आज सुनको मूल्यवृद्धि
काठमाडाैं | मंसिर १०, २०८०
नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
आज सुनको मूल्य तोलामा ६ सय र चाँदी तोलामा ३५ रुपियाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आजका लागि छापावाल सुनको मूल्य एक लाख १६ हजार नौ सय, तेजाबी सुनको मूल्य एक लाख १६ हजार ३५० र चाँदीको मूल्य एक हजार ४८५ रुपियाँमा कारोबार भइरहेको छ ।
शुक्रबार एक लाख १६ हजार तीन सय रुपियाँमा छापावाल सुन, एक लाख १५ हजार ७५० रुपियाँमा तेजाबी सुनको कारोबार भएको थियो ।
पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा शुक्रबार मात्रै ३ हजार भन्दा बढी पर्यटक भित्रिएप...
काठमाडौं: यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...
काठमाडौँ । लागुऔषध अनुसन्धानमा संलग्न घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ । महाराजगन्जस्थित नेपाल प्रहरी केनाईन कार्यालयले घुङ्ग्रुलाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । &...

