महाशिवरात्रीमा पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाउन पर्यटनमन्त्री किरातीको निर्देशन
काठमाडाैं | माघ २९, २०७९

काठमाडौं :संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले महाशिवरात्रीमा पशुपति परिसर क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएका छन्।
महाशिवरात्रीको पूर्व सन्ध्यामा आयोजित सरसफाइ अभियानमा सहभागी हुँदै मन्त्री किरातीले त्यस अवसरमा सुरक्षा व्यवस्था बलियो बनाउन सीसीटीभीमार्फत् निगरानी राख्न निर्देशन दिएका हुन्।
आज “स्वच्छ पशुपति,सफा पशुपति”भन्ने नाराका साथ सुरु भएको सरसफाइ अभियानका क्रममा मन्त्री किरातीले यस क्षेत्रमा कुहिने र नकुहिने फोहोर व्यवस्थानका लागि छुट्टा–छुट्टै ‘डस्टिबिन’राख्न कोषका पदाधिकारीलाई निर्देशन दिए।
उनले पशुपति क्षेत्रमा आउने दर्शकका लागि सहज शौचालयको व्यवस्था गर्न समेत निर्देशन दिएका छन्।
पशुपति क्षेत्र सरसफाइ अभियान एक सातासम्म चल्ने छ । महाशिवरात्री नजिकिएसँगै पशुपति परिसर क्षेत्रमा रङरोगन,मर्मत तथा फूल तथा बिजुली बत्ती सजावटको काम सुरु भइसकेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जानकारी दिए।
यो वर्ष फागुन ६ गते महाशिवरात्री परेको छ।
पोखरा: पोखरा घुम्न आएकी बुटवलकी युवतीको होटलको छतबाट खसेर गएराति मृत्यु भएको छ । पोखरा महानगरपालिका–६ जरेबरस्थित होटल रुद्राक्षको पाचौं तलाबाट खसेर गम्भिर घाइते भएकी युवतीको उपचारक...
बागलुङ: बागलुङमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुई जनाको उपचारको क्रममा बुर्तिवाङ अस्पतालमा र एक जनाको मणिपाल अस्पताल र एक जनाको पोखरामा उपचारका...
काठमाडौं: हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु...