काठमाडौँ:  नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो ।    महासंघका अनुसार शु...

पोखरा:   स्वच्छ, ताजा फलफुलका लागि पोखराको पृथ्वीचोकमा फलरस पसल खुलेको छ ।  मौसमी तथा वेमौसमी फलफुल र यसबाट बनाइने विभिन्न जुसहरुको सुविधा सहित पोखराको पृथ्वीचोक स्थित पोखरा मलमा फलरस पसल खुलेको हो । पसलको शुक्रबार पोखरा महानगरपालीका वडानम्बर ९ का वडाअध्यक्ष दिपेन्द्र मर्सानी र पृथ्वी राजमार्ग बस व्यवसायी समितिका अध्यक्ष योगेन्द्र केसिले सयुक्त रुपमा उद्घाटन गरेका छन् । नेपाल फलफुल थोक व्यवसायी संघ काठमाडौँका अध्यक्ष समेत रहेका फलफुल व्यवसायी अमर बाँनिया सहित पोखराका दिल बहादुर थापा र कमल बहादुर थापाले करिब ४० लाखको लगानीमा फलरस पसल संचालनमा ल्याएका हुन् । काठमाडौँमा फलफुलको होलसेल पसल सञ्चालन गर्दै आएका बाँनियाले पोखराको लामाचौरमा पहिलो पटक फलरस पसल खोलेका थिए ।  लामाचौरमा ग्राहक बढेपछि फलफुलको माग अनुसार दोस्रो शाखाको रुपमा पृथ्वीचोकमा खोलेको उनले बताए । बच्चा देखि बिरामी सम्मले खाने फलफुल हाइजेनिक, स्वच्छ, सफा हुनुपर्ने जिकिर गर्दै त्यस मापदण्डलाई पुरा गरि पसल खोलिएको उनको दावी छ । उनका अनुसार आधुनिक मेसिनहरु प्रयोग गरि बनाइएका विभिन्न फलफुलको जुस, लस्सी समेत पसलमै उपलब्ध हुने छ । गर्मीयाममा मौसमी मेवा, आँप र उखुँ जुसको माग बढि हुने गरेको छ । फलफुलमा प्रशस्त्र मात्रमा भिटामिन ए, बी १, बी ६, सी, डी, पोटासियम, फस्फोरस, आइरन लगायतका पौष्टिक तत्व पाइने भएकाले मानव शरीरका लागि एकदमै आवश्यक रहेकोे चिकित्सकहरु बताउँछन । फलफुलले शरीरमा पानीको मात्रा बढाउन मद्दत गर्छ र रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । त्यसैले गर्मीमा फलफुल खानु निकै लाभदायक मानिन्छ ।

