काठमाडौं: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ३४ दशमलव६१ अङ्कले ओरालो लागेर दुई हजार ११३ दशमलव५५ अङ्कमा सीमित भएको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँचदशमलव८० अङ्कले ओरालो लागेर ४०६ दशमलव ४५ मा ओर्लेको छ । कूल दुई सय १३ कम्पनीको ६४ लाख १६ हजार ६२९ कित्ता शेयर रु दुई अर्ब ६२ करोड ६१ हजार ५४ हजार ९४८ मा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषले मात्रै कमाएको छ । अन्य १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । सामूहिक लगानी कोष शुन्ना दशमलव १३ अङ्कले उकालो लाग्दा बैंकिङ २२ दशमलव१६, व्यापार ६२ दशमलव ६५, होटल तथा पर्यटन २५ दशमलव ७३, विकास बैंक ८६ दशमलव ७१, जलविद्युत् ३९ दशमलव ५४, वित्त ६५ दशमलव २९, निर्जीवन बीमा ९५दशमलव ३२, उत्पादन ६७ दशमलव ८४, अन्य नौ दशमलव १६, लघुवित्त ११६ दशमलव१७, जीवन बीमा ११९ दशमलव ९९ र लगानी एक दशमलव पाँच अङ्कले ओरालो लागेको छ । शुक्रबारको कारोबारपछि बजार पुँजीकरण रु ३० खर्ब १५ अर्ब ८९ करोड ३९ लाख ६२ हजार ५०९ नौ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १५ करोड ६६ लाख २९ हजार ९३८ बराबरको कारोबार भयो । यस्तै नबिल बैंक रु १४ करोड १४ लाख १४ हजार ३४७, हिमालयन डिस्टिलरी रु नौ करोड ६४ लाख २४ हजार, अपि पावर कम्पनी रु पाँच करोड ६७ लाख ८० हजार १४० र अरुण काबेली पावरको रु पाँच करोड ६० लाख १३ हजार ५२५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार जोशी हाइड्रोपावर पाँच दशमलव ९१, ग्लोबल आइएमबई समुन्नत स्किम एक तीन दशमलव ९४, उपकार लघुवित्त तीन दशमलव१४, कालिका लघुवित्त तीन दशमलव १० र बलेफी हाइड्रोपावरका लगानीकर्ताले दुई दशमलव ५९ प्रतिशतले कमाए । त्यस्तै, मैलुङ खोला जलविद्युत् कम्पनी सात दशमलव १८, गुह्यश्वरी मर्चेन्ट बैंक छ दशमलव ४२, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर छ दशमलव ३७, सामलिङ पावर कम्पनी पाँच दशमलव ६९ र इमर्जिङ नेपालका लगानीकर्ताले पाँच दशमलव ४४ प्रतिशतले गुमाएका छन् ।
काठमाडौं: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार १०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ७०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार ६०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २२० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
काठमाडौँ: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार ६००मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ३०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ८०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार १०० थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
कास्कीः शनिबार अपरान्हदेखि निरन्तर वर्षा हुँदा कास्कीको पर्यटकीय गन्तव्य घान्द्रुकमा चहलपहल ह्वात्तै घटेको छ । गर्मीको सिजनमा घुम्न उत्तम मानिले घान्द्रुकमा शनिबारदेखि निरन्तर परेको पानीले सडक सञ्जाल अवरुद्ध हुँदा त्यहाँ रहेका आन्तरिक र बाह्य पर्यटक पैदल फर्कन थालेका छन् भने बाहिरबाट त्यहाँ जान कठिनाई भएको छ । बिरेठाँटीबाट घान्द्रुक जानेक्रममा क्ल्यु खोला, भिचु, छैसरीमा पहिरो गएकाले यातायात अवरुद्ध हुँदा साँदीखोलादेखि पैदलै हिड्नुपर्ने बाध्यता रहेको