नेपाल सुनचाँदी व्यवसायी महासंघको एक दिवसीय अन्तक्रिया कार्यक्रम सम्पन्न
काठमाडाैं | पुस ३, २०७९
काठमाडौं: नेपाल सुनचाँदी व्यवसायी महासंघ सातै प्रदेश को आयोजनामा गण्डकी प्रदेशको आतिथ्यमा सुनचाँदी व्यवसायमा समस्या र समाधान विषयक एक दिवसीय अन्तक्रिया कार्यक्रम मधेस प्रदेशका सभापति रामजी साहको सभापतित्व र गण्डकी प्रदेशका प्रमुख सल्लाहकार मोहन कुमार सुनारको प्रमुख अतिथि मा सम्पन्न भएको छ ।
अन्तक्रिया कार्यक्रम मा बागमती प्रदेशका सभापति ज्योति रत्न बज्राचार्यले बोल्दैँ, ‘हामीले प्रदेश मार्फत व्यवसायीहरू का समस्या समाधान गर्छौं,सुन प्रदेश मार्फत वितरण सिफारिस गर्छौ अधिकार दिनुहोस् भनेर धेरै पटक आवाज उठायौ तर हुन्छ हुन्छ भनि आस्वासन मात्रै पायौ केवल कार्यलय को भाडा तिर्ने र रङरोगन लाएर बस्नुपरेको छ भन्नुभयो।’
त्यसैगरी एक नम्बर प्रदेशका सभापति राजु धमलाले, ‘महासंघ हिजोका पाराले चल्दैन व्यवसायीका धेरै समस्याहरू छन समाधान गर्नका लागि प्रदेशको अवधारणा आएको हो यसलाई रद्दीको टोकरीमा फाल्ने प्रयास नगरौं भन्नुभयो।’
कर्णाली प्रदेशका सभापति जनक सुनारले, ‘यति लामो इतिहास बोकेको महासंघ चिर निद्रामा सुतेको झैं गरेर बस्नु दुखदायी हो अब हामी यसै बस्न हुदैन अधिकार त्यसै पाइदैन र काम कर्त्तव्य बिर्सनु हुदैन भन्नुभयो।’
सुदुरपश्चिम प्रदेशका सभापति सन्तोष लामिछानेले, ‘व्यवसायिका समस्या समाधान गर्छौ भन्दै गर्दा हामी आफैँ समस्या मा पर्दा महासंघ मुकदर्सक बन्न हुदैन। महासंघ को गरिमा घट्ने कार्यनगर्न आग्रह गर्नु भयो। लुम्बिनी प्रदेशका सभापति बुद्धि दियालीले कार्यक्रममा एजेण्डा प्रस्तुत गर्दै योजना बद्द ढंगले नलागेसम्म व्यवसायीका समस्या समाधान हुदैन। यी एजेण्डा हरुले महासंघ बलियो र व्यवसायीका समस्या समाधान गर्छ यसका लागि सबैको सहयोग चाहिन्छ भन्नुभयो।’
अतिथि निर्मल दियालीले, ‘हामी जिल्ला संघ देखि नै समस्या को पहिचान गरी समस्या को निराकरण तर्फ लाग्नपर्ने विचार राख्नु भयो।’ प्रमुख अतिथ मोहन कुमार सुनारले, ‘सुन वितरण का लागि सदस्यता र प्यान नं को आधर नै वैज्ञानिक आधार हो यस समानुपातिक वितरण प्रणालीको निर्णय भएपनि लागु नभएको मा दुख व्यक्त गर्दै अब लागु गर्नैपर्छ। व्यवसायीका धेरै समस्या मापदण्ड निर्देशिका ले समाधान गर्छ हामी अन्तिम समयमा पुग्दा पनि बनाउन सकिएन अब फाइल खोल्नु पर्छ। प्रदेशले जिल्ला का समस्या समाधान गर्ने र महासंघ लाइ सुझाव सल्लाह सहयोग गर्ने हो महासंघ निति निर्माण र राज्य संग पहलकदमी मा लाग्ने हो तर त्यसो भएको छैन। समय सापेक्षित रुपमा चल्नुपर्ने बताउनु भयो।’
सभापति रामजी साहले, ‘यसोसियट सदस्यहरू लाइ व्यवस्थापन गर्नु पर्छ। सुन वितरण प्रणालीलाई पारदर्शी बनाउनु पर्छ। यसोसियट सदस्यहरू लाइ दिइने सुन जिल्ला संघहरू लाइ दिनुपर्छ। सुनका लागि यसोसियट सदस्य होइन भन्ने हो भने एसोसिएट होइन भने निवेदन आएका सबै लाइ सदस्यता दिनुपर्छ। भन्नुभयो।’
अन्तर्क्रिया मा १५जना प्रदेशका पदाधिकारीहरूले समस्या र समाधान का लगि सुझाव राख्नुभएको थियो। आथित्य प्रदेशका सभापति चन्द्र किशोर गौतमले स्वगत गर्दै एकै थलोमा सातै प्रदेशका सभापति उपसभापति सचिव हरु भेलाभई प्रतिनिधि मुलक उपस्थितिमा तमाम समस्या मा छलफल गर्न पाउनु महत्वपूर्ण हो।व्यवसायी एकतोला सुन किन्दा चार पाँच हजार बढी तिरेर भाउको भाउ बेच्न बाध्य छन्। देशभरि कालो बजारी मौलाउदै छ।व्यवसायी पलायन हुने अवस्थामा छन।बैंक ब्याज ले थिचिएका छन।सरकारी बक्र दूष्टि परि अनुगमन लगायतका समस्या मा छन। व्यवसायीका सुझाव विना गुणस्तर तथा नापतौल ऐन,सम्पत्ति शुद्धिकरण ऐन राजस्व समस्या मा छन। महासंघ र मातहतका संघहरु बेखबर छन के यसरी सम्मानित व्यवसायी बन्न सकिन्छ र कदापि सकिदैन। अब यि समस्या आउन दिनु हुदैन त्यसका लागि जस्तो संघर्ष गर्न पनि पछि नपर्ने बताउदै कार्यक्रम गर्ने अबसर दिनुभएको मा धन्यवाद दिनु भयो।
कार्यक्रम गण्डकी प्रदेशका सचिव रविन विश्वकर्मा ले संचालन गर्नु भएको थियो। ३५ जना प्रतिनिधि ले भाग लिएको कार्यक्रम को निर्णय जस्ताको तस्तै महासंघ लाइ बुझाउने करा सभापति रामजी साहले जानकारी दिनु भयो।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली विशेषताको समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम नलिने दृढता व्यक्त गर्नुभएको छ । नेत्रविक्रम चन्दको नेतृत्वमा ...
काठमाडौं: नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ । अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा आएका विशेषज्ञ चिकित्सक...
कञ्चनपुर: पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगर आउँदै गरेको ना ४ ख ७७५५...