पोखराः एघारौं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी ईन्डष्ट्रीज प्रा.लि. रहने भएको छ । आगामी पुष २७ देखि माघको ९ गते सम्म युनाईटेड क्लब पोखराको आयोजनामा पोखराको अमरसिंह चौरमा हुने एघारौंं संस्करणको पोखरा महोत्सवमा पोखरा नयाँबजारमा कर्पोरेट अफिस रहेको रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा. लि. ले मुख्य प्रायोजकमा रही महोत्सवलाई साथ दिने भएको हो । महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष राजु श्रेष्ठ र रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा. लि.का अपरेटिङ अफिसर सन्नी रौनियार बीच मुख्य प्रायोजकको सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्कालाई सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन । सम्झौता पत्रमा हस्ताक्षर गर्दै रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा. लि. का अपरेटिङ अफिसर सन्नी रौनियारले सामाजिक क्षेत्रमा अग्रणी स्थानमा रहेको युनाईटेड क्लव संग सहकार्य गर्न पाउदा निकै खुसी लागेको बताए । पोखरा नयाबजारमा रहेको कर्पोरेट अफिसबाट रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा.लि.ले उत्पादन गर्ने बेटर ब्राण्डको इलेक्ट्रिक सामानहरु हिटर, ओभन, पंखा, राइसकुकर, गिजर इलेक्ट्रोनिक र किचन सामाग्रीहरु बिक्री गर्दै आइरहेको छ । पोखरा महोत्सव संग सहकार्य गरी आफ्नो ब्यापार संगै महोत्सव आयोजक युनाईटेड क्लवले गर्ने सामाजिक काममा समेत सहकार्य गरेर अगाडि वढ्न आफु तत्पर रहेको रौनियारको भनाइ रहेको थियो । युनाईटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले एघारौ संस्करणको पोखरा महोत्सवमा रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रालिसंग सहकार्य गर्न पाउदा निकै खुसी लागेको वताउदै महोत्सवको माध्यामबाट प्रा.लि. बाट उत्पादित सामाग्रीहरुको प्रवद्र्धन गर्न आफुहरुले कुनै कसर बांकी नराख्ने समेत बताए । महोत्सवबाटै सामाजिक काममा आफुहरु लागी परेको वताउदै सामाजिक काममा रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा. लि.को पनि साथ रहदा आफुहरु निकै उत्साहित भएको बताए। महोत्सवको आयोजना गरि युनाईटेड क्लवले पोखरा र आसपासमा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी, सेती नदी संरक्षण र विपद ब्यवस्थापनको क्षेत्रमा काम गर्दै आइरहेको छ । जस अनुरुप युनाईटेड क्लवको पहलकदमीमा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३०, ३१ र ३२ मा हाल चिडियाखाना निर्माणाधिन अवस्थामा रहेको छ भने त्यसको पूर्ण स्वामित्व गण्डकी प्रदेशले लिइ जिल्ला डिभिजन वन कार्यालय कास्की र चिडियाखाना निर्माण समिति मार्फत निर्माण कार्य अगाडि वढिरहेको छ । हाल सम्म चिडियाखाना निर्माणमा युनाईटेड क्लवले ५८ लाख ८५ हजार रुपैया प्रदान गरिसकेको क्लवका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । एघारौ पोखरा महोत्सवदेखी युनाईटेड क्लबले पोखराको बीच भाग भएर बग्ने सेती नदीलाई नयाँ पर्यटकीय गन्तब्य बनाउने उद्देश्यले काम गर्ने क्लवका अध्यक्ष राजु श्रेष्ठले बताए ।
