काठमाडौं:  गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ ।  आज बजार खुल्दा मङ्गलबारको तुलनामा सुन तोलामा रु। ९०० र चाँदीे रु। ६५ ले बढेको हो ।  नेपाल सुनच...

पोखराः   नेपाल डेरी एसोसिएशनले देशभर दैनिक दूध बिक्रीबाट  ६ करोड रुपैयाँ सहरबाट गाउँ प्रवाह गरेको बताएको छ । पोखरामा बसेको नेपाल डेरी एसोसिएनशनको दोश्रो केन्द्रीय समितिका बैठकले सहरबाट गाउँमा दैनिक दुध बिक्रीबाट  ६ करोड रुपैयाँ प्रवाह गरेको अध्यक्ष प्रल्हाद दाहालले बताएका छन् ।  अध्यक्ष दाहालका अनुसार बजारमा आउने दूध फर्मल सेक्टरमा लेभलिङ भएर १७ प्रतिशत र खुल्ला ३३ प्रतिशत दूध बजार आउने जानकारी दिए ।  ‘नेपालमा दैनिक ६२ लाख लिटर दुध उत्पादन हुन्छ, ३१ लाख लिटर बजारमा आउँछ बाँकी ३१ लाख दुध उत्पादनकर्ताले प्रयोग गर्छन्, अध्यक्ष दाहालले भने, ‘डेरी सेक्टरबाट वार्षिक १ अर्ब रुपैयाँ बढी राजस्व संकलन हुन्छ भने दैनिक ६ करोड बढी रकम सहरबाट गाउँ प्रवाह हुन्छ ।’ कुल गाहस्र्थ उत्पादनमा दुग्ध क्षेत्रको योगदान ९ प्रतिशत रहेको अध्यक्ष दाहालको भनाई छ । ‘रोजगारीको हकमा किसान तहमा ६ लाख कृषक परिवार आवद्ध छन्, उनले भने, ‘उद्योगस्तरमा करिब ४० हजार बढीले रोजगारी पाएका छन् । कुल उत्पादनमा दुग्ध क्षेत्रको ९ प्रतिशत योगदान छ ।’  नेपाल डेरी एसोसिएनशनका अनुसार २०५५ सालमा स्थापना भएको संस्थामा देशभरका ३ सय बढी उद्योग आबद्ध रहेका छन् । गण्डकीमा भित्रन्छ दैनिक ४० हजार लिटर  नेपाल डेरी एसोसिएशनले गण्डकी प्रदेशमा दैनिक ४० हजार लिटर दूध आयात भएको बताएको छ ।  नेपाल डेरी एसोसिएशनको दोश्रो बैठकले गण्डकी प्रदेशमा दैनिक ४ लाख लिटर दूध उत्पादन भएपनि अन्य प्रदेशबाट देनिक ४० हजार दूध आयात हुने डेरी एसोसिएशनका महासचिव हेमचन्द्र खनालले बताए ।  ‘गण्डकी प्रदेशमा कच्चा दूध उत्पादन दैनिक ४ लाख उत्पादन हुुन्छ, गण्डकीमा दैनिक ४० हजार आयात हुँदा २० हजार निर्यात हुन्छ, महासचिव खनालले भने, ‘गण्डकीमा उत्पादनमा हुने दूध औपचारिक रुपमा डेरीमा ६५ हजार र अनौपचारिक रुपमा खुल्ला रुपमा ७० हजार  दूध खपत हुदैं आएको छ ।’  गण्डकी प्रदेशमा डेरी एसोसिएशनमा ( अनुज्ञा पत्र प्राप्त ) गरेका १९ वटा, घरेलु डेरी उद्योग (अनुज्ञा पत्र प्राप्त नभएका ) ६५ वटा, साना डेरी उद्योग (अनुज्ञा पत्र प्राप्त) १२ वटा, मझौला डेरी उद्योगहरु ( अनुज्ञा प्राप्त) ५ वटा र ठुला डेरी उद्योगहरु ( अनुज्ञा पत्र प्राप्त ) ४ वटा र ५ सय वटा डेरी पसल रहेको नेपाल डेरी एसोसिएशनले जनाएको छ ।  नेपाल डेरी एसोसिएशनले उद्योग तह तर्फ १ हजार जना, डेरी पसल,फर्म, सहकारीमा १ हजार ५ सय, उत्पादन क्षेत्रमा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको दाबी गरेको छ ।  किसानको घरसँगै सम्पूर्ण दूग्ध क्षेत्रमा ५० हजारलाई अप्रत्यक्षरुपमा जागिर दिएको र सहरबाट करिव २ करोड रुपैयाँ प्रवाह भइरहेको एसोसिएशनले जनाएको छ । गण्डकी प्रदेशमा दूध उत्पादन निर्भरको अवस्थामा करिव ३० प्रतिशत दूध अपुग भइरहेको नेपाल डेरी एसोसिएशनका महासचिव खनाले बताए ।  नेपाल डेरी एसोसिएशनले पोखरामा दोश्रो बैठक बस्दै दूधको मूल्य बढाउनुपर्ने, धुलो दूधको मूल्य निर्धारण गर्नुपर्ने र बैंकको ब्याज कम गर्न माग गरेको छ ।  

