पोखरा:   फिटनेस तथा स्वास्थ्य–जीवनशैलीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै पोखरामा राइज फिटनेसले आफ्नो सेवा विस्तारलाई तीव्र बनाएको छ ।  सात वर्षअघिदेखि फिटनेस व्यवसायमा सक्रिय राइज फिटनेसले ...

काठमाडौं:  बिहीबार छापावाल सुन प्रतितोला तीन सय रूपैयाँले बढेको छ।    बुधबार एक लाख दुई हजार तीन सय रूपैयाँमा कारोबार सुन बिहीबार एक लाख दुई हजार ६ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।    संघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ।    बुधबार १२ सय ७० रूपैयाँमा कारोबार भएको सुन बिहीबार पनि सोही मूल्य कायम भएको छ।    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।  

काठमाडौं : सेयर बजार ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो।  नेप्से परिसूचक २४.४४ अंकले घटेर १९९५.४९ विन्दुमा अडिएको छ।   अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ३.६१ अंक र सोमबार ३.६५ अंकले घटेको थियो। नेप्से घटेसँगै मंगलबारको तुलनामा कारोबार रकम घटेको  छ।   यसदिन १ अर्ब  २८ करोड ८३  लाख ६३ हजार ४२४ रूपैयाँमा सेयर खरिदबिक्री भयो। २५७ कम्पनीको  ३७ लाख २९ हजार ९७६ कित्ता सेयर किनबेच भयो।   आज एउटा मात्रै कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। आदर्श लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतले बढेको हो। बोटलर्स नेपालको सेयर मूल्य ९.६१ प्रतिशतले घट्यो।   कारोबार रकमका आधारमा अपर तामाकोशी हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ८ करोड ७२ लाख  ३७ हजार८५ रूपैयाँको सेयर खरिदबिक्री भयो।   आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। मनु एन्ड प्रो र माइक्रो फाइनान्स समूहको सूचक २ प्रतिशत बढिले घटेको हो।

काठमाडौं:  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक तीन दशमलव ६५ अङ्कले घटेर दुई हजार २३ दशमलव ५४ को बिन्दुमा कायम भएको हो ।   आज दुई सय ५९ वटा कम्पनीको ५१ लाख २० हजार आठ सय ८८ कित्ता शेयर ३७ हजार तीन सय ३८ पटक खरिद–बिक्री हुँदा रू एक अर्ब ८९ करोड ३७ लाख ३६ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।   होटल तथा पर्यटन, म्युचुअल फन्ड, निर्जीवन बीमा, व्यापार र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । होटल तथा पर्यटन समूह ४३ दशमलव ८१, म्युचुअल फन्ड समूह शून्य दशमलव ०७, निर्जीवन बीमा समूह सात दशमलव २७, व्यापार समूह १२ दशमलव ६५ र अन्य समूह ११ दशमलव ८० अङ्कले बढेको छ ।   त्यस्तै, लघुवित्त समूहको उपसूचक सबैभन्दा धेरै ३९ दशमलव ३८ अङ्कले घटेको छ । त्यस्तै, बैंकिङ समूह एक दशमलव ३८, विकास बैंक समूह १३ दशमलव ०८, वित्त समूह २८ दशमलव ४७ र जलविद्युत् समूह सात दशमलव ४१ अङ्कले घटेको छ । लगानी, जीवन बीमा र उत्पादन समूहको उपसूचकमा क्रमशः शून्य दशमलव ३४, आठ दशमलव ९६ र २३ दशमलव ३७ अङ्कको गिरावट देखिएको पनि नेप्सले जनाएको छ ।   आजको कारोबारपछि सबैभन्दा धेरै स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता नौ दशमलव ७३ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गिरावट भने राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्य छ दशमलव ४३ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको रू छ करोड ६८ लाख बराबरको शेयर खरिद बिक्री भएको छ ।