काठमाडौं: साताको दोस्रो दिन सेयर बजार मापक बढेको छ । सेयर बजार मापक नेप्से परिसूचक करिब १७ अंकले बढेको हो । साताको पहिलो दिन भने बजार घटेको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज १५८ कम्पनीका सेयरको मूल्य बढेको छ भने ४१ कम्पनीका सेयरको मूल्य बढेको छ । ४४ लाख ७० कित्ता सेयर १ अर्ब ३६ करोड रूपैयाँमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार आज समिट लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, नेपाल टेलिकमको सेयर मूल्य ७.४६ प्रतिशतले बढेको छ । आज मूल्य धेरै घट्नेमा ग्लोबल आईएमई व्यालेन्स फण्ड १ को ९.९३ प्रतिशत र कुमारी धनबृद्धि योजनाको ५.७१ प्रतिशतले मूल्य घटेको छ । सबैभन्दा धेरै रकमको सेयर कारोबार भने नविल बैंकको २१ करोड ३२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । नविल बैंकको सेयर प्रतिकित्ता ८१५ रूपैयाँमा कारोबार बन्द भएको छ । यस्तै, कुमारी बैंकको १० लाख ७७ हजार कित्ता प्रमोटर सेयरको पनि आज कारोबार भएको छ ।
काठमाडौं: कुमारी बैंक लिमिटेडको विशेष साधारणसभाले नेपाल क्रेडिट एन्ड कमर्स बैंकसँग मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप जंगबहादुर राणाको अध्यक्षतामा भएको विशेष साधारणसभाले मर्जरको सम्बन्धमा अन्तिम सम्झौतापत्र स्वीकृत गर्ने तथा मर्जरसम्बन्धी बाँकी कार्य र आवश्यक प्रक्रिया पूरा गर्ने प्रस्ताव पारित गरेको हो । त्यस्तै, मर्जरसम्बन्धी समझदारीपत्र, संयुक्त मर्जर समिति गठन, दुवै संस्थाको सम्पत्ति तथा दायित्वको मूल्यांकन (डिडिए) गर्न सञ्चालक समितिबाट गरिएको लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिकका सम्बन्धमा भएको निर्णय पनि अनुमोदन भएको जनाइएको छ । एक–आपसमा गाभ्ने–गाभिने (मर्जर) प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त चल–अचल सम्पत्ति तथा कारोबारको मूल्यांकन प्रतिवेदन (डिडिए)का आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १स्१ स्वीकृत गर्ने तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित भएको बैंकले जनाएको छ । यसका साथै, सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधासम्बन्धी व्यवस्था संशोधन गर्ने प्रस्ताव पारित भएको उल्लेख छ । दुई बैंक मर्जरपश्चात् चुक्ता पुँजी २६ अर्ब रुपैयाँभन्दा बढी हुने तथा शाखा संख्या तीन सय ५५, एटिएम संख्या दुई सय ४४, एक्सटेन्सन काउन्टर संख्या ५१, निक्षेप तीन खर्ब एक अर्बभन्दा बढी र कर्जा दुई खर्ब ७८ अर्बभन्दा बढी हुने जनाइएको छ ।
पोखराः मित्रता बहुउद्धेश्यीय सहकारी संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ । पोखरामै पहिलो पटक युवाहरुद्धारा सञ्चालित सहकारीको उद्घाटन गर्दै पोखरा महानगरपालिका सहकारी संघका अध्यक्ष बलराम गौतमले युवाहरुले आफ्नो ब्यवशाय संगै सहकारीलाई अगाडि बढाउनु आफैमा गर्वको कुरा भएको बताउदै सहकारीको मान्यतालाई आत्मसाथ गरी अगाडि बढ्न आग्रह गरे । पछिल्लो समय सहकारीहरुमा बिकृति मौलाउदै गइरहेको सन्दर्भमा त्यसप्रति मित्रता सहकारीले ध्यान पुर्याउन आवश्यक रहेको बताउदै गौतमले युवा ब्यवसायीहरुलाई सहकारीमा आवद्ध गर्न सके सहकारी अगाडि बढ्न सक्ने धारणा ब्यक्त गरे । संस्थाका उपाध्यक्ष पूर्ण कुमार श्रेष्ठले पोखरामा पहिलोपटक युवाहरुद्धारा सञ्चालित सहकारी रहेको बताउदै पोखराका सवै युवा सदस्यहरुको साथ सहयोग पाएको खण्डमा पोखरामा नमुना सहकारीको रुपमा स्थापित हुने बताए । संस्थाका अध्यक्ष जयन्ती मोक्तानले सहकारी स्थापनाको उद्धेश्य सहकारी दर्ता गर्दाबखतको संघर्ष र अगामी कार्यक्रम योजना बजारमा देखिएको आर्थिक समस्यामा मित्रतामा त्यस्तो समस्या नरहेको र अगामी दिनमा पनि समस्या नरहने जानकारी गराउदै सहकारीको सांगठनिक व्यवस्था प्रविधि मैत्री सेवामा बिस्तार, व्यवसायीक प्रतिष्ठानहरु संगको सहकार्य रिक्त पद पूर्तिको लागि सभामा पेश तथा अनुमोदनको लागि विभिन्न बुदाहरु पेश गरेकी थिइन । कार्यक्रममा सहकारीका सचिव नबिन श्रेष्ठले सचिवको प्रतिवेदन कोषाध्यक्ष बुद्धि राज भट्टराईले कोषाध्यक्षको