सुनसरी:   बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ बङ्गुरको मृत्यु भएको छ । स्थानीयले व्यावसायिक रूपमा पालेका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा...

काठमाडौंः  आन्तरिक तथा बाह्य पर्यटकहरुलाई थप आर्कषण र सेवासुविधासहित प्याराडाइज विला बुटीक होटलले बुढानिलकण्ठबाट सेवा दिईरहेको छ ।  काठमाडौंको बुढानिलकण्ठबाट सेवा दिईरहेको प्याराडाइज विला बुटीक होटलबाट बिहानको सुर्योदयसँगै काठमाडौंको अवलोकन गर्न सकिने सञ्जालक बद्री महतले जानकारी दिए ।  ‘आन्तरिक तथा बाह्य पर्यटकहरु शहर भन्दा बाहिर रमाउन थालिसकेका छन्, उनीहरुलाई नै मध्यनजर गर्दै सुर्योदय र काठमाडौंको अवलोकन गर्न मिल्ने गरी होटल सञ्चालन गरेका छौं’ सञ्चालक महतले भने ।  सञ्चालक महत अनुसार ५ हजार देखि १५ हजारसम्मको कोठा होटलमा भएको बताए । ‘बुटीक होटलमा २० वटा कोठाहरु रहेका छन्, उनले भने, ‘ ५ हजार देखि १५ हजारसम्मको कोठा होटलमा उपलब्ध छन्, अर्गानिकसँगै नेपाली खानाको स्वाद पाहुनालाई खुवाउन सफल भएका छौं ।    एनआरएन जापानका कोषाध्यक्ष समेत रहेका सञ्चालक दीपक सुनारले वैदेशिक रोजगारी भएको आम्दानीलाई स्वदेशमा लगानी गरेको बताए ।  ‘वैदेशिक रोजगारीमा भएको आम्दानीलाई स्वदेशमा नै लगानी गरेका छौं, उनले भने, ‘स्वदेशमा नै लगानी गर्दा स्वदेशमा नै रोजगारी समेत सिर्जना भएको छ ।’ विभिन्न पेशा व्यवसायमा अग्रसर भईरहेका बद्री महत, दीपक सुनार ईश्वर सापकोटा र चन्द्रप्रसाद हुमागाइको सयुुक्त लगानीमा प्याराडाइज विला बुटीक होटल सञ्चालनमा आएको हो ।   

काठमाडौं:  साताको दोस्रो कारोबार दिन पनि सेयर बजारमा वृद्धि भएको छ । नयाँ सरकार गठनसँगै गत साताबाट बढ्न सुरु भएको सेयर बजार परिसूचक नेप्से सोमबार पनि बढेको हो । सोमबार नेप्से १७.५६ अंक (०.८६ प्रतिशत)ले वृद्धि भएर २०६३.८३ अंकमा पुगेको छ । बजारलाई लिड गर्ने बैंकिङसहित बीमा लघुवित्त, हाइड्रोपावर लगायतका उपसूचक बढ्दा उत्पादनमूलक र अन्य उपसूचकमा गिरावट हुँदा पनि नेप्से दोहोरो अंकले बढेको हो । उत्पादनमूलक उपसूचक ०.७१ प्रतिशत, अन्य उपसूचक १.५२ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.६२ प्रतिशतले गिरावट हुँदा व्यापार उपसूचक ३.५२ प्रतिशत र निर्जीवन बीमा उपसूचक ३.०६ प्रतिशतले बढेको छ । यस्तै बैंकिङ उपसूचक पनि १ प्रतिशतले वृद्धि भएको छ । सोमबार नेप्सेमा वृद्धि भएपनि आइतबारको भन्दा कारोबार रकम घटेको छ । आइतबार तीव्र उतारचढाव हुँदा नेप्से १७।२८ अंकले बढेको थियो भने कारोबार रकम ४ अर्ब नाघेको थियो । सोमबार बजारमा २ अर्ब ९६ करोड ९ लाख २७ हजारको कारोबार भएको छ । जसमध्ये नबिल बैंकको सर्वाधिक १६ करोड ८४ लाख ५१ हजारको कारोबार हुँदा हिमालयन डिस्टिलरीको १६ करोड ६४ लाख ८२ हजारको कारोबार भएको छ । यस्तै एनआईसी एशिया बैंकको ११ करोड १४ लाख ५५ हजारको कारोबार भएको छ । सोमबार कारोबार अवधिभर बजारमा कुल २११ कम्पनीको सेयर कारोबार भएकोमा १६५ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । त्यस्तै ३९ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ७ कम्पनीको सेयरमूल्य भने स्थिर छ । सोमबार कारोबार भएकामध्ये धौलागिरी लघुवित्त, सृजनशील लघुवित्त खप्तड लघुवित्त र अजोड इन्स्योरेन्सको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । त्यस्तै प्रभु इन्स्योरेन्सको सेयरमूल्य ९ प्रतिशतले वृद्धि भएको छ । यता नेपाल दूरसञ्चार कम्पनीको सेयरमूल्य ४.