काठमाडौँ:  नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो ।    महासंघका अनुसार शु...

पोखराः  पोखरा महानगरपालिका–७ रत्नचोककी तारा गुरुङले पोखराको ट्रेड मलमा किनमेल गर्दा रु ५० हजार पुरस्कार जित्न सफल हुनुभएको छ ।  ट्रेड मलले दशैँ तिहारलाई लक्षित गरेर ल्याएको नगदै नगदको वर्षा उपहार योजनामा पहिलोपटक सो रकमको पुरस्कार जितेकामा आफू खुःशी व्यक्त गरिन् । शुक्रबार मलले एक औपचारिक कार्यक्रम गरी पुरस्कार रकम हस्तान्तरण कार्यक्रममा उहाँको मुहारमा खुशी झल्कन्थ्यो । ट्रेड मल व्यवस्थापन समिति र व्यवसायीहरुले भदौ १ देखि दशैँ तिहारलाई लक्ष्य गरी सो उपहार योजना ल्याएकामा बम्परमा गोलाप्रथा मार्फत तारा गुरुङले रु ५० हजार पुरस्कार जित्दा मेलिमा गुरुङ र कल्पना पौडेल रेग्मीले जनही रु २५ हजारका दरले पुरस्कार प्राप्त गर्नुभयो । विजेता तीनै जनालाई आज सो पुरस्कार रकम हस्तान्तरण गरिएको हो । पुरस्कार हस्तान्तरण समारोहमा पोखरा ट्रेड मलका सञ्चाल एवं उत्सव व्यवस्थापन समितिका सल्लाहकार बासुदेव पराजुली, उत्सव व्यवस्थापन समितिका सल्लाहकारद्धय माधव तिमिल्सिना र गोपाल बाटाजु, उत्सव व्यवस्थापन समितिका अध्यक्ष नवराज त्रिपाठी,  उपाध्यक्ष सीमा कोइराला, सचिव रमेश बराल, सदस्य सचिव कृष्ण भुसाल, कोषाध्यक्ष रघु दवाडी, सहकोषाध्यक्ष, धर्मदत्त अधिकारी सदस्यहरु राजीव क्षेत्री, नवराज ढुँगाना लगायत सहभागी हुनुहुन्थ्यो ।  पोखरा ट्रेड मलभित्रका ५०२ व्यापारिक सटरमा २७५ व्यावसायिक प्रतिष्ठान सञ्चालनमा रहेका छन् । मलमा फेन्सी, कस्मेटिक, जुत्ता चप्पल, बैंक तथा वित्तीय संस्था, सिनेमा हल, रेष्टुरेन्ट, जिम हल, गहनापसल, सारी तथा कुर्ता लगायतका पसल सञ्चालनमा छन् ।  

काठमाडौं:  नेपाली सुनचाँदी बजारमा आज छापावाल  सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु छ सयले बढेर रु एक लाख तीन सय पुगेको छ । बिहीबार प्रतितोला रु ९९ हजार सात सयमा सुनको कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार दुई थियो ।      त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु ३० ले बढेर रु एक हजार तीन सय ९० पुगेको महासङ्घले जनाएको छ ।

पोखराः   चिल्ली ग्रुपले पोखराको लेकसाइडमा हिमालयन ग्लोरी इन प्रा.लि (होटल) तथा थ्री सिक्स्टी स्काई लाउन्ज (रेन्टुरेन्ट) सञ्चालनमा ल्याउको छ ।  पोखरा महानगरपालिका ६ हल्लनचोकमा पर्यटन क्षेत्रमा क्रियाशील व्यवसायिक समूह ‘चिल्ली ग्रुप’ ले पत्रकार सम्मेलन गर्दै भोलिदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याइने जानकारी दिइएको हो । हिमालयन ग्लोरी इन प्रा.लि तथा थ्री सिक्स्टी स्काई लाउन्ज करिब १२ करोडको लगानीमा सञ्चालनमा ल्याइएको म्यानेजर लेखनाथ पहारीले बताए । ‘होटल तथा रेस्टुरेन्टको निर्माण सन् २०१८ मा करिब १० करोडको लगानीमा सम्पन्न गर्ने गरी निर्माण शुभारम्भ गरेका हौं, ९० प्रतिशत निर्माण सम्पन्न भएपछि विश्वव्यापी रुपमा कोरोना भाइरससँगै विविध कारणले समयमा निर्माण सम्पन्न हुन सकेन्, पहारीले भने, ‘ निर्माण सम्पन्न गर्ने लक्ष्य भन्दा साढे २ वर्षपछि सञ्चालनमा आएको होटल करिब १२ करोड लगानी भएको छ ।’ उनका अनुसार ३० देखि ४० जनाको सिटिङ क्षमताको मिनी मिटिङ हल रहेको रेस्टुरेन्टमा बाल्कोनीसहितका १५ कोठा भएको होटल एवम् रिसेप्शन, एयर कन्डिसन रुम रहेको छ भने, पृथक शैलीमा निर्माण गरिएको होटल तथा रेस्टुरेन्टमा लिफ्ट जडान गरिएको छ । औपचारिक शुभारम्भ भोलि २३ गते (शुक्रबार) हुने र सोलो गगनको लाइभ सांगीतिक प्रस्तुती समेत रहने प्रालिले जनाएको छ ।  

