काठमाडौं:  मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ । जसको प्रभावले मङ्गलबार देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी, लु...

तनहुँ:    तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको मृत्यु भएको छ । सात महिना अगाडि रुसी सेनामा भर्ना भएका रन्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो । रुसी सेनामा भर्ना भएका गुरुङकै साथीले निजका परिवारलाई फोन गरेर उनको मृत्यु भएको जानकारी गराएको छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सात महिना अगाडि रुसी सेनामा भर्ना भएका गुरुङ १५ दिनदेखि परिवारसँग सम्पर्कविहीन हुनुहुन्थ्यो । त्यसअगाडि भने परिवारसँग कुराकानी भइरहेको थियो ।” गुरुङका साथीले आफूहरु द्वन्द्वग्रस्त क्षेत्रमा जाँदा उक्त घटना भएको बताएको गुरुङले उल्लेख गर्नुभयो । “फोन गर्ने व्यक्तिले म पनि घाइते भएको छु भनेर रञ्जितका परिवारलाई जानकारी गराएका छन्”, गुरुङले भन्नुभयो । स्थानीय टेकबहादुर गुरुङले घटनाबारे जानकारी पाएपछि गाउँ शोकमा डुबेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घटना सुनेदेखि सबै शोकमा हुनुहुन्छ । उहाँ एकदमै मिलनसार हुनुहुन्थ्यो । सोच्नै नसक्ने घटना भएको छ ।” आँबुखैरेनी गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष गुरुङले उक्त घटनाले आफूहरुलाई स्तब्ध तुल्याएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो वडाले एक होनहार युवा गुमाएको छ ।” रुसी सेनामा भर्ना भएका तनहुँका नौ जना परिवारको सम्पर्कमा छैनन् । जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासी स्रोत केन्द्रका अनुसार जिल्लाका नौ जना युवा रुसी सेनामा भर्ना भएको र आफन्तको सम्पर्कमा नरहेको भन्दै निवेदन परेको छ ।

पोखरा:    पत्रकार तारामणि सापकोटाद्वारा लिखित अनुसन्धानमूलक पुस्तक ‘आमसञ्चार र समावेशी पत्रकारिता’ को पोखरामा परिचर्चा गरिएको छ ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा बुधबार पुस्तकको परिचर्चा गरिएको हो । कार्यक्रममा पत्रकार तारामणि सापकोटाले पुस्तकमा समावेशीताको सैद्धान्तिक पक्ष तथा सरकारी सञ्चार संस्था र पेसागत संघसंगठनमा समावेशीकरणको वर्तमान अवस्थाका बारेमा तथ्यांकीय विश्लेषण प्रस्तुत गरिएको लेखक सापकोटाले बताए । पुस्तकमा नेपालमा समावेशिताको अवस्था, नेपाली सञ्चार क्षेत्रमा समावेशिताको अवस्था, मिडियाले खेल्नुपर्ने भूमिका लगायतका महत्वपूर्ण विषय समेटिएको उनले सुनाए ।  नेपाल प्रेस काउन्सिलकी सदस्य दुर्गा भण्डारीले मुलुकको समावेशी अवस्थासँगै पुस्तकमाथि परिचर्चा गरेकी थिइन् । उनले पुस्तकमा नेपालमा समावेशिताको अवस्था, नेपाली सञ्चार क्षेत्रमा समावेशिताको अवस्था, मिडियाले खेल्नुपर्ने भूमिका लगायतका महत्वपूर्ण विषयमा तथ्यांकसहित अनुसन्धानमूलक विषय समेटिएको बताइन् ।  नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले सरकार र राजनीतिक दलहरूले समावेशिताको नारा लगाए पनि व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताइन् । नेपाली सञ्चार क्षेत्र पनि समावेशिताको अभ्यासमा चुकेको उनको धारणा थियो ।  कार्यक्रममा सहभागीहरुले संविधान र कानुनमा व्यवस्था भएका समावेशिता सम्बन्धी व्यवस्थाहरू व्यवहारमा कार्यान्वयन हुन नसकेको धारणा राखेका थिए । उनीहरूले संविधानको मर्म अनुसार समावेशी समाज निर्माणका लागि मिडियाले खबरदारी गर्नुपर्नेमा जोड दिए । यस्तै पुस्तकमा समाधानका पाटोसँगै कारणको खोजी गर्न उनीहरुले सुझाव दिएका थिए ।  कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्मा, नेपाल दलित संघका केन्द्रीय उपाध्यक्ष दीपक परियार, फोनिज गण्डकीका सदस्य कृष्ण आलेलगायतले जिज्ञासा र सुझाव राखेका थिए ।   फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष खिमा गुरुङले स्वागत गरेकी थिइन् । भने, महासचिव धनबहादुर गुरुङ ‘सुमन’ ले सञ्चालन गरेको थिए ।   

