काठमाडौं:  गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ ।  आज बजार खुल्दा मङ्गलबारको तुलनामा सुन तोलामा रु। ९०० र चाँदीे रु। ६५ ले बढेको हो ।  नेपाल सुनच...

पोखरा  :  पोखरा चेम्बर अफ कमर्स कास्कीले कास्कीका नवनिर्वाचित पालिका प्रमुख तथा उपप्रमुखसँग मंगलबार उद्योग व्यवसायको प्रवद्र्धनको बारेमा अन्तक्र्रिया गरेको छ ।   कार्यक्रममा कास्कीको अन्नपूर्ण, मादी र माछापुच्छे« गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई बधाई ज्ञापन समेत गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष तथा संस्थाका निवर्तमान अध्यक्ष किसान सुनारले निजी क्षेत्रलाई निश्चित प्रतिशत दिएर जिम्मा दिए राजश्व बढ्न सक्ने दाबी गरे ।    उनले निजी क्षेत्रले राजश्व संकलनको जिम्मा पाए धेरै भन्दा धेरै उद्योगी व्यवसायीलाई समेट्न सक्ने र करको दायरा बढाउने सहयोग पुग्ने चर्चा गरे । पोखरा महानगरपालिकाले राजश्व संकलनको जिम्मा पोखरा उद्योग वाणिज्य संघलाई दिएको स्मरण गराउँदै उनले पालिकाले समेत त्यस्तो अभ्यास गर्न सक्ने प्रस्ताव गरे । गण्डकी प्रदेश सरकारले पालिका स्तरमा औद्योगिक ग्राम निर्माण गर्ने योजना अगाडी सारेको उल्लेख गर्दै उनले एक पालिका एक उत्पादनको लागि चेम्बरले सहजीकरण गर्ने बताए ।    अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले सबै नागरिकलाई उद्यमी र व्यवसायी नबनाएसम्म समृद्धि हासिल गर्न नसकिने तर्क गरे । उनले सदरमुकाम केन्द्रीत उद्योग व्यवसायलाई पालिकामा विस्तार गर्न उनले सुझाव दिए । माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले आरन, सिलाई कटाई, ठेकी मदानी जस्ता परम्परागत सीप तथा उद्योगको प्रवद्र्धनमा पालिका लागेको जानकारी दिए । उनले पर्यटन, कृषि र पशुपालनको क्षेत्रमा सहकार्य गर्न निजी क्षेत्रसँग आग्रह गरे ।    मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले उद्योग व्यवसायको क्षेत्रमा लगानी गर्न आएको खण्डमा आवश्यक वातावरण तथा संरक्षणमा सहयोग गर्ने बताए । पर्यटनको प्रशस्त सम्भावना भएतापनि अझैपनि सुविधा सम्पन्न होटल नभएको जानकारी दिदै उनले समग्र मादीको समृद्धिको लागि सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।    कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी, माछापुच्छ«े गाउँपालिकाका उपाध्यक्ष सिता अधिकारी, मादी गाउँपालिकाका उपाध्यक्ष कल्पना गुरुङ, पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष यमनाथ पौडेल, उद्योगतर्फका उपाध्यक्ष ज्ञानबहादुर नेपाली, वस्तुगततर्फका उपाध्यक्ष उमराज बास्तोला, वाणिज्यतर्फका उपाध्यक्ष प्रेमराज सुवेदी, महासचिव नवराज आचार्य, सल्लाहकार प्रवेशचन्द्र उप्रेती पत्रकार श्याम कुँवर लगायतले बोलेका थिए ।   

