काठमाडौं:     नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले आज मुस्ताङ जिल्लास्थित मुक्तिनाथ मन्दिरको भ्रमण गर्नुभएको छ । सो अवसरमा उहाँले मुक्तिनाथ मन्दिरमा पूजाअर्च...

जुम्लाः    जुम्लाको हिमा गाउँपालिकाले नाग्म–गमगडी सडकलाई तत्काल कालोपत्र गरी आवागमन सहज बनाउन माग गरिएको छ ।  मुलुकको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको रारा तालसम्म जाने नाग्म–गमगडी सडक कालोपत्र नहुँदा आन्तरिक तथा बाह्य पर्यटकलाई आवागमनमा समस्या भइरहेको भन्दै तत्काल कालोपत्र गर्नुपर्न माग गरिएको हो । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले यहाँसम्म पुग्ने पर्यटकलाई यात्रा गर्न सास्ती भइरहेकाले तत्काल कालोपत्र गरेर यात्रा सहज र सुरक्षित बनाउन सङ्घीय सरकारसँग माग गरिएको बताउनुभयो । बुधबार बसेको पालिकास्तरीय सर्वपक्षीय बैठकले नाग्म–गमगडी सडकको सुरुको बिन्दुबाट कालोपत्रको काम अगाडि बढाउन सरकारसँग अनुरोध गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । “उक्त खण्डको बीच भागमा कालोपत्र गरिएको छ । सुरुको विन्दुमा खाल्डाखुल्डी, हिलाम्य र धुलाम्य भइरहेकाले तत्काल कालोपत्र सुरु गर्न मागसहित अनुरोध गर्ने निर्णय गरेका छौँ”, अध्यक्ष शाहीले भन्नुभयो । सुरुबाट कालोपत्र हुनुपर्नेमा बीचमा केही किलोमिटर मात्रै कालोपत्र गरिएकाले थप समस्या भइरहेको उहाँले बताउनुभयो ।अध्यक्ष शाहीले भन्नुभयो, “नाग्मबाट गमगडीसम्मको ९३ किलोमिटरमा अहिले स्तरोन्नतिको काम भइरहेको छ ।  पर्यटकलाई उक्त सडक भएर आवतजावत गर्न सास्ती भइरहेको छ । सो सडकका केही भागमा खाल्डाखुल्डी हुँदा असुरक्षित यात्रा गर्नुपर्ने बाध्यता रहेको जनगुनासो आइरहेका छन् ।”  पालिकाभित्रका विभिन्न राजनीतिक दलहरुको साँझा बैठक आह्वान गरेर नाग्म–गडी सडक कालोपत्र गराउन राज्यसँग पहल गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष शाहीले जानकारी दिनुभयो ।  “सडक डिभिजन कार्यालयलाई कालोपत्र सुरुको विन्दुबाट गर्न माग गर्दछौँ । स¬ङ्घ र प्रदेश सरकारलाई बजेट व्यवस्थापनको लागि आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो । सडकमार्ग हुँदै राराताल आउने, जाने पर्यटकको यात्रा सहज र सुरक्षित बनाउन राज्यको ध्यान जान नसकेको भन्दै तत्काल सडक सुधार गर्नुपर्ने नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का स्थानीय नेता अम्मराज शाहीले बताउनुभयो ।  “विसं २०६९ देखि सञ्चालनमा आएको यो सडकमा हालसम्म छ किलोमिटर सडकको बीचको खण्डमा मात्रै कालोपत्र भएको छ । तत्काल सुरुको विन्दुबाट कालोपत्र गरी आवागमन सहज बनाउन सबैले समन्वय र सहयोग गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो । सडक डिभिजन कार्यालय जुम्लाले बजेट अभावका कारण कालोपत्र गर्न कठिन भइरहेको जनाएको छ । सर्वपक्षीय बैठकले सडक कालोपत्रका साथै सामाजिक कुरीति र कुसंस्कार विरुद्ध एैक्यबद्धता जनाउने निर्णय गरेको गाउँपालिका कार्यालयले जनाएको छ ।  विसं २०७९ मा आएको बेमौसमी बाढीले राजमार्गमा क्षति पु¥याएको थियो ।  

