काठमाडौं:  मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ । जसको प्रभावले मङ्गलबार देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी, लु...

पोखरा:    राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा महानगरपालिका–१ हरिचोक–याम्दी खण्ड निर्माण कम्पनीले निर्माणलाई तीव्रता नदिएपछि महिनौदेखि यहाँका स्थानीयहरु आन्दोलित छन् ।  हरिचोक–याम्दी सडक खण्ड निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगर्दा स्थानीयले हिउँदमा धुलाम्य र बर्खामा हिलाम्य भएपछि स्थानीय आजित भएका छन् ।  निर्माण कम्पनीलाई समयमा नै निर्माण सम्पन्न गर्न तीनै तहको सरकारलाई स्थानीयहरुले विभिन्न कार्यक्रम गरेर दवाव दिएपनि कामले तीव्रता नलिएपछि सिम्पानीका स्थानीयहरुले असार १५ सडकमै धान रोपेर सांकेतिक विरोध गरेका छन् ।  हरिचोक–याम्दी सडक खण्डमा अन्तर्गत सिम्पानीका स्थानीयले सिम्पानीमा सडक खण्डमा रोपाइँ गरेर सांकेतिक विरोध गरेको त्रि–शक्ति समाज सेवा क्लबका सह–सचिव प्रविन सुवेदीले जानकारी दिए ।  समयमा नै सडक नबनेपछि उनीहरुले सिम्पानी जाऔं, धान रोपौं अनि संगै, दही चिउरा खाऔं’ भन्न नारासहित सांकेतिक विरोध गरेको स्थानीयहरुले बताएका छन् ।  विरोध कार्यक्रममा त्रि–शक्ति समाज सेवा क्लब, स्थानीय आमा समूह, टोल विकास संस्थाहरुको सहभागिता रहेको थियो ।  पर्वतस्थित मध्यपहाडी लोकमार्गको कार्यालय अनुसार काठमाडौंको मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिले वि.सं.२०७९ साउनमा सडक निर्माण गर्ने जिम्मा लिएको थियो । समयमा नै काम पूरा हुन नसक्ने देखिएपछि ठेक्काको म्याद आउँदो चैतसमम थप भएके कार्यालयले जनाएको छ ।   

पोखरा:     असार १५ देशभर राष्ट्रिय धान दिवससँगै दही चिउरा खाने दिनको रुपमा मनाइएको छ । गाउँदेखि शहरसम्मनै आज राष्ट्रिय धान दिवससँगै दही चिउरा खाने दिन विशेष रह्यो ।    शहरको विभिन्न स्थानमा रोपाइँ महोत्सव नै आयोजना गरेर राष्ट्रिय धान दिवस मनाइयो । यसै राष्ट्रिय धान दिवसको अवसरमा प्रत्येक असार १५ मा पर्यटन प्रर्वद्धनसँगै धानबालीको संरक्षणमा पोखरा पर्यटन परिषद्ले पोखराको विभिन्न क्षेत्रमा रोपाइँ महोत्सव आयोजना गर्दै आएको छ ।    पोखराको बढ्दो शहरीकरण र स्थानीय बासीहरुको बद्लिदो जीवनशैलीलाई रोपाइँ महोत्सवले परम्परागत खेती प्रणालीलाई पुस्तातन्तरण गर्न स्थापित गरेको पोखरा पर्यटन परिषद्को विश्वास छ ।   पोखराको विभिन्न स्थानमा राष्ट्रिय धान दिवसको अवसरमा १९ वर्षदेखि रोपाइँ महोत्सव गर्दै  परिषद्ले यसको वर्षको महोत्सव पोखरा महानगरपालिका–२३ मार्गी स्थित फेवाफाटमा आयोजना ग¥यो ।      मार्गीस्थित फेवाफाटमा महोत्सव अवलोकनका लागि पुगेकी पोखरा लेकसाइडका सावित्री पहारीले पहिले फेवाफाँटमा नै रोपाइँ गरेको झल्को मेट्न आएको बताइन् ।      ‘हामीले फेवाफाँटमा यसरी नै पहिले रोपाइँ गरेका थियौं, अहिले रोपाइँ गर्न छोडियो । रोपाइँ महोत्व छ भन्ने थाहा पाएर रोपाइँको झल्को मेट्न आएको, पहारीले भनिन्, ‘अहिले तालको कारण पनि केही फाँटहरु बाँझो हुन पुगेको छ, रोपाइँ गरेको भए राम्रो हुने हो ।’   उनले आफ्नो बच्चा लगायत नयाँ पुस्तालाई रोपाइँबारे जानकारी नभएको बताइन् । ‘खेतबारी बाँझो राखेको राम्रो त होइन । सबैलाई सुखसँगै व्यापार नै गर्नुपर्ने,  विदेश जानुपर्ने, उनले भनिन्, ‘हाम्रो बच्चाहरुलाई खेतमा रोपाइँ कसरी हुन्छ भन्ने नै थाहा छैन, जान्दैनन्, चामल कहाँदेखि आउँछ, बोरामा भन्छन्, हलो के हो, गोरु के हो भन्ने चिन्दैनन् । यसका लागि यो महोत्सवले जानकारी दिएको छ ।’   यस्तै पोखरा लेकसाइडकै हरिमाया पहारीले पनि खेतीयोग्य जमिन घर घडेरीमा परिणत भएको भन्दै दुख व्यक्त गरिन् ।   ‘हामीले पनि यही पामेको फाँटमा रोपाइँ गरेका हौं, अहिले अधिकांस फाटहरुमा घरहरु बनेका छन्, खेती योग्य जमिनमा घर, घडेरी बनेको राम्रो होइन्, पहारीले भनिन्, ‘अहिलेका युवापुस्तामा खेती किसानी केहो भन्ने विषय पुस्तान्तरण गर्न आवश्यक छ, यो महोत्सवले पक्कैपनि कृषिमा लाग्नुपर्छ भन्ने सन्देश दिन्छ भन्ने लागेको छ ।’   पोखराका इतिहासकार सुनिल उलकले रोपाइँ महोत्सवलाई रोपाइँमै केन्द्रित गर्नुपर्ने धारणा राखे ।    ‘रोपाइँ महोत्सवलाई हामीले महोत्सव बनायौ तर रोपाइँमा नै केन्द्रित गर्न सकेनौं’, उलकले भने, ‘रोपाइँ महोत्सवमा सहभागी भएका सबैलाई रोपाइँमा केन्द्रित गर्न हामीले २०÷२५ रोपनीको प्लट छुट्टयाएर धान रोपाइँमा नै केन्द्रित गर्न सके रोपाइँ महोत्सवको महत्व बढ्छ ।’   उनले महोत्सवमा सहभागी भएकाहरुलाई रोपाइँमा नै केन्द्रित गर्न सकेको भए त्यसले प्रतिफल पाउने बताए । ‘रोपाइँमा हजारौंको संख्यामा सहभागी भएकाहरुलाई रोपाइँमा केन्द्रित गर्न सकेको भए रोपाइँ के हो भन्ने थाहा हुन्थ्यो, उलकले भने, ‘महोत्सवलाई रमाइलोको लागि मात्र प्रयोग ग¥यौ कि भन्ने मलाई लाग्छ ।’   पोखराका बिरुवा फाँट, कुँडहर फाँट, बाच्छेबुढुवा, सेदिबगर, फेवा फाँट, अर्मला फाँट, महतगौडा, लामाचौर, लेखनाथ, काहुँखोला, पामेफाँट जस्ता पोखरा महानगरपालिका भित्रका खेतीयोग्य जमिनको खण्डीकरणले धानकाे उत्पादनमा ह्रास आइरहेको बताइएकाे छ ।   

पोखरा:    पोखरामा अवैध रुपमा नदीजन्य पदार्थ निकासी गरेको आरोपमा प्रहरीले १२ वटा सवारीलाई नियन्त्रणमा लिएको छ ।  अवैध रुपमा नदीजन्य पदार्थ निकासी भइरहेको सूचनाको आधारमा पोखरा–१९ दशखेतघाट आज बिहान प्रहरीले चेकिङ गर्ने क्रममा १२ वटा सवारी नियन्त्रणमा लिएको छ ।  दशखेतघातमा अवैध रुपमा नदीजन्य पदार्थ ओसारपोसार गरिरहेको अवस्थामा १२ सवारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।  