०१ प्रतिशतले गिरावट हुँदा तेह्रथुम पावर कम्पनीको सेयरमूल्य २.४५ प्रतिशतले गिरावट भएको छ ।

काठमाडौं:  नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडलाई प्राप्ति (मर्जर) गरेपछि कुमारी बैंक लिमिटेडले आइतबारदेखि एकीकृत वित्तीय कारोबार सुरु गरेको छ । यी दुवै बैंक १ः१ सेयर अनुपातमा मर्जरपछि कुमारी बैंक लिमिटेडको नाममा सञ्चालन हुने सहमति भएको थियो । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जबरा र ९साविक० नेपाल क्रेडिट एण्ड कमर्स बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपाने संयुक्त रुपमा एकीकृत कारोबारको उद्घाटन गरेका छन् । मर्जरसँगै चुक्ता पूँजी २६ अर्ब २३ करोड रूपैयाँ, कूल निक्षेप ३ खर्ब २ अर्ब रुपैयाँ र कर्जा २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ । कार्यक्रममा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले नेपालको हालको आर्थिक परिस्थिति र अर्थतन्त्रलाई गतिशील बनाउन यो मर्जर उपलब्धि मुलक हुने बताए । यो मर्जर निकै सुखद् र सकारात्मक कदम रहेको भन्दै उनले सेवाग्राहीका लागि आगामी दिनमा आकर्षक सुविधाहरू ल्याउने बताए । मर्जरपछि कुमारी बैंकले ४१५ वटा स्थानहरूबाट सेवा प्रवाह गर्नेछ । जसमा ३०६ वटा शाखा कार्यालय, ४७ एक्स्टेन्सन काउन्टर र ६२ वटा शाखारहित बैंकिङ्ग इकाइहरू तथा एटीएम संख्या ३४५ रहने छन् ।

काठमाडौं:  कारोबार अवधिभर तीव्र उतारचढाव देखिएको सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । साताको पहिलो कारोबार दिन आइतबार सुरुवाती समयमा उच्च वृद्धि भएपनि त्यसपछि लगातार उतारचढाव देखिएको नेप्से १७.२४ अंक (०.८५ प्रतिशत) ले वृद्धि भएर २०४६.२६ अंकमा बन्द भएको हो । नेप्सेमा तीव्र उतारचढाव देखिँदा कारोबार रकम पनि बढेको छ । नयाँ सरकार गठनसँगै गत साता र आइतबार पनि सुरुवती समयमा बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्दा कारोबार रकम पनि ४ अर्ब नाघेको छ । गत बिहीबार नै चार महिना याताकै उच्च बिन्दुमा पुगेको नेप्से आइतबारको ‘इन्ट्रा–डे’ मा ५४ अंकको वृद्धि हुँदा २०८३.१९ अंकसम्म पुगेको थियो । ७ पुसमा १८६७.२१ अंकमा रहेको नेप्से गत साता र आइतबारको ‘इन्ट्रा–डे’ को उच्च बिन्दुमा पुग्दा करिब २१६ अंकले वृद्धि भएको थियो । छोटा अवधिमा नै नेप्सेमा उच्च वृद्धि हुँदा लगानीकर्ताले नाफा बुक गर्न खोजेपछि आइतबार ५४ अंक भन्दा माथिले वृद्धि भएको नेप्से अन्तिममा करेक्सन भएर १७ अंकको वृद्धि सहित बन्द भएको छ । जसले आइतबार कारोबार रकम पनि उच्च भएको छ । आइतबार सेयर बजारमा ४ अर्ब ४ करोड ८८ लाख ८० हजारको कारोबार भएको छ । नेप्से दोहोरो अंकले बढेपनि वित्त कम्पनी र विकास बैंक उपसूचकमा भने गिरावट भएको छ । जीवन बीमा उपसूचक २.