प्रतिवेदन पेस गरेमन थिएभने लेखा सुपरिवेक्षण समितिको संयोजक रुद्र गिरीले लेखाको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमा बाल बचत र कोपिला बचत बाल बाललिकाहरुको लागि शिक्षामा अग्रसरहोस भन्ने हेतुले १ सय ५०जना बाल बालिकालाई स्टेशनरी सामाग्री बितरण गरीएको थियो । विभिन्न बिधामा बर्षको बार्षिक उत्कृष्टलाई नगद तथा प्रमान पत्रबाट सम्मान गरिएकोे थियो । सहकारीको बर्ष उत्कष्ट कर्मचारी किरण पुनलाई नगद तीन हजार र प्रमाण पत्र, बर्ष उत्कृष्ट बाल बचत सज्जु त्रिपाठी लाई नगद ६ हजार र प्रमाणपत्र, वर्ष उत्कृष्ट कोपिला बचत सनिश श्रेष्ठलाई नगद ६ हजार र प्रमाणपत्र, वर्ष उत्कृष्ट बचतकर्ता रोजेन्द्र प्रसाद पोख्रल, विष्णुकुमारी श्रेष्ठ, लक्ष्मी प्रसाद श्रेष्ठ, दुर्गा श्याम, विष्णु कुमार श्रेष्ठ, बसन्त कुमार श्रेष्ठ र उत्र श्रेष्ठलाई प्रमाण प्रत्र खादा सहित सम्मान गरिएको थियो । त्यसैगरी बर्ष उत्कृष्ट शेयर सदस्य ईन प्रसाद घर्ती, जुन कुमार श्रेष्ठ, श्रावण कुमार जैसवाललाई प्रमाण प्रत्र खादा सहित सम्मान गरिएको थियोभने बर्ष उत्कृष्ट नारी बचत कमला श्रेष्ठ प्रमाण प्रत्र खादा सहित सम्मान, बर्ष उत्कृष्ट ऋणी सदस्य श्रीराम अधिकारी, भिम कुमारी गुरुङ, ओम बहादुर कामी, जय प्रकाश लामा प्रमाण प्रत्र खादा सहित सम्मान र बर्ष उत्कृष्ट उपसमिति चन्द्रवती श्रेष्ठलाई प्रमाण प्रत्र र खादा सहित सम्मान गरीएको थियो । सल्लाहकारको तर्फबाट सल्लाहकार राजु श्रेष्ठ र बिनोद दुङ्गानाले शुभकामना मन्तव्य राखेका थिएभने सभाबाट संचालक समितिमा रहेको रिक्त पदमा बबिता के सि कार्की र कृष्ण के सि लाई सर्वसम्मत चयन गरीएको थियो । बन्द सत्रबाट अध्यक्ष सचिव र कोषाध्यक्षको प्रतिवेदन माथि छलफल गरी पास गरीएको थियो ।
पोखराः गण्डकी प्रदेशमा सञ्चालित सहकारीहरुलाई लक्षित गरी कोपोमिस र सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सञ्चालनका लागी प्रदेश स्तरिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजदेखि पोखरामा शुरु भएको छ । नेपाल सरकार भुमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी विभाग नयाँ बानेश्वरले केन्द्रीय सहकारी संघ संस्था संगको साझेदारीमा आयोजना गरिएको उक्त तालिम आगामी मंसिर २७ गते सम्म पोखरामा सञ्चालन हुनेछ । कार्यक्रमको उद्घाटन गर्दै सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका प्रदेश रजिष्टार रमेश घर्तीले सहकारी तथा गरिबी सम्बन्धी ब्यवस्थापन सूचना प्रणाली (कोपोमिस)ले सहकारीहरुलाई कानुनी हिसावले कडी लगाउने काम गर्ने वताए । सहकारीहरु अझैपनि कानुनी दायरामा आउन नसकिरहेको अवस्थामा कोपोमिस प्रणालिले सहरकारीहरुलाई कानुनी दायरामा ल्याउन सजिलो बनाउने वताउदै सहकारी संचालकहरुले कोपोमिस प्रणालि र सम्पत्ति सुद्धिकरणमा अझैपनि ध्यान नदिदा सहकारी संस्थामा समस्या उत्पन्न भइरहेको बताए । गण्डकी प्रदेश भित्र सञ्चालनमा रहेका सहकारीहरुलाई पालिकासंग सहकार्य गरि कोपोमिस तालिम सञ्चालनलाई अभियानका रुपमा सञ्चालन गर्न सके सहकारीहरु सुद्धिकरण भएर जाने वताउदैै घर्ती मगरले सहकारी अभियानमा देखिएका बिकृति, समस्या र चुनौतिहरुलाई सामना गर्न सम्पूर्ण एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । सहकारीमा देखिएका समस्याहरुलाई हल गर्नका लागी आफु र आफ्नो कार्यालय तत्पर रहेको भएतापनि यसमा मुख्य गरी जिल्ला सहकारी संघहरुको मुख्य भुमिका रहने घर्तीको भनाइ रहेको थियो । नेपाल सरकार भुमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी बिभाग नयाँ बानेश्वर काठमाडौका इन्जिनियर राजन