रामेछापः       वर्षमा २ पटक फल दिने र खेती गर्न पनि सहज हुने भएकाले पछिल्लो समय जिल्लाका अधिकांश पालिकाका किसान ‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित भएका छन् । सुख्खा ठाउँमा खेती गर्न सकिने, खेती गरिएको जमिनभित्र अग्ला नहुने विभिन्न जातका फलफूल, अदुवा बेसार, लसुन प्याजलगायत सागसब्जी पनि उत्पादन गर्न सकिने भएकाले दोहोरो फाइदा हुने देखेपछि यहाँका किसान ड्रागन फ्रुटखेतीतर्फ आकर्षित भएका हुन् ।  जिल्लाको रामेछाप र मन्थली नगरपालिका तथा खाडादेवी गोकुलगङ्गा र लिखु तामाकोसी गाउँपालिकासहित अधिकांश पालिकामा यसको व्यावसायिक खेती विस्तार हुँदै गएको जिल्लास्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ ।  पहिला ड्रागनका फाइदासहित यसकाबारेमा जानकरी नहुँदा खेतीप्रति आकर्षण नभएको बताउँदै पछिल्लो समय सामाजिक सञ्जाल युट्युब हेरेर जानकारी पाएपछि व्यावसायिक खेती विस्तार गरेको रामेछाप–८ का शिवराम श्रेष्ठले जानकारी दिनुभयो ।  “सुरुमा खेती गर्दा गाउँलेले ‘यो सिउँडी जस्तो के खेती गरेको” भनेर आलोचना पनि गर्नुभयो । पहिलो उत्पादन गाउँलेलाई चखाएपछि उहाँहरुले पनि खेतीप्रति चासो देखाउन थाल्नुभयो”, उहाँले भन्नुभयो ।  रामेछाप बजार नजिक १ रोपनी जग्गामा खेती गरेको जनाउँदै श्रेष्ठले बजारमा ड्रागनको माग बढी भएकाले बजारीकरणको समस्या नरहेको बताउनुभयो । ६० वर्षीय शिवाराम पेसाले किराना तथा हार्डवेयर व्यवसायी हुनुहुन्छ । पसलका साथै कृषि कर्ममा रमाउने उहाँ पछिल्ला केहीवर्षयता व्यावसायिक ड्रागन खेतीमा रमाइरहनुभएको छ । मन्थली नगरपालिका–५ का रामबहादुर शाही र वडा नं ७ का दिलबहादुर सार्कीले पनि ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु गर्नुभएको छ ।  वर्षमा २ पटक उत्पादन दिने यो फल स्वादिलो हुनुका साथै पर्याप्त पौष्टिक तत्व पनि पाइने भएकाले अन्तर्राष्ट्रिय बजारबाट यसको माग बढी आउने गरेको रामबहादुरले बताउनुभयो । यो फल बिरामीका लागि उपयुक्त हुने चिकित्सकहरुले बताएका भन्दै प्रशस्त उत्पादन भए बजारीकरणको समस्या नआउने उहाँको भनाइ छ । यो फल १ पटक लगाइसकेपछि ५०औँ वर्षसम्म ढुक्क हुने र यसलाई धेरै मेहनत नगरिकन आम्दानी लिन सकिने भएकाले आफू खेतीतर्फ आकर्षित भएको रामबहादुरले बताउनुभयो । वनमारा उमे्रेको पाखो बारी फँडानी गरेर करिब ३ रोपनी जग्गामा ड्रागनका बिरुवा लगाएको उहाँले जानकारी दिनुभयो ।  यसको खेती गरिएको जमिनभित्र सयपत्री फूलको पनि खेती गरिरहेको रामबहादुरले उल्लेख गर्नुभयो । यस वर्षको तिहारमा सयपत्रीको फूल र माला बिक्री गरी रु १ लाख आम्दानी भएको उहाँले जानकारी दिनुभयो । ड्रागन खेती गरिरहेका कतिपय किसानले सयपत्री, गोदावरी, मखमलीलगायत फूल लगाएका छन् भने कतिपय लसुन प्याज, काउली, बेसारलगायत खेती पनि गरिरहेका छन् । खेती गर्न सहज हुनुका साथै नगदेबाली लगाएर आम्दानी गर्न सकिने भएकाले जिल्लामा ड्रागन खेती गर्ने किसान बढ्दै गएका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ  । अहिले बगैँचाबाट रु ३ देखि रु ३ सय ५० सम्ममा फल बिक्री हुने गरेको मन्थली–७ का किसान दिलबहादुर सार्कीले जानकारी दिनुभयो । “पाखो तथा सुख्खा बारीमा यसअघि मकै तथा अन्य अन्नबाली रोप्ने गरेको थिएँ । उत्पादन कम हुने र मूल्य पनि नपाउने समस्या थियो । अहिले परीक्षणका रुपमा ड्रागन खेती थालेकामा एक वर्षमा नै उत्पादन दिन थालेको छ”, उहाँले बताउनुभयो । सार्की पेसाले शिक्षक हुनुहुन्छ ।  पठनपाठनका साथै उहाँले खेती पनि गरिरहेको उल्लेख गर्नुभयो ।किसानले स्थानीय तथा सङ्घीय सरकारले ड्रागन खेती विस्तार गरी जिल्लालाई ‘ड्रागन फ्रुट जोन’ का रुपमा विकास गर्नुपर्ने माग गरेका छन् । जिल्लास्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले खेती विस्तरका लागि कार्यलयसँग रकम अभाव भएकाले कार्यक्रम सञ्चालन गर्न नसकिएको जनाएको छ । परियोजना कार्यालयका प्रमुख थिरलाल गैरेले अन्य कार्यक्रमबाट मिलाएर ड्रागन खेती गर्ने किसानलाई सम्बोधन गर्न सकिने बताउनुभयो ।  