काठमाडौं:  गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ ।  आज बजार खुल्दा मङ्गलबारको तुलनामा सुन तोलामा रु। ९०० र चाँदीे रु। ६५ ले बढेको हो ।  नेपाल सुनच...

पोखरा : पोखरा चेम्बर अफ कमर्स  कास्कीले बैंक तथा वित्तिय संस्थाहरुमा वृद्धि भएको ब्याजदर घटाउन माग राख्दै नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र पठाएको छ ।    चेम्बर कास्कीले आज (मंगलबार) बैंक तथा वित्तियसंस्थाहरुमा वृद्धि गरिएको ब्याजदरको विरोध गर्दै नेपाल राष्ट्र बैंकका गर्भनरलाई ६ बुदेँ माग राख्दै नेपाल राष्ट्र बैंक गण्डकीका प्रमुख रामशरण खरेलमार्फत ज्ञापनपत्र पठाएको हो ।   ज्ञापनपत्र खरेललाई हस्तान्तरणपश्चात बोल्दै पोखरा चेम्बर अफ कमर्स  कास्कीका अध्यक्ष यामनाथ पौडेलले कोरोना, रुस र युक्रेनको युद्धले थलिएको व्यवसायले बैंक तथा वित्तिय संस्थाहरुमा ब्याजदर बढाएर थप पिडा दिएको बताए ।    ‘कोभिड १९ ले व्यवसायीहरुसमेत अछुत रहन सकेन’, उनले भने, ‘कोभिडपछि रुस र युक्रेनको युद्धका कारण धरापमा परेको नेपाली व्यवसायीहरुलाई नेपाल राष्ट्र बैंकले ब्याजदर वृद्धि गरेर व्यवसायीलाई थप पिडामा राखेको छ । यो निर्णय फिर्ता लिन हाम्रो माग हो ।’   उनका अनुसार चेम्बरले आकासिदो ब्याजदर नियन्त्रणका लागि हाल विद्यमान स्प्रेड दर ४.४ प्रतिशतमा १ प्रतिशत घटाउन माग गरेको छ । बैंकहरुको आधार दरलाई न्यूनतम विन्दुमा कायम गरिनुपर्ने, कर्जामा आधार दरको अधिकतम २ प्रतिशत सम्म प्रिमियम थप हुने गरी व्यवस्था गर्न माग गरेको छ ।    ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा चेम्बर्स आफ कमर्स  गण्डकी प्रदेशका अध्यक्ष किसान सुनारले व्यवसायीहरुहरुलाई धरापमा पार्ने गरी ब्याजदर बृद्धि गरेको बताए ।    ‘ब्यापार व्यवसाय फस्टाएमात्र देश समृद्ध हुन सक्छ’ उनले भने,‘ देश समृद्ध बनाउन ब्यापार ब्यवसाय फस्टाउन पर्छ तर राष्ट्र बैंकले व्यवसायीहरुको विरुद्ध ब्याजदर वृद्धि गरेर व्यवसाय धरापमा पारेको छ ।’ यस्तै चेम्बर पोखराले नेपाल राष्ट्र बैंकले वाणिज्य बैकहरुलाई वाणिज्य ऋण प्रवाह गर्दा विगत ६ महिना ५ प्रतिशतबाट ८.५ प्रतिशत पुर्‍याएको र त्यसलाई ५ प्रतिशत नै कायम गर्न माग गरेको छ । सिडी र्‍याटियो ९० प्रतिशतको स्थानमा अन्य वर्षको जस्तै सिडी र्‍याटियो ८५ प्रतिशत नै कायम गर्न चेम्बरको माग छ ।   त्यसैगरि सो ज्ञापनपत्रमा प्रत्यक्ष त्रैमासिकमा पुजीगत खर्चको समीक्षा गरिनु पर्ने  र खर्चको लक्ष्य प्राप्तिको लागि प्रभावकारी पहल गरिनुपर्ने माग राखेको छ । यस्तै चेम्बरले स्थानीय, प्रदेश तथा संघीय सरकार अन्तरगतका निकायहरुको खातामा रहेको पुजीगत रकम खर्च हुने नसकेको अवस्थामा रकमको ९५ प्रतिशत रकम वाणिज्य बैंकहरु मार्फत कर्जा प्रवाह गर्ने सुविधा प्रदान गर्न माग गरेको छ ।    ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा पृथ्वी बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र बहादुर केसी लगायय व्यवसायीहरुको उपस्थिति रहेको थियो ।    ज्ञापनपत्र बुझाउनुअघि पोखरा मालेपाटनस्थित चेम्बर्स अफ कमर्स  कास्कीको कार्यालयबाट पस्र्याङ, सिद्धार्थचोक, विपी चोक, न्यूरोड, सिर्जनाचोक हुदैं नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशको कार्यालय पुगरे ज्ञापनपत्र बझाइएको थियो ।   

  काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु तीन सयले घटेर रु ९४ हजार तोकिएको छ । सुन अघिल्लो दिन प्रतितोला रु ९४ हजार तीन सयमा कारोबार भएको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार आठ सय थियो ।      त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही  प्रतितोला रु एक हजार एक सय ६५ कायम रहेको महासङ्घले जनाएको छ ।

 पोखरा उद्योग वाणिज्य संघ तथा नेवाः मिस पूचः नयाँसडकको आयोजनामा पुचःका ३२ सदस्यले मखमलको चप्पल र थैली बनाउने तालिम लिएका छन् ।     तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि तथा पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले महिला उद्यमशीलताको विकासबाट राष्ट्रिय अर्थतन्त्र सवल हुने धारणा राखे । पोखरा उद्योग वाणिज्य संघले स्थापनाकालदेखि नै महिला उद्यमशीलता विकासमा विशेष जोड दिँदै आएको बताउँदै उनले  महिलाहरुलाई अग्रपंक्तिमै आएर व्यवसाय गर्न आग्रह गरे ।  ‘हामीसँग महिलाहरुले संचालनमा ल्याएका व्यवसाय सफल भएका कयौं उदाहरणहरु छन्’,उनले भने,‘तर, व्यवसाय गर्नु अगाडि महिलाहरुले दक्षता अभिवृद्धिमा भने ध्यान दिनुपर्छ ।’पोखरा उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य बन्दना कार्की केसीले हामी केही गर्न सक्छौँ भन्ने आत्मविश्वास जगाउन तालिम र गोष्ठीहरु सहायक हुने धारणा राखिन् ।    नेवा: मिसा पूचः न्यूरोड तथा कार्यक्रमकी अध्यक्ष विमला श्रेष्ठले अहिले आधारभूत तहको तालिम दिइएको र आउँदा दिनमा अझ विशिष्ठ प्रकारको तालिमको आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरिन् । पोखरा उद्योग वाणिज्य संघले आउँदो मंसिर १६ देखि २६ गतेसम्म आयोजना गर्ने राष्ट्रिय औद्योगिक व्यापार मेलामा सक्रिय सहभागिता जनाउने प्रतिवद्धता पनि उनको रहेको थियो ।  कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फबाट जुना श्रेष्ठ,प्रशिक्षकको तर्फबाट जमर कँडेल,नेवाःपूचःन्यूरोडका अध्यक्ष श्यामलाल श्रेष्ठ,नेवाः मिसा पूचः कास्की अध्यक्ष मेनुका श्रेष्ठ,नेवाः मिसा दुबुका केन्द्रीय सदस्य शान्ति उदासलगायतले मन्तव्य व्यक्त गरेका कार्यक्रम संचालक तथा सचिव प्रिति प्रधान श्रेष्ठले जानकारी दिइन् ।

  काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४३ दशमलव २० अङ्कले उकालो लागेर एक हजार नौ सय ६५ दशमलव ३६ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक आठ दशमलव शून्य नौ अङ्कले उकालो लागेर तीन सय ८७ दशमलव ५२ मा पुगेको छ । कूल दुई सय २८ कम्पनीको ३९ लाख १३ हजार पाँच सय ७३ कित्ता शेयर रु एक अर्ब ५४ करोड ८० लाख ३२ हजार पाँच सय ६१ मूल्यमा खरिद बिक्री भयो । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूह मध्ये आज सामूहिक लगानी कोषबाहेक १२ वटा उपसमूहको शेयर मूल्य उकालो लागेको छ । लघुवित्त, उत्पादन, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको शेयर मूल्यमा अत्यधिक वृद्धि भएको छ । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब २६ अर्ब ९३ करोड ७८ लाख ५८ हजार आठ सय १० बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा नेष्डो समृद्धि लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड १४ लाख ९६ हजार छ सय ८६ बराबरको कारोबार भयो । यस्तै, एभरेष्ट बैंक रु सात करोड नौ लाख एक हजार एक सय ७५, हिमाल दोलखा हाइड्रोपावर रु छ करोड ७५ लाख ४८ हजार एक सय ८६, जाल्पा सामुदायिक लघुवित्त रु पाँच करोड ६६ लाख २५ हजार नौ सय १९ र हिमालयन डिस्टिलरी रु चार करोड ४७ लाख २५ हजार नौ सय ६८ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार आजको कारोबारमा विभिन्न चार कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लागेका कम्पनीहरूमा मानुषी लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, नेष्डो समृद्धि लघुवित्त र उपकार लघुवित्त छन् । त्यस्तै, उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले नौ दशमलव ९१ प्रतिशतले कमाएका छन् । त्यस्तै, नबिल इक्विटी फण्ड दुई दशमलव ४८, आरबीबी म्युचुअल फण्ड पहिलो दुई दशमलव ४०, साङ्ग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र एक दशमलव ९९, एभरेष्ट बैंक एक दशमलव ९६ र नबिल ब्यालेन्स फण्डका लगानीकर्ताले एक दशमलव ९२ प्रतिशतले गुमाएका छन् । 

  काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार पाँच सय निर्धारण गरिएको छ । शुक्रबार प्रतितोला रु ९३ हजार एक सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार चार सयले बढेको हो ।      नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार छ । शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला रु ९२ हजार छ सय थियो ।          त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५० ले बढेर रु एक हजार दुई सय ७५ तोकिएको महासङ्घले जनाएको छ ।

पोखरा : ‘भारतमा आयोजना हुने अन्तरराष्ट्रिय ज्वेलरी शो’ मा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको  सहभागिता हुने भएको छ ।    छिमेकी राष्ट्र भारत सरकारको वाणिज्य मन्त्रालय अन्तरगत जेम एण्ड ज्वेलरी एक्सपोर्ट प्रमोशन काउन्सीलका प्रतिनिधिमण्डल ‘भारत अन्तरराष्ट्रिय ज्वेलरी शो’को निमन्त्रण दिन बिहीबार काठमाडौं आएको थियो ।      काउन्सिलका तर्फबाट प्रतिनिधिका रुपमा आएका वरिष्ठ प्रर्दशनी प्रवन्धक अजय पुरोहितले नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठलाई निमन्त्रणा गरेका थिए ।    निमन्त्रणालाई स्वीकार्दै महासंघका अध्यक्ष श्रेष्ठले शोमा सुनचाँदी व्यवसायी सहित सहभागिता जनाउने बताए । उनका अनुसार उक्त शो आगामी २०७९ पुस २१ देखि २५ गते सम्ममा भारतको मुम्बाई सहरमा हुनेछ ।    सोही अवसरमा अध्यक्ष श्रेष्ठले नेपाल - भारतका सुनचाँदी व्यवसायीको आपसी सम्बन्ध विस्तार गर्न २०७० चैत ९ गते महासंघ र काउन्सिललबीच भएको समझदारीलाई स्मरण गर्दै नेपाल ज्वेलरी उद्योगको प्रवद्र्धनका लागि भएका सहमतिका बिषयमा छलफलसमेत गरेका छन् ।    ‘भारतमा आयोजना हुने शोमा वर्षेनी सहभागिता जनाउँदै आएका छौं’ उनले भने, ‘अन्तरराष्ट्रिय मेलामार्फत मौलिक गहनाको अन्तरराष्ट्रिय बजारीकरण, बजार पहुँच लगायत व्यवसायिक सम्बन्धलाई सृदृढ बनाउन यो निमन्त्रणा सार्थक रहेको छ ।’   २ हजार ५ सय वटा वुथ हुने शो मा सुन चाँदीका गरगहना, हिरा, रत्न, पत्थर तथा ज्वेलरी, मेसिनरी लगायत छुट्टाछुट्टै प्याविलोन गरि १ हजार ३०० प्रदर्शकहरुले आ–आफ्ना गहना एवं सामानहरुको प्रदर्शनी गर्नेछन् ।    साथै उक्त शोमा भारतका स्थानिय व्यापारीहरुसंग प्रत्यक्ष व्यवसायीक छलफलसमेत गर्ने अवसर मिल्ने बताइएको छ ।