पोखरा:   फेवातालमा माछा मार्ने क्रममा डुबेर बागलुङका सुक बहादुर मगरको मृत्यु भएको छ । खपौदीस्थित फेवातालमा माछा मार्ने क्रममा मगरको आज (बुधबार) डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  पोखरा महानगरपालिका–१४ खपौदीस्थित फेवातालमा आज (बुधबार) माछा मार्ने क्रममा बागलुङ घर भएका मगर फेवातालमा डुबेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।   फेवातालमा डुबेका मगरको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएपनि चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:  १९ औं संस्करणको असारे रोपाइँ महोत्सव पोखरा महानगरपालिका–२३ मार्गी फेवाफाँटमा हुने भएको छ ।  पोखरा पर्यटन परिषद्ले आज पोखरामा पत्रकार सम्मेलन गर्दै १९ औं संस्करणको असारे रोपाइँ महोत्सव मागी फेवाफाटमा हुने जानकारी दिइएको हो ।  पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले असार १५ गते हुने असारे रोपाइँ महोत्सवको तयारी तीव्र पारिएको बताए ।   ‘पोखरा सबै मौसमका लागि, भन्ने मूल नाराका साथ रोपाइँ महोत्सव आयोजना गर्दै आएका छौं’, महासचिव सिग्देलले भने, ‘असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा पनि मनाइरहेको अवस्थामा पोखरा पर्यटन परिषद्ले सुरुवात गरेको असारे रोपाइँ महोत्सवको अवाश्यकता र औचित्य समेत बढ्दै गएको छ ।’ उनले पोखरा पर्यटन परिषद्ले पोखरा वरिपरि भएका खेती योग्य जमिनलाई संरक्षण गर्दै कृषकलाई आफ्नो पेशा प्रति उत्पेरित गर्न महोत्सव आयोजना गरेको उल्लेख गरे ।  ‘महोत्सवको मुख्य उद्धेश्य पोखरा वरिपरि भएका खेती योग्य जमिनको संरक्षण गर्दै कृषकलाई आफ्नो पेशा प्रति उत्पेरित गर्ने हो, उनले भने, ‘असार १५ का दिन हिलोमा एक पटक त टेक्नु पर्छ भन्ने भनाईलाई समेत जीवन्त तुल्याउने अभिप्रायले १९ वर्ष देखि असारे रोपाइँ महोत्सव आयोजना गर्दै आएका छौं ।’ पोखरा महानगरपालिका–२४ मार्गी फेवाफाँटमा हुने असारे रोपाइँ महोत्सवमा हल गोरु दौड, आमा समूहहरुबीच असारे रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, हिलोमा दौड प्रतियोगिता (आन्तरिक तथा बाह्य पर्यटक, महिला पुरुष), रस्सकस्सी प्रतियोगिता, (आन्तरिक तथा बाह्य पर्यटक महिला÷पुरुष) र हिलोमा भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।  महोत्सवमा राष्ट्रिय कलाकार प्रजापति पराजुली, समिक्षा अधिकारी, निर्जला गुरुङ र बालकाशी गुरुङको सांगीतिक पस्तुती रहने आयोजकले जनाएको छ ।  रोपाइँ महोत्सवमा करिब १० हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको सहभागिता जनाउने अनुमान रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।  ‘तीव्र शहरीकरणका कारण मुख्य खाद्यान्न बालीका रुपमा प्रयोग गरिदै आएके धान खेतीका विगतका केही समय खस्दकै गरेकाले नयाँ पुस्तालाई धान खेती प्रणाली देखाउन पनि महोत्सव आयोजना गरेका हौं, अध्यक्ष श्रेष्ठले भने, ‘असार १५ गते हुने असारे रोपाइँ महोत्सवमा करिव १० हजार आन्तरिक तथा बाह्य पर्यटकको सहभागिता हुने अनुमान गरेका छौं ।’ पोखराका बिरुवा फाँट, कुँडहर फाँट, बाच्छेबढुवा, सेदिबगर, फेवा फाँट, अर्मला फाँट, महतगौडा, लामाचौर, लेखनाथ, काहुँखोला, पामेफाँट जस्ता पोखरा महानगरपालिका भित्रका खेती योग्य जमिनको खण्डीकरणले उत्पादनमा ह्रास आइरहेको छ ।   

