पोखराः पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन गर्न जारी मतदानपछि सदस्य पदको मत गणना भइरहेको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार हालसम्म १ हजार ५ सय मतगणना हुँदा प्रभा सुवेदी अग्रस्थानमा रहेकी छिन् भने पत्रकार हिमनिधि लौडारी १८ औं स्थानमा छन् । सुवेदीले ९ सय ४१ मतकासाथ अग्रता लिँदा पत्रकार लौडारीको ५ सय ५५ मत आएको छ । उनले दुर्गा रन्जित श्रेष्ठलाई १० मतले जितेका छन् । सदस्यमा १९ जनाको उम्मेदवारी परेको छ । जसमध्ये १० जना निर्वाचित हुनेछन् । लौडारी पोखरेल प्यानलका उम्मेदवार हुन् । निर्वाचनमा करिब ८१ प्रतिशत मत खसेको छ । संघमा ३ हजार १४३ मतदाता छन् । संघको अध्यक्षमा अर्जुन पोखरेल र पवनकुमार प्रजापतीको उम्मेदवारी पर्दा वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की र हरिहर सापकोटाको उम्मेदवारी छ ।
पोखराः पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन गर्न जारी मतदानपछि सदस्य पदको मत गणना भइरहेको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार हालसम्म १ हजार मतगणना हुँदा प्रभा सुवेदी अग्रस्थानमा रहेकी छिन् । अबको केही समयपछि हालसम्म गणना भएको मत सार्वजनिक गर्ने बताइएको छ । सदस्यहरुको मत गणनापछि अन्य पदको मत गणना सुरु हुनेछ । सदस्यमा १९ जनाको उम्मेदवारी परेको छ । जसमध्ये १० जना निर्वाचित हुनेछन् । सुवेदी प्रजापती प्यानलकी उम्मेदवार हुन् । उनले ६ सय ३० मत ल्याएकी छिन् निर्वाचनमा करिब ८१ प्रतिशत मत खसेको छ । संघमा ३ हजार १४३ मतदाता छन् । संघको अध्यक्षमा अर्जुन पोखरेल र पवनकुमार प्रजापतीको उम्मेदवारी पर्दा वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की र हरिहर सापकोटाको उम्मेदवारी छ ।
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलब १३ अङ्कले ओरालो लागेर एक हजार नौ सय ३७ दशमलब ७४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ५४ अङ्कले ओरालो लागेर तीन सय ७६ दशमलब ८४ मा सीमित भएको छ । कूल दुई सय २७ कम्पनीको ३४ लाख एक हजार छ सय ९२ कित्ता शेयर रु एक अर्ब चार करोड ४३ लाख ७९ हजार छ सय मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूह मध्ये आज सात उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने छ उपसमूहको शेयर मूल्य उकालो लागेको छ । नेप्सेका अनुसार बैंकिङ चार दशमलब शून्य छ, व्यापार १७ दशमलब ५९, उत्पादन १३, अन्य १८ दशमलब ८५, लघुवित्त एक दशमलब ५५, जीवन बीमा २४ दशमलब ८२, नागरिक लगानी कोष शून्य दशमलब १३ अङ्कले ओरालो लागेको छ । यस्तै होटल तथा पर्यटन १० दशमलब ९७, विकास बैंक ३७ दशमलब १३, जलविद्युत् १३ दशमलब ७८, वित्त २२ दशमलब दुई र निर्जीवन बीमा एक दशमलब ७१ र लगानी शून्य दशमलब शून्य दुई अङ्कले उकालो लागेको छ । नेप्सेका