काठमाडौं : नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ सयले घटेर प्रतितोला १ लाख ८ हजार २०० कायम भएको छ। अघिल्लो कारोबार दिन बुधबार सुन ५००ले बढेर तोलाको १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ७०० रुपैयाँ तोकिएको छ। सुनको मूल्य घटेपनि चाँदी मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौं : बिहीबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५ पैसा कायम गरिएको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ २१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८१ पैसा थियो। यो मूल्य अघिल्लो दिनको २४ पैसा बढेको हो। युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ६७ पैसा र बिक्रीमा १४३ रुपैयाँ ३२ पैसा पाइन्छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ७६ पैसा र बिक्रीमा ८८ रुपैयाँ १६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ६७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ११ पैसा पाइन्छ।युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९६ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा तोकिएको छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १ पैसा र बिक्रीदर ३५ रुपैयाँ १७ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २९ रुपैयाँ ७५ पैसा र बिक्रीमा २९ रुपैयाँ ८९ पैसा पाइन्छ। बिहीबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ९७ पैसा र बिक्रीमा ४३० रुपैयाँ ९३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५० रुपैयाँ १५ पैसा तोकिएको छ।
काठमाडौं : नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन प्रतितोला एक हजार रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा किनबेच भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ २१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८१ पैसा कायम गरिएको छ। त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ९७ पैसा र बिक्रीमा १४२ रुपैयाँ ६२ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ ५० पैसा र बिक्रीदर १६२ रुपैयाँ २४ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ५६ पैसा र बिक्रीमा ८७ रुपैयाँ ९६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ३९ पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २९ रुपैयाँ ८१ पैसा र बिक्रीमा २९ रुपैयाँ ९५ पैसा पाइन्छ। बुधबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ३६ पैसा र बिक्रीमा ४३० रुपैयाँ ३२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ५५ पैसा तोकिएको छ।
पोखरा: नेपाल बैंक लिमिटेडले पोखराको लेकसाइडमा ८ औं शाखा सञ्चालनमा ल्याएको छ । लेकसाइडमा शाखा बैंकिङ सञ्चालनमा ल्याएसँगै बैंकले पोखरामा आठौं शाखा सञ्चालनमा ल्याएको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद अधिकारीले सयुक्त रुपमा लेकसाइड शाखाको उद्घाटन गरेका हुन् । शाखा बैंकको औपचारिक उद्घाटन आज भएपनि गत भदौै देखि नै शाखा सञ्चालनमा रहेको नेपाल बैंक पोखराले जनाएको छ । नेपाल बैंक लेकसाइड शाखाको उद्घाट समारोहमा बोल्दै पोखरा महानगरका मेयर धनराज आचार्यले नेपाल बैंकले पोखराको भित्रको आर्थिक क्षेत्रमा सहयोग पुग्ने बताए । ‘नेपाल बैंकले पोखरामा ८ औं शाखा लेकसाइडमा विस्तार गर्दै पोखराको भित्रको आर्थिक समृद्धिको लागि सहयोग पु¥याएको छ, मेयर आचार्यले भने, ‘पछिल्लो समय सहकारीको क्षेत्रमा समस्या देखा परेको छ, त्यसमा राष्ट्रबैंकले अनुगमन र नियमन गर्नुपर्ने देखिएको छ ।’ राष्ट्र बैंक गण्डकी प्रदेश प्रमुख आर्या जोशीले बैंकिङ शाखा विस्तारले मात्र जनता बैंकिङ पहुचमा सहजै पुग्न नसकेको बताईन् । ‘बैंकहरुको शाखा विस्तार भएको छ, तर भौगोलिक विविधताको कारण शाखामा पनि जनता सजिलै पुग्न सकेका छैेनन्, उनले भनिन्, ‘नागरिकलाई सुविधा सहितको शाखा विस्तारमा सबै बैंकहरुले ध्यान दिन जरुरी छ ।’ उनले कोभिड पछि अर्थतन्त्रमा असहज भएको र अहिले अर्थतन्त्र सुधार उन्मुख भएकाले बैशाखदेखि व्याजदर घट्ने समेत बताईन् । