४.५५ अंकले बढ्यो नेप्से

काठमाडाैं | फागुन १४, २०७९

४.५५ अंकले बढ्यो नेप्से

काठमाडौं:  सेयर बजारमा तीव्र उतारचढावबीच एकल अंकको सामान्य वृद्धि भएर बन्द भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्तलाई अनियन्त्रित कर्जा लगानीमा कडाइ गरेपछि गत बिहीबार अधिकांश लघुवित्तको सेयरमूल्यमा गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द भएको थियो भने सेयर बजार परिसूचक नेप्से ५७ अंकले घटेको थियो ।

 

आइतबार सुरुवाती समयमा ६१ अंकको उच्च गिरावट भएको सेयर बजारमा तीव्र उताचढावबीच अन्तिम समयमा सामान्य बढेर बन्द भएको छ । आइतबार नेप्से ४.५५ अंक (०.२२ प्रतिशत) ले वृद्धि भएर २०२७.१९ अंकमा बन्द भएको छ । बैंकिङ, जीवन बीमा, उत्पादनमूलक र व्यापार उपसूचकमा गिरावट हुँदा लघुवित्त उपसूचक भने करिब ३ प्रतिशतले बढेको छ । बैंकिङ उपसूचक ०.८९ प्रतिशत, जीवन बीमा उपसूचक ०.१४ प्रतिशत, उत्पादनमूलक उपसूचक ०.३० प्रतिशत र व्यापार उपसूचक १.४० प्रतिशतले गिरावट भएको छ । लघुवित्त उपसूचक सर्वाधिक २.७८ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक २.३४ प्रतिशतले बढेको छ ।

 

आइतबार बजारमा साढे २ अर्ब भन्दा माथिको कारोबार भएको छ । ५० हजार ५३२ वटा कारोबारमा ६५ लाख १५ हजार ८५२ कित्ता धितोपत्र किनबेच हुँदा २ अर्ब ५२ करोड ५० लाख ७२ हजारको कारोबार भएको छ । जसमध्ये हिमालयन डिष्टिलरीको सर्वाधिक १० करोड ७९ लाखको कारोबार हुँदा एनआईसी एशिया बैंकको ७ करोड ८७ लाख र छिमेक लघुवित्तको ७ करोड १७ लाखको कारोबार भएको छ ।

 

आइतबार बजारमा कुल २१७ कम्पनीको सेयर कारोबार भएकोमा १४६ कम्पनीको सेयरमूल्य बढेको छ । ६२ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ९ कम्पनीको सेयरमूल्य भने स्थिर छ । विजय लघुवित्तको सेयरमूल्य सर्वाधिक ७.९४ प्रतिशतले वृद्धि हुँदा ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य ७.६० प्रतिशत र अभियान लघुवित्तको सेयरमूल्य ७.२६ प्रतिशतले बढेको छ ।

 

जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य ५.२६ प्रतिशतले गिरावट हुँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयरमूल्य ३.९४ प्रतिशत र नेस्डो समृद्धि लघुवित्तको सेयरमूल्य ३.२७ प्रतिशतले गिरावट भएको छ ।

चितवन प्रहरीले भरतपुर महानगरपालिका–२६ सिसुबारबाट लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका–२६ बस्ने ६१ वर्षीया शान्ती कुमारी महतो र २५ वर्षीय विशा...

थप पढ्नुहोस्

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पक्राउ परेसँगै वर्तमान सरकारलाई निरंकुश सरकार भएको बताएका छन् ।   प्रहरी नियन्त्रणमा रहेको क्रममा मिडियाकर्मीहरुसँग बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।  ...

थप पढ्नुहोस्

काठमाडौं:  राप्रपाका नेताहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।   तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि प्रहरीले राप्...

थप पढ्नुहोस्