ढोरपाटन : पाँच वर्ष पहिले काठेखोला गाउँपालिका–७ रेशमा बसाइँसराइका कारण पाखोबारी र खेतयोग्य जमिन बनमाराले ढाकेका थियो । तर, अहिले ती पाखाबारी चिया बगानमा परिणत भएका छन् ।   चिया खेतीले बनमाराले ढाकेका पाखोबारी ढाकेपछि किसानसमेत निकै उत्साहित भएका छन् । स्थानीयवासीले चार वर्ष अगाडि परीक्षणका लागि ताराखोलाको सिरुबारीबाट केहि बिरुवा ल्याएर लगाएका थिए । चियाको बिरुवा हुर्किदै गयो र परीक्षणसमेत सफल भएपछि किसान हर्षित भएका छन् ।   चियाको बोट राम्रो हुँदै गएपछि स्थानीयवासीले खाली भएका व्यक्तिगत तथा सार्वजनिक जग्गामा यसको खेती विस्तार गर्न थालेका छन् । मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँको रुपमा गाउँ छनोट भएपछि रेशको साना किसान सहकारी संस्थाले बौर र तिङरिङको ७२ रोपनी खाली जग्गामा चिया खेती विस्तार गरेको संस्थाका अध्यक्ष यामबहादुर कार्कीले जानकारी दिनुभयो ।    उहाँले सुरुमा परीक्षणका थोरै क्षेत्रफलमा करिब १५ हजार बिरुवा लगाएकोभन्दै परीक्षण सफल भएपछि खेती विस्तार गरेको बताउनुभयो । हाल तिङरिङ र बौर गरी तीन स्थानमा ५६ हजार बिरुवा लगाए उहाँले जानकारी दिनुभयो । आफूहरुले गाउँलाई चिया बारीको गाउँ बनाउने उद्देश्यले अहिले तीन लाख बिरुवा नर्सरीमा उत्पादन गरिरहेको बताउनुभयो ।    कार्कीले हालसम्म करिब रु ४२ लाख खर्च भएको बताउनुभयो । मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ परियोजना र स्थानीयवासीको जनश्रमदानबाट चियाखेती विस्तार भएको उहाँको भनाइ छ । कार्कीले यो ठाउँ चियाखेतीका लागि निकै उपयुक्त रहेको र अब रहेक नागरिकलाई यस तर्फ लाग्न प्रेरित गर्ने बताउनुभयो । चार वर्ष अगाडि लगाएको बिरुवाले उत्पादन दिने समय आएको उहाँको भनाइ छ ।   “सुरुमा लगाएको बिरुवाले उत्पादन दिने समय आएको छ, अब वैशाख जेठ महिनातिर यसलाई टिप्ने छौँ”, उहाँले भन्नुभयो,“सुरुआती चरणमा छौँ, यसलाई हामीलाई थप हौसला बढाएको छ, गाउँका उत्पादन हुन लागेका तीन लाख बिरुवा गाउँभरी लगाउँछौँ ।”   स्थानीय भीमबहादुर थापाले सुरुमा बिरुवा हुर्काउन समस्या भए पनि अहिले सहज बन्दै गएको बताउनुभयो । उहाँले हावापानी राम्रो भएको हुँदा अहिले बिरुवा सप्रिँदै गएको भन्दै एक÷डेढवर्षमै आफूहरुले प्रतिफल प्राप्त गर्न सक्ने बताउनुभयो ।   उहाँले भन्नुभयो, “सुरुमा बिरुवा हुर्काउन समस्या भयो, अहिले राम्रो हुँदै गएको छ, यहाँको हावापानीमा चिया खेती राम्रो हुने रहेछ, अब जताततै बिस्तार गर्ने योजना छ ।” थापाले चिया प्रशोधनका लागि मेसिनसमेत गाउँमा ल्याइएको बताउनुभयो । उहाँले खुल्ला पाखोबारीमा चियाका बिरुवा पशुचौपायाबाट जोगाउन गाह्रो भएको बताउनुभयो ।    