उहाँले नेपालमा यसको व्यावसायिक खेती सुरु भएको धेरै वर्ष नभएको भन्दै किसानलाई यसका सकारात्मक पक्षका बारेमा जानकारी गराउँदै यसको खेतीतर्फ थप आकर्षित गराउन सकिने धारणा राख्नुभयो । आन्तर्राट्रिय बजारमा ड्रागनको माग बढी भएकाले पनि बजार अभाव नहुने भन्दै प्रमुख गैरेले किसानले खेती विस्तार गर्दै लैजानुपर्ने बताउनुभयो ।  “परियोजनामार्फत अन्य कार्यक्रमलाई परिमार्जन गरी ड्रागन खेती गर्ने किसानलाई सम्बोधन गर्न सकिन्छ । यसबारे सरोकार भएका निकायसँग छलफल गर्नेछौँ”, उहाँले भन्नुभयो । ड्रागन फ्रुटको खेती विकास र विस्तर गरी स्थानीय र सङ्घीय सरकारअन्तर्गतका कृषि विकास कार्यालय, प्रधानमन्त्री आधुनिकीकरण परियोजनालगायत सरोकार भएका निकायले किसानलाई अनुदान दिएर सहयोग गर्नुपर्ने स्थानीय समाजसेवी बिपीन भट्टराईले बताउनुभयो ।  किसानलाई प्रोत्साहन गर्न आवश्यक तालिम, प्राविधिक ज्ञानलगायत सहयोग उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।  

काठमाडौंः   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको उपनिर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन परिचालनको जिम्मेवारी तोकेको छ ।   केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक गणेश पराजुलीको सभापतित्वमा बुधबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य एवं केन्द्रीय सदस्यहरुलाई निर्वाचन परिचालनको जिम्मेवारी तोकेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।  उक्त बैठकले कोशी प्रदेशमा निशा डाँगीलाई जिम्मेवारी तोकेको छ । डा चन्दा कार्कीलाई मधेश, शिशिर खनाललाई बागमती, विन्दाबासिनी कंसाकारलाई गण्डकी, केन्द्रीय सदस्य कुसुम महर्जनलाई लुम्बिनी, लिमा अधिकारीलाई कर्णाली  र विष्णुकुमार श्रेष्ठलाई सुदुरपश्चिमको जिम्मेवारी तोकेको छ ।  पार्टीले उम्मेदवारीका लागि आवेदन दिन ‘गुगल फारम’ वा निर्वाचन परिचालन समितिमा उपलब्ध आवेदन फारम भर्न समेत सूचना जारी गरेको छ । केन्द्रीय निर्वाचन संयोजन समितिबाट स्थानीय तह उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन कार्यतालिका समेत तयार गरेको प्रवक्ता झाले बताउनुभयो ।  संयोजक एवं प्रतिनिधिसभा सदस्य पराजुलीले आजदेखि उम्मेदवार आह्वान गरेर केही दिनमा टुङ्गो लगाउने बताउनुभयो । पराजुलीका अनुसार उम्मेदवार छनोट सर्वसम्मत प्रक्रियाबाट टुङ्गो लगाइने छ । यदि एकभन्दा बढी आकांक्षी भएमा ‘प्राइमरी’ मतदानमार्फत उम्मेदवार चयन गरिने छ ।  उहाँले पार्टी संयन्त्र नभएका स्थानमा स्वतन्त्र उम्मेदवारदेखि मधेशमा राजनीतिक दलसँग सहकार्यको तयारी रहेको जानकारी दिनुभयो ।  “सबै स्थानमा उम्मेदवार उठाउने कुरा हो, तर भुगोलअनुसार उपस्थिति नपुग्न सक्छ । हाम्रो संयन्त्र नभएका स्थानमा कसलाई सहयोग गर्ने भन्नेबारे छलफल गर्दैछौँ”, उहाँले भन्नुभयो । उहाँले स्थापित राजनीतिक दलसँगै सहकार्य हुने सम्भावना भने कम रहेको स्पष्ट पार्नुभयो । रास्वपाले उम्मेदवार छनोट प्रक्रियाको प्राविधिक पाटो टुङ्गो लागेपछि चुनावी कार्यक्रममा ध्यान केन्द्रित गर्ने जनाएको छ । संयोजक पराजुलीले यस उपनिर्वाचनबाट पार्टीको मुद्दा स्थापित गर्न सहयोग पुग्ने बताउनुभयो । “उपनिर्वाचनलाई हार र जित भन्दा जनतामाझ हाम्रो पार्टीको मुद्दा स्थापित गर्ने गरी कार्यक्रम तय गर्दैछौँ”, उहाँले भन्नुभयो ।     विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । जम्मा ४४ रिक्त पदका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्ने मिति निर्वाचन आयोगले तोकेको छ ।  