लमजुङ:     अविरल बर्षासंगै लमजुङको दुई स्थानमा पहिरोमा परेर ज्यान गुमाउनेको सँख्या पाँच पुगेको छ । गएराती देखि शुरुभएको बर्षासँगै क्व्होलासोथार गाउँपालिका–३ बगुममा तीन घर बगाउदा एकै परिवारका चारजनाको मृत्यु भएको हो ।   अविरल वर्षासंगै बगुमस्थित पच्यु टोलमा पहिरो गएको हो । स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र चित्र घलेको घर पहिरोले बगाएको हो । पहिरोमा परेर ६९ वर्षीय रूद्रमान गुरूङ, ३६ वर्षिय पञ्चकुमारी गुरूङ, उनका दुई छोरीहरू ७ वर्षिया ईच्छा गुरूङ र ५ बर्षिया नम्रता गुरूङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।     यो पनि पढ्नुहोस   लमजुङ पहिरो: बेपत्ता वृद्धको शव भेटियो, तीन जना अझै बेपत्ता मध्यराती गएको पहिरोमा परेर बेपत्ता भएकाहरुको विहान ११ः३० पछि मात्रै शव फेला परेको क्व्होलासोथार गाउँपालिका वडा नम्वर–३ का अध्यक्ष आशविर गुरुङले जानकारी दिनुभयो । स्थानियसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलि पनि घटनास्थल पुगेर शव खोजी कार्य गरेका हुन् । सदरमुकामदेखि घटनास्थलसम्म पुग्दा बाटोमा पहिरोकै कारण सडक अवरुद्ध भएकोले जिल्लाबाट खटिएको सैनिक प्रहरीको टोलि घटनास्थल पुग्न निकै समय लागेको थियो । त्यसैगरी गएरातीकै पहिरोका कारण दोर्दी गाउँपालिका–९, स्याउतमा पनि एक जनाको मृत्यु भएको छ । घरमाथिबाट आएको पहिरोले कोठामा सुतिरहेका १६ बर्षिय विकल सुनारको मृत्यु भएको हो । पहिरोमा परेर गम्भीर घाईते भएका विकललाई उपचारको लागी लमजुङ अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो । स्थानियका अनुसार विकल एसईई दिएर नतिजाको पखाईमा थिए । सोहि पहिरोमा परेर विकलका दाजु १८ वर्षिय विमल सुनार पनि घाईते भएका छन् । घाईते सुनारको लमजुङ अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । त्यसैगरी बर्षासँगै भएको चट्याङका कारण क्होलासोँथार–७ चरागाउँमा पनि एकजनाको मृत्यु भएको छ । घटनाबारे जानकारी आएसँगै प्रहरी चौकी गिलुङबाट प्रहरी टोली चरागाउँ पुगेर घटनाको पुष्टि गरेको हो । चट्याङबाट मृत्यु हुनेमा चरागाउँ केम्लीका ६५ वर्षीय दानबहादुर भुजेल रहेका छन् । मंगलबार राती २ बजेतिर पिसाव फेर्न बाहिर निस्केको बेलामा चट्याङ लागेको स्थानीयले बताएका छन् । यसैगरी चट्याङका कारण राइनास नगरपालिका–९ ढाड कलाउँचेका ३८ वर्षीय रामचन्द्र अधिकारी घाइते भएका छन् । उनको सुन्दरबजारस्थित नमुना अस्पतालमा उपचार भइहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी मिनबहादुर घलेले जानकारी दिनुभयो । चट्याङका कारण सदरमुकाम बेसीशहर नगरपालिका ६, शेराका मदन परियारको एउटा गोरु मरेको छ । विभिन्न क्षेत्रमा बिद्दुतिय सामाग्रीमा क्षति पुगेको खवर प्राप्त भएका छन् ।