सुरुमा धेरैले चासो नदिएपछि अहिले गाउँका किसान चिया खेती तर्फ चासो देखाउन थालेको उहाँ बताउनुहुन्छ । समुद्री सतहबाट एक हजार आठ सय मिटरदेखि दुई हजार तीन सय मिटरसम्मको उचाइमा चिया खेती राम्रो हुने हुन्छ । यहाँ खेती गरिएको क्षेत्र भन्ने दुई हजार एक सय मिटरको उचाइमा छन् । काठेखोला गाउँपालिका–७ का अध्यक्ष प्रेम लामिछानेले बसाइँसराइ रोक्न र रोजगार सिर्जनाका लागि यहाँ चिया खेती सुरु गरिएको बताउनुभयो । अध्यक्ष लामिछानेले गाउँको पाखोबारीको उपयोग गरी आयआर्जनका माध्यम बनाइ गाउँलाई आत्मनिर्भर बनाउने बताउनुभयो ।   अध्यक्ष लामिछानेले चार वर्ष अगाडि परीक्षणका लागि रोपेका बिरुवाले उत्पादन दिन थालेको भन्दै बजारका लागि विभिन्न ठाउँ र व्यक्तिसँग छलफल भइरहेको बताउनुभयो । “परीक्षणका रुपमा लगाएको बिरुवा निकै राम्रो भयो, यसले किसानलाई थप ऊर्जा मिलेको छ, अब उत्पादन हुने समय भएको हुँदा बजारका लागि पनि हामीले छलफल गरेका छौँ, अबको पाँच वर्षमा यहाँबाट जिल्लामै धेरै चिया उत्पादन गर्न सक्छौँ भन्ने लागेको छ”, उहाँले भन्नुभयो ।  

  काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव १० अङ्कले उकालो लागेर एक हजार नौ सय ३० दशमलव ९७ मा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव २८ अङ्कले उकालो लागेर तीन सय ८२ दशमलव १४ मा पुगेको छ । नेप्सेका अनुसार कूल दुई सय ३१ कम्पनीको ३९ लाख ७१ हजार पाँच सय ९४ कित्ता शेयर रु एक अर्ब २९ करोड छ लाख ६४ हजार छ सय ४२ मूल्यमा कारोबार भएको छ । कारोबार भएका १३ उपसमूहकै शेयर मूल्यमा वृद्धि भएको छ । निर्जीवन बीमा, जीवन बीमा, विकास बैंक र लघुवित्त उपसमूहको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ । मङ्गलबारको कारोबारपछि कूल बजार पुँजीकरण रु २७ खर्ब ७७ अर्ब ४७ करोड १९ लाख ५७ हजार एक सय ५४ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु छ करोड ६५ लाख ६० हजार दुई सय १५ बराबरको कारोबार भएको छ । त्यस्तै, नबिल बैंक रु पाँच करोड ९२ लाख ७० हजार, शिवम् सिमेन्ट रु पाँच करोड १७ लाख ८४ हजार दुई सय ९३, रिडी पावर कम्पनी रु पाँच करोड ३९ हजार दुई सय ९० र एभरेष्ट बैंक रु चार करोड ६८ लाख पाँच हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार न्यादी हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । युनिभर्सल पावर कम्पनी नौ, युनियन हाइड्रोपावर, आठ दशमलव ८२, माउण्टेन हाइड्रो नेपाल आठ दशमलव ७७ र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले आठ दशमलव ६८ प्रतिशतले कमाएका छन् । त्यस्तै, एनसिसी बैंकको ऋणपत्र तीन दशमलव ९१, सिटिजन म्युचुअल फण्ड एक तीन दशमलव ७३, गरिमा विकास बैंकको ऋणपत्र दुई दशमलव ५८, एनआइसी एशिया ग्रोथ फण्ड दुई दशमलव २७ र एनआइसी एशिया ब्यालेन्स फण्डका लगानीकर्ताले दुई दशमलव शून्य पाँच प्रतिशतले गुमाएका छन् । 

