विदेशबाट फर्किएर व्यावसायिक अर्गानिक कृषि फार्म
सिन्धुपाल्चोक | असोज १५, २०७९
पछिल्ला वर्षमा कृषि क्षेत्रमा युवाको आकर्षण बढ्दै गएको छ । स्वदेशमै रहेका वा विदेशबाट फर्किएका युवा पनि कृषि उद्यमलाई प्राथमिकतामा राखेर मेहेनत गरिरहेका छन् ।
कृषिमा सम्भावना देखेर सिन्धुपाल्चोकको भोटेचौरमा २५ युवाको समूहले व्यावसायिक रुपमा अग्र्यानिक कृषि फार्म सञ्चालन गरिरहेका छन् । राजधानी काठमाडौँसँगै जोडिएको मेलम्ची नगरपालिका भोटेचौरमा सिन्धु एकीकृत अग्र्यानिक कृषि फार्म तथा फार्मस्टे सञ्चालनमा छ ।
८० रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा फलफूल, मौसमी तथा बेमौसमी तरकारीका साथै गाई, बाख्रा र स्थानीय जातका कुखुरा पालिएको छ । सो समूहले रु तीन करोड लगानीबाट सुरु गरेको फार्ममा हाल रु सात करोड बढी लगानी पुगेको छ । स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचेर कृषि कर्मबाट पनि जीविकोपार्जन गर्न सकिन्छ भन्ने उदाहरण बन्ने लक्ष्य लिएको फार्मका सञ्चालक झलक सुवेदीले बताउनुभयो ।
फार्ममा उत्पादन भएको तरकारी, फलफूल, कुखुरा, अण्डा, बाख्रालगायत कृषि उपज राजधानीसम्म ढुवानी हुने गरेको छ ।
करिब सात वर्ष विदेशमा कृषि क्षेत्रमा गरेको कामको अनुभवलाई थोरै लगानीमै स्वदेशमै केही गरेर जीविकोपार्जन र आम्दानी गर्ने उद्देश्यले सामूहिक रुपमा कृषि कर्ममा अग्रसर भएको अर्का सञ्चालक रमा श्रेष्ठको भनाइ छ । बहुउद्देश्यीय रुपमा सञ्चालित फार्ममा कृषि उद्यमसँगै पाहुनाका लागि रोजे अनुसारको खाने बस्ने सुविधाको फार्मस्टे पनि सञ्चालनमा छ ।
अहिले ३५ जनाले फार्म भित्रका विभिन्न क्षेत्रमा प्रत्यक्ष रोजगारी पाइरहेका छन् । आफ्नै गाउँठाउँमा रोजगारी पाउँदा स्थानीय शुक्रराज र विमला विश्वकर्माको दम्पत्ति पनि खुसी हुनुहुन्छ । उहाँहरुले आफ्नै ठाउँमा काम गर्न पाउँदा सन्तुष्ट रहेको बताउनुभयो ।
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