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंक अन्य बैंक भन्दा भिन्न रहेको बताए । ‘नेपाल सरकार र नेपाली जनताको शेयर भएको नेपाल बैंक पहिचान सहितको बैंक हो, निर्देशक अधिकारीले भने, ‘यो बैंकको मुख्य लक्ष्य नागरिकलाई सेवा दिनु हो, नेपालको नाम जोडिएको बैंक भएकाले जनताको सेवामा सधै अगाडि बढेको छ ।’ कार्यक्रममा पोखरा महानगरपालिका ६का वडाध्यक्ष विष्णुबहादुर भण्डारी, नेपाल बैंक गण्डकी प्रदेशकी प्रमुख सचिता पराजुली, नेपाल बैंक भुतपूर्व कर्मचारी संघका राजेन्द्रमान श्रेष्ठ लगायतले बोलेका थिए । वि.सं.१९९४ मा स्थापना भएको बैंकका हाल देशभरी २ सय २८ वटा शाखा रहेका छन् । त्यस्तै गण्डकी प्रदेशमा ३० शाखा र पोखरामा ८ वटा शाखा रहेको बैंकले जनाएको छ । पोखरामा १० वटा एटिएम बुथ मार्फत बैंकले सेवा प्रदान गर्दै आइरहेको छ ।
काठमाडौं : नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ। सेयर कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक १७.७० अंकले बढेर १९०६विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स २.०४ अंकले बढेर ३५८.०३ विन्दुमा अडिएको छ। नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ। दोहोरो अंकले बढेको सेयर बजारमा २६१ कम्पनीको ४३ लाख ८ हजार ६४५ कित्ता सेयर १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९९१ रुपैयाँमा खरिदबिक्री भयो। अघिल्लो कारोबार दिन आइतबार नेप्से परिसूचक २६.८५ अंकले घटेर १८८८.२९ विन्दुमा झरेको थियो। सो दिन २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँमा खरिदबिक्री भएको थियो। कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को मूल्य बढेको छ। आज डेभलपमेन्ट बैंक,फाइनान्स,लाइफ इन्स्योरेन्स,मनु एन्ड प्रोसेसिङको सेयर मूल्य २ प्रतिशत बढिले बढ्यो। होटल्स एन्ड टुरिजम,हाइड्रोपावर,नन लाइफ इन्स्योरेन्स,अदर्श र ट्रेडिङ उमसमूहको सूचक १ प्रतिशत बढिले वृद्धि भयो। १२ उपसमूहको सूचक उकालो लाग्दा माइक्रो फाइनान्स उपसमूहको सूचक भने ०.५१ प्रतिशतले ओरालो लाग्यो। आज तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सुपरमाइ हाइड्रोपावर,एसियन हाइड्रोपावर र कालिञ्चोक दर्शनको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। यसदिन नेसनल माइक्रो फाइनान्स लघुवित्त वित्तीयको सेयर मूल्य भने १० प्रतिशतले ओरालो लाग्यो। यस्तै जलपा सामुदायिक लघुवित्त वित्तीयको मूल्य ८ प्रतिशत बढिले घट्यो। कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी अग्रस्थानमा रह्यो। सो कम्पनीको ५ करोड ९० लाख बढिको सेयर कारोबार भयो। जीवन विकास लघुवित्त वित्तीयको ४ करोड ७० लाख र नविल बैंकको ४ करोड ४ लाख मूल्यको सेयर कारोबार भयो।
काठमाडौं : छापावाल सुनको मूल्य १ लाख ९ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९ हजार २ सयमा कारोबार भएको सुन आज प्रतितोला २ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५ सय कायम भएको छ। यसको मूल्य अघिल्लो दिन १ लाख ८ हजार ७ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३६० मा आएको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
काठमाडौं: आइतबार सेयर बजार परिसूचक नेप्से १८ सयको विन्दुमा झरेको छ । केही दिन यता लगातार ओरालो यात्रामा रहेको नेप्से सूचकमा आइतबार थप २६.८७ अंकले घट्दै १८ सय ८८.२७ अंकको विन्दुमा झरेको हो । यसदिन सेन्सेटिभ इन्डेक्स समेत ५.०१ अंकले घट्दै ३५६ अंकको विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । २६ अङ्कमाथिले घटेको बजारमा आज १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको ३७ लाख ५४ हजार कित्ता सेयर कारोबार भएको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । माया खोला हाइड्रोपावर कम्पनी र एसियन हाइड्रोपावर लिमिटेडको सेयर मूल्य क्रमशः ९.९९ प्रतिशतले र ९.९८ प्रतिशतले बढेको छ भने आज जीवन विकास लघुवित्त वित्तीय संस्था, जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था र यूनिक्यू नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १०–१० प्रतिशतले घट्न पुगेको छ ।
काठमाडौं: साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा आठ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला छ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।