काठमाडौं:    चलचित्र क्षेत्रमा महानायकका रूपमा परिचय बनाउनुभएका राजेश हमालले बुढानीलकण्ठ–३ रुद्रेश्वर चोकमा स्थापना भएको ‘दी कफी क्लब’ को आज उद्घाटन गर्नुभएको छ ।       क्लबमा समय समयमा साहित्यिक कार्यक्रमका साथै दैनिकजसो स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि, समाजसेवी, नागरिक समाजका अगुवालगायत स्थानीयसँग स्थानीय तथा राष्ट्रिय विषयमा अन्तरक्रिया गरिने क्लबका सञ्चालक केशव पाठकले जानकारी दिनुभयो ।       उहाँका अनुसार विभिन्न विषयसँग सम्बन्धित व्यक्तित्वसँग ‘पोडकास्ट’ पनि सञ्चालन गरिनेछ । सो अवसरमा क्लबमा खोलिएको लघु पुस्तकालयका लागि पत्रकार तथा साहित्यकार श्याम रिमाल र धर्तीचन्द्र यात्रीले आ–आफ्ना पुस्तक अभिनेता हमालमार्फत सञ्चालक पाठकलाई हस्तान्तरण गर्नुभयो ।      कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, साहित्यकार, पत्रकारलगायत व्यक्तित्वको सहभागिता थियो ।

काठमाडौं:    आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।       संयुक्त अरब इमिरेट्स ९युएई०को अजमानस्थित द सेभेन रङ्गशालामा आज भएको खेलमा नेपालले कुवेतलाई एक सय आठ रनको फराकिलो अन्तरले पराजित गर्दै दोस्रो जित हासिल गरेको हो ।       टस जितेर पहिला ब्याटिङ गरेको नेपालले कुवेतलाई जितका लागि एक सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको कुवेत १३ ओभरमा सबै विकेट गुमाएर २२ रनमा समेटियो ।       कुवेतका लागि कप्तान जिफा जिलानीले सर्वाधिक १२ रन बनाइन् । उनले १७ बलमा दुई चौका प्रहार गर्दै १२ रन बनाएकी हुन् । कप्तान जिलानीबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । आयशा इकबाल पेवेकरले तीन बलमा दुई रन बनाएर आउट भइन् । साराह जसवीले १२ बलमा चार रन बनाइन् भने जिनिया अफरोज र स्वातिबा कुलदीपसिंह परमारले समान एक÷एक रन बनाए ।       क्यान्डिस डायस, रेलिन मारिया डी सुजा, ईशान्वी मोहन सिंह, पर्ल सेरेना साइमन, खादिजा जाहिर हुसेन र अमिषा राम ओलाचेरी शून्य रनमा आउट भए ।       नेपालका लागि रचनाकुमारी चौधरी र सीमा केसीले समान दुई÷दुई विकेट लिए । त्यस्तै, कप्तान पूजा महतो, कृश्मा गुरुङ, मनिशा कुमारी उपाध्यायले समान एक÷एक विकेट लिए । यो खेलमा कुवेतले अतिरिक्त दुई रन पायो ।       त्यसअघि नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय तीस रन बनाएको थियो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३४ रन बनाइन् । उनले ३८ बलमा चार चौका प्रहार गर्दै सर्वाधिक ३४ रन बनाएकी हुन् ।       साना प्रवीणले १८ बलमा २५ रन बनाइन् । उनले सो क्रममा पाँच चौका प्रहार गरिन् । ज्योत्सिन्का मरासिनीले १८ बलमा एक चौकाको मद्दतले २३ रन बनाइन् । नेपालका लागि सावित्री धामी र सोनी पाख्रिनले समान छ÷छ रन बनाए भने सीमा केसीले चार रन बनाएकी थिइन् ।       नेपालका लागि कृश्मा गुरुङले एक रनको योगदान दिइन् भने रचनाकुमारी चौधरी र रिया शर्माले एक रन पनि जोड्न सकेनन् । नेपालले अतिरिक्त १६ रन प्राप्त गरेको थियो ।       कुवेतका लागि आयशा इकबाल पेवेकरले दुई र जिफा जिलानी र अमिषाराम ओलाचेरीले समान एक÷एक विकेट लिएका थिए । यसँगै कुवेतले लगातार दोस्रो हार बेहोरेको छ । बुधबार युएई०ले एक सय छ रनको अन्तरले कुवेतलाई पराजित गराएको थियो ।      यो जितसँगै नेपालले अब शनिबार यसएईसँग खेल्नेछ । छनोट खेलमा आयोजक संयुक्त अरब इमिरेट्ससहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ । 