पोखराः   पोखरा महानगरपालिका ६ गौरीघाटस्थित सञ्चालमा रहेको होटल रानीवन आर्केडले अङ्ग्रेजी नयाँ वर्षमा नयाँ परिकार पस्कने तयारी थालेको छ ।  आर्केडले ‘नेपाली खाना, जिवन शैली र संस्कृतिको विश्वव्यापीकरण तथा आलिदेखि थालीसम्म’ नारासहित रैथाने खानाको प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ परिकारहरु ल्याउने भएको हो । रेवान पोखराद्धारा आयोजित २४ औं सडक महोत्सवको स्वागत गर्दै होटलको ४५ औं वार्षिकोत्सवको अवसरमा ७ प्रदेशको खाना एकै थलो चखाउने उदेश्यसहित नयाँ परिकार पस्कन लागेको आर्केडका सञ्चालक हरि बहादुर भुजेलले जानकारी दिए ।  उनले सडक महोत्सवलाई लक्षित गरेपनि परिकारको स्वाद भने भोलि (शुक्रबार) देखिनै पाहुनाहरुले चाख्न पाउँने बताए । उनका अनुसार गण्डकी प्रदेशको च्याङ्ग्राको मासु, च्याङ्ग्राको रगतको पकौडा, सुकुटी, लुम्बिनी प्रदेशको साँधेको सुन्तला, गुल्मीको चाकु, कर्णाली प्रदेशको खसीको कवाफ, सुदूरपश्चिम प्रदेशको हाँसको परिकारहरुको स्वाद लिन पाइनेछ ।  यस्तै प्रदेश नम्बर १ को कालो सुंगुरका विभिन्न परिकारहरु, साफ्टा, भक्का, मधेश प्रदेशको घोँघी, जलकपुरलगायतका माछाका विभिन्न परिकारहरु र बागमती प्रदेशको राँगाको सुकुटीलगायतका परिकारहरु र खल्पीको अचारहरुको स्वाद लिन पाइनेछ ।  सो परिकारहरुको पाकशास्त्री (सेफ) सन्दीप खत्री र तिल बहादुर गुरुङले तयार गर्ने सञ्चालक भुजेलले बताए ।  मेला अवधिमा स्पेशल अफर सडक महोत्सवको अवसरमा हरेक दिन स्पेशल अफर राखिएको आर्केडका प्रवन्धक निर्देशक भिमसेन भुजेलले जानकारी दिए ।  भुजेलका अनुसार पुष ८ गते एनिभर्सरी विशेष अफर, ९ गते क्रिसमस इभ अफर, १० र ११ गते स्ट्रिट फुडको स्वादसहित लाईभ बिबिक्यू अफर रहेको छ ।

काठमाडौं:  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन आज ०.०१ अंकले घटेर बन्द भएको हो । उक्त अंकको गिरावटसँगै नेप्से परिसूचक १८ सय ६७ अंकमा आइपुगेको छ । यसक्रममा आज नेप्सेमा १ अर्ब ११ करोड ९७ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज ३ लाख सेयर किनबेच हुँदा उक्त मूल्यको कारोबार भएको हो । बजार सामान्य अंकले घट्दा ७६ वटा कम्पनीको सेयर बढेको छ भने १२४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर छ । बजारमा सामान्य अंकको गिरावट आउँदा सृजनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत बढेको छ । कम्पनीको मूल्यमा प्रतिकित्ता १०९ रुपैयाँको वृद्धिसँगै सेयर मूल्य प्रतिकित्ता १२ सय ५ रुपैयाँ पुगेको छ । यस्तै, धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यससँगै, कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७१४ रुपैयाँ पुगेको छ । यस्तै, आज आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरैले घटेको छ । यो कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता ७.७० प्रतिशतले घटेर प्रतिकित्ता १५ सय ३० रुपैयाँमा आइपुगेको छ । यसैगरी, बलेफी हाइड्रोपावरको सेयर मूल्य साढे ५ प्रतिशतले घटेको छ । यससँगै, यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३२ रुपैयाँमा आइपुगेको छ ।