कास्की:  लेखनाथको तालचोकमा दमौलीतर्फ जादैं गरेको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।   जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार मृत्यु हुनेमा मादी गाउँपालिका ९ मिजुरे घई हाल पोखरा–२९ आदर्शचोक बस्ने बुद्धिसरा नेपाली रहेकी छिन् ।   पोखरा २७ तालचोकमा ग १ ख ४२२५ नम्बरको बसले हिजो (मंगलबार) बेलुकी ६: ५५ बजे ठक्कर दिँदा बुद्धिसरा गम्भीर घाइते भएकी थिइन् ।   त्यसपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो । उपचारकै क्रममा चिकित्सकले ९: ५० बजे मृत घोषणा गरेको इन्सपेक्टर शर्माले जानकारी दिए ।   उनका अनुसार बिक सोही बसबाट ओर्लने क्रममा बस अघि बढेपछि पछाडिको चक्का मुनि परेकी थिइन् ।   उनले पोखरा–२६ जलधारेका ३२ वर्षीय बस चालक कमल विकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताए ।   ‘चालक र बस अहिले नियन्त्रणमा छ, इन्सपेक्टर शर्माले सुनगाभा न्यूजसँग भने, ‘ति महिला बसबाट ओर्लनले क्रममा बस अघि बढाइएको भनिएको छ सो विषयमा थप अनुसन्धान भइरहेको छ ।’

कैलाली:     कैलालीका दुई स्थानमा बुधबार बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । चट्याङ लागेर ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार बिहान करिब साढे सात बजे जोशीपुर गाउँपालिका–३ भितरियामा चट्याङ लागेर ३१ वर्षीय जयराम डगौराको निधन भएको छ ।  आफ्नो घरदेखि करिब तीन सय मिटर टाढा खेतमा आली बनाइरहेका जयराम चट्याङ लागेर घाइते भएका थिए । दुर्घटनापछि घाइते जयरामलाई आफन्तले उपचारको लागि स्थानीय एक क्लिनिकमा पुराएकोमा उपचार क्रममा निधन भएको हो । बुधबार बिहान ८ बजेतिर धनगढी उपमहानगरपालिका– १८ एफगाउँका २७ वर्षीय शालिम चौधरीको चट्याङ लागेर मृत्यु भएको छ । घर नजिकको खेतमा रोपाई गरिरहेका शालिम चट्याङ लागेर घाइते भएकोमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।   आज  बिहानको चट्याङबाट कैलालीको जानकी गाउँपालिका–४ बेलपुरका २९ वर्षीया रिता कठरिया, २३ वर्षीया सुस्मा डगौरा, भजनी नगरपालिका–६ का ५५ वर्षीय राम बहादुर चौधरी र घोडाघोडी नगरपालिका–९ बुदेनीका ९ वर्षीया सरस्वती भुल, ७ वर्षीया पारु कठायत तथा १० वर्षीया खिमा कठायत घाइते भएका छन् ।

काठमाडौं:     राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले बुधबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ । सो भेटमा दुई पक्षीय हीत, सहयोग र सम्बन्धका विविध पक्षमा कुरा भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको र यसले सधै नेपालको विकास प्रयासमा योगदान पु¥याएको बताउनुभयो । उहाँले नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा र त्यसपछि पनि चीनले थप सहयोग जारी राख्ने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले नेपाल र चीनबीच जनस्तरमा अत्यन्त सुमधुर सम्बन्ध रहिआएको उल्लेख गर्दै चिनियाँ तथा नेपाली भिÞक्षु, भृकुटी र कलाकार अरनिकोलगायतले दुई देशबीचको जनस्तरको सम्बन्ध र सांस्कृतिक आदान प्रदानलाई समृद्ध बनाउन ठूलो योगदान दिएको पनि बताउनुभएको थियो ।।

लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता छन् ।  वडासदस्य विनप्रसाद घलेका अनुसार पहिरोमा परी बेपत्ता भएकामध्ये ६९ वर्षीय रूद्रमान गुरुङको शव फेला परेको हो ।   पच्युटोलमा गए राति पहिराले तीन घर पुरिँदा चार बेपत्ता भएका थिए भने एकजना घाइते  भएका थिए । बेपत्ता भएकाहरुको आज बिहानैदेखि स्थानीय र प्रहरीले खोजी गरिरहेका छन् ।    लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो ।   पहिरोमा परी ३६ वर्षीया पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए।    पहिरोले घर भत्किँदा एकजनाको मृत्यु, एक घाइते   यसैबीच लमजुङको दोर्दी गाउँपालिका–९ मा गए राति पहिरोले घर भत्किँदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ ।   उक्त घटनामा १८ वर्षीय मिलन सुनार घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिए ।    विकल र मिलन दाजुभाइ हुन् । दुवैजनालाई आज बिहान उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएकामा विकलको उपचारकै क्रममा मृत्यु भएको हो । मिलनको सोही अस्पतालमा उपचार भइरहेको छ ।    यस्तै पहिरोका कारण लमजुङ–मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध छ ।   बेँसीसहर नगरपालिका–६ खरकहरे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा यात्रु बाटोमै अलपत्र परेका छन् ।