बुधबार सुनको मूल्य स्थिर छ। मंगलबार प्रतितोला एक लाख पाँच हजार सात सय रूपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि स्थिर छ। मंगलबार प्रतितोला एक हजार तीन सय रूपैयाँमा कारोबार भएको सुन बुधबार पनि सोही मूल्य कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय एक अमेरिकी डलरमा कारोबार भइरहेको छ।
काठमाडौं: यो साता कारोबारको पहिलो दुई दिन लगातार उच्च अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज (मङ्गलबार) भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक एक दशमलव ८५ अङ्कले बढेर एक हजार नौ सय ५३ दशमलव ०६ अङ्कमा कायम भएको छ । आज दुई सय ५५ वटा कम्पनीको ३३ लाख १८ हजार एक सय आठ कित्ता शेयर २६ हजार चार सय ७३ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १३ करोड ५९ लाख २५ हजार बराबरको कारोबार भएको छ । आज बैंङ्किङ, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फन्ड र व्यापार समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूह तीन दशमलव ९५, उत्पादन तथा व्यापार समूह २३ दशमलव ३८, लघुवित्त समूह १४ दशमलव ४५, म्युचुअल फन्ड शून्य दशमलव ०३ र व्यापार समूह ५० दशमलव ३७ अङ्कले घटेको नेप्सेले जनाएको छ । आज जीवन बीमा समूहको उपसूचक ४६ दशमलव ६१ अङ्कले बढेको छ भने विकास बैंक समूह १२ दशमलव ८८ अङ्कले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन समूह १९ दशमलव ९५, जलविद्युत् समूह १८ दशमलव ९५, लगानी समूह शून्य दशमलव ४४, जीवन बीमा समूह ६ दशमलव ८८ र अन्य समूह ६ दशमलव २१ अङ्कले बढेको छ । आज युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एनआइसी एशिया ब्यालेन्स फन्डको शेयर मूल्य प्रतिकित्ता पाँच दशमलव ६४ प्रतिशतले घटेको छ । कारोबार रकम र शेयर सङ्ख्याका आधारमा एनआइसी एसिया बैंक सबैभन्दा अगाडि देखिएको छ । एनआइसी एसिया बैंकको सबैभन्दा धेरै रू १० करोड ४८ लाख २४ हजार एक सय २५ बराबरको एक लाख ३६ हजार सात सय ३३ कित्ता शेयर किनबेच भएको छ ।
पोखरा: पोखराका व्यवसायीहरुले करको बक्यौता तिर्न अटेर गरेको पाइएको छ । आन्तरिक राजश्व कार्यालय पोखराका अनुसार व्यवसायीहरुले मूल्य अभिवृद्धि करको बक्यौता रकम नतिर्दा उनीहरुलाई थप भार परिरहेको जनाएको छ । निर्धारित समयमा कर नतिर्दा ऐन अनुसार त्यसको जरिवाना थपिँदै जान्छ । जरिवाना थपिँदै जाँदा सुरुमा निर्धारित भएको कर दूई गुणा बढी पुगेको राजश्वको तथ्यांक छ । व्यवसायीहरु निर्धारित समयमै कर तिर्न किन आनाकानी गर्छन् ? राजश्व कार्यालयको जवाफलाई मान्ने हो भने व्यवसायीहरुमा पछिल्लो समय अटेरी प्रवृत्ति बढिरहेको छ । सरकारले समयसमयमा कर उठाउन व्यवसायीहरुलाई सहुलियत दिएका कारण पनि उनीहरुले अटेर गरेका हुन् । लामो समयसम्म कर नतिरेका कम्पनीलाई सरकारले छूट दिने नजीर बसेपछि व्यवसायीहरु त्यस्तै अवसरको प्रतीक्षामा बस्ने गरेको समेत पाइएको छ । राजश्व कार्यालय पोखराले पछिल्लो समय सामाजिक सञ्जालमार्फत विवरण अद्यावधिक नगर्ने र कर नतिर्ने कम्पनीहरुको नाम सार्वजनिक गर्दै आएको छ । ‘उहाँहरुको नाम सार्वजकि गर्नुको उद्देश्य समयमै अपडेट होस् र कर बक्यौता भुक्तानी होस् भन्ने चाहना हो’ कार्यालयका कर अधिकृत गोपाल गिरी भन्छन् ‘तर ऐन, नियम पालना गर्ने काम भएको छैन ।’ राजश्वको भनाई मान्ने हो भने व्यवसायीले कानून नटेर्ने र स्किम आएपछि तिरौंला भन्ने मानसिकता हावी भएको छ । ‘केही व्यवसायी स्किमको पर्खाइमा छन् तर सँधै त्यो सम्भव छैन, अटेरी प्रवृत्ति बढेको छ ।’ पछिल्लो समय बक्यौता रकम तुरुन्त तिर्न राजश्वले जानकारी गराइसकेको भन्दै बेवास्ता गर्नेलाई आयकर ऐन – २०५२ अनुसार कार्वाही गरिने अधिकृत गिरीले जनाए । गिरिका अनुसार करको बक्यौता नतिर्नेमा पोखराका नाम चलेका व्यवसायीहरुकै संख्या अधिक छ । ऐन अनुसार ‘कर्जा असुली’ अन्तरगत कम्पनीको चल÷अचल सम्पत्ति कब्जा गर्ने, लिलाम बिक्री गर्ने देखि करदातालाई नेपाल बाहिर जान रोक लगाउनेलगायतका कारवाही उल्लेख छ । राजश्वले जनाएअनुसार १० करोड रुपैयाँको हाराहारीमा बक्यौता तिर्नुपर्ने कम्पनी पनि रहेका छन् । कर अधिकृत गिरी भन्छन् ‘फुलबारी रिसोर्टले तिर्नुपर्ने बक्यौता १० करोड रुपैयाँ बढी छ ।’ त्यस्तै, ५–७ करोड रुपैयाँ बक्यौता तिर्नुपर्ने कम्पनी थुप्रै छन् । यतिधेरै बक्यौता रकम भने करमात्र हैन । व्यवसायीले समयमै कर नतिर्दा बक्यौता हुँदै त्यसको जरिवानासहित राशी दोब्बर भएको हो । यसअर्थमा कर बक्यौताको हिसाबकिताब मिटर ब्याजको रफ्तारमा कुद्ने गरेको छ । बक्यौताको जरिवाना मिटर ब्याजजस्तै चर्काे भएको स्वयं अधिकृत गिरी स्वीकार्छन् । गिरी भन्छन् ‘बक्यौताको १५ र जरिवाना १० जोड्दा २५ प्रतिशतले मिटर घुम्छ ।’ राजश्वले जनाए अनुसार मूल्य अभिवृद्धि करको बक्यौतापछि ब्याजदर निकै चर्काे छ । जति ढिलो हुँदै गयौं उत्ति चर्काे हुँदै जान्छ । फुलबारी रिसोर्टको हकमा कारोबार नभएको धेरै वर्ष बितिसकेको छ । तर सञ्चालनमा रहँदा उसले देखाएको हिसाबकिताब अनुसार कर तिर्न बाँकी छ । ब्यापार भएकाबेला लिएको नाफाको निश्चित अंश करस्वरुप नतिरेपछि त्यसको जरिवाना बढिरहेको छ । हाल निकालेको सूचनामा पनि निर्धारित समयसम्म कर तिर्न खबरदारी गरेको तर जरिवानाको मिटर घुमिरहेको राजश्वको भनाई छ । ‘व्यापार चलेको बेला हिसाब देखायो तर कर तिरेन, निर्धारित समयमा नतिरेपछि जरिवानाको मिटर चल्यो’ गिरीले भने । कास्कीमा ६५ हजार हाराहारीमा करदाता छन् जसले व्यावसायिक पान नम्बर लिएका छन् । कसले कति कमाई ग¥यो वा कसरी अडिट रिपोर्ट बनायो भन्ने जानकारी राख्न राजश्वलाई कठिन छ । प्रायः करदाताले आफुखुशी तयार पार्न लगाएको रिपोर्टलाई नै आधार मान्नु पर्ने राजश्वको बाध्यता छ । गिरीकैै अनुसार व्यवसायीले तयार पारेको ‘सेल्फ एसेसमेन्ट’लाई नै आधार मानिन्छ । त्यसो त राजश्वसँग अनुसन्धान शाखा र सम्बन्धित कर्मचारी पनि छन् । तर मुस्किलले वार्षिक १ हजारजनाको मात्रै छानबिन गर्नसक्ने राजश्वले जनाएको छ । ‘६४ हजार करदाताले जे विवरण बुझाए त्यही सदर गर्नुपर्ने बाध्यता छ’ अधिकृत गिरी निरिह सुनिए ।