काठमाडौं:    लामो समयको अन्तरापछि मंगलबार १४ अंकले बढेको नेप्से सूचक बुधबार पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५.८९ अंकले घट्दै १८६७.२२ अंकमा झरेको हो ।  यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १.३१ अंकले घट्दै ३६५.३४ अंकमा झरेको छ । आज बैंकिङ समूह बाहेक अन्य १२ वटा उपसूचक ऋणात्मक भएका छन् । बैंकिङ समूहको उपसूचक भने सामान्य (०.२७ प्रतिशत) ले मात्र वृद्धि भएको छ । ५.८९ अंकले नेप्से घटेको बजारमा आज कारोबार रकम समेत ८६ करोड ३८ लाख १६ हजारमा खुम्चिन पुगेको छ । सबैभन्दा बढी आज एनआईसी एशिया बैंकको ११ करोड ८२ लाख २४ हजार रुपैयाँ बराबरको ६६७ कित्ता सेयर कारोबार भएको छ भने नबिल बैंकको ३ करोड ९५ लाख ८ हजार ९१५ रुपैयाँ बराबरको ८०७ कित्ता सेयर कारोबार भएको छ ।  आज आधिखोला लघुवित्त वित्तीय संस्थाका सेयरधनिहरुले १० प्रतिशतले कमाएका छन् भने श्रीजनशिल लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनिहरुले ९.९९ प्रतिशतले कमाएका छन् । 

बागलुङ:   वि.स.२०७१ सालमा बागलुङ बजारमा जडान गरेका २९ सिसी क्यामेरा अहिले प्रयोगमा छैनन् । बागलुङ नगरपालिका, जिल्ला प्रहरी कार्यालय र बागलुङ उद्योग वाणिज्य सङ्घको समन्वयमा जडान गरिएका ति सिसी क्यामेरा समयमै मर्मत संम्भार नहुदा काम नलाग्ने भएका हुन् ।  विसं २०७५ मा २९ मध्ये १६ सिसी क्यामेरा बिग्रिएका थिए भने अहिले एउटा सिसी क्यामेरासमेत सञ्चालन नआउँदा जिल्ला सदरमुकामा सुरक्षा चुनौती बढेको छ । बागलुङ बजारमा चोरी डकैतीका घटना बढ्न थालेपछि नियन्त्रका लागि अत्यावश्यक बनेको सिसी क्यामरा नहुँदा समस्या छ । अपराध निरन्त्रणका साथै चोरी डकैतीका घटना बाहिर ल्याउन तथा अदालतलेसमेत सिसी क्यामेराको दृश्यलाई भरपर्दो प्रमाणका रुपमा लिने गरिएको छ ।   सुरक्षा व्यवस्थामा सहजता ल्याउन जडान गरिएका सिसी क्यामेरा यथासक्य छिटो सञ्चालनमा ल्याउनुपर्ने स्थानीय प्रशासनको माग छ । अपराध नियन्त्रण र सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन जडान गरिएका सिसी क्यामेराको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालयमा राखिएको भए पनि सिसी क्यामेरा बिग्रिएकापछि  नियन्त्रणकक्ष समेत प्रयोगमा आउन छोडेको छ ।   प्रविधिको प्रयोगसँगै बढ्दो अपराध निरन्त्रण गर्न सिसी क्यामेरा अहिलेको अनिवार्य आवश्यकता रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिनुभयो । “सिसी क्यामेरालाई आधार मानेर ठूला–ठूला जघन्य अपराधको अनुसन्धान गरिएको हुन्छ, हालै बागलुङमा फूलमाया माझीको हत्या विद्यालयको सिसी क्यामेराका आधारमा किनारा लगाउन सकियो”, ज्ञवालीले भन्नुभयो, “सिसी क्यामेरा नहुँदा सुरक्षामा प्रभाव परेको छ, दुर्घटना नियन्त्रण र दुर्घटनापछिको अनुसन्धान छुट्टाउन भूमिका सिसी क्यामेराको हुन्छ ।”   ज्ञवालीका अनुसार अहिले बागलुङ उद्योग वाणिज्यसङ्घले सिसी क्यामेरा जडान गर्न सर्वे गरेको जनाएको छ । सिसी क्यामेराको प्रमुख व्यवस्थापक रहेको बागलुङ उद्योग वाणिज्य सङ्घले विग्रिएका सिसी क्यामेरा पुरानो मोडेलका भएको र नयाँ विद्युत्का पुलोमा केबल सहितको विद्युतीकरण गरी नाङ्गो विद्युतीय तारमुक्त बागलुङ बजार बनाउनका लागि दुई वर्ष सिसी क्यामेरा जडान गर्न नसकेको जनाएको छ ।  सङ्घका अध्यक्ष नरेश कँडेलले २०७१ सालमा जडान गरिएका सिसी क्यामेरा विगे्रको बताउनुभयो । अध्यक्ष कँडेलले भन्नुभयो, “क्यामेरा जडानका लागि बागलुङ नगरपालिकाले रु १५ लाख विनियोजन गरेको छ, हाम्रो लागत ४२ लाख हो, सिसी क्यामेरा राख्दै जाने, व्यवसयासी र बैंकर्सबाट सहयोग समेत उठाउने लक्ष्य छ ।” बागलुङ नगरपालिकाले बागलुङ बजारमा सिसी क्यामेरा जडानका लागि तगारुकता देखाएर बजेट विनियोजन गरेको बागलुङ नगरपालिका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । अहिले जोड्ने भनिएका क्यामेरा बागलुङ बजार, रामरेखा, उपल्लाचौरदेखि कुडुँलेसम्म जडान गरिने गरी अध्ययन गरिएको छ ।

