रभाव यहाँको बजेटमा देखिने भएको छ । गण्डकीमा लक्ष्यअनुसारको कर उठ्न नसक्नुको परिणाम बजेटमा देखिएको छ भने संघ सरकारबाट दिइने समानीकरण अनुदान पनि १ अर्ब रुपैयाँले घटेको छ ।    आज दिउँसो ३ बजे अर्थमन्त्री जीतप्रकाश आलेमगरले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

कास्की:  कास्कीको माछापुच्छ्रे गाउँपालिका ९ स्थित मर्दी खोलाको मुहान क्षेत्रमापर्ने भीरमा ‘हनी हन्टिङ’ गरिएको छ ।   सिदिङ युनाइटेड क्लबको आयोजना तथा वडा कार्यालयको समन्वयमा यही जेठ २८ र २९ गते दुई दिन हनी हन्टिङ गरिएको हो ।   भिडियो:-  

पोखरा:    इन्टरनेशनल नेपाल फेलोशिप(आइएनएफ) नेपालले कुष्ठरोगमुक्र समाजका लागि शुन्य कुष्ठरोग रणनीति सुरु गरेको छ । नेपाल सरकारले सन् २०३० सम्ममा कुष्ठरोगलाई पूर्ण रुपमा निवारण गरी कुष्ठरोमुक्त नेपाल बनाउने लक्ष्य लिएकामा सो लक्ष्यलाई साकार पार्न आइएनएफले रणीनितिक योजना मार्फत सहयोग गर्ने भएको हो ।  आइएनएफका कार्यकारी अध्यक्ष रामचन्द्र तिमोथीले सरकारको कुष्ठरोग निवारणको अभियानलाई आइएफनले पूर्ण सहयोग गर्ने गरी कार्ययोजना बनाइएको बताउनुभयो ।  नेपालमा कुष्ठरोगको बिरामी पत्ता लगाउनेदेखि रोगको उपचार गर्न, उनीहरूलाई पुनस्र्थापना र कुष्ठरोगको प्रकोप दरमा कमी ल्याई मुलुकलाई राष्ट्रिय स्तरमा कुष्ठरोग निवारण भएको घोषणा गर्ने स्थितिसम्म ल्याई पु¥याउन आइएनफनले योगदान गरेको छ ।  अध्यक्ष तिमोथीले भन्नुभयो“नेपाल सरकारले लिएको लक्ष्य पूरा गर्न आईएनएफ नेपाल प्रतिबद्ध छ । सरकारको लक्ष्यलाई योगदान गर्न र कुष्ठरोगमुक्त समाजको परिकल्पनाका लागि रणनीतिक योजना निर्माण गरेका हौँ ।”   रणनीतिक योजनामा समुदाय तहमा कुष्ठरोगका विविध पक्षबारे जनचेतना अभिवृद्धि गर्ने कुरालाई विशेष जोड दिइएको छ । त्यसैगरी रोगका बिरामीहरुको पहिचान गर्न र समाजमा नखुलेका बिरामीहरुलाई स्वास्थ्य संस्थासम्म ल्याइपु¥याउन स्थानीय स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि कार्यक्रम अघि सारिएको छ । कुष्ठरोगलाई यसबाट प्रभावितहरुको समस्याको रुपमा मात्र नलिईकन यो समस्यालाई सबैले साझा रुपमा ग्रहण गर्ने र यसको समाधानको लागि पनि सबैले महत्वपूर्ण भूमिका निर्वाहको रणनीति आइएनएफको रहेको आइएनफएका मेडिकल सर्भिसेज डाइरेक्टर डा अरुण कुमार बुढाले बताउनुभयो । आइएनएफको रणनीतिक योजनाको शुभारम्भ गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कुष्ठरोग अन्य रोगहरु सरह सामान्य भएको र उपचार सम्भव छ भन्ने जनचेतना वृद्धि गर्नुपर्ने बताउनुभयो । कुष्ठरोगका बिरामीहरुलाई समाजमा गरिने व्यवहारलाई जनचेतनामुलक कार्यक्रम सहित परिर्वतन ल्याउन सके बिरामीहरुको रोगसँग लड्न सक्ने क्षमता विकास हुने उहाँले बताउनुभयो । मुख्यमन्त्री पाण्डेले कुष्ठरोगका बिरामीहरुप्रति विभेद गर्न नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,“कुष्ठरोग पनि साधारण रोग हो र उपचार सम्भव छ भनेर जनचेतना बढाउनु आवश्यक  छ।  बिरामीलार्ई डिप्रेशन हुने गरी व्यवहार गर्नुहुँदैन । विरामीको उच्च मनोवल वृद्धि गर्नका लागि समाजले गर्ने व्यवहार परिर्वतन गर्नु आवश्यक छ ।” मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको म्याग्दी र नवलपरासीमा अन्य जिल्लाका तुलनामा कुष्ठरोगीहरु बढी रहेकाले रोग निवारण र रोगीहरुको सेवाका लागि आइएनएफले सञ्चालन गरेको अस्पतालले ठूलो योगदान गरेको उल्लेख गर्नुभयो । कुष्ठरोग मुक्त अभियानमा प्रदेश सरकारले समेत सहकार्य गर्ने मुख्यमन्त्रीले प्रतिवद्धता जनाउनुभयो । प्रदेश सरकारले १० वर्षमुनि र ६० वर्षमाथिका नागरिकहरुको सरकारी अस्पतालमा निःशुल्क उपचारको प्रवन्ध गर्ने गरी कार्यक्रम सञ्चालनको तयारी गरेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले आइएनएफले सुरु  गरेको कार्यक्रमबाट सरकारको कुष्ठरोग उन्मुलनको नीतिलाई सहयोग पुग्ने बताउनुभयो ।  उहाँले कुष्ठरोग शुन्यताका लागि सबै पक्षले धेरै मिहिनेत गर्नुपर्ने खाँचो औँल्याउनुभयो । गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष रामप्रसाद सुवेदीले गैर सरकारी संस्थाहरु सरकारको प्रतिस्पर्धी नभई सहयोगी हात मात्र रहेको बताउनुभयो । गैरसरकारी क्षेत्रबाट कुष्ठरोगको उपचारमा प्रदान गरिएको सेवा अत्यन्त उत्कृष्ट रहेको उहाँले बताउनुभयो । कार्यक्रममा पोखराको हरियोखर्क अस्पताल परिसरमा कुष्ठरोगका विरामीको उपचारका लागि लागि सञ्चालनमा ल्याइएको ‘आइलीन एण्ड बेट्टी सेन्टर’ भवनको उद्घाटन गरिएको छ । हरियोखर्क हस्पतालमा हाल १०० बेडमा कुष्ठरोगीहरुको उपचार हुँदै आएको छ ।  

पोखरा:    गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारी गाडी फिर्ता नगरेको भन्दै अनेरास्ववियुले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको ध्यानाकर्षण गराएको छ ।   अनेरास्ववियुले बिहीबार मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री पाण्डेलाई ध्यानाकर्षण गराएको हो । गण्डकीका पूर्व मुख्यमन्त्री पोखरेलले ५ महिनासम्म पनि सरकारी गाडी फिर्ता नगरेको भन्दै सरकारी साधनको कुनै पनि बाहानामा दुरूपयोग गर्न नहुने भन्दै एक हप्ताभित्रमा दुरूपयोग गरिएका सबै सरकारी साधन फिर्ता लिन अनेरास्ववियुले माग गरेको गण्डकी प्रदेश सह संयोजक सुशन घिमिरेले बताए । ‘यसै सन्दर्भमा संघियता भनेको लुटको थलो हो भन्ने भ्रम जवर्जस्त स्थापित गर्न खोजीरहेको बेला गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल ज्यूले हालसम्म पनि सरकारी सवारी साधन फिर्ता नगर्नुले यसलाई थप पुष्टि गरेको छ । अनेरास्ववियु सरकारी साधनको कुनै पनि बाहानामा दुरूपयोग भएको हेरेर बस्न सक्दैन । गण्डकी प्रदेश सरकारलाई एक हप्ता भित्रमा दुरूपयोग गरिएका सबै सरकारी साधनको फिर्ता ल्याउन जोडदार माग गर्दछौ’, ध्यानाकर्षण पत्रमा भनिएको छ । पूर्व मुख्यमन्त्री पोखरेलले पद मुक्त भएको ५ महिना वितिसक्दा पनि सरकारी सवारी फिर्ता गरेका छैनन् ।