काठमाडौँः   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जितपछि राष्ट्रपतिको प्रतिस्पर्धामा पराजित उपराष्ट्रपति कमला ह्यारिसले शान्तिपूर्ण सत्ता हस्तान्तरणमा आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  पराजयपछि भावुक बन्दै उपराष्ट्रपति ह्यारिसले वासिङ्टनमा एक सम्बोधनमा आँसु झार्दै आफ्ना समर्थकलाई ‘निराश नहुन’ र आफ्नो हारपछि पनि ‘लडिरहन’ आग्रह गर्नुभएको छ ।  रिपब्लिकन नेता ट्रम्पले ४ वर्षअघि जो बाइडनविरुद्धको हार स्वीकार्न इन्कार गरेपछि अमेरिकाको राजधानी वासिङ्टनमा उहाँका समर्थकहरूले गरेको हिंसात्मक आक्रमण भएको स्मरण गर्दै उहाँले सत्ताको शान्तिपूर्ण हस्तान्तरण सुनिश्चित गर्ने प्रतिज्ञा पनि गर्नुभएको छ ।  हावर्ड युनिभर्सिटीमा आफ्नो छोटो तर सशक्त सम्बोधनमा ह्यारिसले भन्नुभयो, “म यो निर्वाचन परिणामलाई स्वीकार गर्छु तर निर्वाचन क्रममा अभियानलाई प्रभावित पार्न गरिएको भड्किलो ‘दुस्प्रचार’लाई कहिल्यै स्वीकार गर्नेछैन ।” “मलाई थाहा छ, धेरै अमेरिकीहरूले हामी अँध्यारो समयमा प्रवेश गर्दैछौँ जस्तो महसुस गरेका छन्,” ट्रम्पको आश्चर्यजनक भारी विजयपछि पहिलो सार्वजनिक टिप्पणी गर्दै उहाँले भन्नुभयो।   उहाँले ट्रम्पको बिजयलाई सङ्केत गर्दै अगाडि भन्नुभयो, “हामी सबैको फाइदाका लागि त्यसो हुनु हुँदैनथ्यो।”  अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने असफल प्रयासका क्रममा ट्रम्पलाई लोकतन्त्रका लागि खतरा को संज्ञा दिएकी ह्यारिसले ट्रम्पलाई बधाई दिन फोन गरेको १ सहयोगीले बताएका छन् । ह्वाइट हाउसमा आफ्नो ऐतिहासिक पुनरागमन ७८ वर्षीय ट्रम्पले फौजदारी अभियोग, पदमा रहँदा २ पटक महाभियोग र आफ्ना पूर्व चिफ अफ स्टाफको चेतावनीलाई गलत पुष्टि गर्दै पहिलेको तुलनामा ठूलो मतान्तरले जित हासिल गर्नुभएको हो ।  एक्जिट पोलले मतदाताको मुख्य चासो कोभिड महामारीका कारण बाइडेनको नेतृत्वमा खस्किएको अमेरिकी अर्थतन्त्र र बढेको मुद्रास्फीति नै अमेरिकी निर्वाचनको हार वा जीतको कारक हुने देखाएको थियो ।  ह्यारिसले आफूलाई महिलाहरूको समर्थन वृद्धि हुने आशा गर्नुभएको थियो तर सीएनएनको एक्जिट पोलले उहाँलाई केवल आठ अङ्कको जनसाङ्ख्यिकीय अग्रता दिएको थियो । यो बाइडनले ४ वर्षअघि प्राप्त गरेको भन्दा लगभग आधा हो। आफ्नो उमेरको चिन्ताका कारण गत जुलाईमा चुनावी दौडबाट बाहिरिएका ८१ वर्षीय बाइडेनले ट्रम्पलाई ह्वाइट हाउसमा आगामी छलफलका लागि निमन्त्रणा गरेको अधिकारीहरूले बताएका छन् । नवनिर्वाचित राष्ट्रपतिका प्रवक्ता स्टिभन चेउङले भन्नुभयो, “ट्रम्पले निमन्त्रणालाई स्वीकार्नभएको छ र चाँडै हुने बैठकबारे आशावादी भएको बताउनुभएको छ ।”  राष्ट्रपति बाइडेनले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।  सम्बोधनमा उहाँले पार्टीमा आफ्ना निकट सहयोगी तथा उपराष्ट्रपति ह्यारिसको ‘साहस’ र ‘निष्ठा’ को सम्मान गर्दै चुनाबी अभियानका लागि धन्यवाद पनि ज्ञापन गर्नुहुने बताइएको छ ।  ट्रम्पको जीतसँगै उहाँले आर्थिक वृद्धिलाई गति दिन आक्रामक रूपमा अघि बढ्ने अपेक्षाका साथ वाल स्ट्रिट र डलर दुवैको मूल्यमा वृद्धि भएको छ।  जनवरी २० मा राष्ट्रपतिका रूपमा कार्यभार सम्हाल्दा राष्ट्रपति पदको सपथ लिने सबैभन्दा वृद्ध व्यक्ति हुने ट्रम्पले फ्लोरिडामा बुधबार बिहान १ भाषणमा ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने आफ्नो नारा पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।   

