काठमाडौं:  स्थानीय बजारमा बुधबारको तुलनामा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९४ हजार ८०० निर्धारण ...

  काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा वृद्धि भएको छ ।   नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ५६ अङ्कले उकालो लागेर दुई हजार ६८ दशमलव २६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ४१ अङ्कले उकालो लागेर ४०० दशमलव शून्य आठ अङ्कमा पुगेको छ ।    कूल २२० कम्पनीको ५१ लाख एक हजार दुई सय ९० कित्ता शेयर रु दुई अर्ब पाँच करोड ७९ लाख ८० हजार ५७ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्य उकालो लागेको छ । बैंकिङ सात दशमलव ९३, व्यापार २३ दशमलव ७४, होटल तथा पर्यटन १६ दशमलव १२, विकास बैंक एक सय १७, जलविद्युत् ७० दशमलव ७७, वित्त ५३ दशमलव ९३, निर्जीवन बीमा ५७ दशमलव ५६, उत्पादन ५३ दशमलव दुई, अन्य ३५ दशमलव ७३, लघुवित्त ६१ दशमलव ५६, जीवन बीमा ५२ दशमलब ३१, सामूहिक लगानी कोष शून्य दशमलव शून्य छ र लगानी शून्य दशमलब ९७ अङ्कले उकालो लागेको छ ।    सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब ६३ अर्ब ६५ करोड ८३ लाख ८९ हजार नौ सय २४ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड ४३ लाख ५८ हजार आठ सय ५५ बराबरको कारोबार भयो ।    यस्तै अपि पावर कम्पनी रु सात करोड ८० लाख २६ हजार छ सय ३५, शिवम् सिमेन्ट रु छ करोड तीन लाख ९४ हजार चार सय ७३, अरुण काबेली पावर रु पाँच करोड ५६ लाख ३७ हजार सात सय ५५ र आइसिएफसी फाइनान्स रु पाँच करोड २८ लाख ८० हजार नौ सय ३८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।    नेप्सेका अनुसार, मन्दाकिनी हाइड्रोपावर र अप्पर सोलु हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । श्वेत गङ्गा हाइड्रोपावर नौ दशमलव ९७, अप्पर हेवाखोला हाइड्रोपावर नौ दशमलव ९६ र हिमालयन हाइड्रोपावरका लगानीकर्ताले नौ दशमलव ९३ प्रतिशतले कमाएका छन् ।   त्यस्तै एनआइबिएल प्रगति फण्ड तीन दशमलव ८०, सपोर्ट माइक्रोफाइनान्स तीन दशमलव २८, प्राइम बैंकको ऋणपत्र दुई, दोर्दी खोला जलविद्युत् कम्पनी एक दशमलव ९८ र सनराइज ब्ल्युचिफ फण्डका लगानीकर्ताले एक दशमलव ९५ प्रतिशतले गुमाएका छन् । 

हिमाली जिल्ला मनाङका किसान हाइब्रिड स्याउ खेतीतर्फ आकर्षित भएका छन् । उत्पादन राम्रो हुनुका साथै मनग्य आम्दानी गर्न उनीहरु व्यावसायिक स्याउ खेतीतर्फ लागेका हुन् ।    सहज र छिटो उत्पादन तथा प्रतिफल पाइने भएकाले अहिले घर–घरमा हाइब्रिड स्याउ उत्पादनमा लागेको नासों गाउँपालिका–८ ताजैका सोलबहादुर गुरुङले बताउनुभयो । “रैथाने स्याउ भन्दा बढी उत्पादन हुने र आम्दानी पनि वृद्धि हुने भएकाले हाइब्रिड स्याउ लगाएको छु । उत्पादन राम्रो छ । बजारमा पु¥याउन भने सडकका कारण समस्या छ,” उहाँले भन्नुभयो ।    रैथाने प्रजातिका स्याउका बिरुवा लगाएको चार÷पाँच वर्षसम्म हुर्किन समय लाग्ने गरेको उहाँले बताउनुभयो । “हाइब्रिड प्रजातिको स्याउको बिरुवा लगाएकै वर्षमा उत्पादन सुरु हुन्छ,” उहाँले भन्नुभयो, “यसले गर्दा लगाएकै वर्षदेखि आम्दानी हुने भएकाले पनि यसतर्फ किसानको आकर्षण बढ्दै गएको छ ।”    यहाँ उत्पादित स्याउ टिपेर भदौको पहिलो साताबाट बजारमा पुर्‍याउन सकिने उहाँ बताउनुहुन्छ । माथिल्लो मनाङ, दानाक्यु, चामे, ताचैलगायत मनाङका विभिन्न स्थानमा उत्पादित स्याउ बजारमा पुर्‍याउने बेला भएको छ । विगतमा रैथाने स्याउ उत्पादन, कृषि तथा पशुपक्षी पालनमा सीमित रहेका मनाङवासी अहिले हाइब्रिड स्याउ खेती गरी आय वृद्धि गर्न थालेका छन् । कमै मात्रामा रैथाने स्याउको खेती गर्दै आएका छन् ।    सहज रुपमा यहाँको स्याउ बजारमा पुर्‍याउन सके विदेशी स्याउको उपभोगमा कमी आउने उहाँहरुको भनाइ छ । सडक सञ्जाल सहज नहुँदा यहाँका स्याउ फार्ममै कुहिएर खेर गएको अवस्थामा नेपालका हरेक क्षेत्रका बजारमा विदेशी स्याउ बिक्री वितरण हुने गरेको छ । सडक सञ्जाल सहज बनाएर बजारमा पुर्‍याउन सके स्याउको मूल्यसमेत कम पर्ने किसानको भनाइ छ । नेपालकै सबैभन्दा ठूलो स्याउ फार्म पनि मनाङमै छ । तर, सडक यातायातको समस्याले बजारसम्म पु¥याउन महँगो मूल्य तिर्नुपर्ने गरेको दानाक्यु स्याउ फार्मले जनाएको छ । 