पोखरा:    पोखराको अमरसिंह चोकमा रहेको होटल टास्क इन्टरनेश्नल प्रा.लि.ले MRP (अधिकतम खुद्रा मुल्य)मा बियर बिक्री गर्ने भएको छ । गण्डकी प्रदेशमै एकमात्र होटल टास्कको तीनवटा आउटलेट बाट नेपाली नयां बर्षको अवसर पारी MRP (अधिकतम खुद्रा मुल्य)मा बियर बिक्री गरिने जानकारी दिए । गुणस्तरिय सेवा सहित न्युनतम मुल्यमा ग्राहकलाई आफ्नो सेवा प्रदान गर्ने उद्देश्य सहित आथिक मन्दीका कारण मानिस संग पैैसा नभइरहेको सन्दर्भमा त्यसलाई मध्येनजर गरी  बियरका पारखीहरुलाई अब MRP (अधिकतम खुद्रा मुल्य)मा बिक्री गरिने होटल टास्क इन्टरनेश्नल प्रा. लि. का सञ्चालक मीन गुरुङले जानकारी दिए ।  बियरका पारखीहरुलाई अधिकतम खुद्रा मुल्यमा बियर बिक्री गरी ब्यवशाय संगै सेवामुलक ढंगले आफुहरु अगाडी बढ्न लागेको गुरुङले बताए । पोखराको अमरसिंह चोकमा सञ्चालित होटल टास्कको तीनवटा आउटलेट लेकाली सिटी भ्यु रेष्टुरेण्ट एण्ड बार, लेकाली चुलोघर र लेकाली सेकुवा एण्ड सुकुटी घरमा गोर्खा ब्रुअरीको टुबोर्ग, गोर्खा र काल्र्सबर्ग बियर MRP (अधिकतम खुद्रा मुल्य)मा ग्राहकहरुलाई उपलब्ध गराइने गुरुङले जानकारी दिए ।  नेपाली विशुद्ध खानाको रुपमा चर्चित रहेको लेकाली चुलो घर, धराने सेकुवाका पारखीहरुलाई लक्षित गरि सञ्चालनमा ल्याइएको लेकाली सेकुवा एण्ड सुकुटी घर र होटल टास्क संगै सञ्चालनमा रहेको लेकाली सिटी भ्यु रेष्टुरेण्ट एण्ड वारबाट ग्राहकहरुलाई ग्राहकको रोजाइको खानाको परिकारहरु पस्किदै आएको छ ।  नेपाली नयां बर्ष २०८० संगै उक्त स्किम लागु हुने वताउदै संचालक गुरुङले बियरका पारखीहरुलाई लक्षित गरी गण्डकी प्रदेशमा एकमात्र अधिकतम खुद्रा मुल्यमा बियर बिक्री वितरण गरिने बताए । बियर संगै लेकाली सेकुवा एण्ड सुकुटी हाउसमा कोदोको नारे पा समेत ग्राहकको रोजाइमा पर्दै गइरहेको छ ।  नयां वर्ष संगै उक्त स्किम लागु भएतापनि आगामी बैशाखको पहिलो हप्ता विशेष कार्यक्रम सहित  ग्राण्ड ओपनिङ गरिने संचालकले जनाएको छ ।  सो अवसरमा गोर्खा ब्रुअरीका प्रतिनिधी  सुमन पोखरेलले पोखरामा होटल टास्क संगमात्र MRP (अधिकतम खुद्रा मुल्य)मा बियर बिक्री गर्ने गरी सम्झोता गरी अगाडी बढेको बताए ।  

काठमाडौं:  बुधबार अमेरिकी डलरको भाउ बढेको छ। आज डलर एकको खरिददर १३१ रुपैयाँ ११ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा कायम गरिएको छ।    मंगलबार  एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।  यो मूल्य अघिल्लो दिनको तुलनामा २३ पैसा बढेको हो।   त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४३ रुपैयाँ ९ पैसा र बिक्रीमा १४३ रुपैयाँ ७५पैसा पाइन्छ।  मंगलबार युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ७८ पैसा र बिक्रीमा १४३ रुपैयाँ ४३ पैसा पाइन्छ।    क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ११ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५६ पैसा पाइन्छ।   त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ २९ पैसा र बिक्रीमा ८७ रुपैयाँ ६९ पैसा तोकिएको छ।   बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज ३६२ रुपैयाँ १२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८७ पैसा तोकिएको छ।    यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ११ पैसा तोकेको छ।   युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७०  पैसा र बिक्रीमा ३५ रुपैयाँ ८६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ ६७ पैसा र बिक्रीमा २९ रुपैयाँ ८१ पैसा पाइन्छ।   मंगलबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ९६ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ९२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ३७ पैसा तोकिएको छ।

काठमाडौं:  बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ।   गत कारोबार दिन अर्थात् मंगलबार प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको मूल्य बुधबार पनि प्रतितोला एक हजार रूपैयाँले बढेको हो।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।    त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला एक हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।मंगलबार चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा किनबेच भएको थियो। मंगलबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको हो।   आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

काठमाडौं:   मंगलबार अमेरिकी डलरसँगै युरोपियन युरो र क्यानेडियन डलरको भाउ बढेको छ।   नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।    सोमबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १६ पैसा बढेको हो।   त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ७८ पैसा र बिक्रीमा १४३ रुपैयाँ ४३ पैसा पाइन्छ।    सोमबार युरो एकको खरिददर १४२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४३ रुपैयाँ १३ पैसातोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३० पैसा बढेको हो।   क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ९९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४४ पैसा पाइन्छ।   त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ३० पैसा र बिक्रीमा ८७ रुपैयाँ ७० पैसा तोकिएको छ।   बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५० पैसा तोकिएको छ।    यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा तोकेको छ।   युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ ६७ पैसा र बिक्रीमा २९ रुपैयाँ ८१ पैसा पाइन्छ।   मंगलबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ६८ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ६४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ७८ पैसा तोकिएको छ।  