म्याग्दी:    २०५८ सालको साउनमा अर्मनको खोलाखर्कमा रहेको घरजग्गा सबै पहिरोले सखाप बनाएपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ का प्रकाश दुतराजका परिवार अस्थायी बसोबासका लागि सदरमुकाम बेनीमा झरेका थिए ।  गाउँमा खेतीकिसानी गर्ने उर्मीला र विदेश रहेका भक्तबहादुर दुतराजका पाँच छोराछोरी मध्ये दोस्रो सन्तान प्रकाश अर्मनबाट बेनी आउँदा आठ वर्षका हुनुहुन्थ्यो ।  “परिवार ठूलो भएकाले बुवाको विदेशको कमाइ र आमाले ज्याला मजदुरी गर्दा समेत परिवार चल्न समस्या भएपछि मैले नौ देखि १२ कक्षा पढ्दा सम्म बेनीको एक कार्यालयमा मासिक रु। तीन हजार पाँच सय ज्यालामा साँझ÷बिहान सरसफाइको काम गरेको थिए,”उहाँले भन्नुभयो “१२ कक्षा पढ्दै गर्दा भाइ, बहिनीलाई मेरो जिम्मा लगाएर आमा पनि विदेश गएपछि ममाथि अझै जिम्मेवारी थपियो ।” सानै उमेरदेखि गीत रचना र गाउने गर्दै आएका प्रकाशले कक्षा १० पढ्दा साथीभाई र शुभेच्छुकहरुबाट सहयोग जुटाएर ‘सिमसिम प¥यो पानी...’ बोलको गित रेकर्ड गराउनुभएको थियो । बाध्यताले पढाईलाई भन्दा कमाईलाई प्राथमिकता दिनुपर्ने अवस्था आएपछि भाई बहिनीलाई गाउँ पठाएर वैदेशिक रोजगारको तयारीसँगै सांगितिक क्षेत्रमा अवसर खोज्न वि.स. २०७१ मा काठमाडौ छिरेका प्रकाशले दोहोरी साँझमा काम पाउनुभयो ।  “विदेशको चक्करमा काठमाडौ छिरेको म ज्यान पाल्नका लागि चार वर्ष छ महिना दोहोरी साँझमा काम गरे । दोहोरीसाँझ मेरा लागि गर्जो टार्ने थलो मात्र नभएर गित, संगित सिक्ने पाठशाला पनि भयो,” उहाँले भन्नुभयो “दोहोरीको तलब र स्रोता दर्शकको ‘टिप्स’बाट बचेको पैसाले आठ वटा गित बनाएपनि आर्थिक हिसाबले फाइदा भएन् ।”  विदेशको प्रयासमा वि.स. २०७४–७५ को डेढ वर्ष सांगितिक क्षेत्रबाट टाढिएका प्रकाशले आफन्त, शुभचिन्तक र साथीभाईको आग्रहमा सामाजिक विषयबस्तुसँग जोडिएर ‘आरने’, ‘बैनी झ्यालैमा...’, चोली मैलो भो..., बोलको गित बनाउनुभयो । आरनेले कृषि औजार निर्माण र मर्मतको काम गर्नेहरु, बैनी झ्यालैले प्रेम कथा र चोली मैलो भो स्कुले जिवनको झल्को दिने कथामा आधारित थियो ।        सांगीतिक क्षेत्रबाट आर्थिक हिसाबले प्रगति गर्न नसकिने निष्कर्ष निकालेर विदेश जानका लागि बेनीको बैङ्कमा घरजग्गा धितो राखेर ऋण निकालेका प्रकाश २०७६ साल फागुनमा काठमाडौँ पुगेर आधा पैसा ‘एजेन्ट’लाई दिनुभयो ।  आधा पैसाले गाउँघरमा बुढापाकाबाट सुनेको यातायातको सुविधा नहुदाँ नुन लिन भोट र बटौली गएको कथामा आधारित भएर लेखेको ‘घर कता हो बैनिको, लौन साह्रै मन प¥यो’ भन्ने गीत रेकर्ड र म्युजिक भिडियो बनाउने प्रकाशको योजना थियो ।   “अन्तिम भनेर ‘घर कता हो बैनीको’ भन्ने गीत रेकर्ड र म्युजिक भिडियो बनाएर युट्युमा राखेर घर आएको बेला कोरोना महामारी फैलिएपछि ‘लकडाउन’ भयो,” प्रकाशले भन्नुभयो “गाउँमा आएको एक हप्तापछि इन्टरनेट भएको ठाउँमा गएर हेर्दा ‘युट्युव’मा राम्रो भ्युज र धेरैले ‘टिकटक’ बनाएको देखेपछि सुखीको सिमा रहेन् । विदेश जाने योजना सफल नहुँदा निराश बनेको थिए । गित चल्न थालेपछि कला क्षेत्रमै संघर्ष गर्ने निधो गरे ।”       ‘युट्युव’मा हालसम्म रु चार करोड बीस लाख ५६ हजार भन्दा बढी पटक हेरिएको यो लोक दोहोरी गीतमा अभिनय समेत गरेका प्रकाशलाई स्वरमा शान्तिश्री परियारले साथ दिनुभएको छ । प्रकाशका ‘रिमै’, ‘रेशम’, ‘जुनमाया’, ‘मन भुल्छ’, ‘मै जाम्ला’को म्युजिक भिडियो ‘युट्युव’मा एक करोड पटक भन्दा धेरै हेरिएका छन् ।  गीत गाएरै बुवा, आमालाई विदेशबाट फर्काएर गाउँमा घर बनाएर राखेका प्रकाशले भाइबहिनीलाई पढाइमा सघाएका छन् । प्रकाशको परिचयसँगै सामाजिक र आर्थिक हैसियत फेरिएको छ । ‘युट्युव’ र स्वदेश तथा विदेशमा हुने ‘स्टेज’ कार्यक्रम उहाँको आम्दानीको स्रोत हो ।   प्रकाशका गीतमा प्रयोग भएका शब्द र संगित मात्र होइन् नृत्य पनि मौलिक र मनछुने किसिमका छन् । उहाँ गीतको शब्द रचना, गायन, संगित, निर्देशन र अभिनय आफै गर्नुहुन्छ ।  उहाँका म्युजिक भिडियोले मनोरञ्जनसँगै सन्देश पनि बोकेका छन् । मीठास शब्द र संगितले भरिएको गीतको भिडियोमा मार्मिक र अर्थपूर्ण दृष्य र कथा समेटिएका छन् ।  नेपालीपन भएका सिर्जना स्रोता–दर्शकले मन पराउने प्रकाशको अनुभव छ । “अहिलेका दर्शक हरेक दृश्यमा संगीत र कथा खोजिरहेका हुन्छन,” उहाँले भन्नुभयो “हरेक गीतमा शब्द र संगीतसँगै कथा र दृश्यलाई आफ्नोपन दिलाउने प्रयास गरेको छु ।” प्रकाश आफू हुर्केको गाउँ–समाज, त्यहाँको परिवेश, संस्कृतिलाई नै आफ्नो संगीतको धरातल मान्नुहुन्छ । सोही कारण उहाँका गीतमा गाउँ समाज, परिवेशका कथा पाइन्छ । अभाव, दुःख, विभेद, गाउँ–समाज र परिवेशका कथालाई आफूले सिर्जनामा पस्किने प्रयास गरेको प्रकाशको भनाइ छ ।  मनोरञ्जनको साथमा सन्देश  तयार पारेको गीतको विषयमा आफ्नो टिममा छलफल र उनीहरुको सल्लाह सुझाव अनुसार संगित र म्युजिक भिडियो बनाउदा सफलता मिलेको उहाँले अनुभव सुनाउनुभयो ।  ‘करिम’ बोलको गितको म्युजिक भिडियोको कथा र केही दृष्यको विषयमा भएको बिवादलाई उहाँले कमजोरीबाट पाठ सिक्ने अवसरका रुपमा लिनुभएको छ । गीत सुन्दा र म्युजिक भिडियो हेर्दा स्रोता दर्शकले मनोरञ्जनसँगै सन्देश पनि पाउनुपर्ने हिसाबले काम गर्नुपर्ने प्रकाशको भनाइ छ ।  युवा विदेशिदा रित्तिएका गाउँघरको परिवेशमा आधारित भएर २०७८ सालको दसैँको छेको पारेर दुतराजले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेको ‘जाम भो माइली...’को म्युजिक भिडियो हालसम्म दुई करोड १८ लाख १७ हजार पटक हेरिएको छ ।  सुदूरपश्चिम र कर्णाली प्रदेशमा घुमन्ते जीवन बिताइरहेका लोपोन्मुख राउटे समुदायको जीवन शैली झल्काउने दृष्य समावेश गरिएको प्रेम कहानीमा आधारित ‘रिमै’ले युट्युवमा सार्वजनिक भएको प्रकाशको सबैभन्दा धेरै ‘भ्युज’ पाएको छ ।   हालसम्म चार करोड ७७ लाख २९ हजार पटक हेरिएको रिमैको स्वरमा दुतराजलाई मेलिना राई र अभिनयमा केपीना गोतामेले साथ दिनुभएको छ ।  डेढ महिनाअघि प्रकाशले सार्वजनिक गरेको ‘रेशम’ गीतको म्युजिक भिडियोमा बर्खामा लेकका बुकीमा तीन÷चार महिना परिवारदेखि टाढा रहेर भेडा गोठमा बस्ने गोठालाको कथालाई प्रस्तुत गर्नुभएको छ ।  रेशम गीतको भिडियो युट्युबमा राखेको दुई महिनाको अवधीमा एक करोड ३४ लाख ७२ हजार भन्दा बढी पटक हेरिएको छ । सिर्जनाले पाएको तारिफ, स्रोता दर्शकको हौसलाले प्रकाशले लाहुरे बन्ने योजनाबाट विश्राम लिनुभएको छ । 