प्रहरीले नदीजन्य पदार्थ ओसारपोसार गरिरहेको अवस्थामा सवारी साधान चेकजाँच गर्ने क्रममा प्रयोजन खुल्ने कुनै कागजपत्र पेश गर्न नसकेकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  प्रहरीले ग १ क १२१५ नम्बरको टिप्पर, ना १ क ६२१४ नम्बरको टिप्पर, गण्डकी ७ एए ००७६नम्बरको टिप्पर, बा ४ क ३३ २१ नम्बरको टिप्पर, ग २ ख १४५ नम्बरको टिप्पर, ग १ क २४०२ नम्बरको टिप्पर,ग २ ख ३२८ नम्बरको टिप्पर, ग २ ख ११५६ नम्बरको टिप्पर, ग १ क ६३९२ नम्बरको टिप्पर, ग १क ५११३ नम्बरको टिप्पर, ग १ ख ७९९० नम्बरको टिप्पर, ग १ त ७०१२ नम्बरको ट्याक्टर  नियन्त्रणमा लिएको हो ।   

पोखरा:    प्रविधिको प्रयोगमा जोड दिदैं गण्डकी प्रदेशभर सेवा प्रदान गर्नेगरि ‘ई–ड्राइभ नेपाल’ को राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको छ ।   ई–ड्राइभ गण्डकी नेपाल र ई–ड्राइभ नेपालले सहकार्य गदैै राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको हो ।   गण्डकीका १० जना युवाको पहलमा एप सञ्चालनमा ल्याएको ई–ड्राइभले केही समयमै सेवा शुभारम्भ गर्नेछ । यात्रुले प्लेस्टोर र एपस्टोरको माध्यमबाटबाट ई–ड्राइभ नेपालको एप डाउनलोड गरेपछि अनलाइनबाट आवश्यकता अनुसार सवारीसाधन बुक गरेर गन्तव्यमा पुग्ने व्यवस्था मिलाएको ई–ड्राइभ गण्डकीका अध्यक्ष भीमसेन कार्कीले जानकारी दिए ।  ‘पहिलो चरणमा पोखरामा विद्युतीय कार, मोटरसाइकल, स्कुटरजस्ता सवारीमार्फत सेवा दिनेछौं । पोखरामा २५ वटा आफ्नै विद्युतीय सवारी सञ्चालनमा ल्याइनेछ’, कार्कीले भने । एक हजार बढी मोटरसाइकल र स्कुटरसँगै भाडाका सवारीसाधन कम्पनीसँग आबद्ध भएको उनले जानकारी दिए । आवद्ध हुन चाहने थप सवारीले एप डाउनलोड गरेर रजिस्ट्रेसन गर्न सक्ने उनको भनाइ थियो । भाडाका सवारीसाधन सरकारले तोकेकै दरमा प्रयोग हुने कार्कीले बताए ।  उनले थपे, ‘७० वर्ष पूरा भएका वृद्धवृद्धा, अशक्त, अपांग, सुत्केरी, महिला, विद्यार्थी र दैवि प्रकोपमा परेकालाई छुटसहितको सेवा दिनलाई कम्पनी प्रतिबद्ध छ ।’ विद्युतीय एम्बुलेन्स संचालनमा ल्याउने प्रालिको योजना छ । एम्बुलेन्सले गरिव विपन्न वर्गलाई सामाजिक उत्तरदायित्व बहन गर्दै निशुल्क सेवा प्रदान गर्ने तयारीमा छ । यात्रुको सुरक्षालाई ध्यानमा राखेर ई–ड्राइभमा नेभिगेशन प्रणाली प्रयोग गरिएकाले कुन सवारी साधन कहाँ छ ? भन्ने सजिलै पत्ता लगाउन र खोज्न सकिने अध्यक्ष कार्कीले उल्लेख गरे । ‘यात्रुले यात्राका क्रममा आफुलाई असुरक्षित महसुस गरेमा एपबाटै आकस्मिक बटन थिचेर प्रहरी र ई–ड्राइभ कन्ट्रोल रुममा जानकारी दिन मिल्नेछ’, उनले भने, ‘यो एपबाटै ३ जना आफन्तलाई लोकेसन शेयर गर्न मिल्ने फिचरसमेत उपलव्ध छ ।’ ई–ड्राइभ नेपालमा दर्ता भएका सवारी प्रयोग गर्दा यात्रु पूर्ण रुपमा सुरक्षित रहने दाबी गरिएकोे छ । सबै सवारीको नियन्त्रण कम्पनीसँग हुने भएकाले सेवाग्राहीमैत्री रहेकोे ई–ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले बताउँछन् । उनका अनुुुसार दुर्घटनाको जोखिमलाई ध्यान दिएर ई–ड्राइभ सुविधा लिने चालक र सेवाग्राही दुवैको ७ लाख रुपैयाँ बराबरको बिमा गरिनेछ । ७० हजार रुपैयाँसम्मको उपचार खर्चको व्यवस्था कम्पनिले गर्ने उल्लेख गरेको छ ।  