काठमाडौँ: मंगलबार एकैदिन सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार एकसय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप १६ सय रुपैयाँले बढ्दै १ लाख ५ हजार ७ सय रुपैयाँ पुगेको हो । यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा १६ सय रुपैयाँले नै बढ्दै १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै यता चाँदीको मूल्य पनि आज तोलामा ४५ रुपैयाँले बढ्दै एक हजार ३ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं : सुनको मूल्य बढ्ने क्रम जारी छ। अघिल्लो कारोबार दिन आइतबार १ हजार ७०० रुपैयाँले बढेको सुन सोमबार तोलामा ६ सय रुपैयाँले वृद्धि भएको हो। आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १०० पुगेको छ। नेपाल सुनचाँदी महासंघका अनुसार तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य समेत बढेको छ। आज चाँदी तोलामा १० रूपैयाँले बढ्दा प्रतितोला १ हजार २५५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १ हजार २४५ रुपैयाँमा किनबेच भएको थियो।
पोखरा: पोखरामा बागलुङ बसपार्क नजिक कार्यालय रहेको सूर्यदर्शन सहकारीका सेयर सदस्यहरुले जम्मा गरेको पैसा फिर्ता माग्न थालेको ६ महिना बढी भएको छ । सूर्र्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सेयर सदस्यले असोजदेखि सहकारीमा पैसा निकाल्न खोजेपनि अहिलेसम्म आफुले जम्मा गरेको रकम फिर्ता पाउन सकेका छैनन् । सहकारीले केही महिना अगाडि आर्थिक मन्दीको कारण देखाउँदै केही रकम निकाल्न पनि फरकफरक बारमा रकम निकाल्न सूचना जारी गरेको थियो । नेपालीको पर्व दशै तिहार लगायतका चाडपर्वमा समेत आफुले बचत गरेको रकम निकाल्न नपाएको सेयर सदस्यहरुले गुनासो गरेका थिए । सूर्यदर्शन सहकारी पीडितहरुले दिनहुँ सहकारीमा धाएपछि अहिले पोखरा महागनरपालिका धाउन थालेका छन् । एक पीडितका अनुसार सहकारीले जम्मा गरेको रकम फिर्ता नगरेपछि महानगर गुहार्न परेको बताए । सहकारीले असोजमा बैठक बसेर जति नै बचत रकम भएपनि ५० हजार रुपैयाँमात्र झिक्न दिने निर्णय गरेको थियो । केही महिना अगाडि सहकारीका व्यवस्थापक थानबहादुर बुढामगरले हाल तरलताकाकारण बचतकर्ताको आवश्यकता अनुसार भुक्तानी दिन नसकेको स्वीकार गरेको थिए । तर अहिले उनको नम्बरमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । सेयरधनीहरुले भदौ अन्तिम सातादेखि नै भनेको समयमा पैसा नपाएपछि सहकारीको कार्यालय धाउन थालेका थिए । सहकारीको कार्यालयपछि महानगरपालिकामा पीडित बिहीबार पोखरा महागनरपालिकाका मेयर धनराज आचार्य कार्यकक्षमा थिएनन् । उनी कार्यक्रममा बाहिर रहँदा सचिवालयमा सूर्यदर्शन सहकारी पीडितहरु मेयरको प्रतीक्षामा बसिरहे । कार्यक्रमबाट ढिला मात्र कार्यालयमा आउने भएकाले केही समय तल रहेको हेल्लो मेयर कक्षमा बस्न उनका स्वकिय सचिव पूर्ण लामाले आग्रह गरे । तर पीडितहरुले मेयर नआएसम्म सचिवालयबाट अन्त नजाने अडान राखे । एक पीडितले पोखरा बाहिरको मान्छेले पोखरालाई लुटे पनि आवश्यक कारवाहीका लागि अगाडि बढ्न नसकेको भन्दै आक्रोस पोखे । जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका लगायत प्रशासनलाई लेखेको पत्र देखाउँदै पीडितले भने, ‘पोखरा लुटिरहँदा न्याय दिने प्रशासन कहाँ छ, किन खोजी गरिरहँदै, प्रशासनबाट उचित न्याय किन पाउन सकेका छैनौं, प्रश्न गरे ?’ सहकारी सञ्चालकलाई सम्पर्कमा ल्याउन पहल गर्न माग गर्दै सहकारी पीडितहरुले पोखरा महानगनरपालिकालाई गुहारेका हुन् ।