   काठमाडौं:   सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार दुई सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार सात सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु पाँच सयले घटेको हो ।     नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार दुई सय थियो ।          त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार दुई सय १० कायम रहेको महासङ्घले जनाएको छ । 

नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य नघट्ने बताएको छ ।    मंगलबार मात्र भारतबाट मूल्य घटेर पेट्रोलियम पदार्थ प्राप्त भए पनि अझै ऋणको दायित्व रहेकाले हाललाई मूल्य यथावत् नै राख्ने निर्णय भएको निगमले जनाएको छ ।   मंगलबार पत्रकार सम्मेलन गर्दै नयाँ मूल्य पछि पनि निगमलाई मासिक ६२ करोड रुपैयाँ हाराहारी नोक्सानी रहेको निगमका कार्यकारी निर्देशक उमेश थानीले बताउनुभयो । उहाँका अनुसार भारतीय आयल कर्पोरेसन ९आईओसी०लाई तिर्नुपर्ने बक्यौता अझै २३ अर्ब रुपैयाँ बाँकी छ ।   सरकार र वाणिज्य बौंकबाट लिइएको १० अर्ब ऋण र २३ अर्ब वक्यौता गरी ३३ अर्बको भारका कारण स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्न नसकिएको निगमको दाबी छ ।   मंगलबार निगमलाई भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्य पछि पेट्रोलमा ४ रुपैयाँ ७४ पैसा नाफा, डिजेलमा ४ रुपैयाँ ५० पैसा र खाना पकाउने ग्याँसमा ४९९ रुपैयाँ ५७ पैसा घाटा रहेको कार्यकारी निर्देशक थानीले बताउनुभयो ।

  काठमाडौं ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक २७ दशमलब ९२ अङ्कले ओरालो लागेर दुई हजार १० दशमलब शून्य एकमा पुगेको छ ।    यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलब ७६ अङ्कले ओरालो लागेर तीन सय ८७ दशमलब ९० मा ओर्लेको छ । कूल २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता शेयर रु एक अर्ब ८७ करोड ३२ लाख ८१ हजार आठ सय ९७ मा कारोबार भयो ।    नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ आठ दशमलब ८७, व्यापार ४७ दशमलब ६९, होटल तथा पर्यटन २१ दशमलब १७, विकास बैंक ४७ दशमलब ४७, जलविद्युत् ४५ दशमलब २१, वित्त ४५ दशमलब एक, निर्जीवन बीमा ५२ दशमलब ८५, उत्पादन १९० दशमलब ७३, अन्य १६ दशमलब ५९, लघुवित्त ५० दशमलब पाँच, जीवन बीमा २३३ दशमलब ६८, सामूहिक लगानी कोष शून्य दशमलब १२ र लगानी एक दशमलब ८५ अङ्कले ओरालो लागेको छ ।    आइतबारको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब ७० अर्ब ५५ करोड ९१ लाख चार हजार आठ सय ८३ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । उक्त कम्पनीको रु १६ करोड ५३ लाख ९६ हजार पाँच सय १४ बराबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स रु ११ करोड २९ लाख ११ हजार एक सय सात, शिवम् सिमेन्ट रु आठ करोड २० लाख २५ हजार सात सय ५४, स्वाबलम्बन लघुवित्त रु छ करोड ६१ लाख एक हजार ६० र नबिल बैंकको रु चार करोड ४४ लाख २७ हजार एकसय ३४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन् ।    नेप्सेका अनुसार अप्पर हेवा खोला आठ दशमलब १०, कालिका पावर कम्पनी दुई दशमलब ८८, सामलिङ पावर कम्पनी दुई दशमलब ४४, सिटिजन म्युचुअल फण्ड एक दुई दशमलब ३६ र जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले दुई दशमलब शून्य एक प्रतिशतले कमाएका छन् ।  त्यस्तै गुराँस लघुवित्त सात  शून्य दशमलव नौ, हिमालयन डिस्टिलरी छ दशमलब १०, इमर्जिङ नेपाल पाँच दशमलब ८३, नेपाल लाइफ इन्स्योरेन्स पाँच दशमलब ७५ र मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले पाँच  दशमलब ३७ प्रतिशतले गुमाएका छन् ।