काठमाण्डौँ:      धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ । अघिल्लो केही दिन उकालो लागेको नेप्से परिसूचक आज भने ९.७५ अङ्कले ओरालो लागेर दुई हजार ७६.६७ मा ओर्लेको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८९ अङ्कले ओरालो लागेर ३९५.९४ मा ओर्लेको छ ।    कूल २३४ कम्पनीको एक करोड नौ लाख ८१ हजार ५९१ कित्ता शेयर ७५ हजार ७९० पटक कारोबार भयो । आजको कूल कारोबार रु चार अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ बराबरको रह्यो । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ६१ अर्ब ८५ करोड ९१ लाख ८६ हजार २९० बराबर रहेको छ ।    कारोबार भएका १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने नो उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । जीवन बीमा ५८.६८, सामूहिक लगानी कोष ०.०१, निर्जीवन बीमा ४८.०७ र व्यापार १४०.१५ अङ्कले उकालो लाग्यो । बैंकिङ १.९७, विकास बैंक ५२.९६, वित्त ६.३१, होटल तथा पर्यटन ४६.८९, जलविद्युत् १२.८५, लगानी ०.०५, उत्पादन ४५.३८, लघुवित्त ६१.२५ र अन्य उपसमूह २९.६९ अङ्कले ओरालो लाग्यो । कारोबार भएकामध्ये आज ७१ कम्पनीको शेयर मूल्य उकालो लाग्यो भने ११६ कम्पनीको ओरालो लागे । ६ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन ।    कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १७ करोड ५८ लाख ८३ हजार २७१ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु १६ करोड ९० लाख ५१ हजार ४२७, एशियन लाइफ इन्स्योरेन्स रु १२ करोड ९६ लाख ६७ हजार २१८, अरुण काबेली पावर रु ११ करोड ७८ लाख ८६ हजार ६५४ र माथिल्लो तामाकोशी रु ११ करोड ६७ लाख तीन हजार १२७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।    नेप्सेका अनुसार सिवाइसिएल नेपाल लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लाग्यो । न्यादी ग्रुप पावर ९.९८, सामलिङ पावर कम्पनी ७.७०, साल्ट ट्रेडिङ  कर्पोरेशन ६.८५ र विशाल बजार कम्पनीका लगानीकर्ताले ६.६७ प्रतिशतले कमाए ।  ग्लोबल आइएमई बैंकको ऋणपत्र ९.७५, युनियन हाइड्रोपावर ६.१८, ग्रीन लाइफ हाइड्रोपावर ६.०४, मैलुङ खोला जलविद्युत् कम्पनी ५.९३ र समटि लघुवित्तका लगानीकर्ताले ५.९१ प्रतिशतले गुमाए ।

पोखरा:  मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशको अध्यक्षमा बसन्त बास्तोला चयन भएका छन् । पोखरा–१६ स्थित पधेंरीपार्क भिलेज राहुलडाँडामा सम्पन्न तेश्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनबाट बास्तोलाको नेतृत्वको नयाँ कार्यसमिति चयन भएको हो ।   समितिको उपाध्यक्षहरुमा स्याङ्जाका सुर्दशन रेग्मी र मुस्ताङका भिम रसाइली छानिए । भने महासचिवमा कास्कीका मनोहर दाहाल निर्वाचित भए । यसैगरि सचिवमा म्याग्दीका भिम शर्मा र कोषाध्यक्षमा गोर्खाकी कोपीला श्रेष्ठ चुनिइन् । भने  सह–कोषाध्यक्षमा सुर्य पौडेल चयन भए ।   समितिको सदस्यहरुमा घनश्याम गौतम, पुनम गुरुङ, गोविन्द सिग्देल, नविन श्रेष्ठ, सन्दिप खत्री, माधव तिवारी र  गिता खनाल निर्वाचित भइन् ।   यसअघि कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका मुद्रण उधोग महासंघ नेपालका केन्द्रिय अध्यक्ष खुमाकान्त रेग्मीले गरे । सो अवसरमा बोल्दै मुद्रण व्यवसायीमो हक र हितको पक्षमा सदैब काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।    यसैगरि केन्द्रका वरिष्ठ उपाध्यक्ष विष्णु तिवारीले रोजीरोटी प्रदान गर्ने आफ्नो पहिलो समय आफ्नै व्यवसायिक संस्थामा छुट्टयाउन आग्रह गर्दै सरकारले कागजमा लगाएको भन्सारमा गम्भिर ध्यानाकर्षण भएको धारणा राखे ।   केन्द्रिय उपाध्यक्ष पदमलाल श्रेष्ठले व्यवसायीबीचको आपसी एकताले नै सबैको हित हुने कुरा उल्लेख गर्दै आगामी दिनमा समेत आपसी सद्भाव कायम राख्नुपर्नेमा जोड दिएका थिए ।   कार्यक्रममा उपमहासचिव अर्जुन भुषाल, केन्द्रिय सचिव जिवन गोर्खाली, चिन्तामणी बास्तोला कास्की जिल्ला अध्यक्ष किरणलाल श्रेष्ठ लगायतले बोलेका थिए ।  महेन्द्र बजिमयको सभापतित्वमा सम्पन्न कार्यक्रममा उत्कृष्ट संयोजकको रुपमा कार्यसम्पादन गरेको भन्दै मनोहर दाहाललाई सम्मान समेत गरिएको थियो ।  