अनुसार बिहिबारको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब ७९ अर्ब ४८ करोड ५७ लाख ६५ हजार पाँच सय एक बराबर रहेको छ । नेप्सेका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १३ करोड १० लाख ४५ हजार तीन सय ६५ बराबरको कारोबार भयो । रिडी पावर कम्पनी रु चार करोड ४४ लाख ८१ हजार चार सय १९, नबिल बैंक रु तीन करोड ३५ लाख पाँच हजार छ सय ७८, प्राइम बैंक रु दुई करोड ९३ लाख १० हजार सात सय ५४ र एशियन लाइफ इन्स्योरेन्स रु दुई करोड ७८ लाख ८४ हजार नौ सय ९४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए । नेप्सेका अनुसार ग्लोबल आइएमई लघुवित्त चार दशमलब ४९, मल्टीप्रपोज फाइनान्स कम्पनी चार दशमलब शुन्य नौ, ग्लोबल आइएमई बैंकको ऋणपत्र तीन दशमलब ९७, छ्याङदी हाइड्रोपावर तीन दशमलब ९० र बिन्दबासिनी हाइड्रोपावरका लगानीकर्ताले तीन दशमलब ७० प्रतिशतले कमाएका छन् । यस्तै,सामुदायिक लघुवित्त छ दशमलब ४९, अप्पर हेवाखोला पाँच दशमलब ५६, प्राइम बैंकको ऋणपत्र चार दशमलब ६०, एनएमबी हाइब्रिड फण्ड एक तीन दशमलब ६१ र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले दुई दशमलब ७५ प्रतिशतले गुमाएका छन् ।
पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनमा अध्यक्षको दाबेदारी प्रस्तुत गरेका पवन प्रजापतिले महानगरको कदमलाई ‘अशोभनीय’ भनि टिप्पणी गरेका छन् । महानगरपालिका आज महेन्द्रपुलमा रहेको संरचनामा डोजर लगाएपछि प्रजापत्तिको उक्त प्रतिक्रिया आएको हो । दशैं तिहारजस्ता चाडपर्व व्यवसायीकालागि केही कमाउने आधार भएको भन्दै उनले त्यतिञ्जेलसम्म कुर्न नसकेकोमा आफु दुखि भएको बताएका छन् । भूकम्प, नाकाबन्दी र कोभिडले लामो समयदेखि व्यवसायीहरु मर्कामा परेको र बैंकको ब्याजसमेत तिर्न नसकेकोबेला कमाउने समय डोजर लगाउनु शोभनिय नभएको उनको टिप्पणी छ । ‘चाडबाड आइसक्यो, केही कमाइएला भनेर व्यवसायीले रिन खोजेर लगानी गरेका छन्’ प्रजापतिले भने ‘त्यतिबेलासम्म कुर्दा महानगरलाई के हानी हुन्थ्यो र ?’ आफु व्यवसायीको पक्षमा रहेको भन्दै उनले ‘वर्षाैदेखि चलेका व्यवसायीहरुलाई एक महिनामात्रै थप्दा के बिग्रन्थ्यो र ?’ भनि सरोकारवाला निकायसमक्ष प्रश्न समेत गरेका छन् ।
पोखरा : पोखरा उद्योग वाणिज्य संघको भदौ २४ र २५ गते हुने ३४ औँ महाधिवेशनका लागि दुई प्यानल घरदैलो अभियानमा व्यस्त छन् । दुबै प्यानलले चुनाव जित्ने घोषणापत्र सहित व्यवसायीहरुको घरघरमा गएर आफुलाई विजयी गराउन भोट अपिल गरिरहेका छन् । यसै सन्दर्भमा सुनगाभा न्यूजले पवन प्रजापति प्यानलबाट उपाध्यक्ष (उद्योग) पदका उम्मेदवार हिरामणि पण्डितलाई सोधेको ५ प्रश्न : प्रजापति प्यानल नै किन ? पोखरा उद्योग वाणिज्य संघको भदौ २४ र २५ गते हुने ३४ औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार पवन प्रजापति