काठमाडौं:  सेयर बजारमा तीव्र उतारचढावबीच एकल अंकको सामान्य वृद्धि भएर बन्द भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्तलाई अनियन्त्रित कर्जा लगानीमा कडाइ गरेपछि गत बिहीबार अधिकांश लघुवित्तको सेयरमूल्यमा गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द भएको थियो भने सेयर बजार परिसूचक नेप्से ५७ अंकले घटेको थियो ।   आइतबार सुरुवाती समयमा ६१ अंकको उच्च गिरावट भएको सेयर बजारमा तीव्र उताचढावबीच अन्तिम समयमा सामान्य बढेर बन्द भएको छ । आइतबार नेप्से ४.५५ अंक (०.२२ प्रतिशत) ले वृद्धि भएर २०२७.१९ अंकमा बन्द भएको छ । बैंकिङ, जीवन बीमा, उत्पादनमूलक र व्यापार उपसूचकमा गिरावट हुँदा लघुवित्त उपसूचक भने करिब ३ प्रतिशतले बढेको छ । बैंकिङ उपसूचक ०.८९ प्रतिशत, जीवन बीमा उपसूचक ०.१४ प्रतिशत, उत्पादनमूलक उपसूचक ०.३० प्रतिशत र व्यापार उपसूचक १.४० प्रतिशतले गिरावट भएको छ । लघुवित्त उपसूचक सर्वाधिक २.७८ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक २.३४ प्रतिशतले बढेको छ ।   आइतबार बजारमा साढे २ अर्ब भन्दा माथिको कारोबार भएको छ । ५० हजार ५३२ वटा कारोबारमा ६५ लाख १५ हजार ८५२ कित्ता धितोपत्र किनबेच हुँदा २ अर्ब ५२ करोड ५० लाख ७२ हजारको कारोबार भएको छ । जसमध्ये हिमालयन डिष्टिलरीको सर्वाधिक १० करोड ७९ लाखको कारोबार हुँदा एनआईसी एशिया बैंकको ७ करोड ८७ लाख र छिमेक लघुवित्तको ७ करोड १७ लाखको कारोबार भएको छ ।   आइतबार बजारमा कुल २१७ कम्पनीको सेयर कारोबार भएकोमा १४६ कम्पनीको सेयरमूल्य बढेको छ । ६२ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ९ कम्पनीको सेयरमूल्य भने स्थिर छ । विजय लघुवित्तको सेयरमूल्य सर्वाधिक ७.९४ प्रतिशतले वृद्धि हुँदा ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य ७.६० प्रतिशत र अभियान लघुवित्तको सेयरमूल्य ७.२६ प्रतिशतले बढेको छ ।   जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य ५.२६ प्रतिशतले गिरावट हुँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयरमूल्य ३.९४ प्रतिशत र नेस्डो समृद्धि लघुवित्तको सेयरमूल्य ३.२७ प्रतिशतले गिरावट भएको छ ।

काठमाडौं:  साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।   अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा एक सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँ घटेको हो।    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।    शुक्रबार छापावाल सुन प्रतितोला एक लाख दुई हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।   त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।   शुक्रबार चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।   शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो।   आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

काठमाडौं:  राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।   आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७१ पैसा कायम गरिएको छ।    शुक्रबार डलर एकको खरिददर १३२ रूपैयाँ ८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६८ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३ पैसा बढेको हो।   त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १३९ रुपैयाँ ८५ पैसा र बिक्रीमा १४० रुपैयाँ ४९ पैसा पाइन्छ।    त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६४ पैसा तोकिएको छ।    त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रुपैयाँ ६३ पैसा र बिक्रीमा ९० रुपैयाँ ४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ३८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८२ पैसा पाइन्छ।   यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २० पैसा र बिक्रीमा ३६ रुपैयाँ ३६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा तोकेको छ।   युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २९ रुपैयाँ ७८ पैसा र बिक्रीमा २९ रुपैयाँ ९२ पैसा पाइन्छ।   आइतबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ४४ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ३९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६ पैसा तोकिएको छ।

काठमाडौं: सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।    बिहीबार सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिन पनि सुन तोलामा ५०० रुपैयाँ घटेको थियो।    त्यस्तै आज तेजावी सुनको मूल्य एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार हुँदैछ। त्यस्तै चाँदी आज प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजोको तुलनामा चाँदी पनि प्रतितोला १० रुपैयाँ घटेको छ।