काठमाण्डौँ:  शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५८ अङ्कले उकालो लागेको छ । पछिल्ला केही दिनदेखि नेप्से परिसूचकले उकालो यात्रा तय गरेको छ ।   नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७.६५ अङ्कले उकालो लागेर दुई हजार ८६.४२ मा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.२१ अङ्कले उकालो लागेर ३९८.८२ मा पुगेको छ ।   नेप्सेको उकालो यात्रासँगै कारोबार रकम समेत बृद्धि भएको छ । कूल २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता शेयर रु दुई अर्ब ४८ करोड चार लाख ७३ हजार ९९९ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ १६.८३, व्यापार १७४.८६, होटल तथा पर्यटन ९४.८७, विकास बैंक ११८.४३, जलविद्युत् १२८।६२, वित्त ६५.९९, निर्जीवन बीमा १८२.८, उत्पादन २५०.४१, अन्य ७२.६७, लघुवित्त १३९.१६, जीवन बीमा १७०.५९, सामूहिक लगानी कोष ०।०६ र लगानी २।३६ अङ्कले उकालो लागेको छ ।      साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ७४ अर्ब ७० करोड ९३ लाख ९३ हजार ७९७ बराबर पुगेको छ । कारोबारका आधारमा नयादी ग्रुप पावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु २२ करोड २८ लाख ६९ हजार ८८९ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु आठ करोड ८१ लाख ३८ हजार, शिवम् सिमेन्ट रु ६ करोड ९७ लाख ८५ हजार ९०६, एनआइसी एशिया बैंक रु ६ करोड ८९ लाख आठ हजार ५७४ र नेपाल पुनरबीमा कम्पनी रु ६ करोड २६ लाख ८१ हजार ३८२ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।   छ कम्पनीको शेयर मूल्यमा सर्किट      नेप्सेका अनुसार आइतबारको कारोबारमा विभिन्न ६ कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भइ सकारात्मक सर्किट लाग्यो । नेप्सेका अनुसार साल्ट टे«डिङ कर्पोरेशन, हिमालयन पावर पार्टनर, माथिल्लो तामाकोशी, साञ्जेन जलविद्युत् कम्पनी, नेस्डो समृद्धि लघुवित्त र सिवाइसीएल नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भयो । रसुवागढी हाइड्रोपावर, मध्य भोटेकोशी जलविद्युत् कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि भयो ।     यस्तै, बैंक अफ काठमाडौँ ९.३१, न्यादी ग्रुप पावर ३.२३, प्रभु सेलेक्ट फण्ड ३.१८, नबिल ब्यालेन्स फण्ड तेस्रो २.५५ तथा सिटिजन म्युचुअल फण्ड एकका लगानीकर्ताले २.१९ प्रतिशतले गुमाए । 