 काठमाडौं:  सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १४.२२ अंक (०.७६ प्रतिशत) ले वृद्धि हुँदा १८७३.११ बिन्दुमा पुगेर बन्द भएको छ । मंगलबार कुल २५७ धितोपत्रको २३ हजार ३४४ वटा कारोबारबाट ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम ९३ करोड ८ लाख ३९ हजार ९०१ रुपैयाँको भएको छ । मंगलबार सबै उपसूचकमा हरियाली देखियो । सबैभन्दा धेरै ‘अन्य’ उपसूचकको मूल्य २.३१ प्रतिशतले बढेको छ । आँधीखोला लघुवित्त वित्तीय संस्था र समृद्धि लघुवित्त वित्तीय संस्थाको मूल्यमा सकारात्मक सर्किट लागेको छ । धौलागिरि लघुवित्त वित्तीय संस्थाको मूल्य समेत ९.९९ प्रतिशतले बढ्यो । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको ७.६२ र मन्दाकिनी हाइड्रोको मूल्य ४.७१ प्रतिशतले वृद्धि भएको छ ।

काठमाडौं: कियाले सन् २०२३ को पहिलो त्रैमासमा तीन वटा नयाँ मोडलको गाडी भित्र्याउने भएको छ।  किया मोटर्सले भारतबाट ७ सिटर क्यारेन्स र नयाँ स्पोर्टेज त्यस्तै कोरियाबाट विद्युतीय निरो इभी भित्र्याउने भएको हो।  भारतबाट भित्रने गाडीहरू सन् २०२३ को पहिलो त्रैमासमा सार्वजनिक गरिनेछ भने कोरियाबाट भित्रने गाडी ढिलोमा सन् २०२३ को दोस्रो त्रैमासमा सार्वजनिक गरिनेछ।  यी बाहेक कम्पनीले हाल बजारमा उपलब्ध मोडलहरू पनि भित्र्याउँदैछ।  किया मोटर्सको लागि नेपालको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज रहेको छ। कम्पनीले वार्षिक दुई हजार वटाभन्दा बढी कियाको विभिन्न मोडल बिक्री गर्दैछ। त्यस्तै औसतमा मासिक दुई सय वटा र विशेष अवसरमा बढी गाडी बिक्री हुने कम्पनीले जनाएको छ । 

काठमाडौं:   नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको जनाएको छ । महासंघले आजको मूल्य निर्धारण गर्दै हिजो सोमबारको तुलनामा भाउ ओरालो लागेको जानकारी दिएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४०० र तेजाबी सुनको मूल्य ९९ हजार ९०० रुपैयाँ छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोालमा १ लाख ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख रुपैयाँ थियो । हिजो सोमबार सुन र चाँदीकै मूल्य स्थिर रहेको थियो । महासंघले आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार हुने जनाएको थियो । यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम रहेको जनाएको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो ।

पोखरा:   पोखरा फाइनान्स कम्पनीले लाभांश प्रस्ताव गरेको छ । ४ पुस सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले सेयर धनीलाई हाल कायम चुक्ता पूँजी १ अर्ब ४ करोड ८९ लाख १९ हजार ८१३ रुपैयाँको कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये ४ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको छ । कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।