पाण्डेले सहकारीहरुलाई दायरामा ल्याउनका लागि कोपोमिस र सम्पत्ति सुद्धिकरण निवारण सम्बन्धी प्रदेश स्तरिय प्रशिक्षक प्रशिक्षण तालिमको आयोजना गरेको बताए । तालिममा गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेकका ९ वटा जिल्लाका जिल्ला सहकारी संघका प्रतिनिधीहरुको सहभागीता रहेको र तालिमबाट कोपोमिस प्रणालि र सम्पत्ति सुद्धिकरण निवारण सम्बन्धि जानकारी लिई आफ्ना मातहतमा रहेका सहकारीहरुलाई समेत उक्त तालिम प्रदान गर्ने उद्देश्य लिइएको पाण्डेले वताए । सहकारीमा मनोमानी गर्ने र नाममात्रैको सहकारीहरुलाई हेर्ने दृष्टीकोणमा फरक बनाइ त्यस्ता ब्यवस्थालाई निर्मुल पार्नु आजको आवश्यक्ता रहेको वताउदै सम्पूर्ण सहकारी संघमा कार्यरत कर्मचारीहरुले त्यसप्रति ध्यान दिन जरुरी रहेको उनको भनाइ रहेको थियो । सो अवसरमा बोल्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाले सहकारी संघ हरुले कोपोमिस प्रणालीमा सहकारीहरुलाई आवद्ध गराउनमा कार्यक्रममा सहभागीता जनाएका हरुले उल्लेख्य भुमिका खेल्नुपर्नेमा जोड दिइन । सहकारीको मुल मन्त्रलाई सहकारीहरुले आत्मसाथ गर्न नसक्दा अहिलेपनि सहकारीहरुले विभिन्न बाधा अड्चन ब्येहोर्नुपरेको उनको भनाइ रहेको थियो ।
पोखराः पोखरा महानगरपालिका वडा नं ६ बैदाममा मुख्य कार्यालय रहेको सुनौलो बचत तथा ऋण सहकारीले १५औं वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशन एक कार्यक्रमकाबीच सम्पन्न भएको छ । साधारणसभा तथा अधिवेशनको पोखरा महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराईले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष भट्टराईले पर्यटकीय सुन्दर नगरी लेकसाईडमा रहेको सहकारीले उत्पादनमा जोड दिदैँ संस्थागत सुशासन, व्यवसायिक दक्षता र वित्तीय अनुशासन कायम गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो । संस्थाका अध्यक्ष टिकाराम सापकोटाले संस्थाका गतिविधिसँगै पर्यटनका सम्भावना, समस्या र राज्यको भुमिका लगायतमा प्रकाश पार्नुभएको थियो । संस्थाका अध्यक्ष सापकोटाको सभापतित्व एवम् सचिव सोमबहादुर थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष भोजकुमार श्रेष्ठ, सल्लाहकारहरु डम्बरबहादुर के.सी., गणेशबहादुर भट्टराई, बच्चुराम तिवारी, बिष्णुबहादुर गुरुङ्, पुर्व बैंकर एवम् सस्थाका सदस्य महेश्वर पहारी, उमादेबी अधिकारी लगायतले बोल्नुभएको थियो । अधिवेशनले पुनः टिकाराम सापकोटाको नेतृत्वमा तीन वर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिका उपाध्यक्षमा भोजकुमार श्रेष्ठ, सचिवमा सोमबहादुर थापा मगर, कोषाध्यक्षमा लिला भट्टराई रहनुभएको छ भने सदस्यहरूमा गायत्री फुयाल, मधुमाया सापकोटा, जिवनराज सापकोटा, उमा देबी अधिकारी, रामचन्द्र शर्मा हुनुहुन्छ । त्यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा ईश्वरीप्रसाद पौडेल र सदस्यमा जगन्नाथ तिमिल्सिना र ताराप्रसाद गौतम हुनुहुन्छ । कार्यक्रममा वर्ष उत्कृष्ठ कर्मचारीको रुपमा बजार प्रतिनिधि सुमित्रा जि.सी, उत्कृष्ठ सदस्यहरूमा विष्णुप्रसाद गुरुङ्, दिपेन्द्र देबी घिमिरे थापा , पार्बता पाण्डे र धिरज अर्याललाई सम्मान गरियो भने सुनौलो शैक्षिक पुरस्कार अन्र्तगत आधारभुत तहमा एरिका बराल र माध्यामिक तहमा कृष्ण पाण्डेलाई नगद तथा सम्मानपत्रबाट सम्मान गरियो । साधारण सभाले सचिवको प्रतिबेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन, लेखा परिक्षकको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन र वार्षिक नीति कार्यक्रम तथा बजेट प्रस्ताव समेत पारित गरेको छ । संस्थामा २४८७ जना शेयर सदस्य र शेयर पुजीँ रु.६ करोड १३ लाख रहेको सचिव सोमबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाको कुल वासलत रु.२८ करोड ७४ लाख छ भने १९ करोड ७७ लाख निक्षेप संकलन गरी २१ करोड ४९लाख ऋण परिचालन गरेको छ ।
काठमाडौं: साताको पहिलो कारोबार दिन नै नेप्से सूचकमा झन्डै ३२ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज आइतबार सेयर बजार परिसूचक नेप्से ३१.९७ अंकले घट्दै १८८५.३१ अंकमा झरेको हो । यसदिन १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुनपुगेको छ । झण्डै ३२ अंकले घटेको बजारमा आज १ अर्ब १० करोड ३४ लाख रूपैयाँ बराबरको ३५ लाख १२ हजार ८३४ कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी शिभम् सिमेन्टको १० करोड ९३ लाख ६७ हजार ९२६ रुपैयाँ बराबरको ५२९ कित्ता सेयर कारोबार भएको छ । आज सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशतले वृद्धि) लागेको छ भने सुमिट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यता नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने आज पनि १० प्रतिशतले घट्न पुगेको छ ।
काठमाडौं: केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्यले आइतबार पनि निरन्तरता पाएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ बढेको हो। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सुन तोलामा छ सय रुपैयाँ बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
पोखराः लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी पुस ७ गतेदेखि हुने ‘१८ औँ लेखनाथ महोत्सव’को तयारीलाई तिब्र बनाइएको छ । पुसको १९ गतेसम्म सञ्चालन हुने महोत्सव अन्तर्गतका सम्पूर्ण उपसमितिले आ–आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको महोत्सवका संयोजक छत्रधर आत्रेयले जानकारी दिए । महोत्सवमा राखिने ३ सय ३८ वटा स्टल मध्ये ८५ प्रतिशत बुकिङ भइसकेको छ । महोत्सवमा पर्यटन प्रवद्र्धन र नयाँ उद्योगको प्रवद्र्धन गर्नका लागी निशुल्क स्टलको ब्यवस्था गरिने आयोजकले जनाएको छ । महोत्सवमा रेष्टुरेण्ट, हस्तकला, कृषी, अटो, रेडिमेट, वित्तिय संस्था, पर्यटन प्रवद्र्धन, सुचना प्रविधी र उद्योगका स्टलहरु रहने प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले वताए । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्बृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा ३३७ स्टल रहने र २ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको महासचिव उपेन्द्रराज सुवेदी राजुले जानकारी दिए । महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रर्दशनी, सुचना प्रविधि, शैक्षिक प्रर्दशनी, हस्तकला, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रर्दशनी रहने छन । महोत्सवमा ख्याति प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी गीत, लाइभ म्युजिक कन्सर्ट थप आर्कषणका रुपमा रहने छन । १० करोड बरावरको आर्थिक कारोवार हुने अनुमान गरिएको महोत्सवबाट ९५ लाख आम्दानी हुने र ८५ लाख खर्च भै १० लाख बचत हुने बताईएको छ । बचत रकमबाट प्रदर्शनी स्थल र संघको भवनको स्तरोन्नती, औद्योगिक क्षेत्रको निर्माणका लागि पहल एवम् सहयोग, कवि शिरोमणी लेखनाथ पौडयालको जन्मस्थल विकास र बेगनासताल, रुपाताल लगायतका पर्यटकिय स्थलहरुको प्रवद्र्धनको क्षेत्रमा खर्च गरिने योजना रहेको छ । महोत्सवको मुख्य प्रायोजकमा सगरमाथा ईन्स्योरेन्स कम्पनी लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक सह प्रायोजकको रुपमा रहेको छन् ।