काठमाडौं:  मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।   गत कारोबार दिन अर्थात् सोमबार प्रतितोला सात सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।    सोमबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।    त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।    सोमबार चाँदी प्रतितोला १४ सय ३० रुपैयाँमा किनबेच भएको थियो।   सोमबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको हो।   आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार १ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

काठमाडौं:   प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको र जिम्मेवारीका साथ  लागेको बताउनुभएको छ ।  काठमाडौंमा आयोजित नेपाल चेम्बर अफ कमर्शको ७२औंँ वार्षिक साधारणसभामा बोल्नुहुँदै प्रधानमन्त्रीले दाहालले अर्थतन्त्र सुधारका लागि सरकारले निजी क्षेत्रको पनि उत्तिकै साथ र सहयोग चाहेको बताउनुभयो ।      “देशको अर्थतन्त्र सञ्चालनमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहिआएको छ । कूल लगानीको दुई तिहाई लगानी निजी क्षेत्रबाट भएको छ । उत्पादन र रोजगारी बढाउन साथै अत्यावश्यकीय वस्तु तथा सेवाको आपूर्ति गर्नका लागि अग्रगामी भूमिका खेल्दै आएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।  उहाँले तीनवटै तहका सरकारले पनि आफ्नो योजना तथा नीति तर्जुमा गर्दा निजी क्षेत्रसँग समन्वय गर्दै आएको बताउनुभयो ।  नेपालले सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने योजना बनाएकोमा ती लक्ष्य पूर्ति गर्नका लागि निजी क्षेत्रको पनि महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ छ ।  त्यस्तै पछिल्ला वर्षमा अर्थतन्त्रसँग जोडिएका विभिन्न क्षेत्रमा उल्लेख प्रगति देखिँदै गएकाले अब लगानीका क्षेत्र पनि प्राथमिकिकरण गरिनुपर्ने उहाँले बताउनुभयो । ‘बहुआयामिक गरिबी कम हुँदै गएको छ । शिक्षा क्षेत्र, लैङ्गिक सशक्तीकरण, खानेपानी सुविधा, विद्युत्मा पहुँचलगायका क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । अब क्षेत्रगत रुपमा लगानीको वृद्धि र लगानीलाई प्राथमिकीकरण गर्नुपर्ने छ”, उहाँले भन्नुभयो ।  आन्तरिक उत्पादन बढाउन र रोजगारी सिर्जना गर्न नसके यसले अर्थतन्त्रको दिगो विकासका लागि योगदान पु¥याउन नसक्ने उहाँको भनाइ छ । पछिल्ला दिनमा अर्थतन्त्रका आधारभूत सूचक सकारात्मक देखिँदै गएको पनि उहाँले दाबी गर्नुभयो । “देशभित्रै उत्पादन हुनसक्ने वस्तु पनि ठूलो मात्रामा आयात गरिरहेका छौंँ भने दैनिक दुई हजारभन्दा युवा विदेशिरहेका छन् । तर देशको आर्थिक अवस्था त्यति खराब छैन । विदेशी मुद्रा सञ्चिति र राजस्व असुलीमा न्यून देखिए पनि ती समस्या पनि विस्तारै समाधान हुँदै गएका छन्”, प्रधानमन्त्री दाहालको भनाइ छ ।       कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले पनि अर्थतन्त्र धेरै खराब अवस्थामा नरहेको दाबी गर्नुभयो । “हामी सबैलाई थाहा छ, हाम्रो अर्थतन्त्रमा निराशा देखिएको छ । तर निराशाको जुन भाग्य बनाइँदैछ त्यति खराब अवस्था पनि होइन”, अर्थमन्त्री महतले भन्नुभयो । उहाँले अर्थतन्त्रबारे नकारात्मक धारणा बनाइएको भन्दै  भन्नुभयो, “खाली बिग्रियो–बिग्रियो मात्रै भन्ने बनाइएको छ । अब सप्रिन्छ र सकारात्मक बाटोमा देशको अर्थतन्त्र अघि बढ्छ भन्ने धारणाका साथ अघि बढ्नुपर्नेछ ।’’  