पदाधिकारीमा पुराना व्यवसायी भएकाले उनको प्यानलबाट उद्योगतर्फ उम्मेदवारी दिएको हुँ । प्रजापति साधारण सदस्य, कार्यसमिति सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष रहेको र हाल वरिष्ठ उपाध्यक्ष भएकाले स्वतः अध्यक्षको दाबेदार हुन् । प्रजापति पोखराका व्यवसायीहरुका लागि चिनिएको र पुराना व्यवसायी भएको र पोखरामा उद्योगी व्यवसायीहरुको खडेरी पर्दै गएकाले यसको उत्थान गर्न आफुले प्रजापति प्यानल रोजेको हुँ । -पोखरा उद्योग वाणिज्य निर्वाचनमा ग्रुपिज्म बढेको हो ? विगतका निर्वाचनमा पनि दुुई प्यानल नै थिए अहिले पनि प्यानल हुनु स्वभाविक नै हो । मतदाता भगवान हुुन् २५ गते निर्वाचन हुन्छ भगवानले जसलाई पनि जिताउन सक्छन् । २६गतेबाट व्यवसायीहरुको लागि काम गर्ने हो त्यसैले ग्रुपिज्म भन्ने हराएर जानेछ । -एजेण्डाहरु केके छन् ? पवन प्रजापति प्यानलले ३४ महाधिवेशनमा प्यानल घोषणा गरेर १७ बुँदे प्रतिबद्धतापत्र सहित व्यवसायीहरुको घरदैलो अभियानलाई तिव्रता दिएको छ । प्रतिबद्धतापत्रमा व्यावसायीक वातावरण निर्माण र उद्योगी–व्यवसायीको सम्मान अभिबृद्धि गर्नु पहिलो प्राथकिमतामा उल्लेख गरिएको छ । व्यावसायीक डाटा बैंक तथा प्रवद्र्धन केन्द्र स्थापना गर्ने, रुग्ण उद्योग र नोक्सानमा चलेका व्यवसायको लागि बैंक तथा घरबेटीसंग छलफल गरेर सहजता प्रदान गर्ने, व्यवसायी बन्न चाहनेको लागि आवश्यक तथ्यांक उपलव्ध गराईने र नवप्रवद्र्धन तथा महिला उद्यमशीलता विकासलाई केन्द्रमा राखेर काम गर्ने, बजारीकरण र प्रवद्र्धनमा सघाउने प्यानलको प्रतिबद्धता छ । -जित्ने आधारहरु के-के छन् ? पवन प्रजापति पोखराका व्यवसायीहरुका लागि पुराना व्यवसायीको रुपमा अगाडी सारेका छौँ । पदाधिकारीमा हेरौँ भने उहाँले विभिन्न समितिमा सफतापुर्वक आफ्नो भुमिका निर्वाह गरेकाले हामी प्यानलै विजय हुन्छौं । प्रजापति प्राकृतिक नियम अनुसार नै अध्यक्ष पदका दावेदार हुुन् त्यसैले वरिष्ठ उपाध्यक्ष पछि अध्यक्षकारुपमा हामीले उहाँलाई अगाडी बढाएकाले हामीले चुनाव जित्छौँ । -मतदातालाई केही भन्नु छ ? पवन प्रजापति पोखरा उद्योग वाणिज्य संघको पदाधिकारीमा पुराना र पोखराका व्यवसायीहरुको लागि पनि पुराना व्यवसायी भएकाले यस प्रजापति प्यानललाई अत्यधिक मतले विजयी बनाउन अनुरोध गर्दछु ।
पोखराः नेपालको प्रतिष्ठित वायुसेवा कम्पनी श्री एयरलाइन्स र चेम्बर अफ कमर्स, गण्डकी प्रदेशबीच आज राजधानीमा व्यावसायिक सम्झौता (एमओयू) भएको छ । मूलतः दुई संस्था र यसका सदस्य कम्पनीबीच व्यावसायिक प्रबद्र्धन गर्ने उद्देश्यले सम्झौता गरिएको दुबै पक्षले जनाएका छन् । सम्झौतापत्रमा एयरलाइन्सकातर्फबाट करपोरेट म्यानेजर अनिल मानन्धर र चेम्बरकातर्फबाट अध्यक्ष किसान सुनारले हस्ताक्षर गरेका छन् । सम्झौतामा चेम्बरका सदस्यलाई एयरलाइन्सले