सुन-चाँदीको मूल्य फेरि बढ्यो,कतिमा हुँदैछ कारोबार ?
काठमाडाैं | माघ २९, २०७९
काठमाडौं :सुनको मूल्य ४ सयले बढेको छ। नेपाल सुन चाँदी महासंघका अनुसार आइतबार ४ सयले बढेर प्रतितोला सुनको मूल्य १ लाख ४ हजार कायम भएको छ।
साताको अन्तिम कारोबार दिन शुक्रबार तोलामा १३ रूपैयाँले घटेर प्रतितोला १ लाख ३ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार तेजावी सुन प्रतितोला १ लाख ३ हजार ५०० मा कारोबार भइरहेको छ। सुन बढेसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज तोलामा ५ रूपैयाँले बढेर प्रतितोलाको १२९५ रूपैयाँ पुगेको छ।
शुक्रबार चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

