बढ्यो अमेरिकी डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

काठमाडाैं | फागुन ७, २०७९

बढ्यो अमेरिकी डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

काठमाडौंं:  राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।

 

आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा कायम गरिएको छ। 

 

शुक्रबार डलर एकको खरिददर १३२ रूपैयाँ ६ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६६ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १८ पैसा बढेको हो।

 

त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ ६६ पैसा र बिक्रीमा १४१ रुपैयाँ ३० पैसा पाइन्छ। 

 

त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५८ रुपैयाँ ६२ पैसा तोकिएको छ। 

 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रुपैयाँ २३ पैसा र बिक्रीमा ९० रुपैयाँ ६४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ८९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३३ पैसा पाइन्छ।

 

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४२ पैसा तोकेको छ।

 

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ र बिक्रीमा ३६ रुपैयाँ १७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २९ रुपैयाँ ८४ पैसा र बिक्रीमा २९ रुपैयाँ ९७ पैसा पाइन्छ।

 

आइतबार कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ १४ पैसा र बिक्रीमा ४३३ रुपैयाँ १० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ८५ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ४४ पैसा तोकिएको छ।

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्