‘रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा.लि.’ एघारौं पोखराको महोत्सवको मुख्य प्रायोजक
पाेखरा | मंसिर २६, २०७९
पोखराः एघारौं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी ईन्डष्ट्रीज प्रा.लि. रहने भएको छ । आगामी पुष २७ देखि माघको ९ गते सम्म युनाईटेड क्लब पोखराको आयोजनामा पोखराको अमरसिंह चौरमा हुने एघारौंं संस्करणको पोखरा महोत्सवमा पोखरा नयाँबजारमा कर्पोरेट अफिस रहेको रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा. लि. ले मुख्य प्रायोजकमा रही महोत्सवलाई साथ दिने भएको हो ।
महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष राजु श्रेष्ठ र रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा. लि.का अपरेटिङ अफिसर सन्नी रौनियार बीच मुख्य प्रायोजकको सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्कालाई सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन । सम्झौता पत्रमा हस्ताक्षर गर्दै रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा. लि. का अपरेटिङ अफिसर सन्नी रौनियारले सामाजिक क्षेत्रमा अग्रणी स्थानमा रहेको युनाईटेड क्लव संग सहकार्य गर्न पाउदा निकै खुसी लागेको बताए ।
पोखरा नयाबजारमा रहेको कर्पोरेट अफिसबाट रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा.लि.ले उत्पादन गर्ने बेटर ब्राण्डको इलेक्ट्रिक सामानहरु हिटर, ओभन, पंखा, राइसकुकर, गिजर इलेक्ट्रोनिक र किचन सामाग्रीहरु बिक्री गर्दै आइरहेको छ । पोखरा महोत्सव संग सहकार्य गरी आफ्नो ब्यापार संगै महोत्सव आयोजक युनाईटेड क्लवले गर्ने सामाजिक काममा समेत सहकार्य गरेर अगाडि वढ्न आफु तत्पर रहेको रौनियारको भनाइ रहेको थियो ।
युनाईटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले एघारौ संस्करणको पोखरा महोत्सवमा रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रालिसंग सहकार्य गर्न पाउदा निकै खुसी लागेको वताउदै महोत्सवको माध्यामबाट प्रा.लि. बाट उत्पादित सामाग्रीहरुको प्रवद्र्धन गर्न आफुहरुले कुनै कसर बांकी नराख्ने समेत बताए ।
महोत्सवबाटै सामाजिक काममा आफुहरु लागी परेको वताउदै सामाजिक काममा रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा. लि.को पनि साथ रहदा आफुहरु निकै उत्साहित भएको बताए। महोत्सवको आयोजना गरि युनाईटेड क्लवले पोखरा र आसपासमा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी, सेती नदी संरक्षण र विपद ब्यवस्थापनको क्षेत्रमा काम गर्दै आइरहेको छ ।
जस अनुरुप युनाईटेड क्लवको पहलकदमीमा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३०, ३१ र ३२ मा हाल चिडियाखाना निर्माणाधिन अवस्थामा रहेको छ भने त्यसको पूर्ण स्वामित्व गण्डकी प्रदेशले लिइ जिल्ला डिभिजन वन कार्यालय कास्की र चिडियाखाना निर्माण समिति मार्फत निर्माण कार्य अगाडि वढिरहेको छ । हाल सम्म चिडियाखाना निर्माणमा युनाईटेड क्लवले ५८ लाख ८५ हजार रुपैया प्रदान गरिसकेको क्लवका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।
एघारौ पोखरा महोत्सवदेखी युनाईटेड क्लबले पोखराको बीच भाग भएर बग्ने सेती नदीलाई नयाँ पर्यटकीय गन्तब्य बनाउने उद्देश्यले काम गर्ने क्लवका अध्यक्ष राजु श्रेष्ठले बताए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