काठमाण्डौँ :      धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको वृद्धि एक दिन पनि टिक्न सकेन । बिहीबार उच्च अङ्कले उकालो लागेको कारोबार मापक नेप्से पसिरसूचक आज भने पुनः ओरालो लाग्यो ।       नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.८७ अङ्कले ओरालो लागेर दुई हजार २८.७७ अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.१७ अङ्कले ओरालो लागेर ३८८.६२ मा ओर्लेको छ ।       कूल २२१ कम्पनीका ३६ लाख ६३ हजार २२० कित्ता शेयर रु एक अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ मूल्यमा खरिद बिक्री भए । आज बिहान ११ देखि १ बजेसम्म भएको कारोबारका आधारका बजार पूँजीकरण रु २८ खर्ब ९२ अर्ब ५१ करोड ६४ लाख २० हजार बराबर रहेको छ ।      कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने १० उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । व्यापार २५.८१, वित्त ७।१२ र लघुवित्त २९.४८ अङ्कले उकालो लाग्यो । त्यस्तै बैंकिङ ८.३२, होटल तथा पर्यटन २२.१८, विकास बैंक ४९.३४, जलविद्युत् ११.२२, निर्जीबन बीमा १८.२६, उत्पादन ३१.४७, अन्य ८.४५, जीवन बीमा ३३.८५, सामूहिक लगानी कोष ०.०९ र लगानी ०.५९ अङ्कले ओरालो लागेको छ ।      नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु पाँच करोड ५७ लाख ४७ हजार ८९३ बराबरको कारोबार भयो । त्यस्तै एसियन लाइफ इन्सुरेन्स रु पाँच करोड २२ लाख ५६ हजार ३२६, नेपाल पुनरबीमा कम्पनी रु चार करोड ९० लाख ४८ हजार १४८, हिमालयन डिस्टिलरी रु चार करोड ६२ लाख दुई हजार ४७१ र एनआइसी एसिया बैंक रु चार करोड ५१ लाख ३२ हजार ६५५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।      नेप्सेका अनुसार ओरालो लागेको बजारमा आँधीखोला लघुवित्त र सिवाइसिइल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै नेपाल फाइनान्स ७.७०, मैलुङ खोला जलविद्युत् कम्पनी ६.१७ र किसान लघुवित्तका लगानीकर्ताले ४.८१ प्रतिशतले कमाए ।       यस्तै, स्ट्यान्डर्ड चार्टड बैंक ४.७७, युनाइटेड इन्सुरेन्स ४.०३, लक्ष्मी लघुवित्त ३.७०, आरबिबी म्युचुअल फन्ड एक ३.६७ र जनरल इन्सुरेन्स कम्पनीका लगानीकर्ताले ३.४२ प्रतिशतले गुमाए ।

काठमाण्डौँ :    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० तोकिएकोे छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएका पहेँलो धातु आज प्रतितोला रु ३०० ले घटेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार थियो ।        त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले घटेर रु एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक  कारोबार मूल्य तोक्दै आएको छ ।

काठमाण्डौँ :     धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक पछिल्ला केही दिनदेखि भने उकालोको यात्राका लागि तम्तयार भएजस्तो देखिएको छ ।   नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से परिसूचक ७४.९३ अङ्कले उकालो लागेर दुई हजार ३७.६४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.६३ अङ्कले उकालो लागेर ३९१.७८ मा पुगेको छ ।   नेप्सेको बृद्धिसँगै कारोबार रकममा समेत सामान्य सुधार देखिएको छ । कूल २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता शेयर रु दुई अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९५ मूल्यमा खरिद बिक्री भए ।   नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा नै वृद्धि भएको छ । बैंकिङ २९.६८, व्यापार १२६.७, होटल तथा पर्यटन १२७.७, विकास बैंक २०४.४४, जलविद्युत् १०२८, वित्त १००.२८, निर्जीवन बीमा ३७८.२, उत्पादन २५०.४२, अन्य ८६.०२, लघुवित्त २०४.४२, जीवन बीमा २९६.०५, सामूहिक लगानी कोष ०.३८ र लगानी २.२ अङ्कले उकालो लागेको छ ।   बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब पाँच अर्ब १५ करोड ९६ लाख १६ हजार ४६५ बराबर पुगेको छ ।    नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा छ । सो कम्पनीको रु नौ करोड ९५ लाख २० हजार ६३० बराबरको कारोबार भयो । यस्तै हिमालयन डिस्टिलरी रु सात करोड ९७ लाख ६८ हजार १७१, एशियन लाइफ इन्स्योरेन्स रु पाँच करोड ९९ लाख ३० हजार ९९९, अरुण काबेली पावर रु पाँच करोड ८३ लाख ८९ हजार ६२२, र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल रु पाँच करोड ६९ लाख ३९ हजार ७७८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।    पन्ध्र कम्पनीको शेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि   नेप्सेका अनुसार विभिन्न छ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो भने १५ कम्पनीको शेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि भयो । नेपाल फाइनान्स, मैलुङ खोला जलविद्युत् कम्पनी, नयादी हाइड्रोपावर, आँधीखोला लघुवित्त, सिवाइसीएल लघुवित्त, सूर्योदय बोमी लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।    त्यस्तै ग्लोबल आइएमई बैंकको ऋणपत्र ३.८९, बरुण हाइड्रोपावर २.६५, गुराँस लघुवित्त २.४४, बैंक अफ काठमाडौँको ऋणपत्र २ र सिटिजन म्युचुअल फण्ड दोस्रोका लगानीकर्ताले ०.८९ प्रतिशतले गुमाए ।      