बजारमा देखिएको यस्तो नकारात्मक भावना चिन्ताको विषय रहेको उहाँको भनाइ छ । अहिले बाह्य क्षेत्र सुधारोन्मुख अवस्थामा रहेको र मूल्यवृद्धि पनि नियन्त्रणमै रहेको भए पनि अरु केही क्षेत्रमा ठूलो प्रभाव देखिएको अर्थमन्त्री महतले बताउनुभयो ।  “तरलता अभाव, चर्को ब्याजदर र उत्पादनको लागत बढ्दा लगानीको तुलनामा प्रतिफल कम भएको छ । जसकारण साना तथा ठूला लगानीकर्तासमेत लगानी गर्न सकिरहेका छैनन् । सरकारी राजस्व सङ्कलनको अवस्था चिन्ताजनक अवस्थामा पुगेको छ”, अर्थमन्त्री महतले भन्नुभयो ।  यसवर्ष समग्र सरकारी राजस्व सङ्कलन लक्ष्यभन्दा निकै कम देखिएकोमा भन्सार राजस्व मात्रै गतवर्षको भन्दा २८ प्रतिशतले कम उठेको उहाँको भनाइ छ । सार्वजनिक खर्च घटाउने र पुँजीगत खर्च बढाउने विषय पनि चुनौतीपूर्ण रहेको अर्थमन्त्री महतले धारणा राख्नुभयो ।  त्यस्तै न्यून राजस्व सङ्कलन भइरहेका बेला सामाजिक सुरक्षा, तलबभत्तालगायतका अनिवार्य दायित्व बढ्दै गएकोबारे पनि उहाँले चिन्ता व्यक्त गर्नुभयो । पुँजीगत खर्च बढाउने विषयलाई सरकारले प्राथमिकतामा राखेको भए पनि त्यसको नतिजा भने प्रभावकारी देखिन नसकेको अर्थमन्त्री महतको भनाइ छ ।  “आयोजनाका लागि वनको समस्या, जग्गा प्राप्तिको समस्या, मुआब्जादेखि ठेकेदारसम्मका समस्या छन् । तर पुँजीगत खर्च बढाउन जे जति उपाय अवलम्बन गर्न सकिन्छ, त्यसमा सरकार गम्भीर छ”, अर्थमन्त्री महतले भन्नुभयो ।  कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अहिलेको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको भूमिका उत्तिकै महत्वपूर्ण रहने बताउनुभयो ।  “मुलुकको आर्थिक गतिविधि त्यति साह्रो गतिलो अवस्थामा छैन । यसलाई गतिलो पारिदिनका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ । त्यसका लागि सरकारले नीति नियममा सहजीकरण गर्छ”, रिजालले भन्नुभयो । उहाँले ‘कुन क्षेत्रमा कसरी काम गर्दा व्यापार घाटा कम हुन्छ, त्यसबारे सरकारले निजी क्षेत्रको पनि साथ चाहेको बताउनुभयो । निजी क्षेत्रका समस्या बुझ्ने र त्यसलाई समाधान गर्ने बाटोमा म लाग्नेमा आफू प्रतिबद्ध रहेको उहाँले धारणा राख्नुभयो ।  नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्र खराब हुँदै जानुमा वित्तीय र मौद्रिक नीतिको सन्तुलन नमिल्नु प्रमुख कारण रहेको बताउनुभयो । यहि कारण मुलुकको समग्र आर्थिक अवस्था अनुकुल देखिन नसकेको उहाँको भनाइ छ ।       “मौद्रिक र वित्तीय क्षेत्रको समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गति लिनसकेको छैन । राजस्व सङ्कलन निकै न्यून छ । राजस्वले चालु खर्च धान्न नसक्ने अवस्था सिर्जना हुनु मुलुकका लागि सुखद् सङ्केत होइन”, उहाँले भन्नुभयो, “आर्थिक गतिविधि विस्तार गरी राजस्व लक्ष्य भेट्याउनु आजको आवश्यकता हो । सीमामा हुने अवैध व्यापारलाई निरुत्साहित गरी करको दायरा पनि बढाइनुपर्छ ।” कर प्रणालीमा नागरिकको बढी सहभागिता हुने अवस्था सिर्जना गर्न नागरिकतासँगै स्थायी लेखा नम्बर ९पान० कार्ड पनि दिने व्यवस्था गरिनुपर्ने मल्लको भनाइ छ । त्यस्तै पुँजीगत खर्च बढ्न नसक्नु र सेवा क्षेत्रले अपेक्षित गति लिन नसक्नु अहिलेको समस्या रहेको उहाँले बताउनुभयो ।  “‘पुँजीगत खर्चको अवस्था निराशाजनक छ । पुँजीगत खर्च हुन नसक्दा तरलतामा समस्या देखिएको छ”, मल्लले भन्नुभयो, “चर्को व्यापार घाटा पनि अहिलेको समस्या हो । व्यापार घाटा कम गर्न आन्तरिक उत्पादन बढाउनुपर्ने, सूचना तथा सञ्चार क्षेत्रलाई विस्तार गर्नुपर्ने लगायतका उपाय उबलम्बन गरिनुपर्छ ।”

