नेप्से परिसूचक १७ अंकले बढ्यो

काठमाडाैं | मंसिर २६, २०७९

नेप्से परिसूचक १७ अंकले बढ्यो

काठमाडौं:  साताको दोस्रो दिन सेयर बजार मापक बढेको छ । सेयर बजार मापक नेप्से परिसूचक करिब १७ अंकले बढेको हो । साताको पहिलो दिन भने बजार घटेको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज १५८ कम्पनीका सेयरको मूल्य बढेको छ भने ४१ कम्पनीका सेयरको मूल्य बढेको छ । ४४ लाख ७० कित्ता सेयर १ अर्ब ३६ करोड रूपैयाँमा खरिद बिक्री भएका छन् ।


नेप्सेका अनुसार आज समिट लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, नेपाल टेलिकमको सेयर मूल्य ७.४६ प्रतिशतले बढेको छ ।  आज मूल्य धेरै घट्नेमा ग्लोबल आईएमई व्यालेन्स फण्ड १ को ९.९३ प्रतिशत र कुमारी धनबृद्धि योजनाको ५.७१ प्रतिशतले मूल्य घटेको छ ।


सबैभन्दा धेरै रकमको सेयर कारोबार भने नविल बैंकको २१ करोड ३२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  नविल बैंकको सेयर प्रतिकित्ता ८१५ रूपैयाँमा कारोबार बन्द भएको छ । यस्तै, कुमारी बैंकको १० लाख ७७ हजार कित्ता प्रमोटर सेयरको पनि आज कारोबार भएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्