  काठमाडौं:   सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार आठ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले बढेको हो ।       नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार आठ सय थियो ।       त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु २५ ले बढेर रु एक हजार दुई सय ५० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासङ्घले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

  काठमाडौँ:    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु सात सयले बढेर रु ९७ हजार तीन सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार छ सयमा कारोबार भएका थियो ।       नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार एक सय थियो ।       त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला रु एक हजार दुई सय २५ कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासङ्घले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

  काठमाडौं:   सुन चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु पाँच सयले घटेर रु ९६ हजार छ सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार एक सयमा कारोबार भएको थियो ।   नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार छ सय थियो ।   त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार दुई सय २५ तोकिएकोे छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

काठमाडौं: राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका २०० कम्पनीहरूको सहभागितामा काठमाडौंमा ‘सीएनआई रोजगार तथा शीप मेला–२०२२’ आयोजना हुने भएको छ । बजारमा शीपको उपलब्धता, रोजगारदाता र शीपयुक्त बेरोजगारबीचको खाडल कम गराई कम्पनीसँग सीधा सम्पर्क गराउने उद्देश्यले उक्त मेला आयोजना गर्न लागिएको हो ।   नेपाल उद्योग परिसंघ (सीएनआई)ले आगामी कात्तिक १७ गतेदेखि २० गतेसम्म यो मेला आयोजना गर्ने भएको हो । रोजगारदाताले शीपयुक्त जनशक्ति पाउन नसकेको, तर शीप सिकेका युवा बेरोजगार हुनुपरेको अवस्था न्यूनीकरणमा मेलाले सघाउ पुग्ने बताइएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिसंघले यस्तो जानकारी दिएको हो ।   मुलुकमा हरेक वर्ष न्यूनतम ५ लाख व्यक्ति रोजगारीको खोजीमा हुन्छन् । चालकदेखि व्यवस्थापन तहसम्म कम्पनीहरूले कर्मचारी माग गरे पनि रोजगारदाता र काम खोज्नेबीच चुस्तरूपमा सम्पर्क स्थापित हुन सकेको छैन । यो अवस्था न्यूनीकरण गर्नु मेलाको उद्देश्य रहेको परिसंघले बताएको छ ।   कार्यक्रममा परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले रोजगारी खोजिरहेकाहरू र रोजगारदाताबीच समन्वय गरिने बताए । यसका लागि परिसंघले मेलामा सहभागी हुने कम्पनीसँग सीधा सम्पर्क स्थापित गरेर रोजगारी खोज्न सहज गराउने उद्देश्यले ‘एप’ पनि सार्वजनिक गर्ने जानकारी उनले दिए ।    ‘रोजगारी दिन मेला आयोजना गरिएको होइन,’ अधिकारीले भने, ‘रोजगार र शीपबीच रहेको अहिलेको खाडललाई न्यूनीकरण गर्न सेतु बन्ने मेलाको ध्येय हो ।’ परिसंघको यो पहिलो प्रयास रहेको भन्दै उनले रोजगारको आपूर्तिका लागि शिक्षाको रणनीतिमा पनि ध्यान दिनुपर्ने बेला आएको बताए ।    परिसंघकै उपाध्यक्ष राजेश अग्रवालले शिक्षा, रोजगार, शीपको विषयलाई राष्ट्रिय बहसको रूपमा विकास गर्न पनि मेला आवश्यक रहेको बताए । पहिलोपटक परिसंघले काठमाडौंमा यस्तो मेला आयोजना गरेको भए पनि आगामी दिनमा प्रदेशस्तरमा पनि गरिने उनले जानकारी दिए । मेलामा आएका कम्पनीहरूसँग सम्पर्कका लागि एप बनाउने र रोजगारको आवश्यकता पर्नेहरूले दर्ता गरेर सोही एपबाटै रोजगारीका लागि आवेदन दिन सक्ने उनले बताए ।   रोजगारदाताको आवश्यकता, शीपयुक्त कर्मचारीको मागको परिपूर्तिका विषयमा बृहत् छलफल समेत हुने जानकारी दिइएको छ । मेला संयोजक द्विराज शर्माले स्वदेशका साथै भारतको टाटादेखि अन्य देशका कम्पनीहरूलाई सहभागिताका लागि आह्वान गरिने बताए ।    खासगरी सूचनाप्रविधि, हस्पिटालिटी र कृषिक्षेत्रमा अध्ययन गरेर रोजगारको अवस्था र मागका विषयमा पनि परिसंघले मेलापूर्व नै अध्ययन गर्ने भएको छ । मेलाबाट नेपालमा विश्वस्तरीय जनशक्ति सृजना गर्न नीति र पाठ्यक्रमको आवश्यकताको पहिचान लगायत उपलब्धि हासिल हुने परिसंघको अपेक्षा छ । एजेन्सी