९९ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ०.०४ प्रतिशत र वित्त कम्पनी उपसूचक ०.२० प्रतिशतले गिरावट भएको हो । आइतबार ४ अर्ब माथिको कारोबार हुँदा नबिल बैंकको २३२ करोड ५७ लाख ४९ हजारको कारोबार भएको छ । त्यस्तै नेपाल दूरसञ्चार कम्पनीको १९ करोड ८८ लाख १ हजार र हिमालयन डिस्टिलरीको १५ करोड ८० लाख ३१ हजारको कारोबार भएको छ । नेप्सेमा आइतबार कुल २१२ कम्पनीको सेयर कारोबार हुँदा १२१ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै ८७ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ४ कम्पनीको सेयरमूल्य स्थिर छ । आइतबार कारोबार भएकोमध्ये श्रृजनशील लघुवित्तको सेयरमूल्य १० प्रतिशतले वृद्धि हुँदा खप्तड र धौलागिरी लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै अजोड इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्य ९.९८ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यता एनआएन इन्फ्रास्ट्रचर एण्ड डेभलमेन्ट लिमिटेडको सेयरमूल्य ३.८४ प्रतिशतले गिरावट हुँदा मिथिला लघुवित्तको सेयरमूल्य ३.८४ प्रतिशत र रिभर फल्स पावरको सेयरमूल्य ३.६५ प्रतिशतले गिरावट भएको छ । यस्तै सिद्धार्थ इक्वीटी फण्डको इकाइमूल्य ५.५७ प्रतिशत र साये ८ प्रतिशत ब्याजदरको नेपाल बैंक् डिवेञ्चरको मूल्य ३.९२ प्रतिशतले घटेको छ ।

काठमाडौं:   साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा पाँच सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँ बढेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

काठमाडौंः   विदेशबाट मोबाइल ल्याउन सरकारले कडाइ गरेको विरोधमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले  ‘नो रेमिट्यान्स’ अभियान चलाएका छन् । उनीहरुले रेमिट्यान्सबाट पैसा पठाउन रोक्ने भन्दै सामाजिक सन्जालमा ‘नो रेमिट्यान्स’ अभियान चलाएका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस प्रणाली लागू गर्दै भन्सार छलेर ल्याइएका मोबाइल फोनहरु आजबाट नेपालमा नचल्ने व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार विदेशबाट फर्किने क्रममा कसैले उपहारको रुपमा एकभन्दा बढी (दोस्रो) मोबाइल फोन ल्याएमा १८ प्रतिशत भन्सार लाग्ने र तेस्रो मोबाइल जफत नै गर्ने निर्णय सरकारले गरेको छ । यसैको विरोधमा विदेशमा बसेका नेपालीहरुले ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै विभिन्न स्टाटस राखिरहेका छन् । अहिले यो ह्यासट्याग ट्रेन्डिङमा देखिन्छ । अर्थतन्त्र थला परेको बेला ‘नो रेमिट्यान्स’ अभियान चलाइएकोमा धेरैजसोले दुःख व्यक्त गर्दै सामाजिक सन्जालमार्फत् नै सरकारको ध्यानाकर्षण गराएका थिए । यसैबीच विदेशबाट फर्किएका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् । कूल गाह्रस्थ उत्पादन (जीडीपी)को अनुपातमा सबैभन्दा धेरै रेमिट्यान्स भित्राउने विश्वभरका मुलुकमध्ये नेपाल ११औं स्थानमा पुगेको छ । विश्व बैंकले सार्वजनिक गरेको  ‘माइग्रेसन एन्ड ब्रिफ–२०२२’ रिपोर्टका अनुसार नेपालले सन् २०२२ मा भित्राउने रेमिट्यान्स कुल गाह्रस्थ उत्पादनको २१.