स्याङ्जाः     यहाँका एक किसानले दसैँ तिहार अवधिमा सयपत्री फूल बिक्रीबाट रु ५ लाख आम्दानी गर्नुभएको छ ।​ स्याङ्जाको चापाकोट नगरपालिका– १ बेलडाँडाका किसान तुल्सीराम भण्डारीले सयपत्री फूल तथा माला बिक्रीबाट ५ लाख बढी आम्दानी गर्न सफल हुनुभएको हो । उहाँले  दसैँ तथा तिहारका अवधिमा माला १ हजार ८ सय ४५ गोटा र फूल १ हजार ३ सय ७६ केजी बिक्री गर्नुभएको हो ।  फूल बिक्रीबाट ३ लाख ४४ हजार र माला बिक्रीबाट १ लाख ४७ हजार ६०० गरी कूल ४ लाख ९१ हजार ६०० आम्दानी गरेको उहाँले बताउनुभयो । भण्डारीले फूलका थुङ्गा प्रतिकेजी रु २ सय ५० देखि ३ सय र माला प्रतिगोटा रु १ सय ५० सम्म बिक्री गर्नुभएको हो । यहाँ उत्पादन भएको फूल तथा माला भैरहवा, नारायणगढ, बर्दघाटलगायतका बजार तथा स्थानीयस्तरमा पनि खपत भएको उहाँले बताउनुभयो । “माग भएअनुसार माला तथा फूल उपलब्ध गराउन सकेनौंँ” उहाँले भन्नुभयो, “सयपत्रीको व्यावसायिक उत्पादन तथा बजारीकरणमा सहज भयो, बजार राम्रो पायौंँ ।”  बोटमा फूल फूल्ने क्रम जारी रहेको र मङ्सिरको महिनाभर उत्पादन लिन सकिने उहाँले बताउनुभयो । यहाँ उत्पादन भएको फूलको माग भैरहवाबाट आएकाले केही दिनमै पठाउने तयारी भएको ब्यवसायी भण्डारीका छोरा रामचन्द्र भण्डारीले बताउनुभयो ।   पेसाले कृषि प्राविधिक अध्ययन गर्नुभएका रामचन्द्रले फूलमा प्राविधिक पक्ष र बजारीकरणमा बुवालाई सघाउँदै आउनुभएको छ । “फूलका बोटबाट अझै उत्पादन लिन सकिन्छ” रामचन्द्रले भन्नुभयो, “अब उत्पादन हुनेमध्येको केही फूलको माग भईआएको र केही स्थानीयस्तरमा हुने विवाह, व्रतबन्ध, पूजाआजालगायतका धार्मिक तथा मेला महोत्सवहरुमा खपत हुने छ ।” दसैँ  तिहारको अवधिमा फूलको ब्यापारबाट झण्डै रु ५ लाख आम्दानी भएको र अब बिक्री हुने फूलबाट झण्डै २ लाख आम्दानी लिन सकिने दाबी रामचन्द्रको छ । बाँदरले अन्नबाली नष्ट गरिदिएपछि भण्डारीले विकल्पकोरुपमा फूलखेती थाल्नुभएको हो । खेतबारीमा लगाएको अन्नबाली बाँदरले सखाप पारेपछि विकल्पकोरुपमा फूल खेती गर्नुभएका भण्डारीले यसवर्षदेखि सयपत्री फूलको ब्यावसायिक उत्पादन थाल्नुभएको हो । “विगतमा मकै, गेडागुडी, मौसमी तथा बेमौसमी तरकारीसहितका अन्नबाली उत्पादन गर्दै आएका थियौँ” उहाँले भन्नुभयो, “पछिल्ला वर्षमा बाँदरले अन्नबाली सखापै पार्न थालेपछि अन्नबाली लगाउन छाडेर विकल्पकोरुपमा फूल खेती थालेका हौंँ ।” दसैँ, तिहारलाई लक्षित गरेर २ हजार बिरुवा सयपत्री फूल रोप्नुभएको थियो । स्थानीय जलपादेवी आधारभूत विद्यालयका प्रधानाध्यापकसमेत रहनुभएका भण्डारीले विकल्पकोरुपमा प्रयोग गरेको फूलखेतीमा बाँदरले क्षति नपु¥याएकालेआगामी वर्षदेखि अझै ठूलो परिमाणमा फूलको ब्यावसायिक उत्पादन गर्ने तयारीमा रहनुभएको छ ।  

पोखरा:    दाङबाट भ्रमणका लागि आएको बस पोखरामा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बिहीबार कास्कीको पोखरा महानगरपालिका–२२ विश्व शान्तिस्तूप नजिकै रा १ ख २१०६ नम्बरको बस दुर्घटना भएको हो ।  नवयुग डान्स क्लब दाङबाट भ्रमण आएका यात्रुलाई बोकेको बस पुम्दीकोटबाट पोखरा झर्दै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।  उनका अनुुसार बसमा २४ जना सवार थिए । दुई जना घाइते भएका हुन् ।  घाइते हुनेमा जिल्ला दाङको तुल्सीपुर उपमहानगरपालिका– ४ बस्ने १७ वर्षीया सन्ध्या रसाईली र  १९ वर्षीया मनिषा रसाईली रहेका छन् ।  घाइते दुवै अवस्था सामान्य रहेको छ । दुवैको नमस्ते अस्पताल विरौटामा उपचार भइरहेको छ । चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।