पर्यटन व्यवस्थापन समिति, घान्द्रुकका सदस्य राजबहादुर गुरुङले जनाएका छन् । गुरुङका अनुसार शनिबारअघि त्यहाँ पुगेका पर्यटकहरु पुरानो बाटे हिँडेर साँदीखोलासम्म आएका छन् । साँदीखोलाबाट बिरेठाँटी–पोखरा गाडी चलिरहेको गुरुङले जानकारी दिए । हाल स्थानीय एवं केही पर्यटकहरु साँदीखोलाबाट ५ किलोमिटर हिँडेर घान्द्रुक पुग्न बाध्य भएको छन् । सडकमार्ग करिब १० किलोमिटर भएपनि पैदलमार्ग ५ किलोमिटरको हाराहारीमा रहेको छ । सडक सुचारु गर्न पर्यटन व्यवस्थापन समित, घान्द्रुक जीप व्यवसायी समिति र अन्नपूर्ण गाउँपालिकासँग समन्वय भएपनि यतिबेला मर्मत कार्य गर्न कठिनाई रहेको छ । जीप व्यवसायी समितिको सहसचिवसमेत रहेका गुरुङले भने, ‘यतिबेला तात्तातै मर्मत गर्दा भरे नै उस्तै हुने सम्भावना छ, केही दिनपछि मौसममा सुधार भएपछि काम थाल्नेछौं ।’ गुरुङ भन्छन्, ‘अहिले प्रायः होटल रित्तिएका छन्, मेरै लज पनि खाली छ ।’ गुरुङले पानोरामा भ्यू पोइन्ट लज सञ्चालन गरेका छन् ।
काठमाडौं । सुनचाँदी बजारमा मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९५ हजार चार सयमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला दुई सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार नौ सय थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २२० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
पोखरा: पोखरामा पहिलोपटक पोखरा युनाइटेड एकेडेमीले नयाँ विषयकारुपमा ‘फेशन डिजाइनिङ्ग एवं सौन्दर्यशास्त्र’को कक्षा सञ्चालन गर्ने भएको छ । एकेडेमीका निर्देशक कृष्णप्रसाद सापकोटाले नेपाल सरकारको पाठ्यक्रम २०७६ ले व्यवसायिक विषयलाई प्राथमिकता दिए अनुसार एकेडेमीले ‘सौन्दर्यशास्त्र र फेशन डिजाइनिङ्ग’लाई ऐच्छिक विषयमा समावेश गरेको जानकारी दिए । विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्टपछि एकेडेमीले पाठ्यक्रममा नयाँ विषय थपेको हो । निर्देशक सापकोटाका अनुसार यस विषय अध्ययन गर्न ४० देखि ५० हजार रुपैयाँ शूल्क लाग्नेछ । नयाँ विषयबारे जानकारी दिन आयोजित कार्यक्रममा सौन्दर्यविद् एव सौन्दर्यशास्त्र पाठ्यक्रमका लेखक कमला श्रेष्ठले व्यवसायिक शिक्षा अन्तर्गत रोजगारको प्रशस्त संभावना बोकेको सौन्दर्यशास्त्र र फेशन डिजाइनिङ समयको माग भएको उल्लेख गरिन् । २०७१ साल देखि ऐच्छिक विषयको रुपमा समावेश गर्न पहल थालेको स्मरण गर्दै अहिले सफल भएको श्रेष्ठको धारणा छ । ३ दशक बढी सौन्दर्य क्षेत्रमै कार्यरत गण्डकी प्रदेशका प्रदेशसभा सदस्य मिना गुरुङले ढिलै भएपनि सौन्दर्यशास्त्र अध्ययन गर्न चाहानेहरुका लागि अवसरका ढोका खुलेको बताएकी छिन् । सौन्दर्यकलाको विषयलाई अध्ययनको विषय बनाउनु पर्छ भनेर निकै पहिले देखि आवाज उठाउँदै आएको जनाउँदै अहिले यो पाठ्यक्रममा समावेश भएर आउँदाको क्षण निकै आनन्द लागेको गुरुङले बताइन् । एकेडेमिका प्राचार्य बैनबहादुर गोदारले आधुनिक समयको माग र आवश्यकतालाई महसुस गरी विद्यार्थी स्वयं स्वरोजगार बन्न सक्ने विषयलाई प्राथमिकता दिँदै यस शैक्षिक सत्रबाट नयाँ सिपमुलक विषयलाई थप गरेको जानकारी दिए । शिक्षासँग सिप, आत्मनिर्भरताका यी विषयहरुको अध्ययन पश्चात् स्वदेशमै व्यवसाय सञ्चालन गरी स्वरोजगार बन्न तथा विदेशमा पनि सजिलै रोजगार प्राप्त गर्न सकिने उनले जनाए । एकेडेमीका व्यवस्थापन संयोजक राजकुमार कार्कीले प्राज्ञिक र दक्ष जनशक्ति उत्पादन गरी वैधानिक प्रमाणपत्र प्रदान गर्नु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको बताएका छन् । एकेडेमीका अनुसार नेपाल सरकारको बोर्डबाट एसइइ उत्तीर्ण विद्यार्थिले उक्त कोर्ष अध्ययन गर्न सक्नेछन् ।