ताप्लेजुङ  : लामो समयदेखि बन्द चीनको सीमावर्ती टिप्ता नाका नखुल्दा बहुमूल्य जडीबुटी सतुवाको बजार शून्य जस्तै भएको छ । विगत चार वर्षदेखि बन्द नाका नखुल्दा सतुवाको  निर्यात हुन सकेको छैन । ताप्लेजुङमा सङ्कलन भएको सतुवा चीन निर्यात हुँदै आएको थियो ।     विगत ६ वर्षदेखि व्यावसायिकरुपमा सतुवाको खेती गर्दै आउनु भएका फुङ्लिङ नगरपालिका-१० का पूर्णहाङ लिम्बू नाका नखुल्दा निराश बन्नुभएको छ ।    सात वर्ष अगाडि प्रतिकिलो रु २० हजारमा खरिद बिक्री हुने सतुवा नाका नखुल्दा उचित मूल्य पाउन सकेको छैन । तत्कालीन समयमा सतुवा राम्रो मूल्यमा बिक्री हुन थालेपछि लिम्बूले वन जङ्गलमा मात्र पाइने सतुवाको व्यावसायिक खेती सुरु गर्नुभएको थियो । उहाँले जङ्गलबाट सतुवाको बिउ ल्याएर खेती सुरु गर्नुभएको थियो ।    उहाँले बिस्तारै सतुवाको बेर्ना उमार्नका लागि एक रोपनी जग्गामा टनेल लगाउनुभयो । अहिले पनि टनेलबाट सतुवाको बेर्ना बिक्री गर्दै आउनुभएको छ । प्रतिबोट रु १५ देखि ३० सम्म सतुवाको बेर्ना बिक्री गरिरहनु भएकाले लिम्बुले उत्पादन गरेको सतुवाको ताप्लेजुङको भिन्न स्थानमादेखि अन्य जिल्लामा समेत निर्यात गरिरहनु भएको छ ।    “सात वर्षअघि लगाएको सतुवाको बेर्नाबाट यतिबेला फल बिक्री गर्ने समय भएको छ तर फल निकालेको छैन”, लिम्बूले भन्नुभयो, “हामी नाका खुलेपछि राम्रो बजार मूल्य आउँछ भन्ने आशामा बसेका छौं ।”    एकपटक सतुवाको दानाबाट बेर्ना उमारेपछि दानाको आकार प्रत्येक वर्ष ठूलो हुँदै जाने भएकाले जुन समयमा पनि खनेर बिक्री गर्न सकिने उहाँको भनाइ छ । “एकपटक रोपिएको दाना कुहिन्न, प्रत्येक वर्ष आख्ला सर्दै जान्छ”, उहाँले भन्नुभयो ।    सात वर्षअघि रोपिएको सतुवा अहिले खन्ने हो भने ५० देखि ७० केजीसम्म आउने उहाँको भनाइ छ । तर बजार मूल्य राम्रो नभएकाले अहिले बारीमै रहेको लिम्बूले बताउनुभयो ।   चार वर्षअघि रोजगारीका लागि विदेश जाने तयारीमा रहनुभएका फक्ताङलुङ गाउँपालिका(६ का सन्तोष राई पनि सतुवा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि विदेश जाने योजना त्याग्नुभयो । विदेश जाँदा लाग्ने खर्च सतुवामा लगानी गरी राईले व्यावसायिक खेती सुरु गर्नु भएको छ ।     सतुवाको खेती गर्न सुरु गरेसँगै कोरोना महामारी फैलिएको र सोही कारण बन्द टिप्ता नाका हालसम्म खुल्न सकेको छैन । नाका नखुल्दा सतुवा जडीबुटीको बजार बजार शून्य जस्तै बनेको छ ।    “बजार शून्य छ । तैपनि आशा अझै बाँकी छ, कुनै दिन सतुवाले राम्रो बजार मूल्य पाउँछ भन्नेमा विश्वास छ”, राईले भन्नुभयो ।   डिभिजन वन कार्यालय ताप्लेजुङको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६६/७७ मा दुई हजार दुई सय २० केजी सतुवा सङ्कलन भएको थियो । त्यसयता सतुवाको सङ्कलन भएको तथ्याङ्क नरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।  “सतुवा चीनका व्यापारीले खरिद गर्छन्, ताप्लेजुङमा सङ्कलन हुने सतुवा टिप्ता नाका हुँदै चीनको रियु बजारसम्म पुग्छ”, फुङ्लिङ नगरपालिका(५ का सतुवा व्यापारी सविन बानियाँले भन्नुभयो, “कोरोना महामारीका कारण बन्द नाका नखुल्दा व्यापार शुन्य जस्तै बनेको छ ।”   स्थानीयका अनुसार सतुवाले धेरै किसिमका रोगको औषधि हो । पेट दुखेको, पखाला लाग्दा, बान्ता हुँदा र पेटको जुका पर्दा समेत औषधिका रुपमा यसको प्रयोग हुँदै आएको छ । यस्तै काटिएको घाउ, आन्द्रा निस्कने (अल्काइन हुने), अपच हुने, कमजोरी र रिँगटा लाग्ने रोगको समेत उपचारमा सतुवाको प्रयोग हुँदै आएको छ ।