काठमाडौं:   बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ९९ हजार ७ सय रूपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ४ सय रूपैयाँले बढेको हो । यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ४ सय रूपैयाँले नै बढ्दै ९९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य भने आज तोलामा १० रूपैयाँले बढ्दै १ हजार ३६० रूपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौं:   सेयर बजार परिसूचमा दोहोरो अंकको गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १६.६१ अंक (०.८६ प्रतिशत) ले गिरावट भएर १९१७.२८ अंकमा बन्द भएको छ । होटल तथा पर्यटन बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । होटल तथा पर्यटन उपसूचक ०.०१ प्रतिशतले वृद्धि भएको छ । यता बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै १.२८ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी र उत्पादनमुलक उपसूचक पनि १ प्रतिशत भन्दा माथिले गिरावट भएको छ । मर्जर सम्झौतापछि कारोबार रोकिएको ग्लोबल आईएमई बैंकको सेयर धितोपत्र बोर्डको नयाँ व्यवस्था अनुसार खुलेसँगै बुधबार ९.२९ प्रतिशतले गिरावट भएको छ । जसले बैंकिङ उपसूचकमा उच्च गिरावटको लागि सहयोग भएको छ । यस्तै नाडेप लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट लेभलमा बन्द हुँदा शिवम् सिमेन्टको सेयर मूल्य ४.८६ प्रतिशतले गिरावट भएको छ । यता खप्तड लघुवित्तको सेयर मूल्य सर्वाधिक ६.०९ प्रतिशतले वृद्धि हुँदा कुमारी धनवृद्धि योजनाको इकाइमूल्य ५.१५ प्रतिशत र ग्रिन भेञ्चर लिमिटेडको सेयर मूल्य ४.४२ प्रतिशतले वृद्धि भएको छ । बुधबार नेप्सेमा कुल १९९ कम्पनीको सेयर कारोबार हुँदा १५९ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ३७ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ८ कम्पनीको स्थिर छ । सानिमा बैंकको संस्थापक सेयर ५१ लाख कित्ता कारोबार हुँदा बुधबारको कारोबार रकम भने बढेको छ । बैंकको ६७ करोड २ लाख ९३ हजारको संस्थापक सेयर कारोबार हुँदा बुधबार बजारमा कुल १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५५१ रुपैयाँको कारोबार भएको छ । ८० लाख ९२ हजार ७१७ कित्ता सेयर किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो । मंगलबार बुधबार शिवम् सिमेन्टको १३ करोड ८५ लाख ५४ हजार र नबिल बैंकको ४ करोड ५२ लाख ८८ हजारको कारोबार भएको छ ।

काठमाडौं:   साताको तेस्रो कारोबार दिन सेयर बजार परिसूचकमा एकल अंकको सामान्य गिरावट भएको छ । मंगलबार बजार परिसूचक नेप्से ४.८७ अंक (०.२५ प्रतिशत) ले गिरावट भएर १९३३.८८ अंकमा बन्द भएको छ । जीवन बीमा, लघुवित्त र अन्य बाहेक बजारलाई लिड गर्ने बैंकिङ सहित अधिकांश उपसूचकमा गिरावट हुँदा बजार परिसूचक नेप्से पनि घटेको हो । अन्य उपसूचक सर्वाधिक ०.५७ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक ०.२८ प्रतिशत र जीवन बीमा उपसूचक ०.०१ प्रतिशतले वृद्धि भएको छ । लगानी उपसूचक सर्वाधिक ०.९१ प्रतिशतले गिरावट हुँदा बैंकिङ उपसूचक ०.३९ प्रतिशतले गिरावट भएको छ । नेप्सेसँगै मंगलबार कारोबार रकममा पनि संकुचन भएको छ । सोमबार डेढ अर्ब माथिको कारोबार भएको बजारमा मंगलबार १ अर्बको पनि कारोबार हुन सकेन । मंगलबार नेप्सेमा २५ लाख ८१ हजार ४२५ कित्ता सेयर किनबेच हुँदा ९६ करोड ५२ लाख ११ हजारको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ८ करोड १२ लाख ३४ हजारको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ५ करोड ५० लाख ८ हजार र रिडी पावरको ५ करोड २ लाख ७ हजारको कारोबार भएको छ । मंगलबार नेप्सेमा कुल १९९ कम्पनीको सेयर कारोबार भएकोमा १०९ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ७८ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १२ कम्पनीको सेयर मूल्य स्थिर छ । मंगलबार कारोबार भएकामध्ये धौलागिरी लघुवित्तको सेयर मूल्य सवार्धिक ८.१७ प्रतिशतले वृद्धि हुँदा सिटिजन्स म्युचुअल फण्ड १ को इकाइमूल्य ६.१२ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य ५.८६ प्रतिशतले बढेको छ । यता एनएमबि बैंकको सेयर मूल्य सर्वाधिक ६.०७ प्रतिशतले गिरावट हुँदा एनएमबि ५० को इकाइमूल्य ३.८५ प्रतिशत र आईसीएफसी फाइनान्स डिबेञ्चर २०८३ को मूल्य ३.३२ प्रतिशतले गिरावट भएको छ ।