ई–ड्राइभले काठमाडौं उपत्यका र लुम्बिनी प्रदेशको बुटवल र भैरहवामा सेवा दिदैं आइरहेको छ । गण्डकी प्रदेशसँगै कोशी प्रदेश र लुम्बिनीको नेपालगन्जमा सेवा विस्तारको चरणमा हो ।  आम नागरिकलाई सरल, सहज र विश्वसनीय सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको मास्केले बताए । ‘अर्कोतर्फ नेपालमै बनेको एप भएकाले सेवाग्राहीको डेटा विदेशिने डर हँुदैन । ई–ड्राइभले पाउने सेवा शुल्कको १० प्रतिशत सिधैं सरकारलाई भुक्तानी गर्नेछौैं’, उनले भने, ‘स्वदेशमै निर्मित एप भएका कारण जे जति आम्दानी हुनेछ त्यो विदेशिने छैन । यसले अर्थतन्त्र चलायमान बनाउनुका साथै युवा पलायन रोक्न सघाउने छ ।’ वातावरणमैत्री विद्युतिय सवारीलाई सञ्चालनमा ल्याएर पर्यावरणमैत्री शहर निर्माणमा सघाउने उदेश्य रहेको उनले बताए ।  ई–ड्राइभ नेपालका अध्यक्ष मास्केले बजारमा भएका ट्याक्सी समितिसँग भिड्न नभइ सहजीकरण गर्न आएको बताए । ‘ट्याक्सी चालकको रोजरोटी खोस्न आए, भिँड्न आए भनेर जुन चर्चा भइरहेको छ । यी कुराहरु नितान्त गलत हो । हामी उहाँहरुलाई सहजीकरण गर्न आएका हौं’, उनले भने ।  उनले सबै प्रक्रिया पूरा गरेर दर्ता गरेकाले अब सरकारको तर्फबाट बन्ने कार्यविधीको पखाईमा रहेको उल्लेख गरे ।   

काठमाडौं:     भारतको दक्षिणी राज्य तमिलनाडुको एउटा पटाका कारखानामा शनिबार भएको विस्फोटमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका अधिकारीले बताएका छन् । विस्फोट तमिलनाडुको राजधानी चेन्नईबाट ५५३ किलोमिटर दक्षिणपश्चिममा रहेको विरुधुनगर जिल्लाको सतूर नजिकैको बन्दुवरपट्टी गाउँमा भएको थियो । प्रहरीका अनुसार विस्फोट हुँदा दर्जनौँ व्यक्ति कारखानामा काम गरिरहेका थिए । विस्फोटका कारण कारखानामा आगो लागेको थियो । घटनालगत्तै आगो नियन्त्रणका लागि दमकल तथा उद्धारकर्मी घटनास्थलमा पुगेका थिए ।   कारखानामा १५ वटा कोठा रहेको अधिकारीहरूले बताएका छन् । यसमध्ये कम्तीमा तीन वटा आगोले पूर्णरूपमा जलेर नष्ट भएका छन् ।प्रहरीले विस्फोटको अनुसन्धान सुरू गरेको छ ।

काठमाडौं:     एसईई परीक्षामा दुई विषय भन्दा धेरैमा एनजी आएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आज मन्त्रीस्तरीय निर्णय गर्दै दुइ विषयभन्दा धेरैमा एनजी आएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने वातावरण बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिनुभएको हो । मन्त्रीको निर्देशनपछि बोर्डले लेटर ग्रेडिङ निर्देशिका संसोधनको प्रस्ताव तयार गरेर मन्त्री समक्ष पेश गर्ने मन्त्रालयका प्रवक्ता केशब दाहालले जानकारी दिनुभयो । मन्त्रीको निर्देशन अनुसार काम गर्नका लागि निर्देशिकामा संसोधन आवश्यक रहेकाले सो प्रकृया अघि बढाइने उहाँले जानकारी दिनुभयो ।  