काठमाडौं: सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । लगातार घट्दो क्रममा रहेको बजार परिसूचक नेप्से साताको दोस्रो कारोबार दिन भने ५.५४ अंकले वृद्धि हुँदा १८४४.०२ बन्द भएको छ ।   बजारलाई लिड गर्ने बैंकिङ सहित अधिकांश उपसूचकमा वृद्धि हुँदा वित्त कम्पनी उपसूचक भने घटेको छ । सोमबार होटल तथा पर्यटन उपसूचक १.७१ प्रतिशत र व्यापार उपसूचक १.३० प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक ०.३५ प्रतिशतले वृद्धि भएको छ । वित्त कम्पनी उपसूचक भने ०.११ प्रतिशतले गिरावट भएको हो ।   नेप्सेमा सामान्य वृद्धि भएपनि सोमबार कारोबार रकम भने घटेको छ । आइतबार करिब १ अर्ब १६ करोडको कारोबार भएको बजारमा सोमबार ९१ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ३५ हजार ५४९ वटा कारोबारमा २९ लाख ६० हजार ८६३ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।   जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ६ करोड ८४ लाखको कारोबार हुँदा सानिमा मिडिल तमोर हाइड्रोपावरको ६ करोड ६६ लाख र एनआईसी एशिया बैंकको २ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।   सोमबार नेप्सेमा कुल २१७ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १३२ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै ७७ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ८ कम्पनीको स्थिर छ । जसमध्ये नेप्सेमा सूचीकृत भई सोमबारदेखि कारोबार सुरु भएको सानिमा मिडिल तमोर हाइड्रोपावर सेयरमूल्य १० प्रतिशत र कालिञ्चोक दर्शनको सेयरमूल्य ९.९७ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा बाराही हाइड्रोपावरको सेयरमूल्य ५.८८ प्रतिशतले वृद्धि भएको छ ।   ग्लोबल आईएमई लघुवित्तको सेयरमूल्य ६.५४ प्रतिशतले गिरावट हुँदा बाराही हाइड्रोपावरको सेयरमूल्य ५.२५ प्रतिशत र इस्टन हाइड्रोपावरको सेयरमूल्य ३.९९ प्रतिशतले गिरावट भएको छ ।

सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ।   आइतबार एकको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही भाउमा किनबेच भएको छ।   नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४३ रुपैयाँ १३ पैसा तोकिएको छ।    आइतबार युरो एकको खरिदमा भने १४२ रुपैयाँ ६५ पैसा र बिक्रीमा १४३ रुपैयाँ ३१ पैसा कायम गरिएको थियो। आइतबारको तुलनामा आज युरो  १८ पैसा घटेको हो।   त्यस्तै, आज पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६२ रुपैयाँ २९ पैसा र बिक्रीमा १६३ रुपैयाँ ३ पैसा पाइन्छ।   आइतबार पाउण्ड एकको खरिददर आज १६२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा तोकिएको थियो।   त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ १८ पैसा र बिक्रीमा ८७ रुपैयाँ ५८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ७७ पैसा र बिक्रीमा ९७ रुपैयाँ २१ पैसा पाइन्छ।   यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ तोकेको छ।   युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २९ रुपैयाँ ६९ पैसा र बिक्रीमा २९ रुपैयाँ ८३ पैसा पाइन्छ।   सोमबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ९१ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ३२ पैसा तोकिएको छ।