पोखराः पोखराको महतगौंडामा अन्तर्राष्ट्रियस्तरको फिस्टेल ड्रिम पार्क सञ्चालनमा आएको छ । असोजमा औचपारिक उद्घाटन गर्ने योजना भएपनि पार्क निर्माण सकिएपछि सञ्चालनमा ल्याइएको हो । ‘वाटर स्पोर्टस्’ र ‘फनपार्क’ समेत भनिने पार्क अन्तर्राष्ट्रियस्तरको रहेको सञ्चालकमध्येका कमल बस्नेतले जानकारी दिए । पोखरा प्रायः प्राकृतिकरुपमा चिनिएपनि पार्कले संरचनागत हिसाबले पनि चिनाउने उनले बताए । पोखराकै ठूलो मानिएको पार्कमा एकैपटक ५ हजारसम्मले रमाउने वातावरण तय गरिएको छ । ‘पार्क ठूलोमात्र हैन’ बस्नेत भन्छन् ‘सुरक्षित पनि छ ।’ पार्कमा २ दर्जनजति फरक गतिविधि गर्न सकिने बस्नेतको भनाई छ । ६५ रोपनी क्षेत्रफल ओगटेको पार्कमा वेभपुल, रोलरकोस्टर, ५ स्वीमिङपुल र विभिन्न इन्डोर गेम रहेका छन् । त्यस्तै, पार्कभित्र फुडकोर्टसमेत रहेको छ । पार्क सञ्चालनमा १३ जनाले करिब ५० करोड रुपैयाँको हाराहारीमा लगानी गरेको बस्नेतले बताए । पार्क प्रवेशका लागि २ सय रुपैयाँ टिकट दर तोकिएको छ । त्यस्तै, त्यहाँ रहेको सम्पूर्ण गतिविधिमा सरिक हुन १२ सय रुपैयाँ शूल्क तोकिएको छ । प्याकेजबाहेक रुचिअनुसारको खेलमा १ सय ५० देखि ३ सय रुपैयाँसम्म लिइने उनले जानकारी दिए । यहाँ वाटर र ड्राइपार्क रहेको छ । ड्राइपार्कको प्याकेज शूल्क ४ सय ५० रुपैयाँ रहेको छ भने बालबालिकालाई हाल ५० प्रतिशत छूट दिइएको छ ।
पोखरा: लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित मुनामदन, नेपाली साहित्यमा तहल्का मच्चाएको एउटा खण्डकाव्य । जहाँ मुनालाई छोडेर मदन ल्हासा गएको कथामा विवेचना गरिएको छ । अहिले पनि पैसा र पारिवारिक सुखका लागि कैौं मदनहरु विदेसिएका छन् । नेपाल सरकारको तथ्याङ्कले वार्षिक ६० लाख युवा मुग्लान पस्ने गरेको देखाउँछ । विदेसिने युवाहरुको संख्या भन्दा कम छैन, स्वदेशमै रोजगारीको खोजी कुद्नेहरु संख्या पनि । सरकारसँग बेरोजगारी युवाको ऐकिन तथ्याङ्क हुनुपर्छ । तर कति दक्ष जनशक्ति र बेरोजगार छन् भन्ने तथ्याङ्क गण्डकी प्रदेश सरकारसँग भने छैन । यद्यपि तथ्याङ्क संकलनमा थप टेवा पुग्ने उद्देश्यसहित गण्डकी प्रदेशको शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले पोखरामा तीनदिने ‘वृत्ति परामर्श तथा रोजगार मेला’ सम्पन्न ग¥यो । उक्त मेलामा कैयौं मदनहरु सहभागी थिए । तिनै मदनहरु मध्येका एक हुन् मदन नेपाली । उमेरले भर्खरै एक बीस पार गरे । उमेरले कलिलै भएपनि जिम्मेवारीले थिचेको छ । पोखरा महानगरपालिका २३ का मदन उच्चशिक्षा सकेर जागिरको खोजीमा छन् । प्रदेश सरकारले पहिलोपटक आयोजना गरेको रोजगार मेलामा भेटिएका उनले, ‘मलाई प्लम्बिङ् आउँछ । मैले सीप विकास तालिम केन्द्रमा सिकेको हुँ, सुनगाभा न्यूजसँग बोल्दै भने, ‘तालिमपछि कहिलेकाही मामासँग काम गर्दै आएको छु ।’ ‘म उमेरमा ८ वर्ष पुग्दै थिए अचानक बाबा विदेश जानुभयो तर बिदेश गएपछि कुनै खवर पाउन सकिएन नेपाल त फर्किनुभयो तर साथमा अर्कै बिहे गरेर फर्किए’ मदन भन्छन् । २१ वर्षीय मदनको जीवनमा अर्काे बज्रपात प¥यो जब आमालाई क्यान्सर भयो । ११ कक्षा पढ्दाताका भरतपुर क्यान्सर अस्पतालमा उपचारका दौरान आमाको पनि मृत्यु भयो । त्यसयता उनका काँधमा परिवारकोसमेत जिम्मेवारी थपिएको छ । ‘घरमा भाई, हजुरबुबाआमा, काका–काकी हुनुहुन्छ, भाईलाई पढाउने जिम्मेवारी सँगै विस्तारै परिवारको जिम्मेवारी आफ्नै काँधमा आउन थालेको छ’ उनले दुखेसो पोखे । सीप विकास केन्द्रमा प्लम्बरको तालिम लिए तालिमा प्रथम पनि भए तर जागिर पाउन नसकेको उनले सुनाए । तत्काललाई जुनसुकै काम भए पनि गर्न तयार रहेको मदन बताउँछन् । ‘सपना हजारौ थिए, खोजी जागिरको हो’ उनले भने । भाईलाई पढाउने जिम्मेवारीसँगै आफुले पनि पोखरामा काम गर्दै स्नातक तहको अध्ययन गर्ने सपनाका साथ मन्त्रालयले सञ्चालनमा ल्याएको एपमा फर्म भर्न उनी रोजगार मेला पुगेका हुन् । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयले ‘तालिम तथा रोजगार व्यवस्थापन सुचना प्रणाली’ (टिइएमआइए) नामक एप्लिकेसनबाट जागिर खोज्न र कर्मचारी रोज्न एप सञ्चालनमा ल्याएको छ । उक्त एपमा ४ वटा विद्याका व्यक्तिहरुले आफ्नो बायोडाटा भर्न सक्छन् । सो एपमा सीपमुलक तालिम लिन चाहने, रोजगारीको खोजीमा, रोजगारदाता र सीप परिक्षण गर्न चाहनेहरुको लागि छुट्टाछुट्टै अनलाइन फर्मको व्यवस्था गरिएको र यस एफले जागिर खोज्ने र रोजगारदाताले दक्ष कर्मचारी रोज्ने दरिलो माध्यम हुने अपेक्षा मन्त्रालयले गरेको छ । ।
काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । आइतबार र सोमबार लगातार उकालो लागेको नेप्से परिसूचक आज भने उच्च अङ्कले ओरालो लाग्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.८० अङ्कले ओरालो लागेर दुई हजार ८८.१६ मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९९ अङ्कले घटेर ३९८.३९ मा ओर्लिएको छ । कूल २२२ कम्पनीको ८७ लाख ४० हजार ५५७ कित्ता शेयर रु तीन अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्य नै ओरालो लागेको छ । बैंकिङ २५.२८, व्यापार ५०.५७, होटल तथा पर्यटन ७८.८७, विकास बैंक ११४.४१, जलविद्युत् ४८.३१, वित्त ५३.३४, निर्जीवन बीमा १०३.५१, उत्पादन ९४.१६, अन्य ५७.४९, लघुवित्त ११०.४९, जीवन बीमा १३३.७१, सामूहिक लगानी कोष ०.१९ र लगानी १.७७ अङ्कले ओरालो लागेको छ । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ८१ अर्ब ७६ करोड ३९ लाख २० हजार १६ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा छ । सो कम्पनीको रु १९ करोड ३६ लाख ६७ हजार २६० बराबरको कारोबार भयो । यस्तै, अरुण काबेली पावर कम्पनी रु १५ करोड ५७ लाख आठ हजार ४०३, अरुण भ्याली हाइड्रो पावर रु १० करोड २४ लाख ५० हजार, हिमालयन डिस्टिलरी रु नौ करोड ८० लाख ५९ हजार १९६ र राधी विद्युत् कम्पनी रु आठ करोड ३५ लाख २९ हजार ९५७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार मल्टीप्रपोज फाइनान्स कम्पनी ९.३२, सूर्योदय बोमी लघुवित्त ६.७२, युनाइटेड मोदी हाइड्रोपावर ६.१९, समृद्धि फाइनान्स कम्पनी ३.२३, बलेफी हाइड्रोपावरका लगानीकर्ताले ३.१५ प्रतिशतले कमाए । त्यस्तै, गणपति लघुवित्त ६.८२, रिभर फल्स पावर ५.९९, सप्तकोसी लघुवित्त ५।१३, पोखरा फाइनान्स ५.१० र गुह्यश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले ५.०३ प्रतिशतले गुमाए ।