मौका परीक्षामा सहभागी हुने विद्यार्थीलाई तयारीका लागि शिक्षण कार्यको व्यवस्थापन सम्बन्धित विद्यालयले गर्नेगरी आवश्यक व्यवस्था गर्न पनि मन्त्री श्रेष्ठले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको मन्त्रालयले जानकारी दिएको छ । लेटर ग्रेडिङ निर्देशिकामा दुइ विषयसम्ममा एनजी भएका विद्यार्थीले मौका परीक्षामा सहभागी हुन पाउने व्यवस्था रहेकोमा अब निर्देशका संसोधनपछि दुइ भन्दा बढी विषयमा एनजी भएका विद्यार्थीले पनि मौका परीक्षामा सहभागी हुन पाउने छन । मौका परीक्षा एक महिनाभित्र हुने गरी तोकिएको छ ।

काठमाडौं:     आईसीसी टी–२० विश्वकप २०२४ को उपाधिका लागि शनिबार भारत र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा हुँदैछ। दक्षिण अफ्रिका अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दैै फाइनल पुगेको हो। दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई हराउँदै भारतले फाइनलमा दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको हो। भारतले १० वर्षपछि टी–२० विश्वकपको फाइनल खेल्दैछ। यसअघि सन् २०१४ को विश्वकपको फाइनलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो। पहिलो सिजनमा उपाधि उचालेको भारत त्यसपछि उपाधिबिहीन छ। दक्षिण अफ्रिका भने विश्वकपको फाइनलमा पहिलो पटक पुगेको हो। यो विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगेको थियो। दक्षिण अफ्रिकाले अफगानिस्तानलाई सेमिफाइनलमा ५६ रनमा समेटेर विश्वकपमा इतिहाससमेत बनाएको छ। पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५६ रनमा प्याक गरेको हो। बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले ५७ रनको लक्ष्य ८।५ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको थियो। दोस्रो सेमिफाइनलमा भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १६.४ ओभरमा अलआउट हुँदै १०३ रनमा समेटिएको थियो। भारत र दक्षिण अफ्रिका दुवै टिम समूह चरणमा कुनै हारको सामना नगरी फाइनल पुगेका हुन्। भारत र दक्षिण अफ्रिकाको फाइनल भिडन्त नेपाली समय अनुसार शनिबार राति ८स्१५ बजे वेस्ट इन्डिजको केन्सिङ्टन ओभल क्रिकेट मैदान ब्रिजटाउनमा हुनेछ।

काठमाडौं:     राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले धानखेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्दै धान उत्पादन एवं उत्पादकत्व बढाउन सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाउनुपर्ने आजको आवश्यकता रहेको बताउनुभएको छ । एक्काइसौँ राष्ट्रिय धान दिवस, २०८१ का अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले धानबालीमा जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गराई उत्पादनमा वृद्धि गरी धान चामलको आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता गर्न र कृषि श्रमको सम्मान गर्ने संस्कृति बसाल्न आजको दिनले प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले खाद्य सुरक्षा र आत्मनिर्भरताको राष्ट्रिय लक्ष्य प्राप्तिका लागि आजको दिनले थप उत्साह प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । “नेपालको संविधानले प्रत्येक नागरिकको खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक पनि सुनिश्चित गरेको छ । नेपालको धानखेती आकासे सिचाइँमा निर्भर छ । वर्षा राम्रो नभएको वर्ष धान उत्पादन घट्ने र वर्षा राम्रो हुँदा उत्पादन बढ्ने गरेको सन्दर्भमा धानखेती योग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन राज्यको सम्पूर्ण ध्यान केन्द्रित हुन जरुरी छ भन्ने म ठान्दछु”, राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देसमा भनिएको छ । राष्ट्रपति पौडेलले कृषि क्रान्तिको पहिलो कदम सिँचाइ सुविधा भएको भन्दै आधुनिक खेती प्रणालीमार्फत जनताको जीवनस्तर माथि उठाउन खेतीयोग्य जमिनमा सिँचाइ सुविधासहित आधुनिक उपकरण, मल, उन्नत बीऊ र दक्ष जनशक्ति तयार गर्न हाम्रो ध्यान जान जरुरी रहेको उल्लेख गर्नुभयो । धान एवम् चामल आयात बर्सेनि बढ्दै जानु चिन्ताको विषय भएको भन्दै उहाँले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेतर्फ हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने खाँचो औँल्याउनुभयो । राष्ट्रपति पौडेलले देशको श्रम शक्ति वैदेशिक अध्ययन तथा रोजगारीका लागि दैनिक सयौँका सङ्ख्यामा विदेश पलायन हुनाले कृषि क्षेत्रमा जनशक्तिको अभाव हुनु दुःखद् हो भन्दै कृषिलाई आकर्षक पेसाका रुपमा विकास गरी विदेश पलायन हुने जनशक्तिलाई स्वदेशमा नै रोक्ने पहल गर्न आग्रह गर्नुभयो । साथै, उहाँले खानामा भातको मात्र भर पर्ने बानीलाई वैकल्पिक रुपमा लिई खाने बानी परिवर्तन गरेर अन्य बालीलाई समेत प्रवद्र्धन गर्न हामीले उत्तिकै ध्यान दिनु जरुरी छ भन्नुभयो । उहाँले धान दिवसका अवसरमा सम्पूर्ण नेपाली किसान, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना समेत व्यक्त गर्नुभएको छ । धानको उत्पादन वृद्धि आधुनिकीकरण र व्यावसायिकीकरणलाई प्रवद्र्धन गर्ने हेतुले विसं २०६१ देखि प्रत्येक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो । यसवर्ष ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने राष्ट्रिय नाराका साथ २१औँ राष्ट्रिय धान दिवस मनाइएको छ । नेपाल कृषि प्रधान देश हो । यहाँका अधिकांश जनता कृषिमै निर्भर छन् र हाम्रो प्रमुख खाद्यान्न बाली धान हो ।

बागलुङ:     बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गएराति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ । यसैबीच पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ । कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध छ ।