८ प्रतिशत हुनेछ । नेपालमा करिब ४८ खर्बको जीडीपी छ, जसको अनुपातमा करिब २२ प्रतिशतको रेमिट्रयान्स भित्रिरहेको छ । अघिल्लो वर्ष जीडीपीको अनुपातमा धेरै रेमिट्यान्स नेपालमा विश्वभरकै मुलुकमध्ये १०औं स्थानमा थियो ।

काठमाडौं:  नयाँ सरकार गठनपछिको लगातार दोस्रो कारोबार दिन पनि सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । मंगलबार बजार परिसूचक नेप्से ५९.८७ अंक (३.११ प्रतिशत) ले वृद्धि हुँदा १९८३.९५ अंकमा बन्द भएको छ । सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने करिब निश्चित हुँदा नेप्से ३ प्रतिशत भन्दा माथिले वृद्धि भएको थियो । पौडेल अर्थमन्त्री भएसँगै मंगलबार लगातार दोस्रो दिन पनि ३ प्रतिशत माथिको वृद्धि भएको छ । नयाँ सरकार गठनपछिको दुई दिनमै नेप्से करिब ११७ अंकले बढेको छ । नेप्सेसँगै सबै उपसूचकमा हरियाली छाउँदा लगानी उपसूचक सर्वाधिक ६.४३ प्रतिशत, हाइड्रोपावर उपसूचक ४.६८ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी र होटल तथा पर्यटन उपसूचक पनि ४ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । बजारलाई सपोर्ट गर्ने कुनै नीतिगत परिवर्तन नहुँदा पनि विष्णु पौडेले अर्थमन्त्री हुँदा सेयर बजार विगतमा पनि बढेको भन्दै समाजिक सञ्जालमा नै सेयर लगानीकर्ता सक्रिय देखिन्छन् । जसले बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । तर, बजारलाई सपोर्ट गर्नेगरी आर्थिक फन्डामेन्टमा भने कुनै परिवर्तन वा नीतिगत परिर्वतन भएको छैन । सोमबार नेप्सेमा १ करोड २० लाख २९ हजार ६०३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८८ करोड ४३ लाख ९७ हजारको कारोबार भएको छ । जुन कारोबार रकम पछिल्लो चार महिना यताकै उच्च हो । मंगलबार कारोबार भएकामध्ये लक्ष्मी बैंकको सर्वाधिक २० करोड ९४ लाख ९१ हजारको कारोबार हुँदा नेपाल दुरसञ्चार कम्पनीको १४ करोड २ लाख ८ हजार र हिमालयन डिस्टिलरीको १२ करोड १४ लाख ९७ हजारको कारोबार भएको छ । मंगलबार नेप्सेमा कुल २१२ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा २०२ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ८ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य भने स्थिर छ । मंगलबार कारोबार भएकोमध्ये सिद्धार्थ इन्स्योरेन्स, मल्टिपपर्स फाइनान्स, अजोड इन्स्योरेन्स र सृजनशील लघुवित्तको सेयर मूल्य १० प्रतिशत तथा धौलागिरी लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशत, कालिका पावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सर्किट मूल्यमा बन्द भएको छ । आँधीखोला लघुवित्तको सेयर मूल्य सर्वाधिक २.६३ प्रतिशतले गिरावट हुँदा मिर्मिरे लघुवित्तको सेयर मूल्य २.२२ प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य १.८६ प्रतिशतले गिरावट भएको छ ।