पोखरा:   मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यमा निर्वाचन सम्पन्न भएपछि निर्वाचनको परिणामअनुसार राजनीतिक दलहरु बहुमत बाहिर छन् । सरकार कुन पक्षले बनाउँछ भन्ने अझै कुनै मेलोमेसो छैन ।    यसैबीच, सुनगाभा न्यूजले पोखराका व्यवसायीहरुको अपेक्षाबारे जिज्ञासा राखेको छ । जहाँ पोखरा उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका प्रतिनिधिहरुले विभिन्न धारणा राखे ।    मुलतः व्यवसायीहरुले अब बन्ने सरकारसँग उद्योगी व्यापारीहरुले सम्भावना र बन्द भएका उद्योग कलकारखाना सञ्चालन गर्न माग गरेका छन् ।    ‘अब कसको सरकार बन्न सक्छ र के अपेक्षा छ ? भन्ने प्रश्नमा नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष संजिव कोइरालाले अब बन्ने सरकार स्थिर हुनुपर्ने भन्दै सम्भावना भएका र बन्द अवस्थामा रहेका उद्योगहरु सञ्चालन गर्न माग गरे ।  ‘सधैं सत्ता र कुर्चीको लागि राजनीति नगरौं’ कोइरालाले भने, ‘अब सरकार आर्थिक गतिविधिमा केन्द्रित हुनुपर्‍यो , आयआर्जनमा ध्यान दिनुपर्‍यो ।’ कोइरालाका अनुसार हालसम्मका सरकारहरु विकास र आर्थिक एजेण्डामा जिम्मेवार हुन सकेनन् । ‘सँधै सत्ताकेन्द्रित राजनीति हैन, अब रोजगारमूलक र समृद्धिका योजनालाई नयाँ सरकारले आफ्नो कार्यक्रममा राखेको हेर्न चाहन्छु’ कोइरालाले भने ।    पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यले मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा युवा तथा उद्योगी व्यवसायीहरु निर्वाचित भएकाले पर्यटन र उद्योग व्यवसाय क्षेत्रमा केही आशा पलाएको बताए ।  ‘मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा युवा तथा उद्योगी व्यवसायी निर्वाचित भएका छन्, उनले भने, ‘निर्वाचित युवा तथा उद्योगी व्यवसायीहरुको पर्यटन र उद्योगहरुको स्थापनामा विशेष ध्यान केन्द्रित हुन्छ भन्ने विश्वास छ । युवा तथा व्यवसायीहरु निर्वाचनमा विजयी भएकाले युवाहरुको भविष्य नेपालमा सुनिश्चित गर्नतर्फ कदम चाल्नुहुनेछ ।’    यसैगरि पोखरा उद्योग वाणिज्य संघका सह–सचिव शोभा गौतमले घरायसी काममा व्यस्त हुने महिलाहरुलाई उद्यमशिलता क्षेत्रमा जोड्ने कार्यक्रम सञ्चालन गर्न आगामी सरकारसँग माग गरिन् । ‘अहिले पनि प्राय महिलाहरु घरायसी काममा सिमित छन् । सरकारसँग महिलाहरुलाई उद्यमशिलताको क्षेत्रमा जोड्ने कुनै एजेण्डा देखिदैन्, उनले भनिन्, ‘दिनानुदिन युवा तथा महिलाहरु विदेशीएका छन् । यसलाई रोक्न अब बन्ने सरकारले उद्योगदेखि उद्यमशिलताको वातावरण सिर्जना गरि देशमै रोजगारको व्यवस्था गर्न आवश्यक छ । रोजगारी क्षेत्रले देशको आर्थिक अवस्थादेखि युवाहरुको भविष्य राम्रो हुनेछ ।’   उनले हरेक क्षेत्रमा महिलालाई पछाडी राख्ने प्रचलन विद्यामान रहेको बताउदै त्यस्तो प्रवृतिलाई रोक्न महिलामैत्री वातावरण सिर्जना गर्न आगामी सरकारलाई आग्रह गरिन् ।  ‘समाज परिवर्तनका निम्ति महिला र पुरुष दुवैको महत्वपुर्ण योगदान छ, पुरुषप्रधान देशमा महिलालाई हेर्ने दृष्टिकोण फरक छ । आगामी बन्ने सरकारले यसलाई परिवर्तन गर्न आवश्यक छ । अवसर पाए हरेक क्षेत्रमा महिलाले सफलता हात पार्नेछन् । त्यसैले महिलामैत्री नीति बन्न आवश्यक छ ।’ गौतमले भनिन् । 

