सेयर बजार निरन्तर ओरालोतिर,कारोबार रकम १ अर्बमा सीमित

काठमाडाैं | फागुन १७, २०७९

सेयर बजार निरन्तर ओरालोतिर,कारोबार रकम १ अर्बमा सीमित

काठमाडौं : सेयर बजार ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो।  नेप्से परिसूचक २४.४४ अंकले घटेर १९९५.४९ विन्दुमा अडिएको छ।

 

अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ३.६१ अंक र सोमबार ३.६५ अंकले घटेको थियो। नेप्से घटेसँगै मंगलबारको तुलनामा कारोबार रकम घटेको  छ।

 

यसदिन १ अर्ब  २८ करोड ८३  लाख ६३ हजार ४२४ रूपैयाँमा सेयर खरिदबिक्री भयो। २५७ कम्पनीको  ३७ लाख २९ हजार ९७६ कित्ता सेयर किनबेच भयो।

 

आज एउटा मात्रै कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। आदर्श लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतले बढेको हो। बोटलर्स नेपालको सेयर मूल्य ९.६१ प्रतिशतले घट्यो।

 

कारोबार रकमका आधारमा अपर तामाकोशी हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ८ करोड ७२ लाख  ३७ हजार८५ रूपैयाँको सेयर खरिदबिक्री भयो।

 

आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। मनु एन्ड प्रो र माइक्रो फाइनान्स समूहको सूचक २ प्रतिशत बढिले घटेको हो।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्