काठमाण्डौँ :     सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९७ हजार ५०० कायम भएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९७ हजार ८०० मा कारोबार भएको थियो ।     नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० थियो ।     त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २३५ तोकिएको महासङ्घले जनाएको छ ।

पोखरा: गण्डकी प्रदेश सरकारले लागु गरेको सवारी करसम्बन्धी योजनाको गण्डकी प्रदेश चेम्बर अफ कमर्सले विरोध गरेको छ ।    कमर्सका अध्यक्ष किसान सुनारले प्रदेश सरकारले बजेटमार्फत गरेको निर्णयले निजी सवारी धनीमात्र नभएर यातायात व्यवसायमा आबद्ध लगानीकर्तालाई समेत असर पारेको उल्लेख गरे ।    ‘सरकारले लागु गरेको कर तिर्ने विषयमा विरोध हैन’ अध्यक्ष सुनारले भने ‘सरकारले मनोमानी ढंगले कर तोकेर देखाएको निरंकुश प्रवृत्तिमाथि हाम्रो विरोध हो ।’ सरकारले वैज्ञानिकतवरले कर लागु नगरी मनोमानी गरेकोप्रति कमर्सको विरोध रहेको उनले जानकारी दिए ।    कर बढाउने सन्दर्भमा सरोकारवाला व्यावसायिक र राजनीतिक संगठनसँग बसेर विमर्श गर्नुपर्ने बताउँदै सुनारले प्रदेश सरकारले जनताको ढाड सेक्न र व्यवसायीलाई उठ्नै नदिने हेतुले सवारी कर तोकेको उल्लेख गरे ।    ‘वर्तमानमा सवारीसाधनको प्रयोगलाई सरकारले विलासिताको साधनमामात्रै बुझ्यो’ सुनार भन्छन् ‘चारपांग्रे साधन पनि अहिले अत्यावश्यक भइसक्यो, गाडी चढ्नेलाई र यातायात व्यवसायीलाई देख्नेबित्तकै कसरी पैसा असुल्ने भन्ने सरकारको सोंच परिवर्तन हुन जरुरी छ ।’ उनले एकैपटक १० हजार रुपैयाँ कर बढाउँने आधार के हो ? भनि प्रश्नसमेत गरेका छन् ।    प्रदेशले चारपाङग्रे सवारीसाधनमा १० हजार कर वृद्धि गरेको छ , १ हजार सिसीसम्म क्षमता भएका निजी सवारी साधन कार,जीप,भ्यान र माइक्रोबसले वार्षिक रुपमा २२ हजार बुझाउनु पर्नेछ ।    २५ सय देखि २९ सय सिसी क्षमताका सवारीले ४० हजार तिर्दै आएका सवारीले आगामी वर्षदेखि ५० हजार तिर्नुपर्नेछ, ३५ सय सिसीसम्मका सवारीले आउँदो वर्ष ६५ हजार रुपैयाँ राजस्व तिर्नुपर्नेछ ।