काठमाडौं:  सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २४.४६ अंक (१.२५ प्रतिशत) ले गिरावट भएर १९३८.७६ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएका छन् । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.७१ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी र उत्पादनमुलक उपसूचक २ प्रतिशत भन्दा माथिले गिरावट भएको छ । नेप्सेमा गिरावट भएपनि बजारमा कारोबार रकम भने डेढ अर्ब भन्दा माथि रहेको छ । सोमबार बजारमा ४१ लाख २७ हजार २८६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६७ करोड ४ लाख ५५ हजारको कारोबार भएको छ । जसमध्ये रिडी हाइड्रोपावरको ३० करोड ८३ लाख ५७ हजारको कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको २० करोड २३ लाख ४७ हजार र नबिल बैंकको ८ करोड ४७ लाख ८९ हजारको कारोबार भएको छ । सोमबार बजारमा कुल १९९ कम्पनीको सेयर कारोबार भएकोमा १८१ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै १४ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ४ कम्पनीको सेयर मूल्य स्थिर छ । सोमबार कारोबार भएकोमध्ये सयपत्री हाइड्रोपावरको सेयरमूल्य ३.१२ प्रतिशतले वृद्धि हुँदा एनआईसी एशिया सेलेक्ट फण्ड ३० को इकाइमूल्य २.५६ प्रतिशत र ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाइमूल्य २.२१ प्रतिशतले वृद्धि भएको छ । यता अजोड इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ७.३७ प्रतिशतले गिरावट हुँदा सिटिजन्स म्युचुअल फण्ड १ को इकाइमूल्य ५.७७ प्रतिशत र ओरियन्टल होटेलको सेयर मूल्य ५.५३ प्रतिशतले गिरावट भएको छ ।

पोखराः अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) सम्बद्ध व्यवसायीले .गाडी आयातमा असहज भएको भन्दै आन्दोलनको तयारी थालेको छ ।    आन्दोलनको विषयमा जानकारी दिँदै नाडाका उपाध्यक्ष एवं आन्दोलन समितिका संयोजक सुनिल रिजालले आगामी भदौ २२ गतेदेखि आन्दोलन सुरु गर्ने जानकारी दिए । रिजालले भने ‘उक्त दिन नाडा सम्बद्ध व्यवसायीहरुले माइतीघरमा धर्ना दिने कार्यक्रम रहेको छ ।’   आन्दोलनको पहिलो चरणमा शान्तिपुर्ण धर्ना दिने कुनैपनि कार्यक्रम अनुशासिततवरले गरिने रिजालको भनाई छ । धर्नापछि सरकारले माग पुरा गर्नेमा विश्वस्त रहेको रिजालले जनाए ।    नाडाका अध्यक्ष ध्रुव थापाले सम्बन्धित निकायलाई अटो व्यवसायीका समस्या बाराम्बार अवगत गराई समाधानको पहल गर्दा पनि सुनुवाई नभएपछि आन्दोलनमा उत्रन बाध्य भएको बताए ।    त्यस्तै, बैंकले अटो लोन प्रवाह गर्दा ५० प्रतिशतमा सिमित गरिदिँदा व्यवसायमाथि गम्भीर क्षति पुगेको थापाको भनाई छ ।    सरकारले केही समय विदेशबाट विभिन्न सामानलाई विलासिताको नाममा आयात रोकेको र हाल खुलाएपनि राष्ट्र बैंकले झनै कसिलो नीति ल्याउँदा अवस्था प्रतिकुल नै रहेको उनले उल्लेख गरे ।   यद्यपि, विदेशी मुद्रा सञ्चितिमा सुधार आएकाले व्यवसायको माग सम्बोधन गर्न गाह्रो नहुने र सबै माग पुरा हुने थापाको विश्वास छ ।