पोखराः    १८ औं संस्करणको लेखनाथ महोत्सवको आईतबार मात्रै ३० हजार दर्शकहरुले अवलोकन गरेका छन । बिदाको दिन परेका कारण अघिल्ला दिनहरुको तुलनामा कारोबार पनि राम्रो भएको छ । आईतबार १ करोड २० लाख बढीको कारोबार भएको महोत्सवका प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिएका छन । महोत्सवको तेस्रो दिन आईतबार इसाई धर्माबलम्बीहरुको महान पर्व क्रिसमस डे को सार्वजनिक बिदा परेकाले पनि दर्शकहरुको उपस्थिति राम्रो भएको आयोजकको अनुमान छ ।  महोत्सवमा मनोरञ्जनका लागि प्रत्येक दिन रत्यौली कार्यक्रमदेखि लिएर विद्यालय स्तरीय कार्यक्रम, लोकदोहोरी कार्यक्रम, भजन कृतन, लाइभ कन्सर्ट, विभिन्न जातजाति, भाषाभाषीका कार्यक्रमहरु भइरहेका छन् । आईतबार भएको लोकदोहोरी कार्यक्रम तर्फ गायकहरु कुलेन्द्र बिक, राजन कार्की, प्रेमराज अधिकारी, नारायण सुवाल गायिकाहरु आयुशा गौतम, बन्धना पाण्डे, कमला गैह्रे, बिनु लामाको प्रस्तुति रहेको थियो । त्यस्तै हाँस्यव्यंग्यतर्फ बेगम नेपाली उर्फ ‘भटभटे’, मनराज श्रेष्ठ उर्फ ‘भगवान’को आर्कषक प्रस्तुति रहेको थियो भने लाइभ कन्सर्टतर्फ ¥यापर दिमृती र संजिव सिंह रानाले महोत्सवको माहोल तताएका थिए । भोलि महोत्सवमा लोकदोहोरी कार्यक्रम तर्फ गायकहरु प्रजापती पराजुली, शंकर विरही गुरुङ्ग, तारापती सुवेदी, टेक क्षेत्री र वसन्त लम्साल गायिकाहरु पुर्णकला बिसी, दिलु मगर, वसन्ती थापा लगायतको आर्कषक प्रस्तुति रहने भएको छ भने लाइभ कन्सर्टतर्फ मिलन नेवार, ¥यापर आको बुम र ओम गुरुङ्गको बेजोड प्रस्तुती रहने भएको छ । निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको महोत्सव पोखरा महानगरपालिकाको तालचोक डाँडाको नाकमा जारी छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवमा कुल ३३७ स्टलहरु रहेका छन् । ग्रामिण घरेलु प्रविधिको प्रदर्शनी र यहाँका पर्यटकीय स्थलको पहिचान गराउने उद्देश्यले आयोजना गरेको महोत्सवमा पर्यटकीय स्थलको पहिचान गराउन छुट्टै बेगनास तालको डेमो तयार गरि राखिएको छ, जुन दर्शकको आकर्षणको केन्द्र बनेको छ । यसका साथै महोत्सवमा हस्तकला, घरेलु उत्पादन, एग्रो प्रोडक्टहरुको प्रवर्द्धन सम्बन्धी स्टलहरु, मेसिन, अटो गार्मेन्ट, माटाका भाडा, फलामका औजार प्रदर्शनीमा राखिएका छन् । त्यस्तै महोत्सवमा विद्यार्थीका लागि इन्जिनियरिङ सम्बन्धी प्रदर्शनी पनि रहेको छ । आफ्नो सेवा तथा वस्तु प्रर्वद्धनका लागि पनि विभिन्न प्रतिष्ठानले स्टल राखेका छन् । ग्रामिण क्षेत्रमा लोप हुँदै गरेका अधिकांस वस्तुहरु महोत्सवमा राखिएका छन् । जसका कारण दर्शकहरुको आकर्षण बढ्दै गएको संयोजक ओझाले सम्पूर्णमा आग्रह गरेका छन् । सगरमाथा इन्स्योरेन्स मुख्य प्रायोजक रहेको महोत्सवमा सहप्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, कामना सेवा विकास बैंकलगायत महोत्सव सफल बनाउन विभिन्न संघ संस्थाहरुले सहयोग गरिरहेका छन् । महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुनेछ ।  