फास्ट ट्रयाक सर्भिस दिने बताउँदै चेम्बर परिचयपत्रका आधारमा भाडादरमा छूट दिने उल्लेख छ । त्यस्तै, सामानमा ५ किलोसम्म अतिरिक्त छूट र यात्राको अनुपात अनुुसार भाडादरमा छूट दिइने एयरलाइन्सका म्यानेजर मानन्धरले जानकारी दिए । सम्झौतापश्चात् यसबारे जानकारी दिँदै चेम्बरका अध्यक्ष सुनारले सामुहिक हितमा अघि बढ्ने अभिप्रायले श्रीबीच सहकार्य भएको जनाए । ‘संस्थागतरुपमा अघि बढ्ने उद्देश्यले श्री सँग सम्झौता भएको हो’ उनले भने ‘आगामी दिनमा दुबै पक्षको व्यावसायिक हित र उत्तरदायीका खातिर हामीबीच सहकार्य भएको हो ।’ सम्झौतापत्रमा दुबै पक्षले व्यावसायिक सञ्जालमा वृद्धि गर्ने, व्यवसाय प्रबद्धनार्थ आर्थिक र व्यापारिक गतिविधिमा जोड दिने, सदस्यबीच सौहार्दता कायम गर्दै कुनैपनि कठिन परिस्थितिउपर समाधानको खोजी गर्नेलगायतका बुँदा समावेश गरिएको छ । सम्झौताबारे खुलस्त पार्दै करपोरेट म्यानेजर मानन्धरले एमओयू दुई संस्थाका सदस्यको हितमामात्र नभई देशको आर्थिक क्रियाकलापमा समेत योगदान पुग्ने उल्लेख गरेका छन् ।
मुस्ताङ : स्याउको राजधानीका रूपमा परिचित मुस्ताङको स्याउ यस पटक भने असोजको पहिलो सातामै बजार झर्ने भएको छ । सरोकारवाला निकाय र स्थानीय कृषकबीच समझदारी गरी यसै महिनाको २५ गतेदेखि स्याउ टिप्न र बिक्री वितरण गर्न खुला गरिएको हो । स्याउ यतिबेला बोटमा राताम्मे भएका छन् । सडक सञ्जालले छोएको र बेनी–जोमसोम सडक हुँदै मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङदेखि उकालो लागेपछि बाटो आसपासमा राताम्मे स्याउ अवलोकन गर्न पाइन्छ । मुस्ताङ घुम्न आएका पर्यटकले गाडी रोकेर सेल्फी खिच्ने, भिडियो बनाउनेसँगै कोसेलीका रूपमा किनेर लैजाने गरेको यहाँका स्थानीयवासी बताउँछन् । स्याउ पाकेसँगै टिप्ने र बजारसम्म पु¥याउन अबका केही दिन कृषकलाई भ्याइनभ्याइ हुन्छ । गत वर्षभन्दा यस वर्ष पाँच दिन अगाडिबाटै स्याउ टिप्न अनुमति पाएपछि यहाँका कृषक पनि उत्साहित बनेका छन् । अघिल्लो वर्ष असोजको १ गतेदेखि स्याउ टिप्न र बिक्री गर्न अनुमति दिइएको थियो । राम्रोसँग पाकेको स्याउका लागि असोज नै लाग्नुपर्ने तर्क पनि रहँदै आएको छ । स्याउ समयमै बजारसम्म नपुग्दा विगतमा घाटा बेहोर्नुपरेको अवस्थामा अहिले भने कृषक तथा व्यापारी दुवैलाई फाइदा पुग्ने अनुमान गरिएको छ । यस वर्ष स्याउको गुणस्तर र बजार व्यवस्थापन लोभलाग्दो रहने शीतोष्ण बागवाणी विकास केन्द्रका निमित्त केन्द्र प्रमुख विनयबाबु कोइरालाले बताउनुभयो । उहाँका अनुसार मुस्ताङको स्याउले बजार पाउन थालेदेखि यहाँको कृषकको दैनिकीमा सकारात्मक प्रभाव परेको छ । “हामी मुस्ताङको स्याउ गुणस्तरीय होस् भन्ने चाहन्छौँ”, उहाँले भन्नुभयो, “यस वर्ष सरोकारवाला निकायभन्दा पाँच दिन ढिला गरेर केन्द्रको स्याउ टेन्डर आह्वान गरेका छौँ ।” विगतका