काठमाडौं: साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक उच्च अङ्कले गिरावट आएको छ । बुधबार नेपाल राष्ट्र बैंकले लघुवित्तलाई निर्देशन दिएका कारण बिहीबार ५७.७४ अङ्कले गिरावट आएको हो ।   राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई १५ प्रतिशतभन्दा बढी लाभांश दिएमा बढी दिएको लाभांशको ५० प्रतिशत जगेडामा राख्नुपर्ने र १५ प्रतिशत सिएसआर र ३५ प्रतिशत ग्राहक संरक्षण कोषमा राख्नुपर्ने व्यवस्था गरेको छ । आज ४० भन्दा बढी लघुवित्त कम्पनीहरुको शेयर नकारात्मक सर्किट लागेको छ ।   नेप्से परिसूचक ५७.७४ अङ्कले घटेर २०२२.६४ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.९५ अङ्कले, फ्लोट इण्डेक्स ३.९८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९२ अङ्कले घटेको छ ।   आज कारोबारमा आएका २६० कम्पनीको ६३ लाख २६ हजार कित्ता शेयर दुई अर्ब ५२ करोड २७ लाख १३ हजार रुपियाँ बराबरको खरिद बिक्री भएको छ । बुधवारको तुलनामा नेप्से घटे पनि कारोबार रकम भने बढेको छ ।   आज नेप्सेका १३ उपसमूहमध्ये लघुवित्त कम्पनीहरुको शेयरमूल्य उच्च दरले घटेको छ । लघुवित्त उपसमूहको परिसूचक ९.५४ प्रतिशत घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ । आज छिमेक लघुवित्त आठ करोड ७० लाख रुपियाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।

तीन हप्ताअघि पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानबारे चासो राख्दा नागरिक उड्डयन प्राधिकरण (क्यान)ले फेब्रुअरी २३ देखि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) लागु भएसँगै विदेशबाट जहाज आउने तयारी रहेको जानकारी दिएको थियो ।    क्यानले त्यसबेला आइएफआर जडानसँगै भुटाना वा चीनबाट जहाज आउने गृहकार्य भइरहेको जनाएपनि त्यसो हुन सकेन । अन्तर्राष्ट्रिय उडान सेवा सुरु गर्न अझै लामो प्रक्रिया पुरा गर्नुपर्ने क्यानको जवाफ छ ।    विमानस्थल उद्घाटनको २ महिना हुनै लाग्दा अझै केही समय लाग्ने क्यानका डेपुटी म्यानेजर एवं सूचना अधिकृत ज्ञानेन्द्र भुल बताउँछन् ।    ‘नआत्तिनुहोस् न ! पसल खोलेका छौं, अब ग्राहक आउँछन्’ भुल भन्छन् ‘धैर्य गर्नुहोस्, पर्यटक बोकेर ठूलो जहाज छिट्टै पोखरा आउनेछ ।’   भुलका अनुसार विमानस्थल उद्घाटन हुनु भनेको पसल खोलेको हो । अब पसल हेर्न विदेश एयरलाइन्स कम्पनी पोखरा आउने तयारी भइरहेको छ ।    प्राधिकरणले जानकारी दिए अनुसार आइएफआर जडान भएपछि यहाँको विमानस्थल अवलोकन गर्न एयरलाइन्सको टीम आउनेछ । टीमले विमानस्थल, रनवे, प्रविधि, उपकरण र पर्यटनसँग सम्बन्धित पूर्वाधारको अध्ययन गर्नेछ ।    त्यसपश्चात्, विभिन्न एयरलाइन्सको टीमले उक्त अध्ययन प्रतिवेदन सम्बन्धित एयरलाइन्स कम्पनीलाई बुझाएपछि बल्ल उडानबारे मिति घोषणा हुनेछ ।    चीनको अनुदान र रिनमा बनेको विमानस्थल भएकाले सर्वप्रथम चीनकै एयरलाइन्सले उडान थाल्ने सम्भाना अधिक भएको क्यानको विश्वास छ ।    ‘अबको २–३ हप्तामा चाइना साउथवेस्ट एयरलाइन्सको टीम अध्ययनार्थ पोखरा आउने पक्कापक्की छ’ भुलले भने ।