वाणिज्य बैंकहरुले आगामी चैतमा ब्याजदरमा सामान्य परिवर्तन गर्दै घटाउने भएका छन् । आज बसेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स सङ्घको बैठकले आगामी चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको हो । आगामी चैत १ गतेदेखि निक्षेपमा शुन्य दशमलव चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको सङ्घका अध्यक्ष सुनिल केसीले जानकारी दिए। उनले आफूहरु ऋणको ब्याजदर क्रमशः घटाउनमा केन्द्रित भएको बताए। हाल बैंकहरुले आधारदरमा छ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए । अब १ प्रतिशत घटेपछि आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछन् । यस्तै, निक्षेपतर्फको साधारण बचतमा न्यूनतम छ प्रतिशतदेखि अधिकतम आठ प्रतिशतसम्म ब्याज दिनेछन् । यसअघि साधारण बचतमा न्यूनतम छ दशमलव ४२ प्रतिशतदेखि अधिकतम आठ दशमलव ४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो । मुद्दति निक्षेपको ब्याजदर भने स्थीर राखिएको छ । हाल बैंकहरुले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन् । यस्तैगरी, संस्थागततर्फ नौ प्रतिशत र रेमिट्यान्स मुद्दति खातामा १२ प्रतिशत ब्याजदर तोकिएको छ । उद्योगी व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घ संस्थाले तत्काल बैंक तथा वित्तीय संस्थाको ब्याज घटाउनुपर्ने माग गर्दै आएका छन् । चौतर्फी दबाब बढेपछि बैंकर्स सङ्घले सामान्य अङ्कले मात्रै ब्याजदर घटाउने निर्णय गरेका हुन् ।
काठमाडौं : नेप्से परिसूचक १४ अंकले बढेको छ। नेप्से परिसूचक १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.५३ अंकले बढेको छ। यसदिन २६१ कम्पनीको ४० लाख ५९ हजार १४९ कित्ता सेयर १ अर्ब २० करोड ४४ लाख ९ हजार ४११ रुपैयाँमा खरिदबिक्री भयो। आज दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। शुभम पावर र सुपर मादी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो। सीवाईसी नेपाल लघुवित्त वित्तीयको मूल्य ५ प्रतिशतले ओरालो लाग्यो। कारोबार रकमका आधारमा साल्ट ट्रेडिङ कर्पोरेसन शीर्ष स्थानमा रह्यो। सो कम्पनीको १२ करोड मूल्य बढिको सेयर खरिदबिक्री भयो। यसैगरी हिमालयन डिस्टिलरी र छिमेक लघुवित्त वित्तीयको मूल्य क्रमश ९ करोड र ५ करोड बढिको सेयर कारोबार भयो। कारोबारमा आएका १३ उपसमूहमध्ये ११ को मूल्य बढ्यो भने २ को घट्यो। पाँच उपसमूहको १ प्रतिशत बढिले मूल्य बढेको हो। ११ उपसमूहको मूल्य बढ्दा मनु एन्ड प्रो र म्युचुअल फण्डको मूल्य घटेको हो।
काठमाडौं : बजारमा सुनको मूल्य सस्तिएको छ। आज सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो। सुन चाँदी व्यवसायी महासंघका अनुसार ३०० रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख २ हजार ५०० रुपैयाँ कायम गरिएको छ। तेजावी सुन तोलाको १ लाख २००० रुपैयाँ तोकिएको छ। महासंघअनुसार सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।