पोखराः   नेपाल डेरी एसोसिएशनले देशभर दैनिक दूध बिक्रीबाट  ६ करोड रुपैयाँ सहरबाट गाउँ प्रवाह गरेको बताएको छ । पोखरामा बसेको नेपाल डेरी एसोसिएनशनको दोश्रो केन्द्रीय समितिका बैठकले सहरबाट गाउँमा दैनिक दुध बिक्रीबाट  ६ करोड रुपैयाँ प्रवाह गरेको अध्यक्ष प्रल्हाद दाहालले बताएका छन् ।  अध्यक्ष दाहालका अनुसार बजारमा आउने दूध फर्मल सेक्टरमा लेभलिङ भएर १७ प्रतिशत र खुल्ला ३३ प्रतिशत दूध बजार आउने जानकारी दिए ।  ‘नेपालमा दैनिक ६२ लाख लिटर दुध उत्पादन हुन्छ, ३१ लाख लिटर बजारमा आउँछ बाँकी ३१ लाख दुध उत्पादनकर्ताले प्रयोग गर्छन्, अध्यक्ष दाहालले भने, ‘डेरी सेक्टरबाट वार्षिक १ अर्ब रुपैयाँ बढी राजस्व संकलन हुन्छ भने दैनिक ६ करोड बढी रकम सहरबाट गाउँ प्रवाह हुन्छ ।’ कुल गाहस्र्थ उत्पादनमा दुग्ध क्षेत्रको योगदान ९ प्रतिशत रहेको अध्यक्ष दाहालको भनाई छ । ‘रोजगारीको हकमा किसान तहमा ६ लाख कृषक परिवार आवद्ध छन्, उनले भने, ‘उद्योगस्तरमा करिब ४० हजार बढीले रोजगारी पाएका छन् । कुल उत्पादनमा दुग्ध क्षेत्रको ९ प्रतिशत योगदान छ ।’  नेपाल डेरी एसोसिएनशनका अनुसार २०५५ सालमा स्थापना भएको संस्थामा देशभरका ३ सय बढी उद्योग आबद्ध रहेका छन् । गण्डकीमा भित्रन्छ दैनिक ४० हजार लिटर  नेपाल डेरी एसोसिएशनले गण्डकी प्रदेशमा दैनिक ४० हजार लिटर दूध आयात भएको बताएको छ ।  नेपाल डेरी एसोसिएशनको दोश्रो बैठकले गण्डकी प्रदेशमा दैनिक ४ लाख लिटर दूध उत्पादन भएपनि अन्य प्रदेशबाट देनिक ४० हजार दूध आयात हुने डेरी एसोसिएशनका महासचिव हेमचन्द्र खनालले बताए ।  ‘गण्डकी प्रदेशमा कच्चा दूध उत्पादन दैनिक ४ लाख उत्पादन हुुन्छ, गण्डकीमा दैनिक ४० हजार आयात हुँदा २० हजार निर्यात हुन्छ, महासचिव खनालले भने, ‘गण्डकीमा उत्पादनमा हुने दूध औपचारिक रुपमा डेरीमा ६५ हजार र अनौपचारिक रुपमा खुल्ला रुपमा ७० हजार  दूध खपत हुदैं आएको छ ।’  गण्डकी प्रदेशमा डेरी एसोसिएशनमा ( अनुज्ञा पत्र प्राप्त ) गरेका १९ वटा, घरेलु डेरी उद्योग (अनुज्ञा पत्र प्राप्त नभएका ) ६५ वटा, साना डेरी उद्योग (अनुज्ञा पत्र प्राप्त) १२ वटा, मझौला डेरी उद्योगहरु ( अनुज्ञा प्राप्त) ५ वटा र ठुला डेरी उद्योगहरु ( अनुज्ञा पत्र प्राप्त ) ४ वटा र ५ सय वटा डेरी पसल रहेको नेपाल डेरी एसोसिएशनले जनाएको छ ।  नेपाल डेरी एसोसिएशनले उद्योग तह तर्फ १ हजार जना, डेरी पसल,फर्म, सहकारीमा १ हजार ५ सय, उत्पादन क्षेत्रमा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको दाबी गरेको छ ।  किसानको घरसँगै सम्पूर्ण दूग्ध क्षेत्रमा ५० हजारलाई अप्रत्यक्षरुपमा जागिर दिएको र सहरबाट करिव २ करोड रुपैयाँ प्रवाह भइरहेको एसोसिएशनले जनाएको छ । गण्डकी प्रदेशमा दूध उत्पादन निर्भरको अवस्थामा करिव ३० प्रतिशत दूध अपुग भइरहेको नेपाल डेरी एसोसिएशनका महासचिव खनाले बताए ।  नेपाल डेरी एसोसिएशनले पोखरामा दोश्रो बैठक बस्दै दूधको मूल्य बढाउनुपर्ने, धुलो दूधको मूल्य निर्धारण गर्नुपर्ने र बैंकको ब्याज कम गर्न माग गरेको छ ।