केही वर्षमा तोकिएको समयभन्दा अगाडि नै स्याउलाई बजारसम्म पुर्याउने परम्पराले मुस्ताङको स्याउप्रति नै नकारात्मक प्रभाव परिरहेको थियो । स्याउमा गुणस्तर नपाउनु र बजारमा मुस्ताङको स्याउ भनेपछि फरक तरिकाले हेर्ने अवस्थाभन्दा अहिले धेरै भिन्नता हुने कोइरालाको जिकिर छ । हाल केन्द्रमा उत्पादन हुने स्याउ धेरै पुरानो भए पनि नयाँ प्रविधिका स्याउ विस्तारै विकास भइरहेको कोइरालाले बताउनुभयो । अब भने बर्सेनि मुस्ताङको स्याउ उचित समयमा बजारसम्म पुग्ने र गुणस्तरमा पनि कुनै कमी नआउने उहाँले विश्वास व्यक्त गर्नुभयो । यसैगरी दसैँ नजिकिँदै गर्दा आन्तरिक तथा बाह्य पर्यटकको चाप दिनहुँ बढ्ने र मुस्ताङमा पर्यटकीय केन्द्र निर्माणमा सरोकारावाला निकाय जानकार हुनुपर्ने टड्कारो अवस्था देखिएको छ । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेका सफल युवा कृषक निरज तुलाचन दसैँ तिहार जस्तो प्रमुख याममा स्याउको बिक्री वितरणमा व्यापारीहरूले कुनै पनि कसर बाँकी नराखी सकारात्मक भूमिका निभाएमा यहाँको स्याउलार्ई देशैभरि प्रचारप्रसार गर्न सकिने बताउनुहुन्छ । स्याउ खेती लगाउन र यसको व्यवस्थापन गर्न अगाडि आउन चाहने कृषकलाई निःशुल्क परामर्शसहित सोही स्थानलाई व्यवस्थित पर्यटकीय हब निर्माणमा सहयोग गर्ने अर्का व्यवसायी निरज तुलाचनको भनाइ छ । आन्तरिक तथा बाह्य पर्यटकलाई मुस्ताङको बगैँचामा एकछिन रमाउने वातावारण तयार गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो । मुस्ताङभित्रका सुन्दर स्याउ बगैँचालाई पनि पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने तुलाचनको भनाइ छ ।
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक चार दशमलव २९ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७३ दशमलव शून्य एकमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८२ अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलव ९५ मा ओर्लेको छ । कूल दुई सय २४ कम्पनीको २४ लाख ४४ हजार तीन हजार ४४ कित्ता शेयर रु ९० करोड ९९ लाख चार हजार सात सय ५१ बराबर मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । उत्पादन एक दशमलव ८७ र लघुवित्त दुई दशमलब पाँच अङ्कले उकालो लागेको छ । बैंकिङ एक दशमलव ३९, व्यापार आठ, होटल तथा पर्यटन आठ दशमलव शून्य पाँच, विकास बैंक १० दशमलव ८३, जलविद्युत् छ दशमलव एक, वित्त नौ दशमलव ८८, निर्जीवन बीमा चार दशमलव ३७, अन्य १५ दशमलव २१, जीवन बीमा पाँच दशमलव शून्य छ, सामूहिक लगानी कोष शून्य दशमलव १३ र लगानी शून्य दशमलव ३२ अङ्कले ओरालो लागेको छ । सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब ३० अर्ब छ करोड ५५ लाख ७८ हजार तीन सय ७७ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड ९६ लाख ९४ हजार सात सय २१ बराबरको कारोबार भयो । यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स रु चार करोड ५९ लाख ७८ हजार छ सय ६४, नवील बैंक रु चार करोड ५६ लाख ५५ हजार पाँचसय ८६, नेष्डो समृद्धि लघुवित्त रु दुई करोड ८५ लाख सात हजार पाँच सय ५१ र नेपाल दूरसञ्चार कम्पनी रु दुई करोड २३ लाख १७ हजार चार सय ६६ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए । मैलुङ खोला जलविद्युत् कम्पनी सात दशमलव ४३, हिमालयन एभरेष्ट इन्स्योरेन्स तीन दशमलव ९३, रिडी हाइड्रोपावर तीन दशमलव २३, अप्पर सोलु खोला हाइड्रो दुई दशमलव ९२ र ग्रीन भेञ्चर्स लिमिटेडका लगानीकर्ताले दुई दशमलव ८७ प्रतिशतले कमाएका छन् । त्यस्तै रुरु जलविद्युत् परियोजना छ दशमलव ५५, आशा लघुवित्त तीन दशमलव ६६, जोशी हाइड्रोपावर तीन दशमलव शून्य चार, एनएमबी आइब्रिड फण्ड एक दुई दशमलव ७७ र ओरियन्टल होटलका लगानीकर्ताले दुई दशमलव ७४ प्रतिशतले गुमाएका छन् ।
पोखरा : भदौँ २४ र २५ गते हुुने पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनलाई लक्षित गरेर पवन प्रजापति प्यानलले घरदैलो अभियानलाई तिव्रता दिएका छन् । केही दिनयता निरन्तर परिरहेको झरीको समेत प्रवाह नगरि पवन प्रजापतिको नेतृत्वले व्यवसायीहरुको घरदैलोमा पुगेर आफ्नो पक्षमा मत मागिरहेका छन् । संघको जीवन्तताः व्यवसाय विकासका लागि अभियन्ता को नारा लिएर उद्योगी व्यवसायीको घरदैलोमा पुगिरहेको यो समूहले काम गरेर देखाउने प्रतिबद्धता समेत जनाएको छ । संघप्रति उद्योगी व्यवसायीहरुको अपनत्व जगाउने गरि आफूहरुले काम गर्ने अध्यक्ष प्रत्यासी पवनकुमार प्रजापतिले बताए । उद्योगी व्यवसायीहरुको पक्षमा काम गर्ने र पोखरा उद्योग वाणिज्य संघलाई जीवन्त राख्न आवश्यक आर्थिक स्रोत बढाउने काम गर्नु मेरो नेतृत्वको कार्यसमितिको प्राथमिकतामा पर्छन् । प्रजापतिले भने संघ र संघमा आबद्ध उद्योगी व्यसवायीहरुलाई आफ्नो पक्षमा काम गर्ने नेतृत्वलाई निर्वाचित गराउन पनि म आग्रह गर्दछु । साथै प्रजापतिले विशुद्ध उद्योगी व्यवसायीहरुको यो महाधिवेशनलाई राजनीतिक रंग दिन नहुने पनि बताए । घरदैलोको क्रममा रहेको पवन प्रजापति र उनको समूहका अन्य पदाधिकारी सदस्यहरुसहितको टोली आज पोखराको न्यूरोड क्षेत्रका उद्योगी व्यवसायीहरुमाझ पुग्दैछ । भदौ २४ र २५ गते हुने आसन्न पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनका लागि पवन प्रजापति प्यानलतर्फ वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग तर्फ हिरामणी पण्डित, उपाध्यक्ष वाणिज्यतर्फ उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला र उपमहासचिवमा शोभा गौतमले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्य पदका लागि प्रभा सुवेदी बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानांग प्रत्यासी छन् ।